Showing posts with label KUPA. Show all posts
Showing posts with label KUPA. Show all posts

Tuesday, January 02, 2007

Buddhi Bahadur Bisworkarma- The martyr of KU andolan

Sameer M Dixit, PhD
GS- KUPA
Kathmandu University

I never really got to know Mr. Budhi Bahadur Biswokarma very well. Maybe because he was always working at School of Engineering premises while I am normally found at School of Science. Maybe because he was not the type to go roaming around aimlessly and chose to focus on his work instead. Buddhi ji worked as a support staff (S4) in the Department of Mechanical Engineering. A dedicated employee, he served KU diligently for more than ten years. A quiet man, he never demanded anything in return except his basic right- to be part of an association and voice his concerns. And yet, today he is not amongst us. He committed suicide on Wednesday, 27th December because the same administration that he worked for pushed him to his suicide.

I will not pretend to know all the ins and outs of Buddhi ji’s life. In fact what I now know is based on what his close colleagues have told me. From what I have heard, he was no more mentally unstable than anyone under pressure from their bosses, and he certainly wasn’t the type to readily commit suicide. And yet, he did. Buddhi ji hung himself from the ceiling of his rental apartment, alone, with no one to stop him.

Who is responsible for his death? This is a question KU authorities will most likely try to avoid answering. However, it is this question we should be asking them again and again and again. From what I hear, they are already starting a propaganda amongst unknowing public and sponsored media that Buddhi ji was mentally unstable and an introvert and therefore very capable of killing himself. However we all know now, and we have proof, that the Dean of Engineering, Mr. Bhola Thapa had threatened Budhi ji with his job for joining and following KUSA andolan. We know how restless he was after being repeatedly harassed directly and indirectly, not only by Mr. Thapa but also other (as yet unnamed) members of KU administration regarding the andolan. These heartless individuals chose the right victim- Buddhi was quiet by nature and resided far away from his family home (Lamjung). What they probably didn’t realize was that he would end up killing himself. They probably thought that their scaring tactics would result in more frightened employees, leading to reduction in the number of KUSA and KUPA members. When my colleague is forced into suicide, I am not going to just sit down and watch other colleagues do the same as well. I am sure that every KU staff and student, who has a heart will not either.

Amazingly, all print media is very quiet about this whole incident. It’s sad to see that the same media that we supported in their fight to right to free opinion during jana andolan are now helping subdue this right within KU. Kantipur publication has already been approached by our VC, in more than one occasion, to filter out “negative” news related to KU. It appears they have agreed. No news of Buddhi’s death, not a word. Not even as a poor lonely soul who died in a rented apartment in Banepa. With or without media involvement, truth always comes out- Saddam Hussein was hung recently for the crimes he committed long time ago. King Gyanendra is now close to losing his crown. Milosevic committed suicide in jail for crimes he committed years ago. Truth is like your shadow- you cannot shake it.

They say a restless soul never passes on until the culprits that are responsible for its bodily demise are punished. It is our duty that Buddhi’s soul be provided a safe passage to its final destination. Buddhi didn’t die for nothing. He died still supporting a cause he believed in. He didn’t relinquish his KUSA membership- he died a KUSA member. I call upon all responsible individuals not only in KU but also around the country to help KUPA and KUSA bring this incident into the open and to punish the culprits.

The only thing necessary for the triumph of evil is for good men to do nothing.” - Fritz Gerlich


Read more!

Tuesday, December 19, 2006

कुपाको माग र भावी कार्यक्रमहरु

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ
Kathmandu University Professors' Association (KUPA)
Dhulikhel, Kavre

च.न.:
मितिः२०६३/०८/२०

काठमाडौं विश्वविद्यालय
धुलिखेल, काभ्रे ।
विषयः KUPA को माग एवं कार्यान्वयनमा देखिएको सुस्तता र भावी कार्यक्रम बारे ।

काठमाडांै विश्वविद्यालय प्राध्यापक संघ KUPA ले काठमाडौं विश्वविद्यालय कावि का प्राध्यापकहरुको हक-हीतको रक्षा गर्न र काविको प्रगतिमा टेवा पुग्ने उद्देश्य राखी जुन अभियान साचालन गरेको छ त्यस सम्बन्धीे काम कारवाही अत्यन्त ढिला-सुस्तीका साथ अघि बढाएकोमा KUPA को गम्भीर ध्यान आकृष्ट भएको छ । कुनै पनि संस्थाको प्रगति हुनुमा त्यहु उपस्थित सम्पूर्ण सबैको आ-आफ्नो योगदान रहेको हुन्छ र त्यही मान्यता अनुरुप सबैले आफ्नो मर्यादित मूल्याङ्कनको अपेक्षा राखेको हुन्छ । तर काविको स्थापना यता जसरी तीन-चार जनाले कार्यकारी परिषद्को नाममा व्यक्ति-परक निर्णयगर्ने परम्परा बसाले त्यस्ले अस्वस्थ व्यवसायिक मर्यादाको विकास हुन गएको कुरा KUPA ले विगतमा नउठाएको होइन । फलस्वरुप यस्तो परिपाटीको शिकार यहाँ कार्यरत अधिकांश शिक्षक-कर्मचारी हुन पुगे र काविलाई सीमित व्यक्तिको प्रभावबाट मुक्त गर्न जरुरी ठानी त्यही अनुसार KUPAले आफ्नो आठ बुँदे माग मिति २०६३।३।५ मा अघि सारेको थियो । तर समावेशी परिपाटीको अवधारणालाई स्वीकार गर्दा आफ्नो एकलौटी निर्णय गर्ने अधिकारको तिलान्जली दिनु पर्ने अवस्था देखेर उपकुलपति डा। सुरेशराज शर्माले KUPA र पछि कर्मचारी संघ (KUSA) का विरुद्धमा खेलेको भूमिकालाई संघर्षरत प्राध्यापक एवं कर्मचारीले विशेष अर्थमा लिएका छन् । विद्यार्थीहरु समेतको सकि्रयतामा मिति २०६३।५।८ गते जसरी चौपक्षीय सहमति भएको थियो त्यस्ले KUPA का केही मागहरुलाई तत्काल कार्यान्वयन गर्ने उदेश्य बोकेको थियो । तर सहमति भएको तीन महिना विति सक्दा पनि केवल शिक्षकहरुकॊ बढुवा र कर्मचारीहरुको स्थायी प्रकि्रयालाई मात्र अघि सारेको यथार्थ हाम्रा सामु छ ।

हाल आएर केवल यही बढुवा एवं स्थायी प्रकि्रयालाई आधार मानी प्राध्यापक-कर्मचारीको मनोवलमाथि कावि कार्यकारी परिषद्ले नियोजित ढङ्गबाट खेल खेल्न खोजेको महसुस भएको छ । काविका कार्यकारीणीहरुलाई यस्तो अव्यवसायिक प्रकृ्रति प्रदशन गर्न शोभा दिदैन । बढुवा वा वृत्ति विकास भनेको क्षमताले भ्याएसम्म प्राप्त हुनु पर्ने प्राकृतिक अधिकारको विषय हो । तर यही स्वभाविक प्रकि्रयाको आडमा असक्षम वा अयोग्यलाई पदोन्नति गर्नु उचित हुनेछैन भनी KUPA ले स्पष्ट पारी सकेको छ । यसर्थ बढुवा वा पेशागत उन्नतिको प्रकि्रया अघि बढ्ने क्रममा सबैको उत्सुक्ता एवं चासो तीव्र भएको हुँदा यसैलाई आधारमानी KUPA का अन्य मागहरुमाथि बेवास्था नगरियोस भनी प्ग्एब् चेतावनी दिन्छ ।

KUPA को संघर्ष कुनै व्यक्तिलाई अस्वाभाविक लाभ प्राप्त हुने सिद्धान्तबाट प्रेरित छैन । KUPA को अभियान काविको प्राज्ञिक एवं प्रशासनिक गरिमालाई स्थापित गर्नु हो । KUPA को अभियानले काविमा पेशागत मर्यादाको विजारोपण गर्दै विाचत भएका समूहलाई आफ्नो स्थान दिलाउन सहयोग गर्नेछ । KUPA को अभियानले परिवर्तनशील समयमा विश्वविद्यालयमा सबैलाई ससम्मान आ-आफ्नो क्षेत्रमा काम गर्ने वातावरण मिलॊस भन्ने भावना बोकेको छ । प्राध्यापकहरुको मनोबल उच्च राख्दा प्राज्ञिक कि्रयाकलापमा उत्क्रिष्टताको प्रदर्शन हुन्छ भन्ने KUPA को मान्ता छ । यी लगायत अन्य दृष्टिकोणमा आधारित KUPAको यस अभियानले पक्कै पनि अहिलेको काविको कार्यशैली एवं प्रशासनिक ढर्रा्रलाई चुनौती दिएको छ । KUPA ले स्पष्ट परिसकेको छ कि वर्तमान व्यवस्थापककीय ढाँचामा परिवर्तन नगरुन्जेल काविमा अनियमितता समाप्त हुने छैन र त्यस्का लागि वर्तमान उपकुलपति रजिष्ट्रार र डीनहरुले आफ्नो परम्परागत शैली बदल्नु पथ्र्याे र सीमित व्यक्तिहरुको समर्थनमा चल्नुको साटो अन्य योग्य र क्षमतावान युवा जमातको साथ लिनु पर्ने हुन्थ्यो । तर दुर्भाग्यवश परिवर्तनको सूत्रधार भएर स्थापना भएको KUPA लाई वेवास्था गर्नु र सभामा सहकुलपतिको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले KUPA को प्रतिनिधिलाई कार्यकारी परिषद्मा आमन्त्रित गर्नु भनी प्रधानमन्त्रीद्वारा सभापतित्व गरेको विश्वविद्यालय सभामा भएको निर्देशनलाई उल्टै नियमको हवाला दिँदैं KUPA लाई नियोजित ढङ्गबाट पन्छ्याउनाले KUPA र KUSA मा आबद्ध सम्पूर्ण सबै र यी संस्थामा आस्था राख्नेहरु सशंकित भएका छन् र आन्दोलित हुँदै गएका छन् ।

KUPA को विरोध हुँदाहँुदै पनि विज्ञान संकायमा वयोवृद्ध प्राध्यापकलाई डीनमा नियुक्ति गर्नु KUPA को एक-व्यक्ति-एक-पद को माग विपरीत प्राध्यापक माझ अत्यन्त अलोकपि्रय व्यक्तिलाई नयाँ पद श्रृजना गरी Associate Director (Student Affairs)मा नियुक्त गर्नु र प्राध्यापकहरुको अहीत गर्ने डीनलाई विज्ञान संकायबाट पद मुक्त गरे पनि Exam Controller मा नियुक्त गर्नाले शिक्षक-कर्मचारीले आन्दोलन गरी ल्याउन खोजेको परिवर्तनलाई ठाडै चुनौती दिएको प्रमाणित हुन जान्छ र हालको कावि व्यवस्थापनमा पूर्ण परिवर्तनको आवश्यकता भएको कुरालाई झनै गरी स्थापित गर्दछ ।

यसै सन्दर्भमा KUPA स्पष्ट पार्न चाहन्छ कि बदिलंदो परिस्थितिमा काविका पदाधिकारीहरु सहयोगी एवं समावेशी नभएकाले र परिवर्तन गर्न कुनै तदारुक्ता नदेखाएकाले KUPA अर्को आन्दोलनको संघारमा पुगिसकेको छ । यस अघि पनि आन्दोलनको चरणमा KUPA ले सुधारका माग राखी समय सीमा तोकेको थियो जस्को काविले पूरै बेवास्ता गरेको थियो र फलस्वरुप KUPA ले सम्पूर्ण पदाधिकारीहरुको राजिनामा माग्न नेपाल प्राध्यापक संघ (NUTA) सँग आमरण रिले अनसनमा सहभागी भएको थियो । यस्तो शान्तिपूर्ण आन्दोलनको मर्म एंव महत्व नबुझ्ने वर्तमान पदाधिकारीहरु सम्पूर्ण रुपमा चेतना शून्य भई केवल पदलोलुप्तामा फसेको KUPA को मूल्याङ्कन छ । हाल आएर आफैले सहमति गरेको कुरामा अपारदर्शी तरिकाले िकंकर्तव्यविमूढ भएको आवरण देखाउनु न त विद्यर्थीहरुको पक्षमा छ न त प्राध्यापक-कर्मचारीहरुको पक्षमा नै ।

यसै बीच KUPAले काविमा ल्याउन खोजेको सुधार विश्वविद्यालयको अपारदर्शी कार्यशैली विद्यार्थीसहितको चौपक्ष्ीाय समझदारीप्रति असन्तुष्ट केही व्यक्तिहरुले अदालती प्रकि्रया सुरु गरेको जानकारीमा आएको छ । यस प्रकि्रयाको निष्कर्ष जे जस्तो भए पनि KUPA ले थालेको अभियानलाई असफल तुल्याउन विश्वविद्यालयकै केही प्राध्यापक एवं प्रमुख पदाधिकारीहरुको नकारात्मक एवं विगतमा देखिएका षडयन्त्रपूर्ण भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन । परिवर्तनसँगै शक्तिहीन हुने अहिलेका पदाधिकारीहरुले आफूले भोग-चलन गर्दै आएको सुविधा र केही सीमित व्यक्तिहरुको सर्मथन जसलाई अस्वभाविक महत्व दिई पद स्थापना गरिएको छ र पछिल्लो सभामा समेत केही सभासदले KUPA स्थापना हुनुहँुदैन भनी वकालत गरेको सन्दर्भमा अदालती पकि्रयाद्वारा परिवर्तन रोक्न खोज्नु भनेकै विश्वविद्यालयका अधिकांश विद्यार्थी प्राध्यापक कर्मचारी एवं विश्वविद्यालयसँग सम्बन्धित सबैलाई आन्दोलित गर्नु हो भन्ने हाम्रो निष्कर्ष छ । विद्यार्थीहरुकोहीतलाई नै सर्वोपरी ठानी विश्वविद्यालयमा आवश्यक पर्ने सुधार सम्बन्धी सम्झौतालाई कसैले चुनैती दिनु भनेको विद्यार्थीकै विपक्षमा वकालत गर्नु हो भन्ने KUPA को निष्कर्ष छ र यस समझदारीलाई अक्ष्ुण्ण राख्न र समझदारी अनुरुप यथाशीघ्र सम्पूर्ण माग पूरा नगरिए KUPA भाग २ आन्दोलनको प्रथम चरणको कार्यक्रम लिएर आउने छ भनी यसै पत्रमार्फत सबैलाई जानकारी गराउँदछ ।

KUPA को संघर्ष कार्यक्रमको चरित्र विश्वविद्यालयको रवैया सम्झौताप्रति प्रतिवद्धता र पारदर्शी कार्यशैलीमा निर्भर रहन्छ । तसर्थ कावि कार्यकारी परिषद्लाई KUPA मिति २०६३।९।५ विहिवारसम्म सम्पूर्ण मागहरु पूरा गर्न अन्तिम मौका दिने जानकारी गराउँदछ । यस अवसरलाई वेवास्ता गरिएको खण्डमा KUPA ले गर्ने भनिएको आन्दोलनले विश्वविद्यालयको शैक्षिक कार्यक्रममा असर पार्ने हुँदा कार्यकारी परिषद्का पदाधिकारीहरुलाई अत्यन्त जिम्मेवार गम्भीर एवं हठ त्यागी काम कारवाही अघि बढाउन KUPA आग्रह गर्दछ ।
………………………
डा.समीरमणि दीक्षित
महासचिव

………………………
डा. रामप्रसाद घिमिरे
अध्यक्ष

ब्ााेधार्थ ः

१। प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको कार्यालय बालुवाटार काठमाडौं ।
२। शिक्षामन्त्रीज्यू शिक्षा तथा खेलकूद मन्त्रालय िसंहदरवार काठमाडौं ।
३। शिक्षा सचिवज्यू शिक्षा तथा खेलकूद मन्त्रालय िसंहदरवार काठमाडौं ।
४। नेपाल प्राध्यापक संघ (NUTA) त्रिचन्द्र क्याम्पस, घण्टाघर काठमाडौं ।
५। सात राजनैतिक दलहरुको केन्द्रीय कार्यालय काठमाडौं ।
६। ने.क.पा. माओवादी केन्द्रीय कार्यालय काठमाडौं ।
७। नेपाल मानवअधिकार आयोग काठमाडौं ।
८। काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA), धुलिखेल ।
९। काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण परिषद (SWC) धुलिखैल ।
१०।काठमाडौं विश्वविद्यालयका सपूर्ण संकायका कार्यालयहरु धुलिखेल, काठमाडौं ।


Read more!

Wednesday, December 06, 2006

KUPA is NOT virtual !

Sijan Baral,KU

This article is in response to those ‘betrayed faculty members’ who fear that there is a no-KUPA movement (NKM). What provoked me to write, and for the first time in this blog, is about the existence of this virtual group. Apparently, this is a rumor, and I don't believe it. But it is also true that most of the people purported to be members of this clique are not KUPA friendly, at least at KU everybody knows that. No wonder at such critical times we just don't need people with whom we are close and know them better, but also those with whom we share similar ideologies. It's good to disagree within such a periphery, and debate further on how to proceed. While I cannot discount the antagonistic roles of most of the people in the so-called NKM, I doubt whether that would ever formalize, not for moral reasons but for the gravity such a movement would earn.

There is no denying that some people were more important in the initial phase of KU establishment and they had to rope in many near and dear 'qualified' ones to keep the departments at KU running, but a worst truth still is that there are many more who have taken undue credits either by exploiting proximity with these 'visionary planners' or acting in a servile way. Now in such a volatile situation if there are a group of people meeting together over a cup of tea or in a more formal context like Alumni meeting or private pre-farewell party of some sick boss, it should not be construed as people going against KUPA. The fact is these are the group of people who feel can do much better in their profession by not aligning with KUPA, and they have every right to believe so. It would, however, be a different story if they are seen aggravating any courageous KUPA (or KUSA) supporter. I am aware that KUPA has already advised KU admin not to downplay the role of KUPA and treat its members fairly. We are already ready to contribute in the university affairs and end the adhoc style of management. Our readiness cannot be thwarted by a few whimsical cronies.

In the initial phase some of us met Dr. Panna Thapa and discussed candidly on what principle KUPA is formed. I remember he said, “The day I am convinced KUPA model works, I will salute KUPA.” Now that he has seen KUPA isn’t joking, he has perhaps a better answer. In fact, Dr. R. B. Chettri once told me that even if he supports most of KUPA’s demand, he cannot become a KUPA member because he was now one of the office bearers. One new professor from School of Education went to the extent of exposing the ‘ways’ of KU authorities in dealing with the school and whined over the favoured treatment meted out to the part-time Dean. He was ‘happy’ that finally a teachers’ organization can listen to his complaints when every others has failed. But he was only afraid that if he joined KUPA, or was seen supporting it secretively, he would not be taken kindly by the VC whom he knew personally. What surprised me most was he feared losing his job since he was in the mid of his probation! Frankly, KUPA doesn’t count the support of such spineless ‘professors’, and I bet they are only here to have a job. Remember the day when some 65 people signed a paper to have an association? The next day there were people who retracted by saying, ‘I signed it because people were signing it, and it was raining!’ or said, ‘They gave me the pen!’ What a poor show of intellectual maturity. Shame. Well, that is no bravery either. What if they had signed a case against themselves for swindling someone? It may be a hypothetical question now, but a modestly educated person doesn’t just sign, and when he does, he is committed to it.

Everybody must realize that each of us deserves to give as much to an organization as we expect from it. One of KUPA’s advisors Dr. Bibhuti Jha says, ‘An organization should not deprive an individual, but the individual is free to opt out if he sees his progress elsewhere.’ But there is a two-way process to this. One cannot just milk a cow by not feeding her, and surely, one is obliged and not-obliged towards the cow at the same time. The relationship is symbiotic. The cow thrives if only one milks her. The cow does not offer us the milk, it is natural of the cow herself, and we respect the cow for this. This is true of one’s family, relationship, or trait of an organization. Unfortunately, those who have ‘milked’ KU feel more obliged towards those who have ‘offered’ them. And it is this group that is seen to be hostile towards KUPA. But, those who feel that they deserved the facility, promotion, scholarship, quarter, pay leaves, etc. would still support KUPA and held their head high. And there are still those who support KUPA because they feel the right cause must be supported. I personally respect the later group. Interestingly, some people are not really against KUPA but fear that they will lose their close ties with the present KU bosses. What do you think will those people do once their patrons are gone? There is already a feeling of alienation in some departments where an odd faculty has gone against KUPA. In the School of Engineering there are people who wish to take KUPA membership, and I am sure they are not saying this just to impress us. Recently when Dr. Subodh Sharma took KUPA membership he was exuberant. His instant remark was, ‘Now every faculty members of KU must be KUPA members, even the VC.’ And he is not wrong. That is exactly the philosophy of an organization that proclaims to look after the well being of its members and pledges to stand by them if they are treated badly. What is wrong here? Do we not survive on mutual give and take? Is it not trust that binds our relationship? If one member in the family does well, don’t we feel proud and make that achievement a family decoration?

I am optimistic that tomorrow’s KU will be an even more respectful place to work where professionals don’t have to bow or beg, where the dignity of an individual will be maintained by all high or low, where people are respected not for their gray hairs but for their values and vision, where the children of tomorrow will come to learn to dream and learn to realize their dreams without being ridiculed. I am hopeful that a day will come when all teachers of KU will proudly say that I am a KUPA member and a member of KU family together. Rabindra Nath Tagore wrote nearly one hundred years ago:

Where the mind is without fear and the head is held high;
Where knowledge is free;
Where the world has not been broken up into fragments by narrow domestic walls;
Where words come out from the depth of truth;
Where tireless striving stretches its arms towards perfection;
Where the clear stream of reason has not lost its way into the dreary desert sand of dead habit;
Where the mind is led forward by thee into ever-widening thought and action--
Into that heaven of freedom, my Father, let my country awake.

Let’s consider it a pride in advocating freedom for ourselves and others, we all have so much to do in these fleeting moments. And finally, if there is really an NKM group, would they come up boldly to share their philosophy so that we can appreciate openly.


Read more!

Tuesday, September 26, 2006

KUPA's reaction

Source : http://www.nepalitimes.com/issue/316/Letters/12505

The article ‘KU’s quality education’ (#315), appears to glorify Kathmandu University management without proper background research. The author didn’t consult the academic faculty at KU about the reasons for the current unrest. The academic faculty has been dominated over for the last 15-odd years and has now found voice through the formation of KUPA (Kathmandu University Professors’ Association). The author talks about the current VC of KU, Professor Sharma and his contributions to education in Nepal, but blocks out the issues of nepotism and administrative and financial irregularities hounding KU and preventing it from going even further.

The golden rule of journalism is unbiased reporting. What we read in this article is biased and inaccurate interpretation of facts, which could have been avoided by consulting the academic staff of KU.

The article quotes Sharma on how hurt he is to see “people” trying to “destroy” what he has built so carefully. But the article does not summarise what our demands are, or which of them are being “implemented” as it inaccurately says. What the audience reads in this article is exactly what the KU administration wants them to.

We sincerely hope that in future Nepali Times sticks to what it does best: reporting facts that reflect both sides of the coin.

Kathmandu University Professors’ Association,
via email


 


Read more!

Sunday, July 02, 2006

डिनसँग स्पष्टिकरण



काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ
धुलिखेल, काभ्रे
दर्ता नं ः जि.प्र.का. काठमाडौं ८००/०६२-०६३

मितिः ०६३।०३।०९

श्री डीनज्यू ,
विज्ञान संकाय ,
का. वि. वि., धुलिखेल ।


विषयः स्पष्टीकरण सम्बन्धमा ।



उपरोक्त विषयमा मिति ०६३।०३।०६ गते नेचुरल र्साईन्सेज विभागमा कार्यरत असिस्टेन्ट प्रोफेसर डा. बोरीस निरौलालाई मिति २०६३।०२।०१ गते अकस्मात सेवाबाट हटाइएकोमा का. वि. प्रा. संघले उचित कारण देखाउन भनी नेचुरल र्साईन्सेज विभागका विभागीय प्रमुखलाई गरेको पत्रको आजको मिति सम्म पनि कुनै जवाफ नआएको हुँदा के कारणले तपाईँको मातहतमा रहेको पदाधिकारीले एउटा आन्दोलनरत संगठनको मागलाई वेवास्ता गरेको त्यस बारे KUPA लाई लिखित जानकारी गराउनहुन माग गर्दछ ।

तपार्इँले डा. निरौलालाई गर्नु पर्ने कारवाहीको उचित कारण नदेखाएमा KUPA ले यस्तो गैरजिम्मेवारी कार्यको विरुद्धमा सम्पर्ूण्ा जिम्मेवार पदाधिकारीहरूमाथि कारवाहीको माग गरेकोछ । तपसील बमोजिमको काम गरिरहेको अवस्थामा अकस्मात सेवाबाट हर्टाईएकोमा डीनको हैसियतले निजलाई हटाउनु पर्ने कारणको सम्बन्धमा मिति २०६३।०३।१३ गते भित्र लिखित स्पष्टीकरण दिनु हुन प्ग्एब् माग गर्दछ ।

तपसीलः

१. नेचुरल र्साईन्सेज -फिजिक्स) विभागका अ. प्रो. डा. दीपक सुवेदीसँग मिलेर TWAS, IFS को लागि प्रोपोजल पेश गरेको ।
२. नेचुरल र्साईन्सेज -गणित) विभागका अ. प्रो. डा. ज्योति उपाध्याय र -फिजिक्सका) अ.प्रो. डा. दीपक सुवेदीसंँग मिलेर "Mathematical representation of rheology property of Chitosan " को विषयमा Journal of Polymer प्रकाशन को लागि Revised गरी पठाएको ।
३. फार्मेसी विभागमा अ. प्रो. डा. सफार मन्सुर संग मिलेर "Study of antioxidant and wound healing properties of 10 local plant extracts" को लागि IFS मा प्रस्ताव पेश गरेको ।
४. Environmental Science & Engineering विभाग का Lecturer श्रीमती सविता अर्याल संग मिलेर IFS को workshop मा संयुक्त Proposal पेश गरेको ।
५. स्कूल अफ र्साईन्सका डीन को हस्ताक्षर भएको Invigilation Duty Chart अनुसार लेखिएको काम गरेको ।


....................
डा. राम प्रसाद घिमिरे
अध्यक्ष
का. वि. प्रा. संघ
.....................
डा. समीरमणि दीक्षित
महासचिव
का. वि. प्रा. संघ

cc: Registrar
Head, Department of Natural Sciences


Read more!

Saturday, July 01, 2006

कुपाको ज्ञापनपत्र

मिति २०६३ ज्येष्ठ २५ गते पुनर्स्थापित संसद्का सांसद्ज्यूहरूलाई
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको तर्फाट बुझाएको ज्ञापनपत्र


माननीय सांसद्ज्यूहरू, काठमाडौं विश्वविद्यालयका स्वाभिमानी प्राध्यापककहरूको आवाजलाई सुनिदिनहुन र प्रस्तुत गरिएका तथ्यलाई मनन गरी यर्थाथ निष्र्कष दिनुहुन आग्रह गर्दछौं ।

बहुविश्वविद्यालयको अवधारणा राख्दै २०४८ सालमा संसद्द्वारा पारित ऐनबाट स्थापित काठमाडौं विश्वविद्यालयको उन्नतिमा प्राध्यापक एवं कर्मचारीवर्गको लगनशीलता, स्वदेशी तथा विदेशी दाताहरूले दिएका आर्थिक, भौतिक एवं मानवीय सहयोगले गर्दा विश्वविद्यालयले जुन प्रतिष्ठा आर्जन गरेकोछ, त्यो प्रशंसनीय र स्वागतयोग्यछ भन्दा अत्युक्ति नहोला । विश्वविद्यालयको विकासमा केही व्यक्तिले मात्र योगदान दिएकोछौँ भनेर दावी गर्नु केवल एकलौटी र भ्रामक प्रचार मात्रै हो, जुन कुरा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले गर्दै आएका छन् । बाहिरी रूपमा विश्वविद्यालय ज्यादै व्यवस्थित, समयमा पठनपाठन हुने, ठीक समयमा परीक्षा नतिजा प्रकाशित गर्ने, अधिकतम प्राध्यापकहरू पूर्णकालीन समयमा क्यामपसमै कार्यरत रहने, आदि कुराहरू सबै भएको देखिन्छ । तर निजी स्तरमा सञ्चालित विद्यालय, महाविद्यालय र विश्वविद्यालयले यी सबै गुणहरूको अवलम्बन गर्नु त अपरिहार्य नै हुन्छ । काठमाडौं विश्वविद्यायलमा समाजले अपेक्षा गरेका कुराहरूलाई प्रोत्साहन दिनुमा विश्वविद्यालयको चरम विकास भएको भन्ने उपकुलपतिले तर्क अघि सार्नु केवल आत्मरति मात्र हुने छ ।

विगत पन्ध्र वर्षेखि उपकुलपतिको जिम्मेवारी बहनगर्दै आउनु भएका प्रा. डा. सुरेशराज शर्माले विश्वविद्यालयको सकारात्मक पक्षहरूको प्रचार गर्दा केवल आफ्नो कमजोरीलाई ढाकछोप गर्नको लागि मात्र प्रयास गरेको पाइन्छ । उहाँ वास्तवमा जे जस्तो पारदर्शिता र सुव्यवस्थाको प्रचार गर्नुहुन्छ, ती सबै कुराहरू विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूको आवाजलाई निरङ्कुश शैलीबाट उपेक्षा गरिनुले पनि उहाँको व्यवाहारिक चरित्र कस्तो छ भनेर देखाउछ । उपकुलपतिका निरङ्कुश प्रवृत्तिलाई प्रत्यक्ष रूपमा रजिष्ट्रार डा. सीताराम अधिकारी, डीन डा. भद्रमान तुलाधर र अन्य मतियारहरूका व्यवहारले त झन् विश्वविद्यालयका स्वाभिमानी प्राध्यापकहरूलाई आतङ्कति तुल्याएको छ । उल्लेखित पदाधिकारी र उनीहरूका मतियारहरूको चकचकीले विश्वविद्यालयको भविष्यमाथि नै प्रश्नचिहृन लागेको छ । उनीहरूका गलत क्रियाकलाप र आर्थिक हिनामिनाका तथ्यलाई संमानित संसद् र सांसद्ज्यूहरूलाई जानकारी गराउनु आवश्यक भएकाले यो ज्ञापनपत्र प्रस्तुत गरिएको हो ।

विश्वविद्यालयमा भएका दमन, शोषण, अत्याचार र भ्रष्टाचारको अन्त्यका लागि पनि वर्तमान पदाधिकारीहरूले गरेका क्रियाकलापहरूलाई उजागर गर्न जरूरी भैसकेको छ । विश्वविद्यालयको नेतृत्व तहमा विगत पन्ध्र वर्षेखि आफ्ना मतियारहरूका साथमा सहकार्य गरी उपकुलपतिले विश्वविद्यालयको प्रतिष्ठामा नै प्रतिकूल असर पर्ने परम्पराको सुरुवात गरेको कुरा विभिन्न समयमा प्रकाशमा आई राखेका छन् । यद्यपि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा केही व्यवधान नपुग्ने गरि प्राध्यापकहरूले विगतमा सुझाव दिने प्रयास नगरेका होइनन् । तर प्राज्ञिक जमातको सुझावलाई उच्च पदमा बस्ने ब्यक्तिहरूबाटै बारम्बार उपेक्षा गरियो । यसले गर्दा विश्वविद्यालयले कहिल्यै पनि स्वस्थ्य प्र्राज्ञिक एवं प्रशासनिक वातावरणको विकास हुने अवसर पाएन । तर्सथ यस्ता प्रतिगमनका हिमायतीहरूले गरेका गलत क्रियाकलापको गरिमामय संसदले तुरून्त छानबिन गरोस् भनी हामी आहृवान गर्दछौँ ।

सांसद्ज्यूहरू, विश्वविद्यालय स्थापनाकालदेखिनै केही सीमित पदाधिकारीहरूले विश्वविद्यालयको विकासका नाममा जुन हाली मुहाली गर्दै आइरहेकाछन् त्यस्तो एकछत्र शासकीय प्रवृत्तिको विकल्प खोज्नु आवश्यक भै सकेको छ । लगातार १५ वर्षम्म एउटै व्यक्ति उही पदमा बसिरहनुले पनि अख्तियारको कसरी र कुन हदसम्म दुरुपयोग भएको छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ । समग्र मुलुक अहिले शक्तिको एकाधिकारको अन्त्य गर्न सफल भएको अवस्थामा पनि विश्वविद्यालयमा तानाशाही प्रवृत्ति नै हावि भईरहँदा लोकतान्त्रिक आन्दोलनमा सक्रिय सबैको उपाहास भएको महसुस हुन्छ । यस विषयमा पनि सांसद्ज्यूहरूलाई गम्भीर भैदिनुहुन हामी आग्रह गर्दछौँ ।

के विश्वविद्यालयमा भएका अनियमितता, कुरीति, अलोकतान्त्रिक संष्कार प्रदर्षण गर्ने पदाधिकारीहरूका विरूद्धमा आवाज उठाउनु उचित होइन - विश्वविद्यालयको र्सवाङ्गीण विकासको लागि यी व्यक्तिहरूले गरेका नियम विपरीत क्रियाकलापहरू जनतासामु ल्याउनु सचेतवर्गको दायित्व हैन - प्रध्यापकहरूका अथक प्रयासको कारणले विश्वविद्यालयले जुन इज्जत हासिल गरेको छ, त्यो उपकुलपतिले मात्र जस लिनु पाखण्डीपन हैन र - तानाशाहीमा मात्र नातावाद कृपाववादले प्रश्रय पाउँछ, तर काठमाडौं विश्वविद्यालयमा नातावाद कृपावाद व्याप्त छ भन्ने कुरा खुलासा गर्न जरूरी छ कि छैन - समावेसी व्यवस्थामा यस्तो शैलीलाई जरैदेखि उखेलेर फाल्न कदम चाल्नु बौद्धिकवर्गको दायित्व भित्र पर्दैन - के काठमाडौं विश्वविद्यालयमा जुन अपारदर्शी कार्यशैलीलाई र रहस्यमय तरिकाले गलत प्रवृत्तिलाई प्रोत्साहन दिने काम भैराखेको छ, त्यो अहिलेका पदाधिकारीहरूका स्वार्थानुकूल भन्न मिल्दैन - कुनै पनि व्यक्तिले पदाधिकारीहरूले गरेका कार्यशैली प्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न पाइन्छ कि पाइदैन - के प्राध्यापकहरूले आफ्नो हकहितका कुरा राख्दा, विश्वविद्यालयको योजनाका बारेमा थाहा पाउन खोज्दा विश्वविद्यालयको प्रतिष्ठा र मर्यादामा आँच आउछ भनी आफ्नो हैकम र रबाफ् लादन मिल्छ - आफ्ना नातामा नपरेका प्राध्यापकहरूलाई धेरै वर्षम्म करारमा राख्नु, अन्य योग्य शिक्षकलाई पदोन्नतिमा विभेद गर्नु, शैक्षिक उन्नतिमा विभिन्न अड्चन ल्याउनु, वृत्ति विकासका ठोस कार्यनीति कहिल्यै तर्जुमा नर्गनु, विश्वविद्यालयको विकासको अनुपातमा प्राध्यापकहरूको सुविधामा विशेष ध्यान नदिनुलाई न्यायसंगत भन्न मिल्छ - यस्तो खालको व्यवस्थापन पक्षलाई कसले सक्षम नेतृत्व भन्ला - के यस्ता प्रवृत्ति भएकालाई समाजले पुरस्कृत गर्दै उच्च स्थानमा राखिरहनु उचित हुन्छ -

यिनै विभिन्न प्रश्नहरू जब विश्वविद्यालयका सक्षम युवा प्राध्यापकवर्गले उठाए तब आफूले गरेका गलत क्रियाकलापको खुलासा हुने भयले उपकुलपति, रजिष्ट्रार, डीन र विभागीय प्रमुखहरूबाट प्राध्यापहरूलाई विभिन्न धाक, धम्की र चेतवानी आउन थालेका छन् । ब्यक्तिहरूको सांगठनिक हुने मौलिक अधिकार विपरीत र संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणा पत्रलाई चुनौती दिदै विश्वविद्यालयको कार्यकारी परिषद्ले २०६३ ज्येष्ठ १२ गते विश्वविद्यालयको ऐन नियममा संघ संगठनहरूको कुनै प्रावधान नरहेको भनी वञ्चित गर्ने प्रयास गरेको छ । यद्यपि यस्ता मनगढन्ते नियम सिर्जना गर्ने कुरालाई चुनौती दिदै लोकतान्त्रिक संष्कार अनुरूप काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ गठन हुने प्रक्रिया सुरु भैसकेको कुरा यहाँहरुलाई अवगत गराउन चाहान्छौ ।

यी यावत कुराहरूले गर्दा विश्वविद्यालयको स्थापनाकालदेखि नै पदमा बसिरहेका उपकुलपति, रजिष्ट्रार, डीन एवं परीक्षा नियन्त्रकहरूका पाखण् कार्यशैलीको विरुद्धमा उत्रिन हामीहरूलाई बाध्य बनायो । उनीहरूबाट भइरहेको यस्तो गलत कार्यलाई निरुत्साहित पार्ने र न्यायमूलक व्यवस्थापकीय शैलीको स्थपना गर्ने उद्देश्यले यो ज्ञापनपत्र प्रस्तुत गरेका हौं । त्यसका अतिरिक्त उपकुलपति, रजिष्ट्रार र परीक्षा नियन्त्रकले गरेका केही काला करतुत्हरूलाई पनि बुँदागत रूपमा यहाँ प्रस्तुत गरिएको छ ।

-क) उपकुलपतिको प्रत्यक्ष निर्देशन एवं संलग्नतामा भएका अनियमितताहरू :

-१) विधिको शासनलाई मिचेर अपारदर्शिता, स्वेच्छाचारिता र प्राज्ञिक मर्यादाको पूर्ण उपेक्षा गरी गलत क्रियाकलापको श्रृङ्खलाबद्ध सुरुवात गर्नु । विश्वविद्यालयमा विधिको शासन विपरीत अब्यवसायिक संस्कारको बिजारोपण गर्नु ।

-२) आफैँ कार्यकारी परिषद्को अध्यक्ष भई आफ्नो अनुकूल हुने गरी नियम बनाउनु, सो नियम बनाउनमा रजिष्ट्रारको पूर्ण सहयोग लिई नियमको आडमा विश्वविद्यालयमा मनपरि तन्त्रको सुरुवात गर्नु । आफ्नो विचार सदैव उच्च बनाई राख्न परिषद्मा आफूले चाहेको ब्यक्तिलाई मात्र निरन्तरता दिई बहुमत कायम गर्नु ।

-३) शिक्षक छनौट समितिको अध्यक्ष आफैँ हुने नियम बनाई आफूले चाहेको व्यक्तिलाई न्यूनतम योग्यता पुगेको भन्दै जथाभावी नियुक्ति वा पदोन्नति गर्नु, तर आफूले नरुचाएको व्यक्ति परेमा विभागीय प्रमुख र डीनको हवाला दिदैँ विभेद गर्नु वा निष्कासन गर्न रजिष्ट्रारलाई प्रयोग गर्नु ।

-४) विभिन्न विभागमा आफ्ना नातेदार वा निकटस्थ ब्यक्तिलाई नियुक्ति गर्नु, प्रमुख बनाउनु र उनीहरूलाई मात्रै अन्य लाभका अवसर प्रदान गर्नु ।

उदाहरणको लागि, आफ्नै कान्छा भाइ श्रीमुकुन्दप्रसाद उपाध्यायलाई वरिष्ठ प्रशासनिक पदमा नियुक्ति गर्नु र केही समय पछि नै व्यवस्थापन सुधारको नाममा ठाडै एकतह मिची कार्यकारी पदमा नियुक्ति दिनु । यसै गरी आफ्नो साढु दाजु श्रीदामोदर गौतम -भू.पू. मुख्यसचिव एवं भू.पू. राजदूत) लाई खास प्राध्यापन अनुभव बिना नै ठाडै प्राध्यपक पदमा नियुक्ति गर्नु । त्यसैगरी आफ्नी कान्छी छोरी श्रीमती सिजन शर्मा-(दवाडी)लाई विश्वविद्यालय योजना व्यवस्थापन पदको सिर्जना गरी जागिर खुवाउनु । साथै, कप्युटर इञ्जिनियरिङ् विभाग प्रमुख बनाइएका उपकुलपतिका भान्जा श्री मनिष पोखरेलले विभागलाई धरासायी बनाउँदा समेत कुनै कारवाही नगर्नु । आफ्ना सम्धी श्री एम. पि. दवाडीको निर्माण व्यवसाय कम्पनीलाई सातदोवाटो स्थित व्यवस्थापन संकायको भवन नक्साङ्कन एवं निर्माणको जिम्मा दिनु ।

-५) शक्तिकै पूजारी बन्नु, उनीहरूकै निर्देशनमा अनावश्यक प्राध्यपक र कर्मचारीहरूलाई जथाभावी नियुक्ति गर्नु ।

-६) परीक्षा नियन्त्रकलाई आफ्ना नातेदार र शक्तिमा रहेका व्यक्तिहरूको सिफारिसमा चिकित्साशास्त्र जस्तो संवेदनशील विषयमा पनि भर्ना गर्नको लागि प्रत्यक्ष प्रभाव पार्नुर् ।

-७) विभिन्न संकायमा उपकुलपतिको विशेषाधिकार भन्दै आफन्त विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनु ।

-८) व्यवस्थापन र प्रशासनलाई स्तरहीन तुल्याउन विश्वविद्यालयको हरेक क्रियाकलापमा प्रत्यक्ष हस्तक्षेप गरी अरूको स्वतन्त्र ऊर्जालाई कुण्ठित गर्नु । यी बाहेक विश्वविद्यालयमा अन्य थुप्रै उदाहरणहरु छन् ।

-ख) रजिष्ट्रार डा. सीतराम अधिकारीको प्रत्यक्ष सहभागितामा भएका गलत क्रियाकलापहरू :

प्रशासनमा एकलौटी हैकम राख्न सफल डा.अधिकारी आफ्ना कर्मचारीहरूसँग उचित व्यवहार नगर्ने व्यक्तिको रूपमा परिचत छन् । आफ्ना वरिपरिका व्यक्तिको पदोन्नतिमा मात्र विशेष ध्यान दिने यी व्यक्ति आफ्नो विचारमा सहमत नहुने प्राध्यापक र कर्मचारीहरूको जरो उखेल्न पछि पर्दैनन् । विगत पन्ध्र वर्षेखि विश्वविद्यालयको सम्पूर्ण आर्थिक कारोबार हेर्ने र प्राज्ञिक गतिविधिमा कम रुचि राख्ने व्यक्ति भनी उनी चिनिएका छन् । काठमाडौं विश्वविद्यालयमा जति पनि नियम बन्दछन् ती सबै डा. अधिकारीको कार्यलाई अनुकूल हुने खालका बनाइन्छन् । प्राध्यापकहरू प्रति अत्यन्तै पूर्वाग्रही रूपमा प्रस्तुतहुने र कर्मचारीलाई निर्देशन दिने नाममा आफू विश्वविद्यालय प्रशासनको अर्न्तर्राष्ट्रिय स्तरको ज्ञाता भएको अभिमान गर्ने गर्छन् । डा. अधिकारीको शैलीप्रति असन्तुष्ट व्यक्तिहरू यीनको बिदाइको प्रतीक्षामा छन् र विश्वविद्यालयका स्वाभिमानी कर्मचारीहरू यिनी नभएको खण्डमा प्रशासन सुध्रिने कुरामा विश्वस्त छन् ।

यिनले आफन्तवादलाई प्रश्र्रय दिएका र अनियमितताका केही उदाहरण उल्लेख गरेभन्दा ज्यादैछन् ।

-१) आफ्नो ज्येष्ठ सुपुत्र श्रीवृजेश अधिकारीलाई अर्न्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरेर चीनमा पढ्न पठाउनु, तर पढ्न नसकेर बीचमै पढाइ छाडी र्फकेर आउँदा पनि पुनः अन्य सक्षम व्यक्तिलाई पछार्दै विद्यावारिधी गर्न नर्वे जाने सौभाग्य प्रदान गर्नु ।

-­­२) आफ्नो कनिष्ठ सुपुत्र श्रीशरद अधिकारीलाई विशेष पद सिर्जना गरी रिर्सच लेक्चररमा नियुक्ती गर्नु र पछि सूचना शाखाको म्यानेजर बनाउनु ।

-­३) आफ्नी जेठी सासूको छोरो श्रीशेखर ढुंगानालाई सूचना अधिकृतमा नियुक्ति गर्नु र स्नातकोत्तर कार्यक्रममा सहभागी हुने विषेश अवसर प्रदान गर्नु ।

-४­) आफ्ना कान्छा भाइ श्रीगौरीशङ्कर अधिकारीको घर विगत १३ वर्षेखि विश्वविद्यालयको गेष्टहाउस बनाई प्रत्यक्ष्य लाभ उठाउनु र प्रत्येक महिना अत्यधिक रकम असुली गर्नु । सो घरमा काम गर्न आफ्नै नातेदारलाई राख्नु र तिनीहरूलाई विश्वविद्यालयको तलब ख्वाएर आफ्नो घरमा घरेलु कामदारको रूपमा काम लगाउनु ।

-५) आर्थिक मामिला हेर्ने नाममा आफ्नै भान्जा श्रीनभेन्द्र पौडेललाई आन्तरिक लेखापरीक्षक र आफ्नो छिमेकी श्रीकुमार बराललाई लेखाको हाकिम बनाउनु । शिक्षकहरूलाई वञ्चित गर्राई यी विश्वासपात्र द्वयलाई EMBA पढ्ने विषेश अवसर प्रदान गर्नु ।

-६) विश्वविद्यालयको शैक्षिक कार्यक्रमको विकासमा भन्दा भौतिक विकासमा जोड दिई "नियमानुसार" ठेकेदारहरूबाट लाभ लिनु ।

-७) विश्वविद्यालयमा व्यवसायिक क्रियाकलापको विकास हुन नदिनु र व्यक्तिगत सम्बन्धलाई प्रोत्साहन दिइनु ।

-८) विश्वविद्यालयमा प्रशासन संयन्त्रलाई शैक्षिक गतिविधि भन्दा महत्वपर्ूण्ा स्थान दिने कुप्रथाको सुरुवात गर्नु र निरन्तरता दिनु । उनीबाट भएका यस्ता क्रियाकलापहरू अनगिन्ती छन् ।

-ग) डीन एवं परीक्षा नियन्त्रक डा.भद्रमान तुलाधरको प्रत्यक्ष सहभागितामा भएका अनियमितताहरू :

विश्वविद्यालयमा एउटै व्यक्तिले स्थपनाकालदेखि लगातार अनेकौँ पदमा आफूलाई स्थापित गराउन सफल भएका डा.तुलाधरले अहिले पनि कलासंकायको डीन, परीक्षा नियन्त्रक, योजना विभागको निर्देशक, नर्वेली विकास नियोगद्वारा सञ्चालित स्नातकोत्तर कार्यक्रमका प्रोफेसर इन्चार्ज र विश्वविद्यालय संरक्षक समितिको सदस्य हुन् । यस तथ्यले विश्वविद्यालयमा वृत्तिविकासको अवसर अरुले कत्ति पाएका होलान भन्ने अनुमान लगाउन कत्ति पनि गाह्रो पर्दैन ।

उनले गरेका केही अनियमितता तल उल्लेख गरेभन्दा कयौं ज्यादा छन् ।

-१) विश्वविद्यालयलाई आवश्यक पर्ने भौतिक सामाग्री किन्दा आफ्नै परिचित ठेकेदारबाट किनाएर कमिशन लिनु ।

-­­२) परीक्षाशाखामा अन्य कर्मचारी मौजुद हुँदाहुँदै पनि आफैँ बसी अयोग्य विद्यार्थीहरूलाई उतीर्ण गराउनु र प्रवेश परीक्षामा व्यापक अनियमितता गर्नु ।

-­३) विश्वविद्यालयसँग केही सम्बन्ध नराख्ने आफ्नी श्रीमतीलाई निर्बाध रूपले परीक्षाशाखा जस्तो गोप्य स्थानमा प्रवेश गराउनु ।

-४­) विश्वविद्यालयको बजेटमा सोझै हस्तक्षेप गरी आफूलाई आवश्यक पर्ने कुनै पनि शीर्षक खडा गरी योजना बनाउने नाममा आफ्नो मातहतका विभागबाट कुनै सुझाव बिना नै मनोमानि गर्नु ।

-५) आफूसँग परिचित व्यक्तिलाई मात्र विभिन्न विभागमा लाभको अवसर प्रदान गर्नु र आफ्ना प्रशंसकलाइ मात्र प्रमुखमा बलजफत् नियुक्ती गर्नु ।

-६) पद र मर्यादाको दुरुपयोग गर्दै उपकुलपति तथा रजिष्ट्रारलाई समेत प्रभावमा पारी अनियमितता गर्न अरुलाई प्रेरित गर्नु एवं प्रशासनमा कुसँस्कृतिलाई प्रश्रय दिनु ।

-७) विश्वविद्यालयसँग सम्झौता गरेका शिक्षण संस्थानहरूको भ्रमण गर्ने आफै कर्ययोजना बनाई दाताहरूबाट प्राप्त सहयोग रकम दुरुपयोग गरी आफूखुसी विदेश भ्रमण गर्नु र नियमानुसार पाउने भनी विश्वविद्यालयबाट अत्यधिक मात्रामा दोहोरो तलबभत्ता असुल गर्नु ।

मुलुकमा दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोको रूपमा रहेको विश्वविद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणको विकास पुर्याउन त्यहाँ कार्यरत समग्र व्यक्तिहरूको भूमिकासँगै आर्थिक समता र पारदर्शिता अत्यन्त महत्वपूर्ण हुन्छ । तर विश्वविद्यालयमा समावेशी परम्पराको अभावमा केवल केही व्यक्तिले मात्र यहाँको सम्पूर्ण संरचनालाई नियन्त्रणमा लिएकोले राष्ट्रको एउटा महत्वपूर्ण संस्था धरासायी हुने अवस्थामा पुगेको आभास हुन्छ । विश्वविद्यालयमा कार्यरत तटस्थ प्राध्यापकहरूले यो कुरा प्रकाशमा ल्याउनु अहिले जरुरी नै भइसकेको छ । विश्वविद्यालयको ठोस आर्थिक कार्यनीतिको अभावमा अव्यवस्थित विकास कार्यक्रमले प्रश्रय पाउनुमा स्थापनाकाल देखिनै सक्रिय सीमित व्यक्तिहरूको चलखेललाईनै दोष दिनु पर्छ । यस्तो परम्परामा भए गरेका अनियमितता, भ्रष्टाचार र व्यक्तिवादी चरित्रको विस्तृत छानविन गर्नु आवश्यक भैसकेको छ ।


यसैसर्न्दर्भमा उल्लेखित पदाधिकारीहरूका बारेमा जुन कुरा माथि वर्णन गरिएका छन् त्यसमा उहाँहरूका परिचित व्यक्तिहरूको सहानुभूति हुनु र केही कारणहरू देखाई ती तथ्यहरूलाई इनकार गर्नुमा कुनै आर्श्चर्य हुने छैन । यस्तो गर्नुमा पनि निहित स्वार्थ लुकेको हुनुपर्छ भन्नेमा हाम्रो विमति छैन । तर महत्वपूर्ण कुरा भने कसरी केही व्यक्तिको क्षमता हुँदाहुदै पनि पद प्राप्त गरेपछि शक्तिशाली भई विश्वविद्यालय जस्तो संरचनामा विचलनको पराकाष्ठा विकास गरे भन्ने हो ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम राख्नमा योग्य प्राध्यापकहरूले पुर्याएको योगदानलाई हामीले विशेषरूपमा महत्व दिएकाछौं । शिक्षणपेशामा लामो समयसम्म आबद्ध हुने ध्येय राखी विश्वविद्यालयमा संलग्नहुन आएका एउटा ठूलो युवाजमातलाई पदाधिकारीहरूले उपेक्षा गर्दै उनीहरूका क्षमताको अवमूल्यन गर्नुमा विद्याका उपाशकहरूको आत्मसम्मानलाई नै ठेश पुग्ने महसुस गरेकाछौँ । शिक्षाको समग्रविकासको लागि विश्वविद्यालयको संयन्त्रमानै सुधार गर्न आ-आफ्नो क्षेत्रमा क्षमता प्रदर्शन गर्नु सबैको कर्तव्य एवं अधिकारको विषय हो । त्यसैले पनि आफ्नो पेशाको रक्षा गर्नको निमित्त संगठित हुनु र अन्यायमा परेका सहकर्मीहरूको पीरमर्कालाई सम्बोधन गर्नुमा हाम्रो भूमिका महत्वपूर्णर्छ भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छौं ।

अतः साँसदज्यूहरुले हामीले उपलब्ध गराएका तथ्यलाई मूल्याङ्कन गरी यहाँ भएका अन्य रहस्यमय क्रियाकलापहरूको पनि वस्तुगत विष्लेषण गरी यसको छानबिन गर्नको लागि काठमाडौं विश्वविद्यालय प्राध्यापकसंघ सम्मिलित सदस्य सहितको एउटा अधिकार सम्पन्न आयोग गठन गरीदिनुहुन अनुरोध गर्दछौँ ।

गरिमामय संसद्ले यथाशीघ्र कार्य थाल्नेछ भन्नेमा हामी विश्वस्तछौँ ।
------

KUPA ले अघि सारेका आन्दोलनका मागहरू :


१. KUPA गठनको दौरान सक्रिय भूमिका खेल्नु भएका Department of Natural Sciences (Chemistry) का अ. प्रो डा. बोरिस निरौलालाई प्रतिशोधको भावानाले प्रेरितभई नियम विपरीत करार सेवा समाप्त भएको पत्र दिँदै विश्वविद्यालय सेवाबाट हटाइएकोले उहाँको स-सम्मान पूनर्वहाली गरियोस्, र भविष्यमा कुनै पनि प्राध्यापकहरूलाई यस्तो मानसिक यातना दिने काम बन्द गरियोस् ।
२. बुँदा -१) मा उल्लेखित कार्यगर्ने सरोकारवाला पदाधिकारीहरू डा. रणबहादुर क्षेत्री, विभागीय प्रमुख, Department of Natural SciencesÙ विज्ञान संकायका डीन डा. पुष्पराज अधिकारी र निमित्त रजिष्ट्रार भई निस्कासनपत्र जारीगर्ने डा. भद्रमान तुलाधरसँग क्रमिकरूपमा निश्चित समय भित्र लिखित स्ष्टिकरण माग गर्ने । यदि पारदर्शि तरीका नअपनाई डा. बोरिस निरौलालाई कार्वाही गरिएको पाइएमा उक्त पदाधिकारीहरूको विरूद् KUPA ले कडा संर्घषमा उत्रने जानकारी गराउँदछ ।
३. स्थायी लेक्चररको हकमा सात वर्ष सेवा अवधिको जुन नियम छ, त्यो नियम तुरुन्तै खारेज गरियोस् । यसै नियमलाई आधारमानी विगतमा विश्वविद्यालय सेवावाट हर्टाईएका प्रध्यापकहरूलाई स-सम्मान पूनर्वहाली गरियोस् ।
४. एक वर्षप्राध्यापन अनुभव गरिसकेका करार र अस्थायी प्राध्यापकहरू तथा कर्मचारीहरूलाई निशर्त अविलम्ब स्थायी गरियोस र पदोन्नति रोकिएका प्राध्यापक र कर्मचारीहरूलाई तुरुन्त वढुवा गरियोस ।
५. KUPA को तर्फबाट काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद र विश्वविद्यालय सभामा प्रतिनिधि रहने व्यवस्था तुरुन्तै लागू गरियोस् ।
६. एक-व्यक्ति-एक-पदको अवधाराणलाई तुरुन्तै लागू गरियोस् ।
७. शिक्षक एवं कर्मचारीको तलब, भता, उपदान आदि सम्बन्धित नियमहरू KUPA सँग समन्वय गरी पुनरावलोकन गर्ने प्रक्रिया अविलम्ब थालियोस् ।
८. KUPA को दैनिक काम सञ्चालनार्थ भौतिक सुविधा सहितको एउटा छुट्टै कार्यलय तत्कालै उपलब्ध गराउनुको साथै KUPA को लागि बजेटको पनि व्यवस्था गरियोस ।


नेपाल प्राध्यापक संघले राष्ट्रको बदलिंदो परिस्थिति अनुरूप सम्पूर्ण विश्वविद्यालयहरूका उपकुलपति, रजिष्ट्रार लगायत अन्य पदधिकारीहरूका राजिनामा मागगरेको सर्न्दर्भमा KUPA त्यस मागप्रति ऐक्यवद्धता जनाउँदछ ।


Read more!

Friday, June 23, 2006

KUPA को गम्भीर ध्यानाकर्षण

काठमाडौं विश्वविद्यालय प्राध्यामक संघ
धुलिखेल काभ्रे
दर्ता नंः जि।प्र।sा। काठमाडौं ८००:247;०६२-०६३

यही मिति २०६३ साल आषढ ६ गतेका दिन उपकुलपति डा। सुरेश राज शर्माका सहोदर भाइ श्रीजलन शर्माद्वारा काठमाडौं विश्वविद्यालय परिसर भित्र प्रा। डा। सुरेन्द्रराज काफ्ले र KUPA का सदस्य माथि लगाइएको आक्षेप प्रति KUPA को गम्भीर ध्यानाकर्षण भएको छ । विश्वविद्यालयसँग कुनै पनि सरोकार नभएका श्री जलन शर्मालाई KUPA को उद्देश्य र कार्यसाचालन प्रति अनावाश्यक टिका टिप्पणी गर्ने कुनै आधार नभएको हुदाँ आफ्नो मर्यादाको उलङ्घन नगरि केबल नागरिक चरित्र प्रर्दशन गर्न संघ आग्रह गर्दछ । जलन महोदयलाई KUPA के भन्न चाहान्छ भने तपाई स्वयम सार्वजनिक संस्थाको उच्च ओहदामा बसी काम गरिसक्नुभएको अनुभवको आधारमा त्यस्तो तल्लो स्तरको अभिव्यक्ति सार्वजनिक गर्दै प्रस्तुत हुन सुहाउँछ के विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले एउटा व्यक्ति जो आपुूनै भ्रष्टाचारको आरोपमा अख्तियारको कठधारमा उभिनु परेको छ त्यस्तो व्यक्तिबाट नैतिकताको उपदेश सुन्नु आवाश्क छ यस्तो आरोपित व्यक्तिले आफ्नो दाजुको पदजाला भनी निष्कलङ्कित स्वाभिमानी प्राध्यापकहरुलाई तथानाम गाली गर्नु दाजुले उपकुलपतिको पदबाट हट्न परेको खण्डमा विभिन्न प्रकारका हतकन्डा अपनाई प्राध्यापकहरु माथि सांघातिक हमला हुन्छ भन्ने अप्राज्ञिक व्यक्तिको जस्तो चरित्र प्रर्दशन गर्न खोज्नु निरङ्कुश मानसिकताको उपज होईन र? त्यसैले उपकुलपति डा। सुरेशराज शर्मा र उहाँका भाइलाई KUPA के आर्गह गर्छ भने अलिकति पनि नैतिकता यहाँहरुमा छ भने अख्तियारतिर अवलोकन गर्नुनै उचित होला । भविष्यमा अख्तियारले आरोप लगाएका आफ्ना भाइहरुलाई स्वाभिमानी प्राध्यापकहरु माथि नैतिक उपदेश दिने नाममा गाली गलौज गर्न प्रेरित नगर्नु होला भनी काठमाडांै विश्वविद्यालयक प्राध्यापक संघ उपकुलपति डा। सुरेशराज शर्मालाई अनुरोध गर्दछ ।

अध्यक्ष रामप्रसाद घिमिरे

महासचिव समिरमणि दीक्षित

काठमाडौ विश्वविद्यालय प्राध्यापक संघ
धुलिखेल काभ्रे ।


Read more!

Friday, June 16, 2006

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (KUPA) को आह्वान

काठमाडौं विश्वविद्यालय कावि स्थापना भए यता देखि केही सीमित पदाधिकारीहरुले विश्वविद्यालय साचालनमा स्वेच्छाचारिता मनोमानिता र भ्रष्टाचार गर्दै आएको तथ्य सार्वजनिक भैसकेको छ । आफन्त र नजिकका मान्छेहरुलाई नियुक्त गरी उनीहरुलाई लाभ उपलब्ध गराई विश्वविद्यालयमा दैनिक काम-काज साचालन गर्ने परम्पराको थालनी स्थापनाकाल देखिनै शक्तिमा बसेका व्यक्तिहरु आफु झन शक्तिशाली हुने नीति अनुरुप नै गर्दै आएको तथ्य यहाँहरुलाई सर्ववितितै छ । यसबाट सिर्जना भएको अव्यावसायिक सँस्कृति (unprofessional culture) र व्यवस्थापकीय कमजोरी (mismanagement) ले कुप्रथाको थालनी भएको हुँदा त्यस्तो प्रकारको श्रृङ्खलालाई अन्त्य गर्न अत्यन्त आवश्यक भै सकेको छ ।

काविमा यस्तो लज्जाजनक संस्कारको चरम विकास भैसक्दा पनि विश्वविद्यालय बाहिर यसबारे चर्चा हुन्छकि भन्ने त्रासले उपकुलपति रजिष्ट्रार र परीक्षा नियन्त्रक लगायतले खेलेको भूमिकालाई यहाँ भैरहेको दमन शोषण र भ्रष्टाचारलाई ढाक छोप गर्ने प्रयासको रुपमा लिनु पर्छ । यस्तो प्रकारको स्वेच्छाचारिताको विरुद्धमा जब स्वाभिमानी प्राध्यापकहरुले संगठित भै KUPA गठन गर्ने प्रकि्रया सुरु गरे तब तिनै पदाधिकारी र उनीहरुका मतियारहरुले विश्वविद्यालयमा विधिको नियम विपरीत संगठित प्राध्यापकहरुका आवाजलाई उपेक्षा गर्ने र सांघातिक हमला गर्ने कुचेष्टा जस्ता निर्लज्ज तरिकाको व्यवहार प्रदर्शन गरी प्राज्ञिक समुदाय सामु आफैलाई कलङ्कित तुल्याएका छन् । विश्वविद्यालयमा कार्यरत तठस्थ प्राध्यापक एवं कर्मचारीहरुको अथक प्रयासले काविले जुन प्रतिष्ठा हासिल गरेको छ त्यसैलाई ढाल बनाई आफ्नो सामन्ती मानसिकता र अक्षमताको ढाकछोप गर्न उपकुलपति रजिष्ट्रार एवं परीक्षा नियन्त्रक निरङकुश शैलीमा प्रस्तुत हुने कुरा कोहीबाट लुकेको छैन ।

काविका सम्पूर्ण विद्यार्थी प्राध्यापक अन्वेषक प्रशिक्षक प्रशासनिक कर्मचारीहरु र सर्वसाधारणलाई हामी जानकारी दिन चाहान्छौ काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ गठन प्रकि्रया सम्पन्न भई यस्को काम-काज साचालनार्थ एउटा कार्यसमिति पनि गठन भैसकेको छ ।

यसै बीच KUPA को समर्थनमा र यस्ले गर्ने युगान्तकारी अभियानमा सम्लग्न हुने व्यक्तिहरुलाई हामी आश्वासन दिन चाहन्छो कि KUPA को कार्यमा ऐक्यवद्धता जनाउनॆ व्यक्तिहरु माथि गरिने दमन र अन्यायको विरुद्धमा KUPA ले न्याय दिलाउन सुदृढ कदम चाल्न पछि पर्ने छैन ।

स्वेच्छाचारिताको पछिल्लो उदाहरण प्रस्तुत गर्दै Department of Natural Sciences (Chemistry) का अ.प्रो. डा. बोरिस निरौलालाई नियम विपरीत कार्वाही गर्ने निर्णयको विरुद्धमा School of Science का डीन डा. पुष्पराज अधिकारी र निमित्त रजिष्ट्रार डा. भद्रमान तुलाधरको KUPA तत्काल राजिनामा माग गर्दछ । काविमा विधिको शासनलाई चुनौती दिन्दै मनोमानी तवरले आफ्नो हैकम र रवाफ लादने व्यक्तिहरुलाई पदमा बसी राख्ने कुनै नैतिक अधिकार नभएको र यी व्यक्तिहरुलाई बर्खास्त गर्नु पर्छ भन्ने हाम्रो अडान छ । मिति २०६३ आषाढ २ गते बिहान १०।०० बजे सम्म राजिनामा नआएको खण्डमा का।वि।प्रा। संघ कडा संघर्षमा उत्रन बाध्य हुनेछ । साथै समस्त स्वाभिमानी कर्मचारीहरुलाई KUPA को अभियानमा उत्रन हार्दिक आह्वान गर्दछ ।

KUPA ले काविमा मर्यादित सँस्कृतिको थालनी गर्ने अभियानमा यी प्रारम्भिक मागहरु अघि सारेको छ । KUPA ले अघि सारेका कुनै पनि मागलाई अहिले र भविष्यमा उपेक्षा नगरियोस् भन्ने हाम्रो अन्तिम आग्रह छ । अन्यथा विश्वविद्यालयमा पठनपाठन परीक्षा अनुसन्धान कार्य अदिमा अवरोध पुगे विश्वविद्यालयका पदाधिकारीहरु पूर्णरुपले जिम्मेवार हुनेछन् भन्ने कुराको जानकारी यसै आह्वान पत्र मार्फत गराउँन चाहन्छो।

KUPA लॆ अन्य मागहरु र काविको संरचना एवं नियममा आमूल सुधारका कार्यक्रमहरु सहित आन्दोलनमा छिटै उत्रिने जानकारी पनि दिन चाहन्छो । यस अभियानमा सर्मथन गर्न चाहने प्रध्यापकहरुले कुनै कारण वश संलग्नता जनाउन नसक्नु भएको भए KUPA कार्यसमितिका कुनै पनि सदस्यलाई सम्पर्क राखी आफ्नो औपचारिक ऐक्यबद्धता जनाउन हामी सादर अनुरोध गर्दछौ ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ
धुलिखेल काभ्रे ।
मितिः २०६३ आषाढ १ वृहस्पतिबार ।


Read more!