Thursday, June 01, 2006

का.वि.वि.को सूचना


काठमाडौँ विश्वविध्यालय
धुलिखेल, काभ्रे, नेपाल
२०६३ ज्येष्ठ १२
सूचना

काठमाडौँ विश्वविध्यालयबाट भए गरेका केही निर्णयहरुको सन्दर्भमा मिति २०६३।१।१९ मा करिव ६४ जना शिक्षकहरुले हस्ताक्षर गरी पेश गरेको पत्र एवं २०६३।२।७ मा १ जनाको हस्ताक्षर भएको पत्र दर्ताहुन आएको सम्बन्धमा कार्यकारी परिषदको ध्यानाकर्षण भएको छ ।

विश्वविध्यालयको नीति र सोच अनुसार प्राज्ञिक कृयाकलापका लागि विभिन्न समितिहरु रहेको र विश्विध्यालयको सँगठनात्मक सँरचना बमोजिम कार्य भइरहेको स्थितिमा शिक्षकहरुको पेशागत समस्याहरु र सुझावहरुका लागि विश्वविध्यालयका सबै निकायहरु खुला रहेको र वर्तमान ऐन नियम अनुसार विश्वविध्यालय सभामा शिक्षकहरुमध्येबाट दुई जना र कार्यकारी परिषद्मा सभाबाट मनोनित शिक्षक प्रतिनिधि एकजना सदस्यको रुपमा कार्यरत रहेको विदितै छ। यसै सिलसिलामा २०६३।२।८ का दिन ४ बजे बोलाइएको स्टाफ मिटिङ्गमा उपकुलपतिज्यू र रजिष्ट्रारज्यूबाट वर्तमान ऐन नियममा सँघ सँगठनहरुको प्रावधान नरहेको स्थिति अवगत गराइएको व्यहोरालाई २०६३।२।१२ को कार्यकारी परिषद्ले अनुमोदन गरेको व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको जानकारीका लागि निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ ।

मुकुन्दप्रसाद उपाध्याय
प्रमुख,
व्यवस्थापन सेवा महाशाखा

1 comment:

Anonymous said...

प्रावधान छैन रे? तानाशाही हो की क्या हो?
प्रावधान छैन भने, बनाउनु पर्यो। हाम्रा गुरुहरुलाई त्यतिकै पेल्ने?
आफ्ना असक्षम सन्तानहरु माथि जाने बाटो रोकिएला भन्दैमा प्रोफेशरहरुको
सँगठन बनाउन नदिन? हामी सबै भुतपूर्व विध्यार्थिहरु यस्को घोर विरोध गर्दछौँ ।

हाम्रा गुरुहरु जिन्दावाद!
निरँकूश प्रशासन मुर्दावाद!!

पूर्व विध्यार्थी
Computer Engineering