Showing posts with label KU Notices. Show all posts
Showing posts with label KU Notices. Show all posts

Monday, July 03, 2006

कुपाको कार्यक्रम भाँडन खोज्ने सीतारामको सूचना


काठमाडौँ विश्वविध्यालय
धुलिखेल, काभ्रे, नेपाल
मिति: २०६३।०३।१३

२०६३ जेष्ठ १२ गते कार्यकारी परिषद्को निर्णय अनुसार सूचना प्रकाशित गरी विश्वविध्यालयको वर्तमान ऐन नियममा सँघ सँगठनहरुको प्रावधान नरहेको व्यहोरा सबैलाई जानकारी गराइएको थियो। यसैबिच विश्विध्यालयको नाम सँग जोडेर सँस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौँमा दर्ता गरिएको एक सँस्थाबाट मिति २०६३।०३।०५ मा कार्यकारी परिषद्को अध्यक्षज्युलाई सँबोधन गरी मागपत्र पेश हुन आयो। उक्त पत्रमाथि मिति २०६२।३।९ को कार्यकारी परिषद्मा छलफल हँुदा "काठमाडौँ विश्वविध्यालय ऐन २०४८, यस अन्तर्गत बनेको नियमहरु र मुलुकको प्रचलित कानूनहरुको व्यवस्था अनुरुप उक्त सँस्थाको कानूनी स्थिति र कार्यक्षेत्र एवँ विश्वविध्यालयले उक्त सँस्थाबाट लेखि आएका कुराहरुलाई सँबोधन गर्न मिल्ने वा नमिल्ने बारेमा स्पष्ट कानूनी राय परामर्श लिने निर्णय भए अनुरुप २०६३।३।९ मै कानूनी सल्लाहकारलाई पत्र पठाइसकिएको छ। साथै विश्वविध्यालयको समसामयिक विषयमा छलफल गर्न यही २०६३।३।१६ मा सम्माननीय प्रधानमन्त्री एवँ कुलपति श्री गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा विश्वविध्यालयको सभा बस्ने भएको छ। यस स्थितिमा २०६३।३।५ मा मागपत्र पेश गर्ने सोही सँस्थाले सँस्थाको उदघाटन गर्न विश्वविध्यालयका पदाधिकारीहरुलाई निमन्त्रणा पत्र बाँढेकोमा विश्वविध्यालयको ध्यानाकर्षण भएको छ। विश्वविध्यालय प्रशासनसँग अनुमति नलिई कार्यालय समयभित्र पठनपाठन कार्यमा बाधा पुग्ने गरी आयोजना गर्न लागिएको यस्तो कार्यक्रम आयोजना नगर्न र भाग नलिन विश्वविध्यालय सबै शिक्षक, कर्मचारी तथा विध्यार्थिहरुलाई जानकारी गराँउदछ।

डा. सीताराम अधिकारी
रजिष्ट्रार


Read more!

Thursday, June 01, 2006

का.वि.वि.को सूचना


काठमाडौँ विश्वविध्यालय
धुलिखेल, काभ्रे, नेपाल
२०६३ ज्येष्ठ १२
सूचना

काठमाडौँ विश्वविध्यालयबाट भए गरेका केही निर्णयहरुको सन्दर्भमा मिति २०६३।१।१९ मा करिव ६४ जना शिक्षकहरुले हस्ताक्षर गरी पेश गरेको पत्र एवं २०६३।२।७ मा १ जनाको हस्ताक्षर भएको पत्र दर्ताहुन आएको सम्बन्धमा कार्यकारी परिषदको ध्यानाकर्षण भएको छ ।

विश्वविध्यालयको नीति र सोच अनुसार प्राज्ञिक कृयाकलापका लागि विभिन्न समितिहरु रहेको र विश्विध्यालयको सँगठनात्मक सँरचना बमोजिम कार्य भइरहेको स्थितिमा शिक्षकहरुको पेशागत समस्याहरु र सुझावहरुका लागि विश्वविध्यालयका सबै निकायहरु खुला रहेको र वर्तमान ऐन नियम अनुसार विश्वविध्यालय सभामा शिक्षकहरुमध्येबाट दुई जना र कार्यकारी परिषद्मा सभाबाट मनोनित शिक्षक प्रतिनिधि एकजना सदस्यको रुपमा कार्यरत रहेको विदितै छ। यसै सिलसिलामा २०६३।२।८ का दिन ४ बजे बोलाइएको स्टाफ मिटिङ्गमा उपकुलपतिज्यू र रजिष्ट्रारज्यूबाट वर्तमान ऐन नियममा सँघ सँगठनहरुको प्रावधान नरहेको स्थिति अवगत गराइएको व्यहोरालाई २०६३।२।१२ को कार्यकारी परिषद्ले अनुमोदन गरेको व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको जानकारीका लागि निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ ।

मुकुन्दप्रसाद उपाध्याय
प्रमुख,
व्यवस्थापन सेवा महाशाखा


Read more!