Thursday, June 22, 2006

केयू प्राध्यापक संघप्रति व्यवस्थापनको दादागिरी

(साभार:http://www.parewa.com/newsview.php?id=2492)

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ दर्ता भइसकेपछि पनि व्यवस्थापनले दादागिरी कायम रहेकोमा प्रध्यापकहरुले आपत्ति जनाएका छन्। केयू व्यवस्थापनले आफ्नो ऐनले नै सो सम्बन्धी व्यवस्था नगरेको भन्दै संघमा लाग्ने प्राध्यापकहरुलाई बर्खास्त गर्नेसम्मको निर्णय लिँदै आएको छ।

केयूको ऐनमा प्राध्यापक संघ खोल्न पाउने व्यवस्था नभए पनि प्राध्यापकहरुले मुलुकमा लोकतन्त्र बहालीपछि विश्वविद्यालयको पुर्नसंरचना गरिनुपर्ने बताउँदै संघ दर्ता गराएका हुन्। 'मुलुकबाटै हुकुमी शासनको अन्त्य भइसकेपछि पनि केयूमा चाप्लुसी, चाकडी र शोषण कायम रहेकाले त्यसका विरुद्ध संगठित भएर आवाज उठाउन संघ गठन गरिएको हो'- एक प्राध्यापकले परेवालाई बताए।

संघ खोल्नमा प्रमुख भूमिका निर्वाह गर्ने डा. बोरिस निरौलालाई व्यवस्थापनले बर्खास्थ गरेको छ। वर्तमान ऐनले सात वर्षसम्म बढुवा नभएमा लेक्चरलाई हटाउन सक्ने अधिकार व्यवस्थापनलाई दिएकोमा नवगठित प्राध्यापक संघले सो व्यवस्थाको खारेजीको माग गरेको छ। बर्खास्थ गरिएका निरौला सहित अन्य लेक्चररको पुर्बहालीको माग राख्दै केयूका प्राध्यापकहरुले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्न लागेका छन्।

'यो ऐनका कारण उपकूलपति सुरेशराज शर्माको चाकडी नगर्नेको जागिर जहिले पनि असुरक्षित हुँदै आएको छ'- स्रोतले भन्यो- 'त्यसैले शिक्षकहरुको शोषण गर्ने ऐन संशोधन गरिनुपर्ने माग संघले राखेको हो।' वर्तमान व्यवस्था अनुसार सात वर्षसम्म सेवा गरेका लेक्चररलाई बिनाकसुर हटाउन सक्ने अधिकार
व्यवस्थापनलाई छ।

संघ सक्रिय हुन थालेपछि विश्वविद्यालय व्यवस्थापनले पठन-पाठन समयमै विश्वविद्यालय हातामा गुण्डा परिचालन गरेको आरोप लगाएका छन्। धुलिखेल नगरपालिकाका पूर्व मेयरका भरौटे परिचालन गरी प्राध्यापकहरुलाई दमन गर्न खोजेको उनीहरुको दाबी छ। 'हामी व्यवस्थापनको एकेडेमिक दादागिरीको अन्त्यका लागि लड्दैछौं' काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका एक अधिकारले नाम नछाप्ने शर्तमा भने।

यसैगरी उपकूलपति सुरेशराज शर्माका भाई जलनराज शर्माले भूपू रजिष्ट्रार सुरेन्द्रराज काफ्लेमाथि यही विषयलाई लिएर सं‍घातिक हमला गरेका छन्। जलन बीपी कोइराला स्वस्थय विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र कृषि विकास बैंकको महाप्रबन्धक हुँदा गरेको १० करोडको भ्रष्टाचारमा अख्तियरा धाइरहेका व्यक्ति हुन्।

www.parewa.com (22 June, 2006, 13:13 NST)

5 comments:

Anonymous said...

आखिर सुरेश राज शर्माले आफ्नो मन्डले रुप देखाई नै छाड्यो।
ब्लगर साथिहरुले सुरेश राजका मन्डले रुपका साथ साथै सितारामको मन्डले रुपका सम्बन्धमा झन लेख्दै, यिनीहरु कस्ता छन, के सम्म गर्न सक्छन भन्ने कुराको जानकारी नेपाली जनतालाई दिनु पर्यो।

यो जलन राज भन्ने मन्डलेको कुनै ईज्जत बाँकी छ र? काफ्ले सर जस्तो गाई प्राणीमाथी साँघातीक हमला गर्नेलाई हदै सम्मको कार्यवाही हुनु पर्छ। यो हमला सुरेश राज र सितारामको ईशाराम भएको हो र नेपाल सरकारले यस्ता गुन्डा, मन्डले, हमलाकारी हरुलाई कुनै प्राज्ञिक पदमा राख्नु हुँदैन र तुरुन्त बर्खास्त गर्नु पर्छ। सुरेश राज र सितारामले भ्रष्टाचारको पैसा प्रयोग गर्दै यो गुन्डागर्दी गराऐको हो । यीनिहरुको सम्पती जाँच हुनुपर्छ।

सुरेश राज मन्डले मुर्दाबाद।
सिताराम मन्डले मुर्दाबाद

मन्डले विरोधी

Anonymous said...

यो जलन राज भन्ने भ्रष्टाचारीले दाजुका भ्रष्टाचार, नातावाद र कृपावादको विरोध गर्यो भन्दैमा हाम्रो काफ्ले सरलाई पिट्ने? होईन सुरेश राजले कुर्सी जान लागेको झोँकमा के मात्र गर्न लाग्या भन्या। यहाँ आएर सुरेश राज मन्डले होईन भन्ने साथिहरुले अब बुझ्नु पर्यो कति घटिया मन्डले रहेछ सुरेश राज
शर्मा भन्ने ।

Anonymous said...

Now the present issue is not only the issue of teachers and authority. it is aissue of every student of Ku and Nepali citizen. Suresh Raj is now going mad and come down to physical action. Every student, teacher and citizen should help and support this movement for betterment of KU.
TK

Anonymous said...

I never even imagined these things can happen in KU.KU was generally thought to be good University with good reputation. But, I think people there are busy to play mud-singling there. I am a law student and I am shocked after I read that any lecturer can be sacked if he is not promoted within 7 years. This is despotic rule and VC can easily manipulate this provision if he does not like any lecturer. This increases, nepotism also when matters of promotions are taken up. The dadagiris of VC be abolished.

Anonymous said...

Hoina,
Jalan jee,
Naam anusar kai kaam garnu parne ra bhanya.....
ke ho yaar, bhrastchar pani garne, gunda gardi pani garne...bhrastachar ko paisa ko jhusilo dakaar ho ki kya ho?...
Manche marne gari hamala ta garnu bhayena ni...dai ko buddhi siddhiyo ki kya ho?

Malham Raj