सुरेशराज र साधु
केहि दिन अघि हाम्रा चिर-परिचित सुरेश राज शर्माबाट शिक्षाको ज्योति बाल्ने केहि साधुहरु र नेपालका दुर्गम स्थानहरुमा यी साधुहरुबाट खोलिएका विध्यालयका सम्बन्धमा चर्चा गर्नु भएको रहेछ। तर, शैक्षिक सँस्थाहरु मार्फत आफ्ना परिवारका सदस्यहरु, अत्यन्त घनिष्ठ सहयोगी सितारामका सम्पूर्ण परिवारलाई नै रोजगारको ब्यबस्थापन गर्ने र सकुन्जेल काठमाडौँ विश्वविध्यालयमा जहाँनिया शैक्षिक प्रशासन लागु गर्दै, सो विश्वविध्यालय लाई शर्मा विश्वविध्यालयमा परिणत गर्न चाहने यस्ता निकृष्ट ब्वाँसाहरुबाटा साधुहरुको चर्चा हुनु अत्यन्त खेदलाग्दो कुरा हो।
साधुका कार्यलाई सराहना गर्न साधु नै हुनु पर्छ भन्ने छैन। मानव इतिहासलाईनै हेर्ने हो भने केहि शैतानहरु पनि जीवन को उत्तरार्ध्म आएर साधु बनेका पाइन्छन। तर कुनै शैतानले साधुको चोला ओढदैमा, उक्त शैतानलाई साधु भन्न सकिन्न। सुरेश राज शर्माले आफ्नो नाताबाद र कृपाबाद का.वि.मा कायमनै राखेको अबस्थामा उन्का यि भनाईहरु स्वयमलाई नै ब्यङ्ग्य गर्ने खाल्को छैन र?
सुरेश राजले का.वि. स्थापना पश्चात का.वि.लाई आफ्नो पकडमा राख्न यस्ता घिन लाग्दा खेलहरु नखेलेको भए, पक्कै उन्लाइ पनि तिनै साधुहरु सँग दाँजिएर हेर्थे होलान। ज्ञानको अलख बाल्दै अलप भएका साधुहरु चिरस्मरणिय हुनुको कारण ज्ञानको ज्योतिमा स्वार्थको रोटि नसेक्नु हो। यस्ता ज्ञानि साधुहरुको बर्णन गर्दै सुरेश राज आफु पनि सानो तिनो साधु हो भन्ने भ्रम छर्नमा लागेका त हैनन? यदि त्यसो हो भने, सुरेश राजले बुझ्नु पर्छ साधुत्वले केहि अङिकार गर्दैन र साधुको कोहि हुन्दैन। यस्तै, कुनै पनि साधुले प्रशासनिक भवन अगाडि भबिश्यको आफ्नो शालिकको लागि तिन-कुने बगैन्चा पनि बनाउन्दैन थिए होलान। सुन्दा अचम्म लाग्छ, राणाशाहिको गन्ध आउने यो शालिक सँस्कृतीलाई सुरेश राज का.वि.मा फेरि ब्युन्ताउन चाहन्छ भन्दा। अब राणाशाहिको यस्तो अबशेषले साधुत्वको कुरा गर्दा, यसलाई ढोङ्ग, नाटक, स्वाङ्ग भन्दा बढि केहि भन्न सकिन्न।
सुरेश राजका यी भनाईहरु नाटक हुन भन्ने अर्को बलियो प्रमाण, महाभ्रष्टाचारी जलन राजको का.वि.मा प्रवेश। का.वि.का शिक्षकहरुका न्यायोचित साङ्गठानिक अधिकारलाई दबाउन धुलिखेलकै नामूद मन्डलेहरु मात्र नपुगेर अर्का नामूद भ्रष्टाचारीको प्रयोग गरेको हो सुरेशराज र सितारामले। सो को बिरोधमा तिब्र प्रतिकृया उत्पन्न भएपछि, उताबाट ध्यान मोडनकै लागि नै सुरेश राज यो साधुसम्बन्धी चर्चामा उत्रन चाहन्छ भन्दा अन्यथा नहोला। सुरेश राज के देखाउन चाहन्छ भन्ने यिनी का.वि. भित्र गुन्डा र मन्डलेहरु लाई प्रयोग गर्न जति सक्षम छ्न त्यतिकै सक्षम छन यि गुन्दगर्दिलाई साधुत्वको जामा लगाउन। आफ्ना भ्रष्टाचारी भाईलाई प्रयोग गर्दै का.वि.कै सन्स्थापकहरु मध्यै एकलाई शारीरिक रुपमै दमन गर्न खोज्ने सुरेश राज को शैतानि रूप अब कतिन्जेल यस्ता सतहि आबरणले छोपिने हो? यस्को निर्क्योल् गर्नु पर्छ, समतावादी र लोकतन्त्रवादी भनाउदा नेपाल सरकारले र चेतनशिल भनाउदा प्राध्यापक वर्गले।
1 comment:
Post a Comment