Tuesday, July 04, 2006

कुपा को दायित्व

सँघ-सँस्था नियमावली अन्तर्गत दर्ता भै सन्चालनमा आएपछि पनि, काठमान्डो विश्वविध्यालयका स्व-घोषित साधु र उन्का मतियार सीताराम कुपा लाइ आफ्नो जालझेल को शिकार बनाउन उद्यत छन। कुपा को गठनले अब काविका शिक्षक तथा प्राध्यापकहरुले सत्यताको पक्षमा बोल्ने छन, नाताबाद र कृपाबाद्को बिरोध गर्नेछन्, र आर्थिक पारदर्शिताको लागि आवाज उठाउने छन भन्ने डरले सीताराम र तथाकथित साधु सुरेश राज कुपा र कुपामा सकृय निर्भीक, सक्षम, र स्वाभिमानी प्राध्यापकहरु बिरुद्ध षडयन्त्रका तान-बाना बुन्नमा लागेका छन।

यसको बलियो पुष्टि केहि दिन अगडि यी प्रशासक द्वयले कुपा को सम्बन्धमा धुलिखेल्का स्थानिय जनता समक्ष फैलाएको दुश्प्रचारले गरेको देखिन्छ । कुपाको गठनले काविमा राज्निति छिर्न लाग्यो, र यो कावि लाइ धराशायि पार्ने काम हो भन्दै आफ्नो दुश्कर्म लाइ काविको भबिष्य सँग जोडनमा नव-साधु सुरेश राज र सीतराम हाल ब्यस्त छन । यस प्रकारको भ्रम जाल फैलाइ सके पछि, आफ्नो अत्यन्तै हितैषि, स्व-धरमी एबम राजा ज्ञानेन्द्र बाट जिल्ला अनुगमन समितीका अध्यक्ष्य नियुक्त र हाल खारेज गरिएको राज परिषदको तथाकथित "सम्माननिय" बेल प्रसाद श्रेष्ठ मार्फत धुलिखेल क्षेत्रका स्वाभिमानि नेपालिहरुलाइ कुपा बिरुध उभ्याउने खेलको भर्खर पताक्षेप हुन पुगेको छ। कुपाको गठन काविकै सुधारको लागि हो र बेल प्रसाद जस्ता मन्डलेहरु मार्फत धुलिखेलका केहि सिमित ब्यक्तिले मात्र काविमा फाइदा उठाउने प्रचलन बिरुद्ध हो भन्ने कुरालाइ कुपाका मित्रहरुले प्रकट गर्नु भए पश्चात, सुरेश राज र सीतारामको यो चाल पनि बेकार हुन गएको छ।

ज्ञातब्य छ, धुलिखेल क्षेत्रमा उपस्थित काविको बनेपा, पनौति र धुलिखेल तिनवटै क्षेत्रका जनताप्रती सामाजिक दायीत्व छ। तर, कावि भित्र कायम कृपाबादकै अनुरुप यी तिन क्षेत्रहरुमध्ये हालसम्म धुलिखेलकै बेल प्रसाद र उन्का मतियारहरुले मात्र फाइदा उठाउँदै आएको छा। यो कुनै राष्टृय सँस्थाले स्थानिय जिम्मेवारिमा देखाएको मनपरीतन्त्र हो भन्दा फरक नपर्ला।

अर्कोतर्फ, कुपा गठन मार्फत, काविका प्राध्यापकहरुको दरिलो सँगठन भएपछि सीताराम यो कुपालाइ, काविकै खर्चमा आफ्ना कानून सम्बन्धी जानकारि राख्ने नातेदारहरु मार्फात कनूनि दाउपेच प्रयोग गर्दै, कुनै पनि हालतमा मान्यता नदिने पक्षमा पुगेको देखिन्छ। बाहिर-बाहिर नव-साधु सुरेश राज विधिको शासन लाइ मान्छु भन्दै हिँडे पनि, भित्र-भित्र सीताराम मार्फत कुपा बिरुद्ध यो कदम चाल्न एकमत रहेको देखिन्छ।

यसैगरी, काविमा सन्स्थापन देखिनै आफ्नो पसिना बगाएर काविलाइ यो स्थानमा पुग्न मेहनत गर्ने भुत्पूर्व प्राध्यापक डा. घनश्याम भट्टको "कुनै पनि हालतमा रोक्न नहुने" सन्चयकोषको रकम पनि डा. भट्टलाई प्रदान नगर्ने धुनमा नव-साधु सुरेश राजको प्रत्यक्ष निर्देशनमा उन्का अत्यन्त अशक्षम प्रशासक भाइ मुकुन्द प्रसाद उपध्याय लागेका देखिन्छन्। डा. घन्श्याम भट्टद्वारा प्रेषित पत्रले नै काविमा यस्तो हलचल ल्याउन सकेका कारण, अत्यन्त क्रोधित भएर नव-साधु सुरेश राज शर्मा, भ्रष्टाचारि सीताराम, र दाजुको आडमा प्रशासक भै टोपल्ने मुकुन्द उपाध्याये लागेको हो भन्नेमा कुनै दुइमत छैन।

यसै गरि, कुपाको गठन प्रशासक परिवर्तन गर्न मात्र हो र हामी भन्दा सक्षम अरु कोहि छैन भन्दै एकै तिरले कुपालाइ पनि निहित स्वार्थको खेलमा मुछने र आफुहरुलाइ निर्विकल्प साबित गर्नका लगि नव-साधु सुरेश राज र मतियार सीताराम लागेका छन। यस्का लागि कावि भित्र भजनमन्डलिका सदस्यहरुलाइ बिभिन्न पद र फाइदाको अवसरहरु देखाउँदै छन भने अर्को तर्फ सँसदका सदस्यहरुलाइ आफ्ना पारिवारिक मित्रमन्डलिहरु मार्फत प्रभावमा पार्दै कुर्शि जोगाउने अभियानमा लागेका छन। काविसँग सम्बन्धित समसामयीक बिषयमा छल्फल गर्न बोलाएको विश्वविध्यालय सभाको बैठक, नेपाल प्राध्यापक सँघ र कुपाको ब्यापक दवाब पस्चात प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले अस्विकार गरेपस्चात सुरेश राज र सीतराम अरु बढि नै हताश देखिन थालेको पाइन्छ। यसैको फलस्वरुप कुपाले काविमा राजनीति गर्दैछ भन्ने भयँकर दुषप्रचारमा नव-साधु सुरेश राज र मतियार सीताराम आफ्नो दलबलका साथ मैदानमा उत्रेको देखिन्छ।

यस्तो अबस्थामा कुपाले पनि आफ्ना प्राज्ञिक र न्यायोचित मागहरुमा कायमै रहँदै, प्रत्येक दुश्प्रचारको बिरुद्ध आफुलाइ सशक्त ढँगले उभ्याउनु पर्दछ। त्यस्कालागी कुपाले निम्न बमोजिम कार्यहरु गर्नु पर्दछ।।

(१) नव-साधु सुरेश राज र सीतरामका भक्त र भजनमन्डलीका सदस्यहरुको पहिचान गर्नु र उनिहरु के कस्ता निहित स्वार्थका कारण भजन गाउनमा लागेका छन् भन्ने प्रकाशमा ल्याउनु।

(२) अत्यन्त अविवेकि र पूर्वाग्रहि तवरले हटाइएका असिस्टेन्ट प्रोफेसर डा. बोरिस निरौलाको सम्मानजनक पुनर्बहालिका लागि ब्यापक दवाव दिन राष्ट्रीय मत तयार पार्नु।

(३) काविको अत्यन्त निकम्मा प्रावधान हरुलाइ हटाउनका लागि ब्यापक दवाब दिनु र यस्त प्रावधानका शिकार भएका सम्मानित प्राध्यापकहरुको पुनर्बहालिको लागि सशक्त आवाज उठाउनु।

(४) काविमा हालसम्म भएका भ्रष्टाचार र सो मा सन्लग्न ब्यक्तिहरुको सम्पति बिबरण सार्वजनिक रुपमा माग गर्नु ।

५) काविको सेवा आयोग लाइ समावेशिकरणको नीति अन्तर्गत दिगो र निश्चित पदाधिकारी भएको निश्पक्ष्य निकायमा परिणत गर्नको लागि दवाब दिनु ।

No comments: