Wednesday, July 05, 2006

का.वि.मा धर्ना र सुरेशराजको अन्तर्वार्ता

नेपाली परिवेशमा हुने भ्रष्टाचार, अत्याचार र दुराचारका कथाहरु बुझ्न त्यति गार्हो छैन जति तिनका कानूनी उपचार गर्न गार्हो छ । किनभने दशकौँ नेपाल सरकारको प्रशासनमा बिताएका प्रशासकहरु यी मामिलामा अत्यन्त गहिरो र सुक्ष्म जानकारी राख्छन र यिनिहरुले सकुन्जेल कानूनी दसी र प्रमाण आफ्ना भ्रष्ट कृयाकलापको सुँइको कसैले पाउनु भन्दानै अगाडी मिटाईसकेका हुन्छन । अर्को तर्फ कसैले केही आवाज उठाएमा हाम्रो राम्रो कामको विरोध गर्यो, यस्ता आवाज उठाउने ब्यक्तीहरुनै उल्टो फटाहा हो भन्दै भ्रष्टाचारबाट कुम्ल्याएको धनको ब्यापक दुरुपयोग गर्दै सच्चा आवाजहरुलाई दबाउने प्रयासमा लाग्दछन । यसकालागी समाचार पत्रका सम्पादकहरुलाई रोई-कराई गर्ने, डिनर-डिप्लोमेशीमा फसाउने, र सकुन्जेल आफ्नो "गुडवील" देखाउन अनपेक्षित तवरबाट सहयोगका लागी तयार हुने कार्यहरु पनि पर्दछन । यसर्थ, नेपालको सन्दर्भमा भ्रष्टाचार, नातावाद, कृपावादको विरोध गर्नु भनेकै आफुलाई माफियाहरुको तारो बनाउने बाटो खन्नु हो । यसमा हिजो डा. बोरिस निरौलालाई यी भ्रष्ट, दुश्चरित्रहरुले आफ्नो कार्यवाहीको शिकार बनाएको छ भने आज डा. घनश्याम भट्टलाई उहाँको सन्चय कोषको रकम सम्बन्धी कागजातहरु हस्तातरण नगरेर तारो बनाउँदैछ । सँम्भव छ, भोली यीनका आततायी तथाकथित कानूनी र काविको "नीति र सोच" अनुरुपका अवान्छीत हतियारहरु डा. राम प्रसाद, डा. समीर, र मेकानीकल ईन्जीनियरिंङ्गका भुतपूर्व प्राध्यापक एस.बी. श्रेष्ठलाई आक्रमण गर्नका लागी प्रयोग गरिन सक्दछ।

तर, के भ्रष्ट प्रशासकहरुले बदलाको भावनाले जागीर खान सक्छ या अन्य कतै फसाएर आफ्नो जागीरे जीवनलाईनै तहस-नहस बनाउन सक्छ भन्ने डरले हामी चुप लागेर बस्ने त? के उनीहरुका डर-धाक, धम्की र मन्डले परिचालनबाट त्रस्त भएर हामीले आफ्नो सत्कार्य छोडने त? हतियार त तपाईको घरमालाग्ने डाकाले पनि देखाउँछ नी, डर-धाक, धम्की बिच सडकमा आफ्नो दादागिरी देखाउने मन्डले, गुन्डाहरुले पनि दिन सक्छन नी । के हामीले त्यसो भयो भन्दैमा अब कुनै डाँका र लुटेराकै प्रतिकार नगर्ने त? के अब सडकमा भुक्दै गरेका कुकुरहरुले टोक्ने भयो भन्दै त्यो बाटो नै नहिँडने त? होईन, अरु लाक्षी हुन सक्लान, तर प्राध्यापक बर्गहरु लाक्षी हुनु हुँदैन। यदि देशकै प्राध्यापकहरु लाक्षी, पानीमरुवा हुने र सिधै पद र अवसरको दलालीमा लाग्ने हो भने यो देशका भावी पिढी कस्ता निस्केलान, कल्पना मात्र गर्न सकिन्छ।

यसर्थ, राष्ट्रको भविष्यलाई सुनिश्चित गर्ने जिम्मा लिएका का.वि.का प्राध्यापकहरु अहिले का.वि.मा ब्यापक धर्नामा छन र का.वि.का प्रशासकहरुको नातावाद, कृपावाद र मन्डलेतन्त्रको घनघोर विरोधमा छन भन्ने सुन्दा हामी सबैले गौरवान्वित महशुस गर्नु पर्दछ। झन "समय" साप्ताहीकमा का.वि.का नवसाधु डा. सुरेश राजले आफ्नो अन्तर्वार्तामा"नातावाद"सम्बन्धी आरोप सिधै स्विकारे पछि त का.वि.मा चरम नातावाद रहेको कुरा राष्ट्रिय रुपमै पुष्टी हुन गएको छ। यो स्पष्ट स्विकारोक्ती भित्र केयुमा आफ्ना नातेदारहरुका जागीर खान पाउने मौलिक मानवअधिकार र जागीरका लागी आवश्यक योग्यतालाई अगाडी तेर्स्याउँदै यी नातेदारहरुको निर्लज्ज वचावटको प्रयाश पनि गरिनुले, डा. सुरेश राज र डा. सीताराम केयुमा "नातावाद" लाई एक निश्चित रणनीति अन्तर्गत अगाडी बढाउन चाहन्छन भन्ने शँका अब वास्तविकतामा परिणत भएको छ । का.वि.लाई सदैव आफ्नो मुठ्ठिमा राख्ने र यस्का लागी आफ्नो विरोध कुनै पनि हालतमा नगर्ने प्राध्यापकहरु तथा कर्मचारीहरु मात्र नियुक्त गर्ने र सोको लागी आफ्ना नातेदारहरु वाहेक अरु उपयुक्त नहुने योजना मुताविकनै का.वि.मा तथाकथित योग्यता र कसैलाई लाखा-पाखा नगरेको दाविका साथ यो "नातावाद"को मलजल डा. सुरेश राज र डा. सीताराम द्वय:ले गर्न पुगेका हुन भन्दा अन्यथा नहोला । अर्को तर्फ, तुलनात्मक रुपमा हेर्ने हो भने का.वि. भित्रको अहिले नातावाद, उहिले दरबारले नेपालको हरेक सँगठन र तप्कामा लादने गरेको सामन्तवाद जस्तै हो भन्ने हिसावले अब हामीले बुझ्नु पर्दछ ।

तर, का.वि.का प्राध्यापकहरुका निर्भिक आवाजबाट अत्तालिएका डा. सुरेशराज शर्मा एक पछि अर्को भूलहरु गर्दै छन। "समय"को उक्त अन्तर्वार्तामा आफुलाई पूर्णरुपमा नङ्ग्याउने क्रममा का.वि.का प्राध्यापकहरुलाई स्कुल अन्तर्गत राखेर कुपाको अभुतपुर्व एकतालाई तोडने प्रयासमा अत्यन्त हास्यास्पद तर्कहरु प्रस्तुत गर्न पुगेका थिए केयुका नवसाधु । अहिलेको विरोध "बिज्ञान"कै मात्र विरोध भन्ने नवसाधु सुरेश राजको भनाईलाई एस.बी. श्रेष्ठ भन्नेको पाठक-पत्रले उपहास गरेको छ की छैन? होईन साधुत्वको खोजीमा रहने ब्यक्तीहुरले साधु सम्बन्धी लामा-लामा लेखहरु लेख्न सक्ने तर प्रकाशीत तथ्यहरु प्रती आँखा चिम्लनुले त अलि नमिल्ने होईन र भन्या? अर्को तर्फ आफ्नो कुर्शी जोगाउने निहित - स्वार्थ अन्तर्गत "बिज्ञान" सँकायका निर्भिक प्राध्यापकहरुलाई मात्र तारो बनाउन लागेको हो त? निश्चय पनि होईन । डा. सुरेशराज शर्माका ती भनाईहरुले का.वि.का अन्य स्कूलका प्राध्यापकहरुको गहिरो अवमूल्यन गरेको देखिन्छ । अन्य स्कुल र अन्य विभागमा का.वि.का साधुहरुका नातेदारहरुबाट पिडीत भनेर आफुलाई चित्रण गर्ने र आफु सँधै सत्यताको पक्षमा मात्र रहेको दावी गर्ने मित्रहरुले अब स्पष्ट रुपमा नव-साधुका भनाईहरु खण्डन गर्नु पर्दछ। अन्यथा, पछाडी-पछाडी लामा-लामा गफ गर्न सक्ने प्राध्यापक मित्रहरुले पनि नवसाधुले जस्तै आफ्नो विश्वसनियता नगुमाउलान भन्ने छैन।

No comments: