Monday, September 25, 2006

हार्दिक मँगलमय शुभकामना

बडा दशैँ तथा दिपावली २०६३ को पुनीत अवसरमा यस ब्लग म्यानेजमेन्ट कमिटि
यस ब्लगका सम्पूर्ण पाठकहरुमा हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछ ।
सँचालनको छोटो अवधिमै आफ्नो लोकप्रियता स्थापना गर्न सक्षम यस ब्लगमा
हालसम्म दश हजार भन्दा बढि हिटस आईसकेको कुरा पनि यहाँहरुलाई जानकारी
गराउन चाहन्छौँ । यस ब्लगमा ब्यक्त भावनाहरु केयुको प्राञ्जिकता र
गतिशिलताकै लागि हो भन्नेमा अहिले दुई मत नहोला । साथै, कुपा आन्दोलनमा
यस ब्लगले खेलेको भूमिकामा हामी गर्व गर्दछौँ र कुपाबाट नै केयुमा ब्यापक
सुधार हुनेमा पनि हामी आशावादि छौँ।

माता भवानीले नातावादी-कृपावादी-भ्रष्टाचारीहरुलाई सदबुद्धि दिउन र
केयुका समस्त प्राध्यापक तथा विध्ायर्थिहरुलाई उच्च प्राज्ञिकताका साथ
आ-आफ्ना कर्तव्य निरवाहका लागी प्रेरणा दिउन भन्ने हामी कामना गर्दछौँ ।

No comments: