Wednesday, January 10, 2007

बुद्धि वहादुरको बलिदान र धमिलो पानीमा माछा मार्नेहरु

बुद्दि वहादुर विश्वकर्मा त्यतिकै बितेका होईनन। काठमाडौँ विश्वविध्यालयमा सुरेश राज शर्माले हुर्काएको र बढाएको अपसँस्कृतिले मागेको बलिदान हो बुद्दि वहादुर विश्वकर्माको निधन। धेरैले भनिसके र धेरैले बोलिसके कि सुरेश राजले केयु त खडा गरे तर राम्रो सँस्कारको जग कहिले बसाएनन। आफ्ना कुरालाई काटने, आफ्ना नातेदारहरुका कमजोरी लाई औँल्याउने र राम्रा सुझाव दिनेहरुलाई सुरेश राजले कहिले मन पराएनन। फलस्वरुप, केयुमा जस्-जसले तावेदारी गर्छन उनीहरु नै माथि पुग्ने सँस्कृतिको विकास हुन पुग्यो। यस्तै, सुरेश राजको विरोध गर्नु भनेको केयुको विरोध गर्नु हो भन्ने मान्यताले यहाँ जरो गाडन पुगेको छ। कुपाको आन्दोलन र केयुका भूतपूर्व शिक्षकहरुका अभिव्यकतीहरु सुरेश राजका यीनै दास प्रवृतीका विरुद्धमा थियो र रहेको छ। वहस र छलफलबाट समस्यालाई समाधान गर्नुको साटो दमन-नीति अख्तियार गर्न पुग्नुमा सुरेश राजका यीनै अप-सँस्कृतिको ठूलो हात छ।

हामी सबैका अगाडी सुरेश राज अत्यन्त शालीन र बौद्धिक तवरले उनी प्रस्तुत हुने गर्छन। यस्तै, बाहिरका मान्छेहरु भेटदा समेत फलानोको छोरा फलानोको नाती र फलानो राजनीति गर्नेले मात्र मलाई दु:ख दिएको हो र अन्य सबै कुरा ठीक छ भनेर उनी सुनाउने गर्छन। फलस्वरुप "सिल्भर हेयर" भएका यी बुढालाई साँच्चिकै दु:ख दिएछन त भन्ने सहानुभूति उनि बटुल्न सफल भएका छन। जस्का कारण नेपालका मिडिया देखि लिएर सबैले अहिले बुद्दि आत्महत्या प्रकरणमा त्यति चासो देखाएका छैनन र सकुन्जेल घटनालाई ढाकछोप गर्ने प्रयत्नमा लागेका छन। तर, आफ्नो "साईकोपाथ" रुप अनुरुप चाँही यीनका भित्री प्रस्तुती निक्कै फरक छ। भोला, सँजय, पुष्प, मुकुन्द जस्ता आफ्ना चाटुकारहरु, रजिष्ट्रार भद्रमान र घनिष्ठ सहयोगी सीतारामका भित्री गुटमा यीनको रणनैतिक र राजनैतिक रुप भने नितान्त फरक रहने गरेको छ। कुपा र कुसालाई जसरी हुन्छ ध्वस्त गर्नुपर्छ भन्ने दाउमा लागेका यीनी , शिक्षक-कर्मचारीहरुलाई एक्लै बोलाएर तर्साउने, लोभ-लालच देखाउने देखी लिएर जात-भात सम्म पुग्दै साम-दाम-दण्ड-भेदका रणनितीलाई खुल्ला प्रयोग गर्नु पर्छ भन्ने सोचाई बोक्दै बसेका छन । फलस्वरुप, भोला थापा देखि लिएर २०३६ सालमा विराटनगरमा राष्ट्रवादी विध्यार्थि मन्डलका सकृय कार्यकर्ता सँजय खनालसम्मले सुरेश राजकै नितीलाई अँगालेका हुन। यसको फलस्वरुप यिनिहरुले आफ्ना कटु आलोचकहरुका बीउ समेत नराख्ने रणनितिहरु अख्तियार गरेका हुन।

सार्वजनिक रुपमै प्रकट भईसकेको छ बुद्दि वहादुर माथि को सँगको वक्रदृष्टीका कारण प्रहार भएको हो भनेर। भोलाले सुरेश राजका कटु आलोचक असिस्टेन्ट प्रोफेशर तथा हाल जापानमा विध्यावारिधी गर्दै रहेका सुरेश भक्त श्रेष्ठका घनिष्ठ सहयोगी र सुरेश भक्त श्रेष्ठ विभागीय प्रमुख रहँदा उनका कार्यालय सचिवकै जस्तो रुपमा रहेका कारण बुद्धि वहादुर माथि प्रहार गरेका हुन। सुरेश सरले खुला रुपमा आफ्नो ब्लगमा हालसम्म मेकानिकल विभागमा कस-कस्लाई सुरेश राजले भोला मार्फत प्रहार गरेका छन भन्ने पनि स्पष्ट लेखिसकेका छन। आफ्ना विरोधिका विउ सम्म नराख्ने "साईकोपाथ" राजनितिले नै बुद्धिजीलाई गालेको हो भन्ने कुरा त उनका जहानका भनाईले पनि प्रकट गरिसकेको वर्तमान अवस्थामा सुरेश राज र भोला थापा जस्ता घिनलाग्दा ब्यक्तिहरु शायदै कोही रहलान। यस्तै सुरेश राजले आफ्ना जातिवादी गुट र चाटुकारहरुका समूहको ब्यापक प्रयोग गर्दे सुरेश भक्त श्रेष्ठलाई जापानमै पनि प्रहार गरेका कुरा उनले खुला रुपमा लेखिसकेका छन। आफुले पढाउने बिध्यार्थिलाई नै श्रीमतिमा परिणत गर्ने "सुयोग्य" शिक्षक र वर्तमान उप-कूलपति शिक्षक वा प्राध्यापक वर्गका नाममा कलँक नै हुन। यीनका विगतलाई राम्रोसँग नियाल्नेहरु अझ सम्म चकित छन -यस्ता मान्छेले कसरी दुनियाँलाई झुक्याउन सफल भयो भनेर। तर, हामी सबैले बुझ्नु पर्ने मुल कुरो चाँही यीनको राजनिति नै हो, जस्ले यीनलाई सफल मात्र होईन-कसैलाई आत्महत्या गर्न विवश बनाए पश्चात पनि निर्धक्क हिँडडुल गर्न दिईरहेको छ।

जसरी काठमाडौँ विश्वविध्यालयमा गुन्डागर्दिमा समेत यीनले आफ्ना नातेदारहरुलाई प्रयोग गरे, त्यसरी नै यीनले आफ्ना नातेदारहरुलाई राजनैतिक गोटीका रुपमा लगातार प्रयोग गरिरहेका छन। वास्तवमा अरु मित्रहरु जस्तै म पनि शुरुमा यस ब्लगमा प्रकट केही कमेन्टहरुलाई हेरेर अत्यन्त छक्क परेको थिएँ। पछि सत्य-तथ्य खोतल्दा सुरेश राजका अदृश्य गोटिहरुनै रहेछन यीनि भनेर हामीले बुझ्न पुगेका छौँ। सुरेश राजका नजिकका नातेदार तथा सुरेश राजले का.वि.मा हालसम्म कसैलाई नदिएको सुविधा दिएर राखेका र जापानबाट नै पि.एच.डी. गर्न पुगेका सुरेश राजका नातेदार दम्पतिबाट परिचालीत यी मित्र अन्ट सन्ट लेख्ने मात्र हैन, धमिलो पानीमा माछा मार्न समेत उद्यत रहेछन। हो, यीनका आफ्ना केही विशेषताहरु होलान, तर यीनि सुरेश राजका भित्रि गुटका होईनन भनेर यिनले भन्ने हो र ठोकुवा गर्ने हो भने खुल्ला वक्तव्य दिनु पर्यो भन्ने हाम्रो अनुरोध छ। साँप-आए बाहिर हात र माछा आए भित्र हात गर्ने तत्वहरुनै अहिले केयुका लागी सबभन्दा घातक तत्वहरु हुन। सुरेश राज र भोलालाई कार्यवाही गर्न जति आवश्यक छ, त्यति नै आवश्यक छ यस्ता अन्तर्घातीहरुलाई पनि चिन्नु। नत्र, हाम्रा उद्देश्यहरु कुन वेला सुरेश राजले थापेको "साईकोपाथिक" धरापमा पर्ने हो मित्रहरुलाई बुझ्न गार्हो होला।

No comments: