Tuesday, January 23, 2007

सीतारामको ईमेल छोरालाई-६


(ई-मेलबाट प्राप्त: लेखकलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुन्छ।
rbuzzgain@yahoo.com)

प्रिय बृजेश,

धेरै दिनपछि तिमिलाई ई-मेल लेख्ने जमर्को गर्दैछु । हुन त केयुका हालसम्मका विकास क्रमका कुराहरु तैँले राम्रोसँग बुझिसकिस होला । तर, पनि केहि नबुझेका कुराहरु छन भने, बुझाँउ भनेर नै म यो ई-मेल लेख्दैछु । केयु भित्र आएको अप्रत्यासित लोकतन्त्र र त्यसका अगाडि हामीले झुक्नु पर्दा, सुरेशजीको हालत ज्ञानेन्द्र सरकारको भन्दा फरक छैन । अनेकौँ हथकन्डा अपनाउँदै, कुपालाई धरासायी पार्ने, कुपा सम्बद्ध प्राध्यापकहरुलाई बदनाम गर्ने, भ्रष्टाचारको धनको ब्यापक दुरुपयोग गर्दै सुरा र मदको खोलो बगाउँदै गुन्डा परिचालन गर्ने, जलनजीलाई प्रयोग गर्ने, का.वि.कै कर्मचारीहरुमाथि बाह्य तत्वबाट आक्रमण गर्ने जस्ता कार्यहरु गर्दा गर्दै पनि कुपाका जायज मागहरुलाई हामीले परास्त गर्न सकेनौँ । कुपाको सम्रथनमा हिँडने प्राध्यापकहरुमाथि पर्दाफासको नाममा चारित्रिक हमला गर्ने काममा तँ आफै पनि नलागेको होईन ।

यस्तै सेन्सर नहुने सगरमाथातिर पनि तैँले आफ्ना सेना-मेना राम्रोसँग परिचालन गरेको हामी हेर्दै छौँ। हाम्रा विरोधीहरु आफु जित्यौँ भन्ने मदमा रहेको बेलामा उनिहरुमाथि यस्तै साँघातिक हमला, चारित्रिक हमला र अन्य पक्षलाई उक्साएर हमला गराउँदै कुनै पनि हालतमा हामीले उनिहरुलाई जित्न दिनु हुँदैन भन्ने पक्षमा म पनि छु र सुरेशजी त झन उग्र हुनु भएको छ । तर, आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भने जस्तै भोलाले चाँही काम कुरा बिगार्यो। भोलालाई मैले मेरै तरीकाले कानेखूशी गर्दै धम्काउनु भनेको थिएँ, तर त्यो लाटोले सीधै थर्काईदिएछ । अब, ज्यान मुद्दा लगाउने हामीलाई भन्दै हिँडेका छन रे कुपा र कुसाका मान्छेहरु। कुसाका एकजना अमित वर्मा भन्ने बढो कराउँदै थियो, त्यसलाई हामीले अहिले ठेगान लगाएका छौँ। बाबु, सक्छस भने छिटै आईज। अब, तिमिहरु सबजना मिलेर वार की पारको लडाईमा जानु पर्छ।

सुरेशजी कहिलेकाँही बढो विक्षिप्त हुनु भएको छ। सिल्भर हेयर समात्दै आजकाल रुन थाल्नु भएको छ। "म साधु हुन खोज्ने मान्छे हुँ सीतारामजी किन मलाई नियतीले शैतान बनायो?" भन्दै हुनुहुन्थ्यो। अब म आफैलाई ठुलो मान्छे बनाउने सुरेशजीलाई "भीसीबाट हटनुस-साधु बन्न" भन्न पनि मिलेन। कस्तो फसाद। जे-होस, उहाँलाई सम्झाई-बुझाई गरेर मात्र म फर्केँ। कुपा र कुसाको आन्दोलनले सुरेश राजजी झन-झन ठाडो हुनु भएको छ। "म छैन भने विश्वविध्यालय पनि छैन"भन्दै केयुलाई सदाको लागी बन्द गर्न तयार हुनु भएको छ। विध्यार्थिहरुका अगाडी भने आफु कुर्सी प्रेमी नभएको तर कुपा र कुसा चाँही आन्दोलन-प्रेमी भएको आरोप बर्बराँउदै हिँडनु भएको छ। जे होस आफ्नै पैसामा पढने केयुका स्टुडेन्टहरुलाई आफ्नै कलाले वेवकुफ बनाउँदै आफ्नो कुर्सी जोगाउने खेलमा तिम्रा सुरेश राज अँकल लागेका छन । यस रणनितिलाई सुरेशजीले "अप्रत्यक्ष दवाव" भन्ने नामाकरण गर्नु भएको छ। यो "अप्रत्यक्ष दवाव"को रणनितिबाट अहिले विध्यार्थिका माझ हामिले मास्टरहरुलाई र कुपाका सदस्यहरुलाई बदनाम गर्ने चाँजोपाँजो मिलाएका छौँ। शैक्षिक मर्यादा र गतिशील अध्ययन-अध्यापन हुन पर्ने ठाँउमा दलितको छोरालाई आत्महत्या गर्न बाध्य बनाईसकेपछि अब लुकाउनु पर्ने कुरा केही छैन।

सुरेशजी र मैले दु:खले आर्जेको केयुमा २३८ वर्ष सम्म नभएपनि कम्तीमा ३८ वर्षसम्म हाम्रै वँशजको हाली-मूहाली चल्नु पर्छ । तर, तिमिहरुले कालो पदार्थ खाँदै आफै एकआपसमा भटटट गरौला र "मेरो नाम" होला भन्ने मात्र हामीलाई पीर परेको छ। जनता मरे मरुन, तर, हाम्रा सन्तती, हाम्रा पालुवा र हाम्रा मुनाहरु मर्नु हुँदैन। दलितको रगत बगे बगोस तर हामी जस्ता शुद्ध आत्मा र हाम्रा शुद्ध वँशजले जहिले पनि भरपेट खान पाओस, पीउन पाओस र सानो-तिनो पारसकै रुपमा जीउन पाओस। हामी बुढाहरु अहिले तिमिहरुकै भविष्यलाई लिएर एकदम चिन्तित छौँ। यस्तै, तिमिहरुले हाम्रा चिरकालीन "हनुमान" र युद्धकौशल सेनापति भोला थापाको पछि सम्म वचावट गर्नु पर्छ। अस्ती लाटो मोरो, विहान छ बजे नै मेरो ढोकामा आउँदै सुँक्क-सुँक्क रुँदै थियो- "सर, मलाई हत्यारा भन्यो भन्दै।" थापागाँउमा यति बिहानदेखि रुन मिल्दैन भोलाजी भनेर मैले सँझाएँ ।" यो दुनिया यस्तै हो भोलाजी, मान्छेले मौकामा भन्न छोडदैन-कहीले सासुको पालो, कहिले बुहारीको पालो" भन्दै सँझाएँ। यो मोरो प्राध्यापकको पनि एकदिन पालो आउँछ भनेर मैले भन्दिएको छु। त्यति बेला, भोला पनि एकदम हौसिएर "हो सर! प्राध्यापकलाई मैले पनि चिनेको छु"भन्दै थियो । त्यसपछि "यो चेन्जईनकेयु ब्लगको प्राध्यापकलाई हत्या, अपहरण, बलात्कार, समलीँगी सँबन्ध, कालोबजारी, तस्करी, विध्यार्थीहरुसँग अनैतिक सँबन्ध देखि भएभरका अन्य विभिन्न कुख्यात आरोपको वर्षात हामीले पनि गर्नु पर्छ है सर" भन्दै मसँग विदावारी भएको छ। जे होस, केयुमा जहाँनिया शासनका प्रवर्तक हामीले भोलाका मार्फत केयुमा प्राज्ञिकता भन्ने चिज कस्तो रहेछ भन्ने दुनियाँलाई देखाईसकेका छौँ। हामी सफल भएमा तैँले केही चिन्ता लिनु पर्दैन। त्यो बेला मजाले कालो पदार्थ तन्काउँदै पढाउन सक्छस यहाँ केयुमा तैँले ।

अस्ति केही विध्यार्थिहरुसँग बानेश्वरको "लिटिल टोक्यो" बाहिर भेट भएको थियो । केटाहरु हाम्रा "हनुमान"जीले बुद्धिजीलाई जथाभावी भनेको कुराको विरोध गर्दै थिए । मैले पनि डिन, रजिष्ट्रार र भिसीले जे पनि भन्न पाउँछ भनेर भन्दिया छु । हामीले हाम्रा नैसर्गीक अधिकारको उपयोग गर्दै दुनियाँका छोरालाई अनुशासनमा ल्याउनु कुनै खराब कुरा हैन। यस्तै, "हामीले बनाएको केयुमा हामीले नै जथाभावी बोल्न नपाउने?" " तिमिहरुको ब्लगमा पनि त जे पायो त्यो लेखिराछौँ, हामीले केही भनेका छौँ र? हाम्रो काममा हस्तक्षेप नगर्नुस" भन्दा त केटाहरुको सातो उडेको थियो। "केयु भनेको गडफादर सुरेशराजको सँगठन हो, यहाँ पसेपछि निस्कन गार्हो हुन्छ र यहाँबाट विदा लिने हो भने दुनियाँबाटै बिदालिनु पर्ने हाम्रो नियम छ ठीटा हो-अब तिमिहरु के बोल्छौ" भन्दिया थिएँ,सब तर्सेर भागे ।

बुद्धि आत्महत्या कान्ड पश्चात पनि हामीलाई कसैले छुने वाला छैन। केयुमा सुरेश सरले गिरिजाबाबुकै मोडेल फलो गर्नु भएको हो। उहाँले छोरीलाई सँसदमा पठाउने प्रेरणा पनि सुरेश सरले केयुको "प्रेरणा"लाई हाकिम बनाए पछि आएको हो भन्ने कुरामा बुढा पनि सहमत छन। जे होस बुढा चाँही मान्छे बडो चर्को बार्गेनिङग गर्दो रहेछ। जनआन्दोलन-२ पश्चात पनि बुढालाई मेडिकल माफियाले घेरेकै रहेछन। " तिमिहरु पनि माफिया त हो नी! यीनलाई सँबन्धन दिएर के फरक पर्छ" बुढाले भन्दा त सुरेशजी नाजावाफ हुनु भएको थियो। जे होस कसैलाई सँबन्धन दिएर कुर्सी जोगिने हो भने, त्यो पनि गर्ने भन्दै सुरेशजीले आफ्नै थुक पनि यसपाली चाटनु भएको छ।

यसै बिच कुपाले पनि पहिलो महाधिवेशन सिध्याएको छ। हुन त महाधिवेशनका बेलामा यी मास्टरहरु आपसमै झगडा गरुन भनेर हामीले गुन्डा परिचालन नगरेका पनि होईनौँ ।तर, हामीलाई सँधै टेन्सन दिनेहरुले नै चुनाव जित्न पुगेको छ। के गर्ने कुपामा हामीले अन्तर्घातीहरुको राम्रो परिचालन गर्न सकेका छैनौँ जस्तो लाग्छ मलाई। जे हो बाबु, राजनिती हो, रात रहे अग्राख पलाउँछ। सुरेशजी पनि यही सोच्दै सन्तोष मानिरहनु भएको छ। यसपाली नभए अर्को पटक त जसरी हुन्छ, हामी हाम्रा तलुवा चटुवा, दलाल, भाँड र तिमिहरुका सारथीहरुलाई जसरीनी कुपामा प्रवेश गराएर चुनाव जिताउने पक्षमा छौँ। तर, हाम्रा मुकुन्दजी भने यसै आर्थीक वर्षभित्रमा कुपा र कुसालाई तह लगाउनु पर्छ भन्दै भकभकाउनु हुन्छ। यी दाजुभाई एकै ठाँउमा भेट हुँदाखेरी त कहिलेकाँही मलाई एकदम झर्को लाग्छ। मुकुन्दले बनाएको रणनिति के हो तँलाई थाहा छ? नाम सुनिस भने छक्क पर्छस तँ।

हाम्रो मुकुन्दजीको रणनितिको नाम "हामीले पो केही गर्नु हुँदैन" भन्ने छ। "अप्रत्यक्ष दवाव"लाई कृयान्वयन गर्न भोलाजी लाग्नु भएको छ भने "हामीले पो केही गर्नु हुँदैन" भन्ने रणनितिलाई कृयान्वयन गर्न मुकुन्दजी आफै लाग्नु भएको छ । हुन त यो "जलनजीको गुन्डागर्दी"को भाग-दुई हो भन्ने कुरा त मुकुन्दजीको सँलग्नताबाट नै तैँले थाहा पाईस होला नी । सुरेशजीको प्रत्यक्ष निगरानीमा मुकुन्दजी द्वारा रचित यो रणनितिको मुख्य अभिप्राय हामीबाट टाढिएका, हामीलाई नातावादी, भ्रष्टाचारी भन्दै हिँडने,सुरेशजीलाई हत्यारा उप-कुलपति भन्ने र कुपाको सदस्यता लिएको छु भन्दै हिँडने केही प्राध्यापकहरुलाई ठिक ठाँउमा ल्याउनु हो । हाम्रा नजिकका विध्यार्थिहरुले अब देखि कुपा सम्बध्द मास्टरहरुलाई पढाउन नसक्ने भन्दै गाली गर्ने, हातपात गर्ने र सकुन्जेल बेस्सरी चुटने गर्नु पर्छ भनेर हामीले यी विध्यार्थिहरुलाई भनिसकेका छौँ । विध्यार्थिहरुले कुपा सम्बद्ध शिक्षक/प्राध्यापकहरुलाई हातपात गरिसके पछि प्रशासनले पनि उल्टै तिनै प्राध्यापकहरुलाई गाली गर्ने र ती विध्यार्थिहरुको बचावट गर्ने हाम्रो रणनिति रहेको छ । हामी आफै शारिरिक हमलामा नउत्रिकन हाम्रा ईशारामा नाच्ने विध्यार्थिहरु मार्फत नै हामीले प्राध्यापकहरुलाई तह लगाउन सकिन सँभावना भएको कारण यस रणनितिको नाम हामीले "हामीले पो केही गर्नु हुँदैन" भन्ने राखेका हौँ ।

यस रणनितिका सम्बन्धमा मैले मुकुन्दजीलाई धेरै कुरा नगर्नुस, तपाँई भकभकाएको बेलामा चर्को स्वरमा बोल्नु हुन्छ र तपाँइको कुरा सबैले सुन्छ भनेर भन्दै थिए, अस्ती सिनेट हल बाहीर खास-खुस हुँदै गर्दा मुकुन्दजी झन भकभकाउँदै बोल्नु भो । अब, कसैले तँलाई यो बारेमा सोधेमा होईन त्यस्तो होईन भनेर प्रचार गर । नत्र यस कुराले हामीलाई अपराधि प्रमाणित गर्न बेर लाग्दैन । विध्यार्थि भनेको एउटा प्रमुख शक्ती हो र जस्ले विध्यार्थिलाई राम्रोसँग सँचालन गर्न सक्दछ, उस्ले नै विश्वविध्यालयलाई पनि राम्रो सँग हाक्न सक्छ भन्ने अहिले हामीलाई लागेको छ । हाम्रा नजिकका विध्यार्थिहरु, जस्लाई हामीले चुनाव जिताउन लाखौँ खर्च गरेका छौँ, ति विध्यार्थिका समूह मार्फत आईन्दा देखि हाम्रा विरोधिहरुलाई तह लगाउन यो रणनितिको अविस्कार भएको हो । त्यसैले छोरा, सकुन्जेल तैँले पनि जति सक्छस केयुका लव प्रसाद काफ्ले जस्ता "ईट इज ह्युमन राईट टु हेट" भन्ने चम्चाहरुलाई जम्मा गर र हाम्रो समर्थनमा, कुपाको विरोधमा, कुसाको विरोधमा, प्राध्यापकको विरोधमा र सुरेशजीका कुर्सीका विरोधीहरुका विरोधमा धराप खन, च्याँखे थाप, एम्बुस हाल र यिनीहरुको बिउ सम्म नहुनेगरी सखाप पार।

गिरिजाबाबुलाई सँबन्धनको गुलियो चटाई, हाम्रा चम्चाहरुलाई जागिरको आशा जगाई, र द्वैध रणनितिको प्रयोग गराईले हामीलाई अजेय, अपराजित र अविजित बनाउने छ। सुरेशजी बढो गम्भिर ढँगले आफु माथि लागेका "दलित हत्याको" आरोपबाट बच्न सकिन्छ या सकिन्नसोच्दै यी रणनितिका अन्तर्वस्तुलाई बुझ्ने कोशिसमा हुनुहुन्छ। जे होस, हाललाई सुरेशजीले यी रणनितिलाई स्विकृति दिनु भएको छ । शायद सुरेशजी हालका केही विकासक्रमले भित्र-भित्र खुशी पनि हुन सक्नु हुन्छ। सुरेशजी खुशि हुनुको कारण "जलनजी" र "बेल प्रसादजी" को परिचालन पनि गर्न नपर्ने र गुन्डागर्दिमा पनि नातावाद गर्छ भन्ने आरोपबाट मुक्त हुनसक्ने कारण नै हुनसक्ला। तर, विक्षिप्त मान्छेहरुको खुसी र दु:ख अलिक छुट्याउन चैँ गार्हो छ है छोरा।केयुमा अहिले कुपा र कुसाले जित्या र आन्दोलनलाई तताको जस्तो देखिए पनि, वास्तविकता त्यो होईन छोरा । छोरा, जित हाम्रै हुन्छ भलै त्यसको लागी जति पैसा पनि खर्च गर्न नपरोस, जति जना दलितका छोरालाई मर्न बाध्य गर्न नपरोस,केयुलाई शैक्षिक माफियाको थलोमा परिणत गर्न नपरोस, तर जित हाम्रै पक्का छ।हुनसक्छ, तिमिहरुका लागी भनेर मैले टन्न खाएको घुसको रकममा अलि तल-माथि पर्ला, तर जति खर्च भएपनि केयुमा हाम्रा पुस्तौँ-पुस्ताले राज गर्ने परिपाटी कायम हुने हो भने, त्यो खर्चलाई खर्च भन्न मिल्दैन । अब त मनिष पनि त्यहाँ आउँदैछ, तिमि दुबै जना एक-आपसमा सर-सल्लाह गर्दै भविष्यको रणनिति बनाउनु । बियर-सियर खाएको बेलामा म रजिष्ट्रारको-तँ भिसिको मान्छे भन्दै झगडा नगर्नु । तिमिहरुको यस्तै झगडा पर्ला र छुट्याउनका लागी कोहि चाहिएला की भनेर, अर्को पालामा हामीले डेनियललाई पठाउने सुरसार कस्दै छौँ । भोलाले धेरै राम्रो काम गर्दै छ, र उ साँच्चिकै हाम्रो हनुमानको रुपमा परिणत हुँदैछ । अब, रामायणबाट नै तैलेँ थाहा पाएको छस होला नी, हनुमान भनेको सीताराम लाई मात्र होईन, सीतारामका छोराहरुलाई पनि आवश्यक छ भनेर। यसो भोलाजीलाई मेल लेखेर कम्प्युटर विभागको प्रमुख भएकोमा र एउटा निर्धो दलितको रगत बगाउन सफल भएकोमा बधाई पठाएस है ।

(यस ब्लगका सँबन्धमा चेन्जईनकेयुको कुनै जवाफदेहिता रहने छैन। यहाँ प्रकट कुराहरु आपत्तीजनक लागेमा rbuzzgain@yahoo.com लाई सम्पर्क गर्नु होला)

No comments: