मुक्ति, सुरेश राज र शिक्षा मन्त्री
सुरेश राजका सँबन्धमा वर्षदिन अघिसम्म धेरैले सोच्थे, उपकुलपति हुनु त त्यस्तो पो । केयुको अन्तर्वस्तु नबुझेकाहरुले सुरेश राजलाई दोसल्ला ओडाउने देखि लिएर अभिनन्दन गर्न समेत कुनै कसर राखेन। तीलगँगाका डा.सन्दुक रुईतले पाएको म्यागासेशे पुरस्कारको प्रबल दावेदार आफुलाई ठान्ने सुरेश राजका केही समर्थकहरुले त यीनलाई नोवेल पुरस्कार दिनु पर्ने कुरा पनि नगरेका होईनन । हल्लै-हल्लाको बाढी चलेको यसबेलामा खै कुन चाँही चाटुकारले सुरेश राजलाई ओस्कार पुरस्कार पनि दिनु पर्छ भन्ने भनाई केयुमा नराखेको होईन । अरु पुरस्कार भन्दा पनि यी नाटकबाजलाई ओस्कार चाँहि दिँदा ठीक होला जस्तो हामीलाई पनि लागेको छ। सुरेश राज नाटकवाज हो भन्दा मित्रहरुलाई विश्वास नलाग्ला तर तीनका वचनबद्धता र ईशारामा नाचेकाहरु र यी नाच हेर्दा-हेर्दा थाकेकाहरु भने यसमा सहमत छन। जन्तु पुष्पराज र चेपागाँडा भद्रमानलाई कन्ट्रोलर र रजिष्ट्रार पदका प्रलोभनको बल्छीमा अल्झाएर कान्छी औँलाको इसारामा नचाइएन कि सीधासादा डा. सुरेन्द्र काफ्लेहरुलाई षडयन्त्रमूलक ढँगले डीनबाट हटाएर छोडिएन कि। का.वि.का प्राध्यापक/शिक्षक/कर्मचारीहरुलाई आफ्नो चरणको धूलो बराबर नगन्ने सुरेश राजले जहिले पनि अरुलाई अह्राएरै मात्र खान पल्केका छन । का.वि.भित्र यिनले यस्तै रवाफ देखाएका कारण होला, यिनले का.वि.बाहिरका प्रसँसक र उच्च मूल्याँकन कर्ताहरुबाट थानका थान अभिनन्दन पनि ग्रहण गरिसकेका छन । यस्तै, गरिब नेपालीका छोराछोरीलाई छात्रवृतीको बन्दोबस्त गर्न पुग्ने जति रकम त यीनले उपलब्धीहिन विदेश भ्रमणमा पनि सिध्याईसकेका छन। यीनको एउटा कमी के रह्यो भने राजा ज्ञानेन्द्रले जस्तै यीनले कसैलाई आफ्नो गोडाका पानी ख्वाएका छैनन । नत्र अन्य वेहोरा सबै नाटी-कुटी एउटै हो भन्दा फरक नपर्ला । तर, अति गरेपछि खति हुन्छ भन्ने कुरा यीनले किन बुझ्दैनन, त्यो चाँही अचम्मलाग्दो कुरा हो । राजा ज्ञानेन्द्रलाई नै यीनले हेरेका भए थाहा पाउने थिए यीनले यी सब कुराहरु क्षणभङ्गुर कुरा हुन भनेर।
तर, ज्ञानेन्द्रको हालत बिर्सेका सुरेश राजले अझै ज्ञानेन्द्रकै शैलीमा आफ्ना चम्चा, हतियार, मतियार र दलालहरुको परिचालन भने गरेको गरेकै छन । यस्तो लाग्छ की परिचालन गर्नु सुरेश राजको बाध्यता हो र कसैको ज्यान नलिई बस्न नसक्नु उनको अप्ठेरो हो । तसर्थ, जब-जब यीनि आफ्ना हत्यारा समूहलाई हेर्छन,आशा भरिएको हल्का मुस्कान उनको मुखमा झुन्डिन्छ । तामसी मुद्रामा उनी गम खान्छन्, भन्छन कोही बाँकी छ फेरि ठोक्नु पर्ने, झुन्डाउनु पर्ने? अरुका दु:ख, पीडा र रुवाईमा स्वर्ग देख्ने र यसका लागी अनेक गुप्त औतारमा अनेक उद्योगमा लीन हुनेहरुलाई मनोवैज्ञानिकहरु साईकोपाथ भन्छन । र यी साईकोपाथ हरु दलाई लामा जस्तै औतारी हुन्छन । एक औतारमा उनी विषाक्त घोचो घुसारेर का.वि. आन्दोलनमा सरीक भएकाहरुलाई शारीरिक रुपमै समाप्त गर्न खोज्छन । अर्को औतारमा उनी थैली भेट चढाउँदै ठूल-ठुला नेताहरुका सदभाव प्राप्त गर्न नानाओली चाल चल्छन् । झन अर्को औतारी सीतारामको साथ पाएको बेलामा त यीनि कहिलेकाँही आफैलाई आजीवन उपकूलपति बनाउनु पर्ने जिरह गर्न
जमर्को पनि गर्छन् । अनि झन अर्को औतारमा उनी मलाई प्रधानमन्त्रीले पूर्ण अधिकार दिएको छ भन्दै सर्वत्र अराजकता, अन्योल, बेथिति र उत्पातको सिर्जना गर्न चेष्टा गर्छन । अनि झन अर्को औतारमा उनी बुद्धि वहादुरका घाँटीमा डोरी कस्न भोला थापाहरुलाई भन्छन । यी सब कपटमय क्रीडाहरूको प्रयोजन सुरेश राज र सीतारामको नातावादी, भ्रष्टाचारी र विभेदकारी वर्चश्व र धाकको रक्षा का.वि.मा गर्नका लागी मात्र हो।
भनेँ नि, लिप्सा, लोभ र स्वार्थ मानिसका दुःखका मुहान हुन् । तिनले मानिसमा आजिवन उपकुलपतित्व र सोका विरोधीहरुप्रतिको रक्तपिपासाको उन्मादी भावना सञ्चार गरिदिन्छन् । अनि, कर्मठ र ईमान्दार कर्मचारीहरु पनि सपनाझैँ लाग्नेगरि विदा हुन्छन हामी सबैलाई व्याकुल बनाउँदै । नेपाल सरकारले र त्यहाँभित्रका अव्वल लेखक मन्त्री प्रदीप नेपालले सुनोस्, उसको पहिलो काम राजा सुरेश राजलाई यी लिप्सा, लोभ र स्वार्थको दुष्चक्रबाट मुक्त गर्नु हो । जबसम्म शिक्षा मन्त्रालयले सुरेशराजका कु-कृत्यहरुका छानविनका लागी न्यायिक समिति गठन गर्दैनन, तब सम्म न त बुद्धि वहादुरको आत्माले शान्ती पाउँछ न त हामीलाई नै केही त्यस्तो अनुभूति हुनेछ । मन्त्रालयको एक कदमले विश्वविध्यालयमा परिवर्तन ल्याउने त छँदैछ यसका साथ-साथै अविजित कहलाउन गर्व गर्ने सुरेशराजका कुआकाङ्क्षाहरू मनको केन्द्रबाट किनारातिर पन्छिन्छन् । म का.वि.को निर्माता हुँ भन्ने उनको भ्रम धुजाधुजा हुन्छ । र उनको म विशेष धातुले बनेको 'अत' अर्थात् अनिवार्य तत्त्व हुँ भन्ने उनको अहंकार धूवाँ भएर आकाशमा बिलाउँछ । जब यो सब हुन्छ, तब सुरेशराजको वास्तविक मुक्तियात्रा सुरु हुन्छ र यीनले चाहेको साधुत्वको केही अँश यीनले पाउने छन ।
सुरेश राजको मुक्ति नेपाली प्राज्ञिकताको मुक्तिको पहिलो सर्त हो । उनको मुक्ति उनको रक्तरञ्जित हत्यारा उपकुलपतित्वको विलय हो । यसरी प्रलोभन, लुट, हिंसाचार र दम्भबाट सुरेश राज मुक्त नभई का.वि.मा केही नै हुनेवाला छैन । यहाँ न प्राज्ञिकता हुन्छ, न साँगठानिक स्वतन्त्रता हुन्छ, न केयुमा जीउज्यानको सुरक्षाको बन्दोबस्त हुन्छ, न केयुको स्रोत-साधन र सम्पत्तिको उचित व्यवस्थापन हुन्छ, न नातावाद हट्छ, न भ्रष्टाचारको अन्त्य हुन्छ, न कृपावाद नाश हुन्छ, न सुरेश राजको औतारवाद ओरालो लाग्छ ।
तर रोग टाउको दुःखाइमा छ, शिक्षामन्त्री भने नाइटोमा ओखती दलिरहेका छन् । प्रदीप नेपालजीलाई अन्य विश्वविध्यालयमा उपकूलपति नियुक्त गर्न गिरिजा प्रसादको साथ चाहिएको छ । सुरेश राजलाई भने आफ्ना विरोधीहरु सबैलाई सके शारीरिक रुपमा नसके मानसीक रुपमा अन्त्य गर्ने हतार छ । प्रदीप नेपालजी अहिले गिरिजा बाबुले साथ दिनु पर्यो भनी निरीह मुद्रामा लुते निवेदन पेश गर्दै हुनुहुन्छ । तर 'तँ भन्दा म के कम'को प्रचारबाजीमा लिप्त यी हस्तीहरूका आँखामा सुरेश राजका घातक कदमहरु, भ्रष्टाचार, दुर्व्यवहार, नातावाद र कृपावाद पर्दैनन् । मानौँ कि सबै विश्वविध्यालयमा उपकूलपति नियुक्त भयो अथवा मानौँ कि गिरिजा प्रसादबाट प्रदीप नेपाललाई सहयोगको घोषणा नै भयो । त्यो बेला के सुरेश राजले राजीखुसीले त्यत्तिकै आत्मसमर्पण गर्लान, के खाईपाई आएको वर्चश्व र साम्राज्य छोडेर चुपचाप हात बाँधेर बसिरहलान?
म अकिञ्चन प्राणी राजनीति फुट्टी बुझदिन । तर बुझ्छौँ भनेर धाक लगाउनेहरूका असान्दर्भिक रटनाहरू देख्दा म दिक्क हुन्छु । का.वि.लाई सुरक्षित रूपले मुक्ति पथमा डोर्याउन हाल अरू केही गर्नु पर्दैन । सुरेश राजलाई लोभ,लालच र लालसाबाट मुक्त गरे पुग्छ । जब ती केयुबाट निष्काशन हुन्छन्, तिनले विनम्रता, भद्रता र मानवीयताको पाठ छिटोछिटो सिक्नेछन । ती आफ्नो फूलबारीको दूबो गोड्न र आत्महत्या गर्न वाध्य वनाउने कदमहरुका विरुद्ध लेख लेख्न थाल्नेछन् । अनि आफ्ना ख्वामित सुरेस राजसँगै तिनका नातेदारहरु, ढोकेहरु, हुक्केहरु र बैठकेहरू पनि भ्रष्टाचारीबाट ईमान्दारमा, अमानवबाट मानवमा, कामचोरबाट कमकरीमा, रक्तपिपासुबाट मानवप्रेमीमा र परपीडकबाट मानवसेवीमा फेरिँदै जानेछन् । यसरी साँचो अर्थमा सुरेशराज गणको कायाकल्प सुरु भएमा का.वि.मा जो सुकै उपकुलपति र रजिष्ट्रार भए पनि केही फरक पर्दैन । जहाँ दुष्टहरू प्राज्ञिकताका इष्ट बन्दै सर्वेसर्वा चलाउने प्रथाको अन्त्य हुन थाल्छन्, त्यहाँ बुद्धि वहादुरको अवसान जस्ता अनिष्ट घटना घट्ने सम्भावना स्वतः घटेर जान्छ ।

1 comment:
Suresh Raj le ta tanna kamaisakyo..Suresh Raj ko chamchha haruko barema pani lekhns na... ani Dr. Rupak Aryal le aajkaal comment halna chhodeko ho ki ke ho?
Post a Comment