सुरेश राज र लोकतन्त्र
नेपाल सरकारको काम अहिले मन्डलेहरुको लोकतान्त्रिकरणमा सिमित रहन थालेको छ। यसको झल्को हामीले सुरेश राजको नयाँ नियुक्तीबाट पाईसकेका छौँ। पैसा, शक्ति र सँगठन हुनेले जस्तो सुकै अपराध गरे पनि उनिहरु माथि कार्यवाही नहुने रहेछ। बरु, भ्रष्टाचारबाट सँचित धनको तुजुक हेर्न र त्यसको स्वाद चाख्न मान्छेहरु लालायित हुने ग र्दो रहेछन। नराधम नरपीडक सुरेश राजले भेट्टाउन पर्ने भनेको गालामा चाँटा र जेलको कालकोठरी हो। तर, दलित मर्नु भनेको मान्छे मर्नु होईन भन्ने सोच राख्ने सामन्तीतन्त्रका दलालहरुले भने आज खुला रुपमा लोकतन्त्रको उपहास गरेका छन। सुरेश राजसँग सँदिग्ध ब्यक्तिगत, प्रशासनिक र आर्थिक सँबन्ध राख्नु हुने महानुभाव सीताराम ज्यान छाडेर आफु वरपरका भ्रष्ट काँग्रेशीहरुको समर्थन सुरेश राजलाई दिलाउने पक्षमा लागेका छन। का.वि.मा एमाले र माओवादीहरु घुसेर आन्दोलन गर्यो, सुरेश राज सर जस्ता विकासवादी(?) लाई बस्न, टिक्नै दिएनन, जथाभावी ब्लगहरु खोलेर दु:ख दिए जस्ता रोदन प्रकट गर्दै हिँडने घटीया सल्लाहकार सीतारामको अहिलेको काम भनेकै सुरेश राजको कुर्सी बचाउने रहेको छ। सबैलाई स्पष्ट छ, का.वि.को वर्तमान द्वन्द नातावादी, भ्रष्ट मन्डले समूह र वास्तविक प्राध्यापकहरुको चेतनशील समूहका बिचमा मात्र हो। तर, आफ्नो कुर्सी गुम्ने, केयुका पारस र प्रेरणाहरु र तीनका सेनामेनाका जीविकाका आधारहरु खुस्कीने र सामुदायिक सँपतीको व्यक्तिगतकरणको प्रयासबाट वँचित होईने डरले यिनीहरु जथाभावी बक्दै हिँडने गरेका छन र खुल्ला रुपमा राजनैतिक विभेदको रेखा कोर्न थालेका छन। लोभी-पापीहरुका जमातले भरपूर नेपालका नेताहरु र त्यसमा पनि नाममात्रका लोकतान्तृक काँग्रेसीहरु पनि अहिले कम्मर कसेर सुरेश राजको वचाउ गर्ने अभियानमा लागेका छन।
लोकतन्त्र दिवसका लागी गठीत उप-समितिमा सुरेश राजको नाम पर्नुल नेपालको वास्तविक लोकतन्त्रको झल्को दिन पुगेको छ। जेलमा कोच्नु पर्नेहरु नै अहिले सबभन्दा पुलकित र सँरक्षीत समूहमा परिणत हुन गएको छ। नेपालीहरुले बगाएको रगत राजा ज्ञानेन्द्रलाई फाल्न मात्र होईन। ज्ञानेन्द्र त वस एउटा प्रतीक हो। फाल्नु पर्ने मूल कुरा भनेको हाम्रा बिचमा जरो गाडेको सामन्तीतन्त्र हो। तर, सामन्तितन्त्र यथावतै रहनु र ज्ञानेन्द्रका ठाँउमा नव ज्ञानेन्द्रहरु आउनु भनेको आन्दोलनको मर्म माथि प्रहार हो। हो, सुरेश राजको नियुक्ती, नातावादीहरुको लागी खुशीको कुरा हो। यो अन्य मन्डलेहरुका लागी पनि खुसीका कुरा हो। अब त्यो दिन टाढा छैन, जब लोकमानसीँह कार्की पुन मुख्यसचिव हुनेछन र केशर जँगहरु गिरीजाका सल्लाहकार। यो नै हो सुरेश राजको नियुक्तिको सँकेत।
धेरै दिन देखि हामी भन्दै आएका छौँ, सुरेश राजले यसपाली गोटी फिट गरिसक्यो है भनेर। तर, वामपन्थीहरु हावी होलान भनेर आफ्नै मात्र कुरा लादन खोज्ने काँग्रेशीहरुका कारण न त अन्य विश्वविध्यालयमा कुनै नियुक्ती भयो न सुरेश राज र भोला थापालाई गिरफ्तार गर्ने कुनै प्रयास नै गरिए। उल्टो यी भ्रष्ट जमातका गलत सल्लाह र रँगीली सुजाताका दवावले गिरिजाले कुनै शिक्षामन्त्रीलाई ढूक्क भएर काम गर्न दिएका छैनन। हो, गिरिजा यस आठ पार्टी गठबन्धनका नेता हुन। तर, यो आठ पार्टी गठबन्धन कुन अवस्थामा बनेको हो त्यो पनि हेर्नु पर्ने हुन्छ। वर्तमान मन्त्रिहरु आ-आफ्ना पार्टीका प्रतिनिधि हुन त भन्छन तर स्व-विवेकले काम गर्नु पाउने अधिकारको सँबन्धमा भने चूँईक्क बोल्दैनन। प्रधानमन्त्रिय पद्धतिमा प्रधानमन्त्रि प्रति मन्त्रिहरु जिम्मेवार हुन्छन र मन्त्रिहरुका पदावधी प्रधानमन्त्रिको पदावधी सँगै सिद्धिने प्रावधान छ। तर, कोएलीसनको धर्ममा हिँडनु पर्ने राजनैतिक दलहरुले पद्धतीका नाममा कोएलिसनका अन्य घटकहरुलाई कुनै हालतमा पनि दबाउन पाउँदैन।
प्रधानमन्त्रिय पद्धति र कोएलीसन धर्मका बीचमा अहिले बहस चलाउनु र चल्नुका पछाडी गिरिजा-काँग्रेशी र राजावादीहरुका निहित स्वार्थ लुकेको छ भन्दा अन्यथा नहोला। वास्तवमा गिरिजा लोकतान्तृक रहेका भए, विभागिय मन्त्रीले अन्तर्राष्ट्रिय सम्मेलनका बेलामा भनेका भनाईमा कतिको सत्यता रहेको छ र सो को जाँचबुझ पछि नेपाली सेनामा रहेका सुकुटीभक्षीहरु माथि कार्यवाही लागी क्याविनेटबाट मातृका यादवलाई निर्देशन दिनुपर्ने हो। त्यसैले, म भन्छु, स्वतन्त्रताका हिमायती भनाउँदाहरु प्रधानमन्त्रिय पद्धतीको दुहाई दिँदै हिँडनुमा राजनैतिक कारण छ र त्यो हो वामपन्थिहरुलाई काम गर्न नदिने। गिरिजा प्रसादका सँबन्धमा जनमत सिर्जना गर्ने पत्रकारहरु होस या साँसदहरु, यीनिहरु जहिले पनि मन्डलेतन्त्रका समर्थकहरुलाई वामपन्थिहरु भन्दा नजिक ठान्छन। हो, यसैको परिणती सुरेश राज जस्ता मन्डलेहरु आज लोकतान्तृक बन्नु। अचम्मको सँयोग के छ भने मातृका यादवले गिरिजासँग टक्कर लिनु, प्रदीप नेपालले कुलपति नियुक्तिको प्रण गर्नु र सुरेस राज जस्ता मन्डलेहरु खाँटी लोकतन्त्रवादीमा परिणत हुनु एकै समयमा हुन पुगेको छ। एक वर्ष अगाडीको आन्दोलनको उद्धेश्य हो मन्डलेहरुको पत्ता साफ हुनु । बिडम्बना के छ भने लोकतन्त्रकै वार्षिकोत्सवको आयोजक भने सुरेश राज जस्ता खुँखार मन्डले हुनु पुगेका छन। सँक्रमण कालका नाममा यदि गिरिजा गुटका दलाल काँग्रेसीहरुले भ्रष्टाचारी मन्डलेहरुलाई च्याप्दै, शुद्धिकरण गर्दै र स्पेश दिँदै हिँडने हो भने तेस्रो जन-आन्दोलन अवश्यँभावी छ। र यो आन्दोलनले स्पेशका कुराहरु गर्नेलाई होस वा स्पेशको निरन्तरता चाहने सुरेश राजहरु जस्तालाई होस सिधै स्पेशमा पुर्याएर मात्र विश्राम लिन पुग्छ ।सुरेश राज र लोकतन्त्रका बिचको मर्यादा रेखा यही हो। गिरिजाले नबुझ्लान तर हामी सबै यो कुरा बुझ्छौँ।

No comments:
Post a Comment