Friday, April 27, 2007

सुरेशराजको ज्यादती र प्रोपोगाँडा

बुद्धि वहादुरको निधन पश्चात केयुवाट सुरेशराजको वहिर्गमन हुन्छ भन्ने आमअपेक्षामा तुषारापात भएको छ । सुरेश राजलाई घोक्रेठ्याक लगाउनु पर्नेहरुका मुढता र तिनको व्यवहारले चौतर्फी निराशा छाउन थालेको छ । यसैकारणले केयुमा फेरि अर्को एउटा अनिश्चितकालीन बन्दमा प्रवेश गर्दैन भन्नै छैन । र बन्दको आह्वानकर्ता बन्ने छ - सुरेश राजलाई के.यु.वाट निकाल्नेहरु नै । केयुभरि सुरेशराजका मन्डले समर्थकहरुबाट कुटिएका र दुर्व्यवहार भएका खबरहरू कान टट्टाइसकेका छन। मेकानिकलका कर्मचारी स्व.बुद्धि वहादुरमाथिको आक्रमण पश्चात त ज्यान लिने कुरा सामन्य भैसकेका छन । सुरेश राजका कु-कृत्यहरु खुलारुपमा बाहिर आएपछि पनि यस्ता घटनाहरू रोकिएका छैनन। कुनैनकुनै रूपमा दुर्व्यवहार, कुटपिटले निरन्तरता पाइरहेको छ ।
केयु यतिबेला एउटा गम्भीर अराजकतातर्फ प्रवेश गरेको छ । कुनै पनि विध्यार्थि,कर्मचारी र शिक्षकले अब यहाँ सुरक्षित महसुस गर्न सक्दैन । विध्याको सँप्रेषण हुने ठाँउमा न्यूनतम सुरक्षा, सम्मानको प्रत्याभूति प्राप्त गर्नु सबैको अधिकार हो । त्यसैका निम्ति सबै जना यसलाई मन्दिर मान्ने गर्छन ।

केयुमा कुनै व्यक्ति निर्घात कुटाइ खान्छ, त्यतिबेला सारा समाज मौन बस्छ । मौन नबसोस् पनि किन? कानुन हातमा लिने मन्डले हत्यारा सुरेश राजका सेनामेनाहरु प्रहरीभन्दा शक्तिशाली छन् । धुलिखेलको प्रशासन पूरै सुरेशराजको गुलाम बनेको छ । केयु भित्र त निरँकुशतन्त्र लाद्यो-लाद्यो तर वाहिर पनि अनेकन विष वमन गर्दै हिँडनु नै सुरेश राजको पहिलो काम बनेको छ अहिले। आफ्ना चाटुकार र अन्य दलालहरुका भेलामा सुरेश राजले यस ब्लगले परिवर्तनकारी भूमिका भन्दा पनि विद्वेश बढाएको आरोप आफ्नो दलाल, चाटुकारहरुको भेलामा बताएका रहेछन । उनले भनेका छन्- 'चेन्ज ईन केयु ब्लगमा विदेशीएका शिक्षकहरुका विगविगी र विदेशमा कमाएको पैसाको तुजुकका आधारमा सही सूचनाभन्दा बढी भ्रम सिर्जना गर्ने काम भइरहेको छ ।' अब सुरेश राजले के लाई सही सूचना भनेका हुन, त्यो पनि स्पष्ट गरिदिए राम्रो हुने थियो ।


के बुद्धि वहादुरका अवला, शोकसँतप्त श्रीमतीका वयानलाई जस्ताको तस्तै राख्नु भ्रम सिर्जना गर्नु हो?


यदी त्यसो हो भने, सुरेश राज किन आफ्ना भनाईहरु सार्वजनिक गर्दैनन त?


किन भोला थापा पनि आफ्ना भनाईहरु सार्वजनिक गर्दैनन त?


का.वि. प्रशासन पूर्ण रुपमा पैसाको खोलो बगाएर भए पनि "बुद्धि वहादुर आत्महत्या प्रकरण"लाई दबाउनमा लागेका छन भन्ने त यस प्रकरण पश्चातको आन्दोलनमा सरीक सबैलाई केयुबाट निकालेर नै स्पष्ट भईसकेको छ। यदी सुरेश राज र भोला थापा निर्दोष रहेका भए, के यिनिहरुले कसैलाई निकाल्नु पर्ने जरुरत छ? सुरेश राज र भोला थापाकै कारणले बुद्धी वहादुरले आत्महत्या गरेको हो भन्ने कुराका लागी अब कुनै प्रमाणको जरुरत छैन भन्दा पनि फरक पर्दैन होला।

निश्चय नै एकदलीय सोच राख्ने मन्डले सुरेशराजको नजरमा स्वतन्त्र ब्लग विचलनको अवस्थामा रहेको अनुभव हुन्छ, किनभने यसले सुरेशराजका पक्षमा 'प्रोपोगन्डा' नगरेर जनता जगाउने काम गर्छ । सुरेशराजका लागि सबै ब्लगहरु मुखपत्र भइदियो भनेमात्र विचलित नभएको ठानिन सक्छ । बहुलवादी मुलुकको एउटा आधारस्तम्भका रूपमा ब्लगले सदैव काम गर्छ । यदि यसले सत्यलाई सत्य भन्ने आँट गरेन भने त्यो मुलुक र मुलुकबासीले कसैले नपाएको दुःख पाउँछन् । सुरेश राजको निरंकुशताको अन्त्यका लागि हामीले गरेको संघर्ष कुनै अरु व्यक्तीको निरंकुशता स्थापनाका लागि होइन र सुरेश राजका प्रोपोगाँडाहरु गलत हुन भन्दा अन्यथा नहोला।

1 comment:

Anonymous said...

oye randi ko choro ...... ta machikne hamro VC ko reputation kina bigarna tamsiyeko chas??

sala birsis KU kasle establish garyo....ta randi lai jagir dine hamro VC hoina?

Tero cheap article le kaslai influence garchu bhanera socheko chas mutha fuukaa......

Revere our VC

if ur unsatisfied, then leave ur job why are u posting a libel