Tuesday, November 06, 2007

काठमाडौं विश्वविद्यालयमा अख्तियारको प्रवेश

अन्ततः काठमाडौं विश्वविद्यालयमा व्याप्त भ्रष्टाचारलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अघि बढाएको छ। विश्वविद्यालयमा विगत १६ वर्षदेखि एकछत्र राज गर्दै आएका उपकुलपति डा. सुरेशराज शर्माको संलग्नतामा भएका भ्रष्टाचार काण्डबारे छानविन गर्न माग गर्दै गत असोज ११ गते र त्यसको केही समयपछि दुईवटा छुट्टाछुट्टै उजुरी परेका थिए। विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीहरुले लामो समयदेखि उपकूलपति डा. शर्माका भ्रष्टाचारबारे छानविनको माग गर्दै आएका थिए। पछिल्ला उजुरीका आधारमा छानविन अघि बढाएको अख्तियारका सचिव मोहनबहादुर कार्कीले दृष्टिलाई बताए। उनले अनुसन्धानको क्रममा रहेको भन्दै यसबारे थप जानकारी दिन अस्वीकार गरे।

दृष्टिलाई प्राप्त कागजातअनुसार डा. शर्माले आफू पदमा टिकिरहनका लागि केही उच्च राजनीतिक व्यक्तित्वसमेतलाई विश्वविद्यालयबाट अनुचित लाभ दिलाउने गरेका छन्। डा. शर्माले आफ्ना नातेदार र आफूनिकटका प्राध्यापक, कर्मचारीलाई संरक्षण तथा अनियमित प्रक्रियाबाट बढुवा गर्ने, अनुचित लाभ दिने र अख्तियारको दुरुपयोग गरी अनावश्यक ठाउँमा जग्गा तथा घर खरिद गरेका घटनाको विवरण उजुरीमा उल्लेख छ।

डा. शर्माले आफ्ना कान्छा भाइ मुकुन्दप्रसाद उपाध्यायलाई विश्वविद्यालयमा प्रवेश गरेको सात वर्षमा आन्तरिक बढुवाको नाममा बिना विज्ञापन छ तह बढुवा गरी प्रशासनिक नेतृत्व सुम्पेका छन्। उनलाई हालै व्यवस्थापन प्रमुख नियुक्त गरिएको छ। विश्वविद्यालयमै संवेदनशील मानिने परीक्षा शाखामा रजिष्ट्रार भद्रमान तुलाधरकी श्रीमतीलाई प्रशासकीय पद बिना नै स्वयंसेवकका रुपमा काम लगाइएको छ। परीक्षा शाखामा उनको अस्वाभाविक चलखेल रहेको उजुरीमा उल्लेख छ। एकैचोटि प्राध्यापक भएका तीन प्राध्यापकमध्ये डा. शर्माले एक जनालाई अन्यायपूर्वक ६० वर्षकै उमेरमा निकालेका छन् भने एक जनालाई ऐनमै व्यवस्था नभएको पद सिर्जना गरी सुविधा दिने गरेका छन्। संस्थापकहरुमध्ये पर्ने प्रा. सुरेन्द्रराज काफ्लेलाई 'अवकाश' दिएको छ भने पूर्व रजिष्ट्रार सीताराम अधिकारीलाई 'एडभाइजर' पद सिर्जना गरी त्यसमा नियुक्त गरिएको छ भने अर्का प्राध्यापक भद्रमानलाई रजिष्ट्रार । आगामी माघसम्म पदावधि बाँकी रहेका सीतारामको ठाउँमा भद्रमानलाई ऐनविपरीत पूरै अवधि अर्थात् चार वर्षको लागि नियुक्ति दिइएको छ।

डा.शर्माले आफ्ना साढुभाइ पूर्व मुख्यसचिव दामोदर गौतमलाई मानव संसाधन प्राध्यापक नियुक्त गर्दा अख्तियार दुरुपयोग भएको उजुरीमा जनाइएको छ। उजुरीमा विभिन्न निर्माण कम्पनी र व्यवसायीसँगको मिलेमतोमा करोडौं हिनामिना गरी डा. शर्माले आर्थिक अपराध गरेको सवाल पनि उठाइएको छ। उनले आफ्ना कान्छा सम्धी मुकुन्दप्रसाद दवाडीलाई विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको भवन बनाउने ठेक्का दिई करोडौं अनियमितता गरेको जनाइएको छ। निर्माणसम्बन्धी काम गर्ने सेन्टर फर एजुकेसन डेभलपमेन्ट नामक छुट्टै निकाय विश्वविद्यालयमा हुँदाहुँदै आफन्तलाई ठेक्का दिइएको छ।

पूर्व रजिष्ट्रार सीताराम अधिकारीका भाइ गौरीशंकर अधिकारीको बानेश्वरको थापागाउँस्थित खाली घर प्रयोगमा ल्याउन 'गेस्टहाउस'का नाममा विश्वविद्यालयको मासिक ५० हजार भाडा तिर्ने गरिएको छ। त्यहाँ नवराज र शर्मिला नामको दम्पत्तिलाई बिना कामको जागिर लगाइएको छ। उक्त घर डा. शर्मा र अधिकारीको पारिवारिक जमघटको थलो मात्र भएको छ। विदेशी पाहुनाका लागि अन्तर्राष्ट्रिय अतिथि गृह धुलिखेल बसपार्कमै छ। उक्त पुरानो होटल एक करोड १७ लाखमा किन्दा पनि डा. शर्माले अनियमितता गरेको आरोप लगाइएको छ। निर्माण सामग्री, प्रयोगशाला सामग्री आदि खरिद गर्दा टेन्डर आह्वान गर्नुपर्ने प्रावधानविपरीत आफ्ना भाइ भतिजामार्फत् किन्न लगाउने गरिएको तथ्य उजागर गर्दै उजुरीमा पाँच सयको हिटरलाई १२ सय, १३ सय पर्ने पेन ड्राइभलाई ५६ सय रुपियाँमा किनेका बिलहरु प्रशासनबाट पेस गराइएकाले छानविन गर्नुपर्ने जनाइएको छ।

विश्वविद्यालयका अनियमितताबारे प्रश्न उठाउने प्राध्यापक एवम् कर्मचारीहरुलाई यातना दिने, जागिर खोस्ने काम गर्ने गरेको, कतिपयले विश्वविद्यालय प्रशासनको यातना सहन नसकी आत्महत्यासमेत गरेको कुरा उजुरीमा उल्लेख छ। उजुरी अनुसार, वर्तमान तथा पूर्व रजिष्ट्रारका छोराहरु बिज्रेश अधिकारी र डेनियल तुलाधरलाई विश्वविद्यालयकै खर्चमा विदेश पठाइएको छ।
(स्रोत : दृष्टी साप्ताहिक))

4 comments:

Anonymous said...

अख्तियारले काठमाडौँ विश्वविध्यालयमा प्रवेश गरेको कुरा निक्कै खुशीको कुरा हो। सुरेश राजले आफ्ना नातेदारहरलाई जुन तवरले प्राज्ञिक क्षेत्रमा हुले, त्यो खेदजनक छ। यिनका नातेदारमा पर्ने पूर्व सचिव दामोदर गौतमका बारेमा त हामीले के भन्ने? भारतीय दलाल दामोदर गौतमले कसरी नेपालको राष्ट्रिय स्वार्थमा धक्का पुर्याउन खोजेका थिए भन्ने कुरा त साप्ताहिक तरुणमा प्रकाशन भईरहेको काँग्रेश नेता गोपालमान श्रेष्ठको "मेरो जीवन कथा"(१२ कार्तिक) हेरे पुग्छ।यस्ता भारतीय दलाललाई विना कुनै योग्यता प्रोफेसर नियुक्त गर्नुले सुरेश राज
केयुमा आफु जस्तै भ्रष्टाचारी,दलालहरु मात्र चाहन्छन भन्ने स्पष्ट हुन्छ।

अख्तियारले कार्यवाहीका सँबन्धमा वर्तमान कन्ट्रोलर डा. पुष्पराज अधिकारीसँग पनि बयान लिनु पर्छ। डा. सीताराम अधिकारीले भ्रष्टाचार गरेको कुरा यिनले ठाँउ-ठाँउमा भन्दै हिँडेका छन। डा. पुष्पराजले सीतारामले भ्रष्टाचार गरेको छ भनेर ठोकुवा गरेको कुराको प्रमाण चाहिएमा हामी सो प्रमाण अख्तियारलाई दिन तयार छौँ।

केयुको शुभचिन्तक

Anonymous said...

I am not impressed. What the hell CIAA can do with my dad? Nothing. We,too, have our own connections. Congress party is in our pocket. My uncle is Girija's lawyer. These secretaries of CIAA will be silenced with one single call.

B. Adhikary

Anonymous said...

B.Adhikary jee,
Tapainko pani naam chha ni. Tyasaile impress nabhako ho ki?
Bhrastachari ka suputra haru paisako dangurle matra impress hune ho ki?

Jiban Ram

Anonymous said...

अख्तियारले मुकुन्द प्रसाद उपाध्यायको अनियमित नियुक्ति र पदोन्नतिका सँबन्धमा छानबिन गर्दैछ भन्ने सुन्दा औधि खुशी लागेको छ। सुरेस राजले आफ्नो वर्चश्व स्थापना गर्न सुनियोजित ढँगले भित्र्याएका भाई मुकुन्द देखावटी रुपमा निक्कै धार्मिक छन र भजन-किर्तनमा एकदम विश्वास गर्छन। तर, सत्यको पाटो यो पनि हो कि यिनले "ऊँ बाट ओम्कार" नामको किताब
लेख्दै भ्रष्टाचारको रकम पनि टन्न डकारेका छन। जो सँग पनि कमिशन माग्ने यिनका बानीका कारण भद्रमानलाई कमिसन बुझाउने सप्लायर्सहरुलाई कहिले काँही तनाव पनि हुने गर्दथ्यो। भृकुटी कागज कारखानामा त्यहाँका श्रमिकहरुका रामधूलाई भेटेका यीनले का.वि.मा भन्ने गुन्डा परिचालनमा कुख्याती कमाउन पुगेका छन। मुकुन्द
उपाध्यायलाई कुन योग्यताका आधारमा ल्याईयो र कसरी पदोन्नती भयो भन्ने मात्र अनुसन्धान गर्दा नै सुरेश राजको अपराधको शृँखला खोतल्न सकिन्छ। जे होस, अख्तियारले राम्रोसँग कार्यवाही गर्नु पर्छ।

पूर्व कर्मचारी
प्रशासन शाखा