Thursday, November 08, 2007

बाँझो खेतमा छडके सलाम छ,अख्तियारलाई पहिलो भेटमा



अख्तियारको काठमाडौँ विश्वविध्यालय प्रवेशको कुराले काठमाडौँ विश्वविध्यालयका शुभचिन्तकहरु सारा आल्हादित भएका छन। जुनसुकै सत्ताको भक्त बन्न सक्ने, नेपालका शैक्षिक माफियाहरुलाई परिचालन गर्न सक्ने, राजपरिषदका तत्कालिन सम्माननिय वेल प्रसाद जस्ता मन्डलेका समर्थनमा लोकल गुन्डा परिचालन गर्न सक्ने, राजनैतिक पार्टीका नेताहरुमा नजराना चढाउन सक्ने र यस्तै अन्य विभिन्न कुकृत्य रच्न सक्ने सुरेस राज अख्तियारको अनुसन्धानमा आउँदा विश्वव्यापी रुपमा का.वि.का पूर्व विध्यार्थि, पूर्व प्राध्यापकहरु, र शुभचिन्तकहरु अत्यन्त खुशी देखिन्छन। फलस्वरुप, सुरेश राजको जेल प्रस्थान कहिले हुने हो, दलित हत्याराहरुले कहिले सरकारी गहना लगाउने हो र काठमाडौँ विश्वविध्यालयको शुद्धिकरणको प्रकृया कहिले शुरु हुने हो भन्ने विषयमा अहिले सर्वत्र चासो बढेको छ। यद्यपि, अख्तियारले राजनैतिक दवाव र पहुँचको आधारमा अपराधिको जत्थालाई नै शुद्धिकरण गर्ने त होइन भन्ने शँसय पनि भित्र-भित्रै नभएको भने होईन।

काठमाडौँ विश्वविध्यालयमा सुरेश राज, सिताराम, भद्रमान र मुकुन्देको चन्डाल चौकडी रहुन्जेल भने अख्तियारले का.वि.प्रशासन द्वारा पेश गरिने कागजमा भर नपरे वेश हुने देखिन्छ। काठमाडौँ विश्वविध्यालयमा सुनियोजित हिसाबले विभिन्न ईकाईहरु बनाएर र त्यहाँ आफ्ना येस मेनहरु राखेर निर्णय गर्ने प्रकृया धेरै पुरानो छ। माथिल्लो हाकिमहरुका मौखिक निर्दैशनमा यसरी हुने निर्णयलाई सुरेश राज र सीतारामहरुले प्रकृयागत काम भनेर व्याख्या गर्ने गरेको देखिन्छ। तथापी विभिन्न खरीद कान्डमा भने यिनिहरु चुकेका छन र खरीद-विक्रीमा सँलग्न सबै पक्षहरुसँग बयान लिने हो भने यिनिहरुका भ्रष्टाचारको लहरो अवश्य पनि तानिन्छ।

राजनैतिक रुपमा भ्रष्टाचारका लागी कुख्याती कमाएका केही अख्तियारको कार्यवाहीबाट मजाले फुत्केका हामिले नदेखेका पनि होईनौँ। यदि सोही प्रवृति का.वि.को भ्रष्टाचार, नातावाद, र दलित हत्याको प्रकरणमा पनि दोहोरिने हो भने त्यो नेपालको प्राज्ञिक क्षेत्रकै लागी दुर्भाग्यपूर्ण हुनेछ। यसका वावजुद पनि हामी अख्तियारको प्रवेशले निक्कै उत्साहित छौँ र काठमाडौँ विश्वविध्यालयका प्रमूख पक्ष त्यहाँका विध्यार्थिहरुले आफ्ना नवागँतुक मित्रहरुलाई स्वागत गरे जसरी हामी पनि अख्तियारको का.वि. प्रवेशको हार्दिक स्वागत गर्दछौँ।

बाँझो खेतमा छडके सलाम छ
अख्तियारलाई पहिलो भेटमा!

3 comments:

Anonymous said...

The title contains an error in the word "Chhadle"; it should be "Chhadke". Please correct it, and the write-up is good!

Anonymous said...

The title contains an error in the word "Chhadle"; it should be "Chhadke". Please correct it, and the write-up is good!

pradhyapak said...

Thanks for comment. I have made correction.

Pradhyapak