Tuesday, November 20, 2007

Rumouring and cover up exercise in KU

With entry of CIAA (Commission for Investigation of Abuse of Authority) into KU, Suresh Raj has lost his patience. The first attack Suresh Raj has made is on his own colleague and another ruthless character called Mr. Pushpa Raj Adhikary. Apart from this, Suresh Raj is now holding legal confabulations with brothers of Sitaram Adhikary. Grapevine has it that Suresh Raj is trying to give political colour to the incident. He is accusing that this blog as well as KUPA both are both controlled by ultra leftist elements. How much truth is there in his claims can be verified by our consistent stand. We are not members of any political party. We never blindly support any group as we do not have any vested interests. We have been fighting for Academic rights and freedom in KU. So, there is no chance that we will ever support any party or group which is hell bent in imposing despotism in Nepal.

Apart from his attempts to discredit this blog, he has been hitting at many people who were suspected to be involved in this blog. Mere suspicion is inciting Suresh Raj to attack former members of KU. Is it senility or overpowering sense of approaching defeat? This alone clearly indicates that Suresh Raj has lost his battle. If Suresh Raj and his henchmen think that this blog is not taken seriously, then we have some questions for them.

(1) Why you are sidelining Prof. Dr. Pushpa Raj Adhikary? and

(2) Why you are attacking and spreading rumours about former faculties?

Suresh Raj and Sitaram has recently sidelined Prof. Dr. Pushpa Raj Adhikary after revelation in this blog that Prof. Dr. Pushpa Raj Adhikary has claimed in written form that Prof. Dr. Sitaram Adhikary is involved in massive corruption in KU. If we are not reporting on truth and truth only, Suresh Raj and his gang should not have felt discomfort. They should have sit comfortably sharing drinks with Dr. Pushpa Raj. But, they have now conspired against Prof. Pushpa Raj. It clearly means that they want to victimize Prof. Pushpa Raj Adhikary as he is spilling the beans. Given guilty mindset of Suresh Raj, CIAA should not waste any time now. They should immidiately arrest Suresh Raj and question him about his recent exercises in KU.

Suresh Raj and Sitaram have been constantly exposed in this blog. We have managed to receive very confidential documents like salary details of Prof. Bhadraman and Prof. Pushpa Raj also. We are now trying to get some documents which clearly indicate complicity of Sitaram in improper dealings. Similarly, we are requesting KU contractors also to give us their side of stories. How Bhola Thapa tried to extract some mileage from his relation in the Kantipur has also been published here itself. All these things clearly indicate that there is not one or two individual in this mission of purifying KU. Entire wellwishers of KU are united with this blog. Had we not raised very important issue, we would never have received such a great cooperation from wellwishers of KU. Is not it a proof of this blog having social respectability? So, rumours of Suresh Raj, Sitaram, Bhadraman and Mukunde against some faculties should be taken as frustrations of a corrupt gang hell bent to hit back on whistleblowers.

Besides, these campaigns, Suresh Raj has instructed Mukunda not to hand over confidential documents to subordinate staffs. Administrative staffs working with Mukunda are being searched and screened for photocopying some records also. Especially with the help of Navendra and black teeth Kumar Baral, Mukunda is trying to tear away pages and burn old records. All these attempts are to mislead CIAA investigation and to save the corrupt gang of KU.

Similarly, Bhadraman is requesting his contractors in NEWARI not to divulge commission details. He is threatening contractors that if they talk with others, they would never deal with KU in future. People want to talk about how much they have paid to Bhadraman, but they are not ready to come out openly. So, we have requested some of the wellwishers to blacken some portions in the receipt like name, details, and items. Then, they can send these documents to us. We will definitely publish these records for facilitating CIAA investigation.

We are very happy that our small efforts are bearing fruit now. With our little contribution, KU is likely to be cleaned up very soon. So, we request all the friends to keep on supporting us.

4 comments:

Anonymous said...

Suresh Raj, stop attacking PRA. If PRA commits suicide, Suresh Raj will be responsible.

Berita dari gunung said...

interesting blog

Anonymous said...

काठमाडौँ विश्वविध्यालयमा सुरेश राजले नातेदार परेकै आधारमा कस्तो दलाल र घटीया मान्छेलाई प्रोफेसर बनाएको रहेछ भन्ने कुरा पहिले पनि पढिसकेको थिएँ। अहिले, तिनै पूर्व सचिव दामोदर गौतमका बारेमा एउटा पत्रिमा पढन पाएँ। ब्लगरजी र अन्य साथिहरुलाई सुरेश राजले प्रोफेसर बनाउँदै हिँडेका मान्छेका बारेमा पढन सजिलो होस भन्ने हेतुले उक्त लेख यहाँ साभार गरेको छु। यस्तै हिसाबले हेर्ने हो भने त सुरेश राजले मदन राज र जलन कुमारलाई पनि अब प्रोफेसर बनाउन बेर छैन।

वेदमणि

########################
अनि मुख्यसचिवको शिर झुक्यो
########################

गोपालमान श्रेष्ठ
पारवहनको जीएम हटाएर अर्को मान्छे ल्याउने उहाँहरुको सल्लाह भएछ। बसन्त भट्टराईलाई जीएम बनाउँदा के हुन्छ भन्नुभयो गिरिजाबाबुले, मैले भनें– गिरिजाबाबु, पारवहन अहिले नाफामा पनि छ। यसलाई सञ्चालन गर्न दक्ष मान्छे ल्याउनुपर्छ। बरु यो जीएमलाई यथावत् राखेर बसन्तजीलाई अध्यक्ष बनाउँदा राम्रो होला। होइन, अध्यक्षले केही सुविधा पाउँदैन भन्नुभयो। मैले भनें– गाडीको व्यवस्था मिलाई दिउँला, भत्तासत्ताको पनि सुविधा मिलाउँला। त्यसपछि उहाँले त्यतिबेला गर्नैपर्छ भन्नुभएन। उहाँले जसलाई भन्नुभएको थियो, मैले उहाँसँग बायोडाटा मागेँ। तर बायोडाटा दिन उहाँ तयार हुनुहुन्थेन। के को बायोडाटा, राजनीति गर्ने मान्छेले? भन्नुभयो। मलाई के लाग्यो भने बायोडाटा नदिएपछि क्वालिफिकेसन रहेनछ कि? तर मैले चित्त बुझाएँ। उहाँहरुलाई दुईवटा झस्को परेछ। गोपालमान त 'एसम्यान' होइन। उहाँहरुलाई कांग्रेस चाहिएको रहेनछ त्यतिबेला, 'एसम्यान' चाहिएको रहेछ। हामी पनि आन्दोलनबाट आएको, हामी पनि देखेको कुरा राख्नुपर्छ भन्नेतर्फ केन्द्रित भयौं। मैले भनें– गिरिजाबाबु यो पारवहन अहिले नाफामा छ। भोलि व्यवस्थापन चलाउनेहरु सबै नयाँ भएर घाटामा गयो भने त दोष मलाई लाग्छ, अन्तत्वगत्वा तपाईलाई पनि लाग्छ। यसपछि गिरिजाबाबु कन्भिन्स भएको जस्तो लाग्यो, तर भित्रभित्रै के–के खिचडी पाक्यो के–के। के हो गोपालमान, उता दीर्घराजले काम गराउँदा पनि सचिवलाई किन हप्काइस् भनेर अबजेक्सन गर्न आएको छ, यता यो कुरा पनि मान्दैन भन्ने परेछ। 

यसैबीच भारतसँग वाणिज्य र पारवहन सन्धिबारे वार्ता गर्न दिल्ली जाने तय भयो। त्यसबारे मैले कर्मचारीहरुसँग ब्रिफिङ लिने गरिरहेको थिएँ। टनकपुरबाट उनीहरुले १० मेघावाट दिने भनेका थिए। हामीले ३५ मेघावाट चाहिन्छ भनिरहेका थियौं। १ सय ८ मेघावाट कूल उत्पादनमध्ये हामीलाई ३५ मेघावाट चाहिन्छ, किनभने भारतले टनकपुरमा ५ सय ७७ मिटर दायाँ तटबन्ध बनाएबापत ३५ मेघावाट विद्युत उत्पादन बढी हुन्थ्यो। वृद्धि हुने सबै हामीलाई दिनुपर्‍यो। अन्तिममा उनीहरु अब १० होइन, २० दिएर नेपाललाई चित्त बुझाउने मनस्थितिमा पुगेका थिए। पहिलो कुरा यो टनकपुरको सन्धिसम्बन्धी काम अहिले नगर्ने, किनभने यो सन्धि गर्न संविधानअनुसार संसद्को दुई–तिहाई बहुमत चाहिन्छ। मैले ब्रिफिङ लिँदा पनि ५ वर्षको व्यापार सन्धि र ७ वर्षको पारवहन सन्धि गर्ने कुरा पनि अघि बढिरहेको थिएँ। त्यसमै हाम्रो अडान छ भनिएको थियो। यस कुरामा म विश्वस्त थिएँ। अनि भारत सरकारको निमन्त्रणामा डिसेम्बर महिनामा दिल्ली जाने भइयो। पीभी नरसिंह राव प्रधानमन्त्री थिए। वाणिज्य मन्त्री थिए पी चिदम्बरम। नेपालबाट प्रधानमन्त्रीभन्दा पहिले सामान्य प्रशासन मन्त्री महेश्वरजीलाई पठाउने तय भएको थियो। मलाई एकाएक के खबर आयो भने महेश्वरजी र तपाई एकैसाथ जाने। परराष्ट्र मन्त्री गिरिजाबाबु नै हुनुहुन्थ्यो। परराष्ट्र मन्त्रीको हैसियतले एउटा सिनियर मन्त्री जाने कुरा भयो। पहिले सामान्य प्रशासन मन्त्री महेश्वरप्रसाद सिंहमात्रै आउने भनेर हिन्दुस्तानले उहाँलाई मात्रै व्यवस्था मिलाएको रहेछ। उनीहरुको सेडुअलमा चाहिँ प्रधानमन्त्रीसँग म जाने रहेछ। किनभने म त्यहाँ जाँदा त्यहाँको राज्यमन्त्री र मेरो प्रोटोकल नमिल्ने। म यहाँको क्याबिनेट मन्त्री। तर मलाई पहिले नै जा भनियो र गएँ। हिन्दुस्तानमा खबर गएपछि त गोपालमानलाई कहाँ राख्ने? कन्फ्यूजन भएछ। कुरा के रहेछ भने नेपालको वाणिज्य मन्त्री प्रधानमन्त्रीसँगै आउँछ, प्रधानमन्त्रीसँगै आएपछि राष्ट्रपति भवनको एउटा सूइटमा राख्ने बन्दोबस्त भारतको सरकारले मिलाएको रहेछ। २ दिन पहिले म र महेश्वरप्रसाद सिंहजी गयौं। उहाँहरुलाई अप्ठेरो पर्‍यो। जुन होटलमा महेश्वरजीलाई व्यवस्था गरिएको थियो, त्यही होटलको अर्को सूइटमा मलाई बस्ने व्यवस्था मिलाइयो। मेरो मन्त्रालयको सचिव त असाध्यै बाठो। मन्त्रीज्यू हिन्दुस्तानले टाइपिङ्गमा हतार–हतार गरेर हामीलाई मिस्टेक गराएर सही गराउँछ। भर्खर भर्खर कम्प्युटर प्रणाली आएको थियो। हामीहरुको पारवहनको कम्प्युटर लिएर जाने कुरा राख्नु भयो सचिवजीले। मुलुकको त्यत्रो महत्वपूर्ण सन्धि गर्न जाँदा यहाँबाटै कम्प्युटर र कम्प्युटर अपरेटर लिएर जाने कुरा भयो। १०–२० हजारले के हुन्छ र भनेर लिएर गइयो। मिटिङ्ग बसिरहेको थियो– पारवहन सन्धिको कुरा आयो। महेश्वरजीले मलाई के भन्नुभएको थियो भने– गोपालमानजी, मलाई यो व्यापार पारवहन केही पनि थाहा छैन, टनकपुर पनि केही थाहा छैन, तपाई बोल्नोस् म टाउको हल्लाउँछु। त्यो बेलामा के थियो भने, चिनीको काम अन्तरिम सरकारकै पालामा केडियालाई दिइएको थियो। नेशनल टे्रडिङ्ग र साल्ट टे्रडिङ्गले अब हामीले पाउनुपर्छ कोटाको चिनी, किन केडियालाई दिएको भनिरहेका थिए। म त्यो पनि खोतल्नेवाला थिएँ। तर पोलिटिकल प्रेसरकै आधारमा दिइएको भन्ने कुरा भएपछि म चुप लागेँ। मैले व्यापार पारवहनको कुरा गर्दै गएँ, महेश्वरजीले टाउको हल्लाउँदै जानुभयो। 

गिरिजाबाबु भोलिपल्ट आउने कार्यक्रम थियो। हामी एक रात बसिसकेका थियौं। अघिल्लो दिन साँझपख मैले सूइटमा एउटा मिटिङ्ग गरेँ। सबै सचिवहरुलाई बोलाएँ। मुख्यसचिव पनि हुनुहुन्थ्यो, सुशील'दा पनि हुनुहुन्थ्यो, राजदूत पनि हुनुहुन्थ्यो, ल ब्रिफिङ गर भनेको त मुख्यसचिवले यस्तो बोल्नुभयो– म त छक्क परेँ। पहिले नै एकदम हतोत्साहित गर्ने, मन्त्रीज्यू बर्बाद भयो, वाणिज्य र पारवहनको अलग–अलग सन्धि गर्न त नदिने भयो भनेर भन्नुभयो। मन्त्री भनेको 'क' पनि नबुझेका हुन्छन्, हामीले जे भन्यो त्यही मान्छन् भन्ने ठान्नु भएछ। अनि मेरो एकदम दिमाग चढ्यो। मैले भनें– के भन्या मुख्यसचिवज्यू, नचाहिने कुरा गर्ने? किन नेपालले दुईवटा सन्धि गर्न नपाउने? हामी भू–परिवेष्ठित मुलुक, हामीले अन्तर्राष्ट्रिय कानुनअनुसार अनलिमिटेड माग्न पाउँछौं पारवहनको सुविधा। हामीले ५ वर्षको वाणिज्य ७ वर्षको पारवहन भनेका छौं, कुन ठूलो माग गरेका छौं र? मुख्यसचिवले भन्नुभयो– होइन मन्त्रीज्यू, पञ्चायतका मन्त्रीहरुले पनि यसै भन्थे, तर हिन्दुस्तानले दिएको थिएन। अहिले पनि दिँदैन, ५–५ वर्षको छुट्टाछुट्टै गर्न पनि गाह्रो छ। मैले भनेंे– नेपालमा यत्रो जनआन्दोलन भयो, पञ्चायती व्यवस्था गयो, जनताको हातमा सार्वभौमसत्ता आयो। जनताले म्याण्डेट दिएर गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए, यो अवस्थामा नदिने कुरा आउँछ? तपाई बेकारको कुरा नगर्नोस्। सबैको अगाडि मैले यो कुरा गरेपछि वाणिज्य मन्त्रालयका सचिवले झिनो सपोर्ट गर्नुभयो। नचाहिने कुरा नगर्नोस्, हामीसँग जे भन्नुभयो भन्नुभयो, भोलि गिरिजाबाबुका अगाडि यो कुरा उठाउन तपाईलाई अनुमति छैन, प्रधानमन्त्रीको मनोबल उच्च गराउनुपर्छ। हेर्नोस् मुख्यसचिवज्यू, 'नेपाली जनताले मलाई दिएको म्याण्डेट यही हो, यसमा एक रौं पनि तलमाथि भयो भने म सही गर्नेवाला छैन। बरु रिजेक्ट गरेर जान्छु, सही गर्दिनँ, मलाई यो अधिकार छैन।' भनेर मैले भनेपछि उहाँले रातो मुख लगाउनु भयो। पछि इतिहासले पनि उहाँको बारेमा बताउला, मलाई चाहिँ तत्कालीन मुख्यसचिव दामोदर गौतममाथि ठूलो शंका लाग्यो।  


भोलिपल्ट प्रधानमन्त्रीज्यू आएपछि उहाँलाई मैले ब्रिफ गरेँ। सचिवहरुले नचाहिने नचाहिने कुरा गर्लान्, नसुन्नुहोला, हाम्रो अडान यथावत् राख्नुहोला भनेर भनें। ब्रिफिङ्गपछि हामी लबीमा बसेका थियौं, मलाई बिहानै के संकेत आएको थियो भने त्यसबेला को कहाँ बस्ने? भन्ने बुकलेट नआए पनि तपाईं आज सर्नुपर्छ भनिएको थियो। ठीकै छ, दुई रात यही होटलमा बसिसकियो भनें। हामी लबीमा बस्यौं। हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतका प्रधानमन्त्री पीभी नरसिंह राव भित्र पस्नुभयो। प्रोफेसर विमलजी हुनुहुन्थ्यो त्यसबेला नेपालका लागि भारतीय राजदूत, उहाँ पनि भित्रै हुनुहुन्थ्यो। राजदूत विमलजी बाहिर निस्केर एकैचोटि मसँग हात मिलाउनु भयो– 'मन्त्रीजी, आपने जो कहाँ, अक्षरसः हुआ, आपको बधाई है,' भनेपछि हाम्रा मुख्यसचिवको शिर झुकिहाल्यो। मुख्यसचिवले वाणिज्य र पारवहनमा जसरी बहकाउन खोज्नुभएको थियो, बहकिएन। तर अर्को ठूलो मिस्टेक भयो टनकपुरमा। क्रमशः
स्रोत:तरुण साप्ताहिक:अनि मुख्यसचिवको शिर झुक्यो

Anonymous said...

Good work! Scoundrels of KU should get punishment for their deeds...

sunil