Monday, April 28, 2008

अनैतिकताको परकाष्ठा



नेपाल किन बिग्रियो? व्यक्तिपिच्छै फरक धारणा हुन सक्छ। भूपरिवेष्ठीता, प्राकृतिक सँशाधनको कमी, औध्योगिक सँरचना नहुनु, लामो समय तानाशाहीको जाँतोमा पिल्सनु जस्ता विभिन्न कारणहरु अगाडी प्रस्तुत हुन सक्छ। तर, ब्लगरको विचारमा यावत कारणका साथसाथै सब भन्दा ठूलो कारण भने नैतिकताको कमी नै हो। सीधा शब्दमा भन्ने हो भने, हामी नेपालीहरुमा रहेको ठूलो कमजोरी भनेकै अनैतिकता हो। हाम्रा यीनै कमजोरी अहिले हाम्रा शिक्षाविद र राजनीतिज्ञहरुमा छल्किएका छन। आफ्नो नातासँबन्ध छ भन्ने कुराको सुरेश राजले कहिले खन्डन गर्न सकेनन। तर, यिनी जोडले फुक्छन-काठमाडौँ विश्वविध्यालयमा जागिर खाने अनुज, सीतारामका पुत्रद्वय, भद्रमानका सुस्त पुत्र, र अन्य नातेदारहरु सबैले आफ्नै योग्यताले काठमाडौँ विश्वविध्यालयको सेवामा प्रवेश पाएका हुन। दुनियाँले भन्दैछ- तीन दर्जन नातेदारहरुकै एउटै योग्यता नातासँबन्ध हो। तर, सुरेश राज मान्न तयार छैनन। सुरेश राज भित्र-भित्र हरेक महत्वपूर्ण पदमा "हाम्रो मान्छे" राख्छन र बाहिर भन्छन सबै "राम्रो मान्छे" हुन। काविमा आन्दोलन भयो, सुरेश राजमा हताशा बढ्यो। सम्झौताको तयारी र घुँडा टेकाई शूरु भयो। तर, भित्र-भित्र प्रचार गर्न थाले काठमाडौँ विश्वविध्यलयमा ताला लगाउने, आन्दोलन गर्ने सब वाईसीएल हुन। माओवादीले बाँच्न खान दिएनन भन्दै नेपाल बन्धूकहाँ धाए र गिरिजा बाबुकहाँ रोए। अनन्य रोदनले द्रविभूत नेपाल बन्धू र गिरिजा बाबुले सुरेश राजलाई "राज" गर्ने मौका दिए र आन्दोलनलाई ज्ञानेन्द्र शैलीमा दमन गर्न लगाए। कसैको जागीर खाए कसैको जीवन सिध्याय। नातावादको सानो आरोप "परालको आगो" पक्कै होईन। यो "भूसको आगो" हो । यो यसरी सल्कीरहेको छ कि यसमा सुरेश राजको "विकासवादी" छवि जलिरहेको छ। सुरेश राजको "शिक्षासेवी" रुप बलिरहेको छ। र यसले आज सुरेश राजलाई "अनैतिक" व्यक्तिका रुपमा स्थापित गरेको छ। यस्तो किन हुन पुग्यो त? दुईवटा प्रमूख कारण छन; पहिलो, नातावाद विरुद्धको लडाँईमा सुरेश राजले जहिले पनि कुर्सी बचाउन खोजे र सके , तर नैतिकता बचाउन कहिले सकेनन। दोस्रो, नातावाद विरुद्धको जेहादमा सुरेश राजले नारावाजी रोक्न सके, तर विचार प्रवाह कहिले बन्द गर्न सकेनन।

नेपालका हरेक शक्तिशाली पदमा बस्नेहरुको एउटै धून छ-त्यो हो नमरुन्जले पद टिकाउने। आफ्नो पद टिकाउन सुरेश राजले वुद्धि बहादुरहरुलाई मर्न बाध्य गरे, तर पद कहिले त्यागेनन। अर्कोतर्फ, नातावाद, भ्रष्टाचार र कृपावादलाई प्रयोग गर्दै गिरिजाले काँग्रेसलाई मार्दैछ, तर आफू पद छोडने कुरा कहिले गर्दैनन। सुरेश राजले जस्तै प्राविधिक तर्क दिन्छन अहिले हाम्रा काँग्रेसी नेताहरु। उनिहरु भन्छन, यो त सँविधान सभाको चुनाव पो,कहाँ सँसदको चुनाव हो? सँसदीय चुनावको वासी जनमतलाई सँविधान सभा चुनावको ताजा जनमत भन्दा ठूलो मान्ने काँग्रेसीहरुका एउटै ध्येय छ-जसरी होस, गिरिजाको कुर्सी टिकोस। बाहिर बाहिर प्राविधिक कुरा गर्छन अनि भित्र-भित्र भने माओवादीहरु लोकतान्तृक छैनन भन्छ। राजाको विरोध गर्दा नरहरीहरु गलहत्याईने गिरिजाको काँग्रेस भन्दा नेत्र विक्रम चन्दको चर्को आलोचनामा भावूक हुने प्रचन्डको माओवादी पार्टी कसरी कम अलोकतान्तृक? गम्भीर प्रश्न छ, अहिले हाम्रा अगाडी। के लोकतान्तृक हुन नाम र सिद्धान्तमा "लोकतन्त्र वा प्रजातन्त्र शब्द" घुस्नु पर्ने कि व्यवहारमा देखिनु पर्ने?

सँविधान सभाको चुनावी परिणाम पश्चातको अहिलेको स्थिती र कावि आन्दोलन पश्चातको काविको स्थितिमा म खास केही फरक देख्दिन। जनमतले नेपालमा माओवादीलाई सत्ताको प्रमूख साझेदार बनाएको छ। हिजो केयु आन्दोलनले काविमा कुपा सँबद्ध नेताहरुलाई केयुको व्यवस्थापनमा भूमिका खेल्ने अभिमत दिए जसरी । तर, हेर्नुस त गिरिजाको चाला। शान्ती प्रकृयालाई मूर्त रुप दिने गिरिजाको प्रयास सफल नहुन्जले, उनलाई नै नेतृत्व दिनु पर्ने रे? यो त सुरेश राजले "केयुको विकास" गरेको कारण त्यो विकास प्रकृया पूर्ण नहोईन्जले सुरेश राजलाई नै उपकूलपति दिने भन्ने कुरा जस्तै हो कि होईन। फरक यति छ कि कू्र्सीका लागी गिरिजा "लोकतन्त्रवादी" मुकुन्डो अोढेर बसेका छन भने सुरेश राज "विकासवादी" मुकुन्डो। दुबैको ध्येय नमरुन्जेल कुर्सीमा टीक्ने हो। भडखालामा जाअोस प्राज्ञिक र लोकतान्तृक मान्यताहरु। के यीनै "अनैतिकताका पराकाष्ठाहरुले" नेपाल बिगारेको होईन र?

3 comments:

Anonymous said...

you wont even allow criticism.and dont have guts to publish my comment.Shame on you pradhyapak ji!, ke article lekkhe bhanera furti garnu hunchaa when you cant publish criticism.

Unknown said...

We the academia of kathmandu university felt ashamed due to the faculties of engineering who did the Abhinandan of suresh raj for being the VC for 5th term. They had a big party on that ocasion but forgot that their colleagues have even went for the fast to force him to take retirement. The same person who is now notoriously famous for cruelty, nepotism, favoritism, immoral unethical and unprofessional have been praised and prayed by the members of engineering. They even didnt remember the late Buddhi while feasting. This is a great disgrace and also shows how hollow are the values held by our engineers. I am not surprized why engineers are regarded as the most corrupt professionals in the society. They just need their meal and the society they dont care.
Bibs

pradhyapak said...

जागिरका लागी दासत्वलाई गलामा बाँध्नेहरुलाई के भन्ने? खै, अहिले त धेरै नयाँ अनुहार छन र आफ्ना जागिर भोला थापा जस्ता दलित हत्यारा, वृजेश अधिकारी जस्ता सँदिग्ध चरित्र, सीताराम जस्ता दुर्गन्धित भ्रष्ट, र सुरेश राज जस्ता पिपासुका सिफारिसमा पाएका हुन । दासत्वका पट्टा गलामा बाँध्नेहरु, हत्याराहरुका जी-हुजुरी गर्नेहरु र भ्रष्टाचारमा रम्नेहरु ईन्जिनियरिँगमा मात्र छैनन। हो, यहाँ चाँही अलिक बढी देखियो होला। त्यसको एऊटा कारण "हामी ईन्जिनियर हौँ भन्ने हुन सक्छ।" तर, यो घमन्ड वास्तवमै ऊचित घमन्ड भने होईन। सभ्य र व्यवस्थित मानिसहरुले सबै पेसालाई बराबर ठान्छ र सबै पदलाई बराबर मान्छ। पिडीत टेक्निसियनलाई मर्न बाध्य बनाऊने हत्यारालाई अभिनन्दन गर्नेहरुले आफ्नो कर्मले नै देखाईसकेका छन यिनीहरु सभ्य होईनन र व्यवस्थित होइनन भन्ने कुरा। अब, यस्ताहरुका बारेमा खै के कुरा गर्ने? सुरेश राज भोली हट्यो भने, सबैले भन्नेछन हामी त भोज खान पाएर मात्र गएका हौँ। सैद्धान्तिक प्रतिबद्धता यस्ताहरुबाट कहिले पाईएला त?

प्राध्यापक