काठमाडौं विश्वविद्यालयलाई पत्र

काठमाडौँ विश्वविध्यालयका प्राध्यापकहरुको प्रितकृया
साभार: कान्तिपुर दैनिक, ज्येष्ठ २५, पाठक मञ्च
काठमाडौं विश्वविद्यालयलाई पत्र
जेठ १३ को पाठकमञ्चमा प्रकाशित काठमाडौं विश्वविद्यालयमा कार्यरत विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिका तर्फबाट 'प्रशासनको मनोमानी' शीर्षक प्रतिक्रियाको समर्थन गर्छौं । प्रतिक्रियास्वरूप जेठ २० को तेस्रो पेजमा प्रकाशित विश्वविद्यालयका रजिष्ट्रारद्वारा प्रेषित 'काठमाडौं विश्वविद्यालयको विज्ञप्ति' प्रति असहमति जनाउँछौं ।
विज्ञप्तिका बुँदामा सत्यता छैन । सर्वसाधारण, बुद्धिजिवी, पत्रकार लगायत विश्वविद्यालयमा कार्यरत सबै कर्मचारी तथा विद्यार्थीलाई यसबारे प्रस्ट पार्न चाहन्छौं । विज्ञप्तिले विश्वविद्यालयका पीडित कर्मचारी तथा कर्मठ प्राध्यापकको चरित्रहत्या हुने किसिमको अभिव्यक्ति दिएको हाम्रो ठहर छ ।
चाखलाग्दो त के भने विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासर्त नियममा सात वर्षपछिको स्थायी बढुवासम्बन्धी सर्त प्रशासनमा कार्यरत कर्मचारीको हकमा नभई शिक्षक वर्गमा मात्र लागू हुँदै आइरहेछ । प्रशासनमा तलदेखि माथिसम्म उच्च पदाधिकारीका आफन्तको बहुल्य छ । नगण्य मात्रामा रहेका कर्मठ कर्मचारी अन्यायपूर्ण व्यवहारको सिकार बनेका छन् र पदोन्तिबाट वञ्चित छन् ।
उक्त नियम बमोजिम भन्दै पटक-पटक प्राध्यापकलाई योग्यता विकास गर्न नसकेको आरोपमा अवकाश दिइएको छ । विश्वविद्यालयका उच्च तहका पदाधिकारी र पदोन्नति छनोट समितिमा कार्यरत पदाधिकारीलाई हामी सोध्न चाहन्छौं- अहिलेसम्म जे-जस्ता प्रक्रियाबाट प्राध्यापकको स्थायी पदोन्नति भयो, के ती सबै योग्यता विकासबाटै भएका हुन् ? के आधारमा अवकाश दिइएकाहरूको तुलनामा छनोट गरिएका योग्य ठहरिए ? विश्वविद्यालयकै पहलमा विदेशमा अध्ययन गर्न पठाएरमात्र योग्यता विकास हुन्छ भन्ने मान्यता राख्ने हो भने किन सीमित प्राध्यापकलाई मात्र त्यो अवसर दिइन्छ ?
विश्वविद्यालयको पहलमा त्यहीं एमफिल कार्यक्रम सञ्चालन गरी सीमित प्राध्यापकलाई मात्र अवसर दिई पदोन्नति गराई स्थायी गरिएको छैन र ? उल्लिखित अवसरका लागि प्रयासरत रहँदा-रहँदै पनि त्यसो नगरी एक्कासी नौ-नौ वर्षपछि योग्यता विकास गर्न नसकिएको निष्कर्ष निकाली अवकाश दिनु कहाँसम्म न्यायपूर्ण छ ? स्थायी पदोन्नतिका लागि यिनै प्रक्रियामात्र पर्याप्त छन् ? शिक्षकहरूको विद्यार्थीप्रतिको जिम्मेवारी, अध्यापन क्षमता र प्राध्यापकप्रति विद्यार्थीको प्रतिक्रिया बुुझ्नु आवश्यक छैन ?
हामी यो पनि ध्यानाकर्षण गर्न चाहन्छौं कि एकै प्रकारको शैक्षिक योग्यता भएका प्राध्यापकमध्ये कसैलाई नियमअनुसार अध्यापन अवधि नपुगी पनि बढुवा गरिएको छ भने कसैलाई नौ-नौ वर्ष लगनसाथ अध्यापन गर्दा पनि योग्यता विकास गर्न नसकेको भनी अवकाश दिइएको छ । यस्तो व्यवहार न्यायोचित छ ?
सात वर्षे नियमका आधारमा एउटा हातमा अवकाश पत्र र अर्कोमा बढुवा पत्र थमाइदिई पुनः अस्थायी रूपमा नियुक्त गरी केही समयपछि विदेशमा सशुल्क अध्ययनका लागि मौका दिएको र फर्केर आउँदा स्थायी रूपमा पदोन्नति गरिएको उदाहरण पनि छ । स्नातकोत्तर डिग्रीका आधारमा मात्र पदोन्नति भएका उदाहरण पनि छन् । अवकाश दिइएका शिक्षक अयोग्य भएका हुन् भने ९/९ वर्षसम्म अध्यापन गराउँदा विश्वविद्यालय अनभिज्ञ हुनु आफैंमा विद्यार्थीमाथिको खेलवाड भन्ने बुझ्न सकिन्छ । अयोग्य भनी आरोपित शिक्षकको अयोग्यता बेलामै मूल्याङ्कन गर्न नसक्ने सम्बन्धित निकाय स्वयम् अक्षम ठहरिएन र ?
स्थायी पदोन्नतिका लागि सम्बन्धित निकायसमक्ष कुरा राख्दा पन्छिने काममात्र भयो । कुनै पनि तहबाट सुनियोजित तवरले यो विषयलाई सम्वेदनशील भएर हेरिएन । यी सबै विषयवस्तुको यथार्थ अगाडि ल्याउन आयोग गठन गरी न्यायपूर्ण छानबिन गर्न माग गर्छौं । नियमावलीलाई आड बनाएर कसैलाई काखा र कसैलाई पाखा लगाउने खेल हुनु हुँदैन ।
- चन्द्रकला शर्मा, सुभाष ढुङ्गेल, सुलोचना श्रेष्ठ, प्रभावती राजभण्डारी
भूपू अध्यापक
काठमाडौं विश्वविद्यालय
6 comments:
आदरणिय गुरुवर्ग्,
तपाईंहरु माथि अन्याय भएको कुरामा केही शन्का छैन । रजिस्त्रारले आफ्ना छोरा हरुलाई जीवनभर काविवी को पैसाले पाल्छ जस्तो छ । तपाईं हरुको आवाज सबैले सुन्नु पर्छ ।
अनुप राम श्रेष्ठ
Down with VC and Registrar!
How can you sack such good teachers
from the University?
That also after 9 yers.
Shame on you Sharma and Adhikari!
Reinstate all the teachers.
A wellwisher of KU
Sharma and Adhikari,
Open your eyes! The curse of these teachers would cause you great harms. Both of you will visit Akhtiyar like your brothers.
Bloody corrupt administrators, leave KU immidately.
hoina,
Yo deshma loktantra aayo bhanchha, tara KU ma chanhi ajahi 15 barshe hukumi jahaniya sashan rahechha yaar....yo ta ati nai bhayo...afno manche lai chanhi thaun thaun ma padhna pathaune....janataka santan lai chanhi yogyata chaina bhandai nikalne...
Ke KU bhaneko Suresh Raj ra Sitaram ka bau haruko sampati ho ra...?
Bajgain
Good example that Nepal has a big comparative advantage for MONKEY BUSINESS.
I do not know much about KU except that it is now a brand name in higher education market in Nepal. In terms of KU's ability to command the market, it can be seen as a successful venture (in my evaluation). Out of my curiocity, I have talked with few KU graduates about the possible factors behind the success.
List of my usual questions and their responses.
Is the high academic standard in KU (as compared with TU) due to:
1. Higher quality of faculty members ? No, not significant difference between KU and TU
2. Better administrative management control? Yes, specially the maintanence of academic calender
3. No student/teacher politics? Yes, a significant factor
4. quality of entering students? Yes, a significant factor
And problems? Powerful VC and other excecutives !
Understadable! nothing comes as free !
-------------------------------------------------------------------
Anyway, the current debate should play a positive role to ensure accountability and transparancy in the KU management. But I do not find much substance in the blame game. For example, I read the name of Mr. Damodar Gautam as an evidence of nepotism. If he is the former chief secretary, then offering him full professorship makes much sense.
Neutral
it is pkay to X unproductive people...Otherwise KU won't survive...
Post a Comment