Friday, June 09, 2006

प्रतिबन्ध फिर्ता गर!


काठमाडौ विश्वविध्यालयमा विध्यमान कुरीति, नातावाद र कृपावादको विरोधमा त्यहाँ कार्यरत शिक्षक तथा भुतपूर्व प्राध्यापकहरुको अग्रसरतामा नेपालका प्रमुख छापाहरुमा का.वि.वि.सँग सम्बन्धित कुराहरु प्रवाह भई रहेको छ । यसमा का.वि.वि. प्रशासनले पनि पाठक पत्र तथा बिज्ञप्ति मार्फत आफ्ना भनाईहरु राख्दै आएका छन। जतिसुकै अतिरञ्जित, भ्रामक र आफ्ना अनियमिततालाई ढाकछोप गर्ने हिसावले आएपनि, का.वि.वि. प्रशासनले पनि आफ्ना भनाईहरु खुल्ला रुपमा राख्दै आएको छ। तर, आफ्ना भनाईहरु मात्र लादने निरँकुश प्रवृति का.वि.वि. प्रशासनले पुन: दोहोर्याउन चाहेको हामीले भेउ पाईसकेका छौँ ।

आजन्म उपकुलपति र रजिष्ट्रार हुने ध्याउन्नमा लागेका डा. सुरेश राज शर्मा तथा डा. सिताराम अधिकारी का.वि.वि. प्रशासनले सो विश्वविध्ालय भित्र गरेको चरम अख्तियार दुरुपयोग, सर्वब्यापी आर्थिक अनियमितता र अन्धाधुन्ध नातावाद र कृपावादका कुराहरु लोकतान्त्रिक नेपाल सरकार र सर्वशक्तिमान प्रतिनिध सभाका माननीय साँसदहरु समक्ष नआओस भन्ने हेतुले, समाचार प्रवाहलाई नै बन्द गर्ने षडयन्त्रमा लागेको हाम्रो ठहर छ । यसको पहिलो प्रयास डा. सुरेश राज शर्माले देशकै प्रतिष्ठित पत्रिकामा रोई-कराई गरेर का.वि.वि.का प्राध्यापक तथा प्राध्यापकहरुको भनाईलाई उक्त पत्रिकामा स्थान नदिन गरेको अनुनय-विनय हो । का.वि.वि.का शुभचिन्तक, भुतपूर्व विध्यार्थीहरु र प्राध्यापकहरु तथा प्राध्यापक सँघबाट प्रेषित बिभन्न पत्रहरु प्रकाशित नहुँदा के-कस्तो कारणले भएको हो, सोधखोज गर्दा यावत तथ्यहरु बाहिर आएको कुरा पाठकहरुमा जानकारी गराउन चाहन्छौ।

आफ्ना जागिरे जीवनको शुरुआत देखिनै दरबारसँग नजिक डा. सुरेश राज शर्माले, दरबारको निगाहाबाट भिन्न-भिन्न समयमा भिन्न-भिन्न स्थानमा महत्वपूर्ण पदहरु हासिल गरेको कुरा यहाँहरुलाई जानकारी नै होला। दरबारको ईशारामा नेपालको शिक्षानीतिलाई पनि दिशाहिन बनाउने बाटोमा लाग्दालाग्दै, डा. सुरेश राज शर्माले दरबारसँगको निकटताको अर्को उपलब्धी आज हाम्रा अगाडी प्रस्तुत गर्दै छन। त्यो हो, उहाँको मन्डले रुप। हो, यो सत्य हो, प्राज्ञिक स्वतन्त्रता र स्वाधिकारको डिँग हाँक्ने डा.शर्मा, आफ्नो विरोध र आफ्ना भ्रष्टाचारहरुको चर्चा-परिचर्चा हुँदा कुनै श्रिष शम्शेर र कुनै कमल थापा भन्दा कम छैन । यदि, साँच्चिकै प्राज्ञिक स्वतन्त्रतामा विश्वास गर्ने हुँदो हो त, प्राध्यापकहरुको सँगठनलाई मान्यता दिने, प्राध्यापकहरुका भनाईको उचित जवाफ दिने र सँवाद र सहमतिमा विश्वास गर्ने उनको प्रयास हुनुपर्थ्यो। तर, यसको विपरित प्राध्यापकहरुका भनाई कतै पनि प्रकाशित नहोस र कतैपनि नछापियोस भन्ने दुष्प्रयासले डा. शर्मा प्राध्यापन क्षेत्रमा भेडाको छाला अोढेका मन्डले हो भन्दा अत्युक्ति नहोला ।

अर्को तर्फ प्राज्ञिक मूल्य र मान्यतामाथि कुठाराधात गर्दै काठमाडौ विश्वविध्यालयका वर्तमान विध्यार्थी तथा प्राध्यापकहरुका समर्थनमा सन्चालित यस ब्लगलाई का.वि.वि.मा प्रतिबन्ध लगाएर डा. शर्माले आफु जन्मजात विरोध सहन नसक्ने, प्राज्ञिक स्वतन्त्रताको विरोधि र निरँकुशताका प्रतीक रहेको पुन:पुष्ट्याँई गरेको छ। डा. शर्मा तपाँई यदि आफुलाई साँच्चिकै लोकतन्त्रवादी भन्ठान्नु हुन्छ भने, का.वि.वि.मा यस बल्गमाथि लागु प्रतिबन्ध तुरन्त खारेज गर्नुस, अनि मात्र लोकतन्त्रको सम्बन्धमा बोल्नु होला। यस्तै, पत्रिकामा प्राज्ञिक स्वतन्त्रता सम्बन्धि लेखहरु लेख्नु अगाडी आफु हाल कार्यरत विश्वविध्यालयका प्राध्यापक तथा विध्यार्थीहरुका सू-सुचित हुने र निर्वाध छलफल र लेखपढ गर्न पाउने प्राज्ञिक स्वतन्त्रता बहाल गर्न हामी चुनौति दिन्छौँ ।

छोटो समयमा नै लोकप्रिय यस बल्गमा मुखरित भावनाहरुलाई अब कसैले ठेगेर थाम्न सकिन्न। तसर्थ, प्राध्यापक तथा विध्यार्थीहरुको आक्रोशको शिकार हुनु भन्दा पहिले नै वास्तविक धरातलमा टेकेर कार्य र व्यवहार गर्न का.वि.वि. प्रशासनलाई हामि सचेत गर्दछौँ । तसर्थ, डा. शर्मा तथा डा. अधिकारी लाई का.वि.वि.मा यस ब्लगमाथि लगाईएको प्रतिबन्ध तुरुन्त फिर्ता गर्न हामि अाव्हान गर्दछौँ।

6 comments:

Anonymous said...

ha ha ha...
blog lai KU ma block garechha...

Garne nai bho ni, aafno birodh sunne Nepali haruko sanskaar kahan po chha ra?


Kharel

Anonymous said...

Dear Ex-Students,

By this blog, all you are trying to do is defame KU. HOW CAN YOU DO THIS WITH YOUR OWN ALMA-MATER?

Moreover, you must be thankful to VC and Registrar for hiring thier own sons and nephews for teaching all of you when there were no teachers in Nepal. Now, after graduating, you forget your duty and start blaming your teachers for everything. This is not good.

Stop this blog.

P. Adhikari

Anonymous said...

Dear Friends,
What are you doing is the best thing that must have happened to KU a long time back...

I knew a long time before that SR and SAdhikary would ultimtely do what they are doing. They are blinded by thier love for their sons and daughters and they do not like anybody to raise any voice on their academic wrongdoings.

Now, we have this P.Adhikari coming from Nowhere and requesting blogger friends to stop views.

Mr.P. Adhikari, you can continue to be spoon of VC and registrar and save your post. You were known as very democratic before. Wehn you became daen you stopped believeing in democracy. May be, it is love for your sons and daughters.

But, the truth is Subhash Dhunghel, Chandrakala Sharma, Sulochana Sherstha and Prabhabati Rajbahndari too have thier families to take care of. Just because you have to do it for your family, how can you kick on the stomachs of so many family members. You think that by doing this, you can save your skin. Yeah, you can do so. Matter of times.

However, you have shown taht now a days you come under the influence of your family very much. What is the reason? Can we know.

Ramesh

Anonymous said...

Mr. Ramesh,
Whoever you are, don't try to bring in personal issues in academic life. I guess that I know you very well.

Anyway, you are welcome to say whaever you want.

But, this blog must be closed down.

P. Adhikari

Anonymous said...

Wow!!!

Now everyone who doesn't agree to you is a "Mandalay"...

Being a graduate of KU myself, and seen the act of irresponsibility of teachers from my own eyes, I would not put the blame solely on the administration.

I agree, there is nepotism in KU... There are lots of relatives of VC and registrar in KU, and something needs to be done to make KU matters transparent. But, branding the VC a mandalay is NOT THE RIGHT WAY...

Anonymous said...

Mr Pushpa do you remember that once you had gone to PM's office to stop Sita Ram Adikari from being appointed as registrar. Now you became Dean and involved in all undue benifits and started to see him very good. Your saying that VC and registrar's son and daughter served in the begaining days when there were no enough teachrs is totally wrong. Every son and daughter of VC and registar employed in KU now and getting pay leave time and again, getting high post are far jounier than so many teachers. In those early days when future of KU itself was not known we devoted our time. We never said saturday or sunday whenever you asked to come KU. We took 30 periods per week. Now you forget all those people and their help. Now you say KU will only florish if Nepotism is allowed to florish and KU will be defamed if we raise the voice for all wrong doings. Our concern is not personal. We value the contribution of VC and registrar for their leading role. But it is not only due to them. It is also due to we teachers and staffs who served for many years. Now look, what is the return-VC and registrar filled KU with their relatives, their relatives get high post, their relatives get paid leave time and again,but teachers? they are fighting for job after serving so many years, they are not allowed to say this is wrong, they do not get paid leave no matter how long they served in KU,. Do you have courage to listen any more ? if yes please reply Mr Puspha. I will write next issue telling not only all those academic unfairs but also financial unfairs too. Before teaching other people, first think yourself where you were, where you stand. Do you compare how respectful you were then and how respectful you are now. You were so respectful to us so long as you remain academician. Now you are turned into plate and spoon of some people. Mr Puspha let us make KU a place so that every teacher, staff and student feel proud to be there. That is only possible if critism is allowed, wrong doing are stoped and work transparently.
God bless you Mr Adhikari.