सूचना
ब्लग व्यवस्थापन समितिको सूचना
काठमाडौँ विश्वविध्यालयका वर्तमान वस्तुस्थितिमाथि प्रकाश पार्ने उद्देश्यले का.वि.वि.का पूर्व विध्यार्थि र शिक्षकहरुको सँयुक्त प्रयासका स्वरुप यो ब्लगको शुरुआत गरेको कुरा का.वि.वि.सँग सम्बध्द सम्पूर्ण छात्र-छात्राहरु, शिक्षक-प्राध्यापकहरु तथा कर्मचारीवर्गलाई हामी जानकारी गराउन चाहन्छौँ । शैक्षिक स्थल भनेको बौद्धिक बहस र कृयाकलापको मैदान हो र यहाँ कसैले पनि आफ्ना ब्यक्तिगत स्वार्थ भजाउनु हँुदैन भन्ने हाम्रो मान्यताहरु छन । लाखौँको लगानीमा अध्ययन गर्ने विध्यार्थिहरु शिक्षकहरुका अप्रशिक्षित अध्यापनले गर्दा आफ्ना पढाईमा पछाडि पर्न गएका दृष्तान्तहरु पनि हाम्रा अगाडी नै छन। नातावाद र कृपावादले नियुक्त शिक्षकहरुको अत्यन्त अव्यवशायिक शिक्षणले गर्दा नै यो स्थिति आएको कुरा पूर्व विध्यार्थिहरु माझ लुकेकै छैन। अर्को तर्फ द्रुततर गितमा परिवर्तित वर्तमान बैज्ञानिक युगमा काठमाडौ विश्विध्यालयका शिक्षक-प्राध्यापकहरु पनि आफ्नो शिक्षणलाई निखार्न सहयोगी भूमिका निभाउन सक्ने राष्ट्रिय-अन्त्र्राष्ट्रिय सभा, भेला, सेमिनार, कन्फ्रेन्स जस्ता अत्यन्त जरुरी स्थानमा पुग्न सकेका छैनन। विश्वविध्यालय प्रशासन आफ्ना नजिकका नातागोतालाई जरुरी परे, जहाँ जतिसुकै रकम खर्च गरेर पनि पठाँउछन भने, अर्को तर्फ जनताका छोराहरुबाट आएका शिक्षक-प्राध्यापकहरु सदा जसो यि वस्तुगत सुविधाहरुबाट बन्चित छन।
यो ब्लग का.वि.वि.को भलाईकै लागी खोलिएका कारण, आ-आफ्ना समस्याहरु यस ब्लगका मार्फत राख्न चाहने महानुभावहरुलाई स्थान दिन हामी कटिबद्ध छौँ। तसर्थ, यस ब्लगका मार्फत आफ्ना भावनाहरु राख्न चाहनुहुने विध्यार्थी तथा प्राध्यापकहरुलाई निम्न ई-मेल ठेगानामा आफ्ना लेख-रचनाहरु पठाउन हुन हार्दिक अनुरोध गर्दछौँ । आफ्नो नाम, पद, तथा अन्य विवरणहरु गोप्य राख्न चाहनु भएमा पूर्ण गोप्यताको प्रत्याभूती गर्दछौ।
kuessence@yahoo.com
ब्लग व्यवस्थापन समिति
No comments:
Post a Comment