Wednesday, June 07, 2006

भीसीका नातागोता सबै यता

साभार: जनआस्था साप्ताहिक,ज्येष्ठ २४, २०६३

काठमाडौंविश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा र रजिष्ट्रार सीताराम अधिकारीको अत्याचार सहिनसक्नु छ । शर्माका भाइ मुकुन्द उपाध्यायलाई प्रशासनिक प्रमुख र पछि व्यवस्थापन महाशाखाको प्रमुखमा नियुक्त गरिएको छ भने छोरी सिजन ढुङ्गेललाई मेनेजर पद जिम्मा लगाइएको छ । छोरीलाई किन एक्लै पार्नु भनेर उनैकी साथी ज्योति प्रधानलाई समेत सोही पदमा नियुक्ति दिइएको छ ।

उपकुलपति शर्माका भाञ्जा मनिष पोखरेललाई कम्प्युटर डिपार्टमेन्टको प्रमुख बनाएर राखिएको र उनका भाइ दीपकलाई परीक्षा अधिकृत तोकिएको छ । मुकुन्द उपाध्यायका जेठानलाई मेडिकल स्कूलको अधिकृत पदमा राखिएको छ । शर्माका साढुदाइ दामोदर गौतमलाई प्रोफेसर पदमा भर्नामात्र गरिएको छैन, मामाको नाति उमेश कोइरालालाई लामो समयसम्म पीएमा राखिएको छ । भाइका छोरा, भाञ्जा र छोरीलाई पनि मणिपाल कलेजमा एमबीबीएस पढाएका छन् । भाइ दिनेश ढुङ्गेललाई धुलिखेल अस्पतालमा जागिर ख्वाएका उनले रजिष्ट्रारका छोरा ब्रिजेश अधिकारीलाई मनोमानी ढङ्गबाट पटक-पटक स-शुल्क छात्रवृत्तिमा अध्ययन गर्न पर्ठाई प्रमोशन गराएका छन् । अर्का छोरा शरद अधिकारीलाई ल्याई मेनेजर पद सिर्जना गरेर बहाल गराइएका छन् ।

शर्माले सालीको छोरालाई कम्प्युटर फाटमा सिनियर टेक्निसियन बनाई तालिमका लागि जापान पठाएका छन् भने भाञ्जा नवीन्द्रलाई लेखा अधिकृत, छिमेकी तथा फुपाजुको छोरा कुमार बराललाई एकाउण्ट मेनेजर र फुपाजु टीकादत्त रजिष्ट्रार मुनिको प्रशासनिक पदमा राखी तलब-भत्ता ख्वाएर पालेका छन् । त्यस्तै, भाइ देवराज अधिकारीलाई लाइब्रेरी अधिकृत बनाई बढुवा गरिएको । अर्का भाइ, चिरपरिचित राधेश्याम अधिकारीलाई लामो समयदेखि कानूनी सल्लाहकारमा राखिएको छ । राधेश्याम अधिकारी पछि अर्का भाइ सुनील अधिकारीलाई पनि कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ । राधेश्याम अधिकारीको छोरीलाई मणिपालबाट एमबीएस गर्राई छोरी ज्वाइलाई नै धुलिखेल मेडिकल इन्सटिच्युट -काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) मा जागिर ख्वाइएको छ । छिमेकी भोला थापालाई हैसियतभन्दा माथिको पदमा बहाल गरिएको छ ।

डीन भद्रमान तुलाधरका छोरा डेनियल तुलाधरलाई असमयमै बढुवा गर्राई स्थायी जागिर ख्वाएका शर्माले कुरौटे, चम्चाहरुलाई पटक-पटक सःशुल्क विदेश पर्ठाई बढुवा गराइएका छन् । र, उनीहरुका परिवारलाई समेतलाई जागिरमा भर्ना गरिएको विषय विश्वविद्यालयका शिक्षकर्-कर्मचारीबीच चर्चाको विषय बनेको ।

शिक्षक छनौट प्रक्रियामा अनियमितता

कुनै पनि समय आफ्ना मानिसहरुलाई भर्ना गर्नुपर्दा आफ्नै ढङ्गबाट नियुक्त गर्ने र सरकारको उपस्थिति नरहेको बेला कर्मचारीहरुलाई स्थायी र बढुवा गरेको उदाहरण काठमाडौं विश्वविद्यालयमा पाउन सकिन्छ ।

बाबुका पालाका भान्से बाहुनदेखि लिएर भाइको ससुरालीसम्मका मानिसहरु भर्ना गरी सिङ्गो प्रसाशनिक भवन भरिएको छ । चाकडी नगर्ने योग्य शिक्षक र कर्मचारीलाई असुहाउदो र आपत्तिजनक नियम बनाई, पत्र थमाई जागिर खाने गरिएको उदाहरणहरु त्यहा प्रशस्त छन् ।

जीवनको एउटा सिङ्गो कार्यकाल सेवामा बिताएका शिक्षकहरुलाई गरिएको शोषणको हिसाब-किताब समयमा हुनेछ भन्ने पीडित शिक्षकहरुको राय छ ।

योग्य तथा साहसी शिक्षकहरुलाई अध्ययन बिदा दिने क्रममा देखिने र बुझिने किसिमबाट शोषण गरेर आफू शक्तिशाली भएको देखाउन खोजिएका प्रशस्त घटनाहरु दोहोरिदै आएका छन् । र, त्यस्ता कुराहरु कतैबाट कहिलै छानबिन भएनन् ।

शिक्षकहरुले विश्वविद्यालयको हकहितको लागि छलफल गर्न खोलिएको फोरमलाई चम्चाहरुमार्फ् लोभ र धम्की दिदै भाड्ने प्रयास गरेका शर्माले विद्यार्थीको भर्नाक्रममा अयोग्य आफन्तहरु तथा माथिल्लो तहका मानिसको आग्रहलाई मान्ने गरेको शिक्षकर्-कर्मचारीको माझ र्छलर्ङ्ग छ । त्यसैक्रममा योग्य विद्यार्थीहरु त्यहा अध्ययनबाट बञ्चित हुनुपरेको तीतो हरेक शैक्षिक सत्रमा चर्चाको विषय बन्नै गरैकौ ।

आर्थिक अनियमितता

सदनबाट पास गर्राई आफ्नो बुताले खोलेको विश्वविद्यालय ठानी लौरो टेकेर भए पनि आजन्म उपकुलपति र रजिष्ट्रार बन्ने षड्यन्त्र गरी त्यहीअनुरुपको संयन्त्र उनले तयार पारेका छन् ।

जोसुकै सरकार प्रमुख भए पनि उसैको दाबेदार भई जनतालाई गुमराहमा राखी आर्थिक अपारदर्शिता कायम राखेको, कुनै पनि आर्थिक कारोबारमा शिक्षकर्-कर्मचारीस"ग परामर्श नगर्ने, कथित 'क' श्रेणीको लेखापरीक्षकद्वारा लेखापरीक्षण गराइने भनी बाहिर सुनाए पनि भित्री रुपले कम्बल ओढेर घ्यू पिएको घटनाहरुबाटै उनको कालो नियत र्छलङ्ग हुन्छ ।

जनकपुर, बानेश्वर र धुलिखेलमा आलिशान दरबार बनाएर पनि नपुगेर विश्वविद्यालय परिसरभित्रै थरिथरिको अत्याधुनिक फ्ल्याट निर्माणगरि बस्ने शर्मा थरिथरिका भवन निर्माणको क्रममा कमिसनको खेलमा निर्लिप्त हुने गरेका छन् । विश्वविद्यालयको नाममा सरकारबाट करोडौं वाषिर्क आम्दानी प्राप्त हुने गरेको र देशी-विदेशी सहायताबाट प्राप्त रकमको समेत छानबिन कुनै निकायबाट कहिल्यै नहुने स्पष्ट छ ।

काठमाडौं विश्वविद्यालयमा शिक्षाको नाममा नाङ्गो व्यापार हुने गरेको छ । आर्थिक कारोबार रजिष्ट्रार र एकाउण्ट मेनेजरको हस्ताक्षरमा हुने गरेको छ । विश्वविद्यालयरुपी मन्दिरलाई नातावादको फोहोरी खेल खेल्ने अखडा बनाई दशौं करोडको आर्थिक हिनामिनामा उपकुलपतिका दुबै भाइहरु मदनराज शर्मा र जलनराज शर्मा अख्तियारको बयानका लागि धाइरहेको परिप्रेक्षमा दाजुमाथि जनताले कारवाहीको माग गर्नु सम्पूर्ण नेपालीको अधिकार र जिमेवारी हौ ।

- काठमाडौं विश्वविद्यालयका कर्मचारीहरु

4 comments:

Anonymous said...

ha ha ha,
Bravo!
Teachers of KU.
Keep it up. I think that the list of relatives would be longer. Still there are some people missing.

I am surprised to know that VC's two brothers are in Akhtiyar. It seems that corrption is in their blood.

VC Suresh Sharma, you will also go to Akhtiyar

Anonymous said...

JanaAstha Dhanyabad.
Suresh Raj Sharma ko pura santan nai ghusyaha rahechha bhanne pahilo choti thaha payen. Yo Makundo bhannne le pani khub ghus khanchha re bhanne ta maile pani sunya chu hagi. Napatyaya, banepa ko supplier sahu haru lai sodhe hunchha.

Banepali

Anonymous said...

Ye,
VC ko bhai haruko matra kura rahechha. VC ko aru natedaar haru ko bare ma pani bhannu parne.

VC ko ek jana jwain ho ki ko ho, ek choti Gorakhapatra ma WANTED thiyo re! Hongkong ho ki Thailand tira bhageko re. Office ko kaam sab alamal parera.

Khattam nai rahechha. Khuiyaa.

Ani, yo registrar ko kura haru chanhi tyati aayena ni? Ekdum rakami ho re bhanne ta uncle harule ni bhannu hunthyo. Arko ankama registrar kai matra padhna paun.

Shailendra

Anonymous said...

JanAsthale ankha kholi diyo. Registrar ko baktabya ma ta naganya aafant bhanya rahechha, tara yahan ta Pustakalaya dekhi prashashak samma sab VC ra Registrar kai manche haru rahechhan.

Aba yo Sanyantra todna chanhi garai hunchha. Khana payeka haru yati sajilo kahan chodachha ra bhanya.

Manoj