काठमाडौं विश्वविद्यालयमा अनियमितता
साभार:परेवा न्युज
(http://www.parewa.com/newsview.php?id=2421)
काठमाडौं विश्वविद्यालय (केयू)मा चरम अनियमितता र निरंकुशता रहेको खुलासा भएको छ। केयूमा प्रजातान्त्रिक पद्धतिको पक्षमा आवाज उठाउने शिक्षकहरुलाई उपकूलपति सुरेशराज शर्माको निर्देशनमा बर्खास्थ गरिएका पीडित शिक्षकहरुले विश्वविद्यालय व्वस्थापन प्रतिगमनको मतियार बनेर चरम आर्थिक अनियमिततामा संलग्न भएको आरोप लगाएका छन्।
विश्वविद्यालय व्यवस्थापनले लोकतन्त्र आइसकेपछि पनि शिक्षकहरुले गठन गर्न प्रतिबन्ध लगाएको छ। उपकूलपति र रजिष्ट्रारको यो व्यवहारलाई 'सामन्ती र निरंकुश प्रवृत्ति भनेका छन्। विश्वविद्यालयको प्रजातान्त्रिकरणका साथै शिक्षकहरुको संगठन खोल्न पाउनुपर्ने अधिकारको संरक्षण गर्न उनीहरुले माग गरेका छन्।
विश्वविद्यालयमा उपकूलपति र रजिष्ट्रारका आफन्त मात्र मुख्य पदमा आसिन भएको खुलास उनीहरुले गरेका छन्। विश्वविद्यालयको प्रमुख प्रशासकीय अधिकृतमा शर्माका कान्छा भाई मुकुन्द शर्मा उपाध्याय रहेका छन्। कम्प्युटर साइन्स/इन्जिनियरिङ विभाग प्रमुखमा उपकूलपतिका भान्जा मनिष पोखरेल रहेका छन्। यसैगरी शर्माकी कान्छी छोरी सिजन ढुंगेल योजना हेर्ने म्यानेजर बनाइएको छ।
भौतिक पूर्वाधार र प्रयोगशाला भवनको अभाव भइरहेको अवस्थामा विश्वविद्यालयले रिसोर्ट खरिद गरेको छ। सो रिसोर्टमा उपकूलपति र रजिष्ट्रारका परिवारको जमघट गर्ने एवं फेमिलि पिकनिक हुँदै आएको छ।
साथै ७ वर्षसम्म बढुवा नभएका शिक्षकहरुलाई हटाउने व्यवस्था केयूमा विद्यमान छ। यसका कारण शिक्षकहरुको मेहनत र दक्षताभन्दा चाकडीलाई ठूलो योग्यता मान्ने गरेको बर्खास्तमा परेका शिक्षकहरुले जनाएका छन्।
केयूका उपकूलपति सुरेशराज शर्माले भने ऐन बमोजिम नै युनियन खोल्न प्रतिबन्ध लगाएको बताउनुभयो। 'विश्वविद्यालयको सेवा शर्तको नियमअनुसार बढुवा हुने गरेको छ।– शर्माले परेवासँग भन्नुभयो।
www.parewa.com (15 June, 2006, 13:00 NST)
1 comment:
that focuses on guiding Jews back to The efforts have paid off in several to say Enron was a healthy, vibrant reconciled with a harsher measure was much shunned during the last
Post a Comment