Thursday, June 15, 2006

विशेष सम्पादकिय

लोकतान्त्रिक मान्यताहरु र काठमाडौँ विश्वविध्यालय

काठमाडौँ विश्वविध्यालय सम्बन्धमा प्रकट भावनाहरुलाई दृष्टिगत गर्ने हो भने देशकै भरपर्दो विश्वविध्यालयमा परिणत हुन अझै केहि समय लाग्ने निश्चित छ । यसका लागि वस्तुगत रुपमा भन्ने हो भने दशौँ वर्ष देखि हाली-मूहाली चलाई रहेका वरतमान उप-कूलपति सुरेश राज शर्मा तथा रजिष्ट्रार सिताराम अधिकारिका नातावाद, कृपावाद र अत्यन्त सन्देहास्पद तथा अपारदर्शि आर्थिक कृयाकलाप नै जिम्मेवार छ । विश्वविध्यालयमा बर्सौँ देखि कार्यरत शिक्षकहरुलाई अत्यन्त निर्ममतापूर्वक बर्खास्त गर्ने, असमान ढँगले बढुवा/पदोन्नति गर्ने, विषय नै नमिलेका शिक्षकहरुलाई असम्बन्धित विभागमा नियुक्ति दिलाउने आदि-ईत्यादि अत्याचार भोग्दै आएका का.वि.वि.का शिक्षकहरुले सम्पूर्ण नेपालमा लोकतन्तन्रको आगमन पश्चात पनि का.वि.वि. भित्र भने सुरेश राज शर्मा र सिताराम अधिकारीका दमन सहँदै आउनु परेको छ ।


नेपालकै सँविधान परिवर्तन हुने स्थितिमा पनि लोकतान्त्रिक र प्राज्ञिक मान्यताहरुलाई धुलिसात गर्दै का.वि.वि. को नीति र सोचमा शिक्षकहरुले सँगठन बनाउने प्रावधानहरु नरहेको अपव्याख्या गर्दै का.वि.वि.का शिक्षकहरुका साँगठानिक हकमाथि कुठाराघात गर्ने प्रयासमा सुरेश राज शर्मा र सिताराम अधिकारी निर्लीप्त छन । वर्तमान परिवर्तित स्थितिमा का.वि.वि. ले पनि आफुमा समय-सापेक्ष ढँगले परिमार्जन गर्नु पर्ने हो । त्यसका लागी नीति र सोचमा पनि अावश्यक परिवर्तन गर्नु जरुरी देखिन्छ। तर, नातावाद र कृपावादको दल-दलमा फसेका शर्मा र अधिकारी बन्धु यस्ता अग्रगामी कदमहरुले आफु र अाफ्ना नातेदारहरुका हाली-मुहालीको अन्त्य हुने भएकोले कुनै पनि किसिमका परिवर्तनहरु गर्न तयार छैनन। यथास्थितिवादको यो नाङ्गो रुप कुनै कमल थापा र भरत केशर सिँको मन्डले रुप भन्दा फरक छैन भन्दा अत्युक्ति नहोला ।


केमिष्ट्रि विभागका कर्मथ तथा लगनशिल प्राध्यापक बोरिस निरौला माथि गरिएको अत्यन्त नीच ब्यवहारले का.वि.वि.मा शर्मा तथा अधिकारी बन्धुको अत्याचारले सिमा नाघ्न थालेको आभास पाईन्छ। चैत्र महिनामै का.वि.वि.सँगको करार समाप्त भईसकेपछी मौखिक आश्वाशनमै पुन: करारमा कार्यरत लगनशिल प्राध्यापक श्री बोरिस निरौलाजीलाई अहिले आएर अकस्मात करार समाप्त भएको भन्दै सेवाबाट निष्काशन गरिएको छ । का.वि.वि.को विध्यमान प्रावधानमै पनि सेवाबाट हटन र हटाउन चाहने पक्षले एक-आपसमा कम्तीमा एक महिना अगावै सु-सूचित गर्नु पर्ने कुरा स्पष्ट उल्लेख गरिएको छ।


तत्पश्चात विना करार कसरी वैशाख महिनाको तलव भत्ता उक्त शिक्षकले प्राप्त गर्न सक्यो त भन्दै का.वि.वि.का शिक्षकहरुले सम्बन्धित डिनलाई घेराउ गर्दा, हिजोकै मितिमा करार सेवालाई जेठ महिनासम्म नवीकरण गर्दै तत्पश्चात सेवा नचाहिने भन्दै करार नविकरण र अवकाश पत्र एकै दिनमा प्रदान गर्ने नयाँ विश्व किर्तीमान का.वि.वि. प्राशासनले कायम गर्न पुगेको छ। ज्ञातब्य छ, नातावाद, कृपावाद र अार्थिक अनियमितताका शृँखलाबद्ध आरोपहरुका समुचित जवाफ दिन नसकेका वर्तमान उप-कुलपति सँग का.वि.वि.का शिक्षकहरुका बैठकका बेलामा शिक्षक बोरिस निरौलाले का.वि.वि.का बर्तमान कृयाकलापका विरद्ध आफ्ना भावनाहरु पोखेका थिए ।


सर्वशक्तिमान उप-कुलपतिको विरुध्द बोलेकै आधारमा करार सेवा रद्द गर्ने प्रकृयाले सुरेश राज शर्मा का.वि.वि. लाई राजा ज्ञानेन्दरको शैली अनुरुप हाँक्न चाहन्छन भन्ने स्पष्ट हुन गएको छ । सुरेश राज शर्माको यस मन्डले रुपलाई का.वि.वि. का कर्मठ शिक्षकहरुले उचित तवरले तहलाउनु पर्छ भन्ने हाम्रो मान्यता छ। अर्को तर्फ सुरेश राज शर्माका अप्राज्ञिक र अपवित्र कृयाकलापहरुलाई खुला रुपमा चुनौती दिने स्थायी प्राध्यापकहरुमाथि चाँही शर्मा प्रशासनले कुनै कार्यवाही गर्न सकेको छैन । आफ्ना भर्ष्टाचार र अार्थिक अनियमितताका पोका-पन्तुराहरु खोलिने डरले नै ती स्थायी शिक्षकहरुमाथि कार्यवाही गर्न नसकेको त होईन भन्ने शँका पनि वलियो हुँदै गईरहेको छ । साथै, काठमाडौँ विश्वविध्यालयबाट नातावाद र कृपावादको अन्त्य पछि मात्र लोकतान्त्रिक मूल्य र मान्यताहरु स्थापित हुन सक्नेछ। तसर्थ, काठमाडौँ विश्वविध्यालयको वर्तमान अवस्थालाई ध्यानमा राखदै वर्तमान लोकतानत्रिक सरकारबाट तुरुन्त छानविन गरियोस भन्ने जोडदार माग हामि गर्दछौँ ।

No comments: