भत्सर्ना
काठमाडौँ विश्वविध्यालयका भूतपुर्व रजिष्ट्रार तथा अत्यन्त कर्तब्यनिष्ठ एवम समानताप्रेमी प्राध्यापक प्रो.डा.सुरेन्द्र राज काफ्ले माथि भएको साँघातिक हमलाको हामी तिव्र भत्सर्ना गर्छौँ । का.वि. प्राध्यापक सँघ (KUPA) को गठनपश्चात सो सँधको गठनमा सक्रिय प्राध्यापकहरुको निलम्बनको समर्थन नगर्नुकै कारण काठमाडौँ विश्विध्यालयले आफ्नै एकजना अत्यन्त वरिष्ठ तथा सँस्थापक प्राध्यापक माथि महाभ्रष्टाचारको अभियोगमा अख्तियार धाईरहेका ब्यक्ति जलन राज शर्मा मार्फत यो हमला गराएर आफ्नो अप्राज्ञिक र निकृष्ट चरित्र प्रदर्शन गरेको छ। वरिष्ठ प्राध्यापक सुरेन्द्र राज काफ्ले माथि हमला गर्ने भ्रष्टाचारी जलन राज शर्मा काठमाडौ विश्वविध्यालयका उप-कूलपति सुरेश राज शर्माकै सहोदर भाई हुन। यस हमला मार्फत काठमाडौँ विश्वविध्यालय प्रशासन, प्रमुख रुपमा सुरेश राज शर्मा तथा सिताराम, प्राज्ञिक बहस र छलफल भन्दा गुन्डागर्दि र शारीरिक हमलामै विश्वास गर्दा रहेछन भन्ने कुरा स्पष्ट भएको छ।
दरबार र सामन्तहरुका चाकरी मार्फत आफ्नो दूनो सोझ्याउँदै आएका शर्मा खलक तथा सिताराम लोकतन्त्र बहाली पश्चात नाङ्गिएका छन। नेपालमा यति चाँडै लोकतन्त्र आउँदैन भन्ने सोचमा सुरेश राज शर्मा तथा सिताराम लोकतान्त्रिक पार्टिहरुबाट टाढीएर दरबारपरस्त बन्दै गएका थिए।जनआन्दोलनको तीव्र सफलता पछी हतप्रभ भएका शर्मा र अधिकारीले आफुलाई रातारात लोकतन्त्रबादी देखाउने प्रयाशमा जनआन्दोलन पिडीतलाई भनेर हतार-हतारमा केही रकम हस्तान्तरण गरेका थिए। शर्मा र अधिकारीका नाटकलाई प्रत्यक्ष देख्दै आएका लोकतन्त्रवादी प्राध्यापकहरुले सो हस्तातरण गर्ने रकममा पनि नाटक गरेका कारणले गर्दा नै यिनिहरुका असली अनुहार देशवासीसामु देखाउन आफ्ना नैसर्गीक साँगठानीक अधिकारलाई का.वि. प्राध्यापक सँघ(KUPA) मार्फत अगाडी बढाएका थिए । लोकतन्त्र गठन पश्चात काठमाडौँ विश्वविध्यालयमा आफ्नो हाली-मूहाली समाप्त हुने र चरम नातावाद र आर्थिक अपार्दर्शीताबाट उठाउँदै आएका फाईदाहरु बन्द हुने डरले नै का.वि. प्रशासन प्राध्यापकहरु माथि तीब्र दमनमा ओर्लीएको हो।
सँस्थापक प्राध्यापक डा. काफ्ले माथि भएको यो हमला का.वि. प्रशासनद्वारा अख्तियार गरेको दमन नीतिकै फलस्वरुप आएको कुरामा अब केही अन्योलता छैन।अर्को तर्फ, का.वि. प्राध्यापक सँघ (KUPA) गठन पश्चात तिलमिलाएको का.वि.प्रशासन फरक स्कूलमा फरक-फरक प्राध्यापक सँघहरु हुनुपर्छ भन्दै आफु निकटका मन्डले प्राध्यापकहरु मार्फत का.वि. प्राध्यापक सँघ (KUPA) लाई धरासायी बनाउने योजनामा लागेको छ। का.वि.प्राध्यापकहरु बिच देखिएको अभूतपुर्व एकतालाई तोडन का.वि. प्रशासन धुलिखेलका नामुद मन्डले तथा राजाद्वारा जिल्ला अनुगमन समिति अध्यक्ष नियुक्त तथा पूर्व राजसभा सदस्य एवम पूर्व मेयर बेल प्रसाद श्रेष्ठ मार्फत धुलिखेलका स्थानिय गुन्डाहरु परिचालनमा लागेका छन । यसै योजना अन्तर्गत का.वि. प्राध्यापक सँघ (KUPA) समर्थक शिक्षकहरुको चरित्र हत्या गर्ने, धम्काउने ,तर्साउने र एक्लै परेका बेलामा कुटपिट गर्ने जस्ता कार्यहरुमा समेत का.वि. प्रशासन ज्यान छडेर लागेको देखिन्छ । राष्ट्रिय स्तरमै का.वि.मा विध्यमान नातावाद, कृपावाद,भ्रष्टाचार र आर्थिक अनियमितताका बारेमा चलेको चर्चा-परिचर्चामा आफ्ना पक्षलाई ब्यवस्थित ढँगले पनि राख्न नसक्ने का.वि. प्रशासनका प्रमुख डा.सुरेश राज शर्माले अन्ततगोत्वा आफ्नो मन्डले चरित्र सारा दुनियाँको अगाडी छरपस्ट गरेको छ।
बर्तमान लोकतान्त्रिक नेपाल सरकारबाट वरिष्ठ प्राध्यापक डा. सुरेन्द्र राज काफ्ले माथि भएको साँघातीक हमलाको न्यायीक छानविनका लागी आयोग गठन गर्न हामी जोडदार माग गर्दछौँ। यसैगरि नातावाद र भ्रष्टाचारमा निर्लिप्त उप-कुलपति सुरेश राज शर्मा तथा सितारामलाई तुरुन्त पदबाट बर्खास्त गर्न तथा उनीहरुबाट भएका भ्रष्टाचारको छानबिनका लागी समिति गठन गर्न जोडदार माग गर्दछौँ।
1 comment:
I am wondering is it really KU we hear or something else? It seems our TU is far better than KU.
Dont mind KU guys.
Post a Comment