दाज्युको बचावट भाइले
दाज्युको बचावट भाइले गर्ने नया नाटकको मन्चनमा काविका स्व-घोषित साधु सुरेश राज शर्मा लागेका रहेछन। यो कुरा आजको कान्तिपुर पढेर थाह पाईयो। कान्तिपुरमा आज प्रकाशित भ्रष्टचारका अभियोगमा अख्तियार धाइरहेका तथा दाज्युको आडमा कावि भित्र गुन्डागर्दिमा तम्सने जलनकुमारको पाठक पत्र।
केयुका पक्षमा
असार १४ र १५ मा काठमाडौं विश्वविद्यालय -केयु) बारे पढियो । सही र यथार्थ कुरा छापिनु पनि पर्छ । एकतर्फीमात्र सामग्री आएचाहिँ समाजमा नकारात्मक प्रभाव पर्न सक्छ ।
विश्वविद्यालयमा आर्थिक अनियमितता, नातावाद, कृपावाद, प्राध्यापक पदोन्नतिमा पक्ष्ापातजस्ता विषय छापामा सार्वजनिक भएका छन् । यी कुरामा केन्दि्रत हुँदो हो त विश्वविद्यालयले यो विघ्न फड्को माथ्र्यो ? ०४७ पछि पहिलो प्रजातान्त्रिक सरकारले काठमाडौं विश्वविद्यालय ऐन बनायो । ऐन व्यवहारमा व्यक्त हुँदा काठमाडौं बाहिर पनि विश्वविद्यालय सम्भव बन्यो । हाल केयु उच्चविद्या प्रदान गर्ने प्रमुख संस्थामध्ये एक बनेको छ । देश-विदेशका छात्रछात्रा तथा प्राध्यापक यहाँ अध्ययन, अध्यापनरत छन् ।
केयुलाई साधन-स्राेत केही स्वदेशी र विदेशी दाताले दिएका छन् । दैनिक खर्च नेपालीकै छोराछोरीले तिर्ने मासिक र वाषिर्क शुल्कबाट चलेको छ । त्यसमा आर्थिक अनियमितताको सवाल पटक्कै सुहाउँदैन । अनियमितता मूलतः सरकारी साधन र स्राेतमा हुने गर्छ । दाताको दानको हिसाब त एक-एक बुझाउनुपर्छ ।
केयुको नेतृत्वको सीमारेखाबारे चर्चा चलेको छ । पुराना र स्थापित संस्थामा सरकारले खासगरी एकदेखि बढीमा दुई अवधिसम्म नेतृत्वलाई निरन्तरता दिएको पाइन्छ । तर केयु सरकारको पूर्ण लगानी भएको संस्था होइन । यो संस्था बनाउनुपर्छ भनेर उपकुलपति, रजिष्ट्रार र तिनको आफ्नै दृष्टिकोषले काम गरेकाले र संस्थालाई स्थायित्व र दिगो बनाउन केही बढी समय त्यहाँ उहाँहरू लाग्नु स्वाभाविकै देखिन्छ ।
त्यस्तै प्राध्यापकहरूको पेसागत संघबारे चर्चा छ । यस्ता संघ आवश्यक हुनसक्छ, नहुन पनि सक्छ । ९०/९५ प्रतिशत सरकारी खर्चमा चलेको विश्वविद्यालयमा हुनसक्छ । किनकि त्यहाँ स्राेत आउने निश्चितता छ । तर ७५/८० प्रतिशत आर्थिक स्राेत विद्यार्थीकै शुल्कबाट जुटाउनुपर्ने ठाउँमा एकदिन शैक्षिक सत्रमा तलमाथि हुँदा पनि फरक पर्न जान्छ । विशुद्ध पेसागत शैक्षिक विषयवस्तुमा केन्दि्रत हुँदा संघहरू खराब हुने कुरै भएन । तर राजनीतिक क्ष्ाेत्रतिर विस्तार भएमा यसले कठिनाइ पनि ल्याउन सक्छ ।
- जलनकुमार शर्मा
पुरानो वानेश्वर, काठमाडौं
No comments:
Post a Comment