कुपा वार्ता टोली गठन
का.वि.सँवाददाता ।
काठमाडौँ विश्विध्यालयमा गत एक दशक भन्दा बढी समय आफ्नो हैकम, रवाफ र मनपरीतन्त्र चलाँउदै आएको शर्मा-अधिकारी प्रशासनले अन्तत: का.वि.का कर्मठ, लगनशील, जुझारु एवम लोकतान्त्रिक शिक्षकहरुसँग वार्ताको लागी प्रयास गरेको बुझिन आएको छ। यस सम्बन्धमा का.वि.प्राध्यापक सँघले हिजो नै का.वि. प्रशासनले वार्ताको आव्हान सहित पत्र प्राप्त गरेको
का.वि.स्थित हाम्रा सँवाददाताले जनाएका छन ।
का.वि. प्राध्यापक सँघ कानुनसम्मत नभएको भन्दै ठाँउ-कुठाँउ फलाक्दै हिँडने डा. सुरेश राज शर्मा र उनको प्रशासनले अन्तत: वार्ता लाई नै रोज्नुले का.वि. प्रशासनको दमन नीतिले आन्दोलन झन भडकिएको अनुमान पर्यवेक्षकहरुको रहेको छ। का.वि.मा हाल सन्चालित आन्दोलनलाई दबाउन डा. सुरेश राज शर्मा र डा. सिताराम अधिकारी साम-दाम-दण्ड-भेदको पूर्ण प्रयोग गर्दै का.वि. परिसर भित्रै नामी भ्रष्टाचारी जलन कुमार शर्मा (डा. सुरेश राज शर्माको सहोदर भाई) लाई गुन्डागर्दीमा उक्साउने, आफ्ना समकालीन तथा सँस्थापक प्राध्यापक डा. सुरेन्द्र राज काफ्ले माथि हमला गराउने, कुपाका सदस्यहरुलाई भौतीक रुपमै आकर्मणका लागी स्थानीय गुन्डाको जत्थाहरु तयार पार्ने, कुपाका आदरणीय सदस्यहरुका नितान्त ब्यक्तिगत मुद्दाहरुलाई उछाल्ने, र आफ्ना चाटुकार, दलाल, भाटहरु मार्फत ब्यापकरुपमा कुपाका निश्कलँकित सदस्यहरुमाथि चारीत्रिक आक्रमण गर्न लगाउने जस्ता कार्यहरुमा निर्लिप्त रहेको छ।
यस्तै लोकतान्त्रिक आन्दोलनका योद्धा तथा कुपाका प्रखर समर्थक डा. बोरिस निरौलालाई प्रतीशोधको भावनाले बर्खास्त गर्ने, का.वि.लाई यो अवस्थामा पुर्याउन सफल योगदान दिने लोकप्रिय प्राध्यापकहरु सुभाष ढुँगेल, चन्द्रकला शर्मा, प्रभावती राजभन्डारी तथा सुलोचना श्रेष्ठलाई अत्यन्त अमानवीय तवरले सेवाबाट हटाएर का.वि. प्रशासनलाई जहाँनिया राणा शासनको मृत रुपमा ढाल्न खोज्दै का.वि.का कर्मठ शिक्षकहरुका आत्मसम्मान माथि बारम्बार डा. सुरेश राज र सीतारामले प्रहार गर्दै आएको छ। यस्तै राष्ट्रकै विरष्ठ नागरिक तथा लोकतन्त्र र शान्तीका लागी अग्रसर नागरीक समाजका लब्ध-प्रतिष्ठित ब्यक्तिहरुलाई का.वि.को वर्तमान विवादमा तान्दै सबैलाई आफुहरु जस्तै भ्रष्टाचारी, नातावादी र मनपरी गर्ने ब्यक्तिका रुपमा चित्रण गर्ने असफल नाटकको मन्चनमा डा. सुरेश राज आफै पनि सँलग्न हुँदै आएको छ। अन्ततगोत्वा वर्तमान आन्दोलनको ज्वारभाटा लाई रोक्न नसकेर एकैपटकमा १२-१२ जना शिक्षकहरुलाई बर्खास्त गर्ने तानाशाही रुपपनि डा. सुरेश राज र सितारामले का.वि.मा स्पष्ट रुपमा प्रकट गरेका थिए। यस परिप्रेक्षमा वर्तमान का.वि. प्रशासनद्वारा पठाईएको वार्ताको निम्तो तानाशाही शैली बिरुद्ध उर्लीएको जुलुस-प्रदरशनबाट बाट तर्सिएर वार्ताकै माध्यमबाट वर्तमान आन्दोलनलाई भाँडने चालबाजी नहोला भन्न सकिन्न ।
यस सम्बन्धमा का.वि.मा शर्मा र अधिकारीका नौटँकीलाई राम्रो सँग बुझेका अग्रज प्राध्यापकहरु कुपाले का.वि. प्रशासकहरुको चालबाजीबाट चनाखो रहनु पर्नेमा जोड दिएका छन। तर, का.वि.लाई देशकै प्रतिष्ठित विश्वविध्यालयमा परिणत गर्न कटिबद्ध काविप्रासँघले सो कदमलाई सकारात्मक रुपमा लिँदै वार्ता लाई नै सँघर्षको अर्को चरणमा विस्तार गर्ने निर्णय गरेको छ। यसका लागी कुपाले का.वि.का अत्यन्त बौद्धिक तथा लोकप्रिय प्राध्यापक डा. विभूती रन्जन झाको नेतृत्वमा ३-सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता आगामी साता का.वि. परिसरमै हुने भएको छ। कुपा सम्बध्द स्रोेतले जनाए अनुसार कुपाका प्रमुख पदाधिकारीहरु बर्तमान वार्ताको परिणामपछि मात्र शिखर वार्तामा प्रवेश गर्नेमा एकमत रहेका छन ।
2 comments:
felt glad to hear the latest news.
this is bunch of baloney
Post a Comment