Monday, August 07, 2006

अान्दोलनको घनिभूतिकरण : समयको माग

काठमाडौँ विश्वविध्यालय प्राध्यापक सँघ (कुपा) द्वारा हाल सन्चालित प्राज्ञिक आन्दोलनले का.वि. सम्बद्ध धेरैलाई घच्घच्याउन पुगेको कुरामा कुनै द्विविधा छैन। का.वि.का वास्तविक निरमाताहरु का.वि.का भूतपूर्व विध्यार्थीहरु, वर्तमान विध्यार्थिहरु लगायत सँस्थापनको बेलादेखि कार्यरत प्राध्यापकहरुले कुपाको वर्तमान आन्दोलन, प्राज्ञिक मर्यादा र नातावाद-कृपावादको अन्त्यका लागी आफ्नो ऐक्यबद्धता जनाईसकेका छन। ग्लोबल भिलेजको विश्वब्यापी बर्तमान अवस्थामा का.वि.का प्रशासक सुरेश राज शर्मा र सीताराम अधिकारीले यी कुराहरु पटक्क नबुझेका होईनन। तर, नियम-कानून, नीति र सोचलाई बङ्ग्याउन अभ्यस्त सुरेश राज शर्मा र सीताराम यी प्रदर्शित ऐेक्यबद्धतालाई नसुनेझै गरी आफ्नो नातावादी प्रशासनलाई का.वि.मा कायम राख्न उद्यत देखिएका छन । अमेरीका देखि आफ्नो प्रशँसामा लेख-रचनाहरु प्रकाशीत भएको कुरामा गर्व गर्ने सुरेश राजले अमेरीकाबाट प्रेषित आलोचनाहरु सुन्न नचाहनु आफ्ना निहित स्वार्थका सेरोफेरोमा अलमिलनु हो भन्दा अत्युक्ति नहोला। हालसम्मको घटनाक्रमले के देखाउँछ भने सुरेश राज र सीताराम का.वि.लाई आफ्नो पैतृक सम्पतिका रुपमा लिन्छन र का.वि.सम्बद्ध हरेक आवाजलाई बेवास्ता गर्दै का.वि. भित्र आफ्नो पकडलाई कायम नै राख्न चाहन्छ। यसका लागी सुरेश राज का.वि.कै सम्पती र रकममा आफ्नो प्रचार र कुपाका मागहरुलाई नाजायज ठहर गर्न पनि पछि परेका छैनन । तर, अहिले आएर सुरेश राज वार्ताको जालो फ्याँक्दै विध्यार्थिहरुका पठन-पाठनलाई हतियार बनाईरहेका छन।

केही दिन अधिसम्म प्रचन्ड र बाबुरामलाई का.वि.मा स्वागत गर्न हतारिएका सुरेश राज नयाँ सत्रको शुरुआत देखीनै का.वि.का प्राध्यापकहरुका आवाजलाई दबाउन र कुपालाई धरासायी बनाउने योजनामा लागेका थिए। गर्मी बिदाको स्वर्णीम अवसरको भरपूर उपयोग गर्दै का.वि.मा सुरेश राज र सीतारामद्वारा आफ्नो गुटलाई एकसाताको प्रशिक्षण दिएका थिए । मिडियामा उठेका आवाजहरुलाई कसरी मत्थर पार्ने, कुपा सम्बद्ध प्राध्यापकहरुलाई कसरी हतोत्साहीत गर्ने र टार्गेटमा राख्ने , सात दल र माओवादीलाई कसरी खुशी पार्ने लगायतका रणनितिहरुका सम्बध्दमा सुरेश राज र सीतारामले आफु निकटका प्राध्यापकहरुलाई विस्तृत रुपमा प्रशिक्षित पार्दै का.वि.को लगानीमा हाल छात्रवृती प्राप्त केही विध्यार्थिहरुलाई पनि कुपाको विरुद्ध उभ्याउने कसरतमा लागेका छन । कुपा सम्बद्ध शिक्षकहरुलाई आक्रमण गर्ने रणनिति अन्तर्गत सुरेश राज र सीतारामद्वारा हाल कुपामा सम्बद्ध प्राध्यापकहरुका अत्यन्त निजि जीवनदेखी लिएर शैक्िषक योग्यता एवम विध्यार्थिहरुका नामबाट आएको भन्दै कृत्रिम तथा नक्कली निवेदनहरु प्रमाणका रुपमा तयार गर्न सम्बन्धित डिन तथा विभागिय प्रमुखहरुलाई प्रशिक्षण दिएका थिए । यसै रणनिति अन्तर्गत कुपा सम्बद्ध केही प्राध्यापकहरु "विध्यार्थिहरुबाट आलोचित" भन्दै प्राध्यापनमा असफल रहेको दुष्प्रचारमा सुरेश राज स्वयम पनि लागेको छ। यस्तै डा. पुष्पराज अधिकारीलाई केही कर्मठ प्राध्यापकहरुका पारिवारिक जिवनका सम्बन्धमा दुष्प्रचार गर्न जिम्मा दिईएको छ भने, डा. भद्रमान तुलाधरलाई हाल सम्म आफुहरुद्वारा गरिएका भ्रष्टाचारका प्रमाणहरु मेटनका लागी जिम्मा लगाइएको छ। सात दल र माओवादीलाई "गुड ह्युमरमा" राख्न "रकमी" सीताराम र "युवा रकमी" मुकुन्द उपाध्यायलाई जिम्मा लगाईएको छ । साथै, कुपामा बढदो सदस्य सँख्यालाई घटाउनका लागी कुम्समा रामकन्ठ श्रेष्ठ र नत्शु शर्मा लागेका छन भने ईन्जीनियरिङमा सीतारामका हनुमान भोला थापा लागेका छन। सो प्रशिक्षण अवधि समाप्तिका बेला पारेर तथा आफ्ना मन्डले समूहका सुरक्षित घेरामा सुरेश राजले पत्रकार सम्मेलन गर्दै यीनै रणनितिका सेरोफेरोमा रहेर कुपालाई विध्यार्थि विरोधि जमातको रुपमा चित्रण गर्ने प्रयास गर्दै नेपाल प्राध्यापक सँघ माथि पनि घावा बोल्न पुगेका थिए।

का.वि.का विध्यार्थिहरुका शुभचिन्तक सुरेश राज र सीतारामको मन्डली कहिले पनि थिएनन र का.वि.का विध्यार्थिका हक-हीत र नियमित पठन-पाठन यिनिहरुकालागी एउटा राजनैतिक हतियार बाहेक केही होईन। यदि नियमित पठन-पाठन सुरेश राजको प्रमूख चिन्ता रहेका भए यीनले आफ्ना उत्तराधिकारी मनिष पोखरेललाई पहिले नै का.वि.बाट निष्काशन गरिसकेका हुन्थे। का.वि.मा आफ्ना नातावादी-भ्रष्ट कृयाकलापको भन्डाफोर कुपाले गर्दा मात्र सुरेश राजलाई नियमित पठन-पाठनको सम्झना आउनु भनेको भनेको यीनका लागी यी कुराहरु हतियार बाहेक केही होईन भन्ने प्रष्टीन्न र? अर्को तर्फ विश्वविध्यालय खुला रहनु, विध्यार्थिहरु मनिषजस्ता "शिक्षकका नाममा कलँक"का प्रतीक्षामा नै कक्षामा निदाउनु र अर्ध-शिक्षित अवस्थामा परिक्षाका लागी तयार रहनु नै का.वि.को "नियमित पठन-पाठन" बनेको परिप्रेक्षमा सुरेश राजका तर्कहरु हास्यास्पद छैनन र? यस्तै 'ऐन र नियममा रहेर काम गरेका छौं,' भन्ने सुरेश राजको दावी पूर्ण असत्य र भ्रामक छ। ऐन र नियममा रहेर यीनले काम गरेका भए "नियमित पठन-पाठन"का लागी बाधक बनेका मिनष पोखरेललाई सुरेश राजले पहिले नै " शिक्षक तथा कर्मचारी नियमावली-२०५१" का समुचित प्रावधानहरुका प्रयोग गर्दै हटाइसकेका हुन्थे। यस्तै, मेकानिकल ईन्जीनियरिङ्ग विभागमा सुरेश राजका सहयोगी तथा अर्का विदुषक भद्रमान तुलाधरका "रोडवेज ईन्जीनियरिङ"मा स्नातक छोरा डेनियत तुलाधर कहिले पनि स्थायी प्राध्यापक हुँदैन थिए । तसर्थ, सुरेश राजको "नियमित पठन-पाठन" र 'ऐन र नियममा रहेर काम गरेका छौं' भन्ने वाक्याँशहरु आफ्ना वचावटमा प्रयोग गरिएका सुगा रटाई मात्र हुन र यि कुराहरु सारा नेपाललाई भ्रम-जालमा पा्रन सिर्जीत हुन भनेर बुझ्नु पर्दछ ।

सुरेश राजका "नियमित पठन-पाठन" र 'ऐन र नियममा रहेर काम गरेका छौं,' भन्ने तर्कहरु भन्दा पनि आपत्तीजनक र हास्यापद आरोप यीनले डा. बोरिस निरौला माथि पूर्व निर्धारित योजना अन्तर्गत लगाउन पुगेका छन। "पढाउन नसक्ने भन्दै विद्यार्थीले हटाउन माग गरेका" शिक्षकहरुमा के मनिष पोखरेल थिएनन र ? विध्यार्थिका तथाकथित शुभचिन्तक "साधु" सुरेश राजले कम्प्युटर ईन्जिनियरिङ्गका पहिलो ब्याचदेखिका विध्यार्थिहरुका आवाज नसुन्नु र मनिष पोखरेलका लाखौँ कमजोरीलाई नजरअनद्ाज गर्नु तर जनताका छोरा डा. बोरिस निरौलालाई मात्र यो प्रावधान लगाउनु पूर्णत: राजनितबाट प्रेरित हुनु हो। यी आरोपहरु डा. बोरिस निरौलाको स्वच्छता, पवित्रता र कर्मठताको ध्योतक हो भने सुरेश राजको आपराधिक मनस्थितिको परिचायक हो। आफ्ना कु-कर्मका विरोधलाई कुनै हालतमा पनि नसहने सुरेश राजका आँखाले सीतारामका दुर्ब्यशनी सुपुत्र बृजेश अधिकारीले "एक-एक वर्ष" सम्म पठन-पाठन गर्न नसक्दा पनि "पढाउन नसक्ने भन्दै विद्यार्थीले हटाउन माग गरेका" कुरालाई नदेख्नु तर "कुपा"मा सम्बध्द रहेकै कारण डा.बोरिस निरौला माथि यस्ता आरोप लगाउनु भनेको यीनको घिनलाग्दो मन्डले रुप हो। सुरेश राजले "पढाउन नसक्ने भन्दै विद्यार्थीले हटाउन माग गरेका" शिक्षकहरुमा आफ्ना विदुषक भद्रमानका सुपुत्र डेनियललाई कसरी बिरस्न पुगे, मननीय छ यो कुरा। सुरेश राजले का.वि.का सम्मानित प्राध्यापकहरुको सिधै चरित्र हत्या गर्दै वार्ताको आव्हान गर्दैमा के कुपाले वार्ता गर्दछ र? यदी "कुपा" र कुपाका वर्तमान पदाधिकारीहरुले सुरेश राजका यी शब्दजालमा फस्ने हो र आफ्ना सहकर्मीहरुका चरित्र हत्यालाई टुलुटुलु हेर्दै रहने हो भने, भविष्यले कुपासँग प्रश्न गर्नेछ र कुपालाई सबैले धिक्कार्ने छन।

सुरेश राजले प्राध्यापकहरुका छाता सँगठन "नेपाल प्राध्यापक सँघ" माथि आक्रमण गर्नुको अर्को अर्थ आफ्नो विगत र वास्तविक धरातललाई बिर्सनु हो । यिनका हुस्सु, बहुलठ्ठीपनले गर्दा त्री.वि.का प्राध्यापक डा. सुरेन्द्र के.सी.ले यीनलाई आफ्नो धरातल सम्झाएको पनि धेरै भएको छैन। नेपाल प्राध्यापक सँघ आफ्नो स्थापनाका अवधि देखिनै प्राध्यापकहरुका हक-हितका लागी कार्यरत रहेको कुरा सँाचो हो। कुनै बेला सो सँघको महासचिव भै-सकेका सुरेश राजले नेपाल प्राध्यापक सँघको आदर्श र दायित्वलाई नबुझेको पटक्क छैन। कुनै बेला प्राध्यापकहरुका हक-हीतका लागी गलाको नशा फुलाँउदै फलाक्ने सुरेश राजका लागी नेपाल प्राध्यापक सँघ अहिले आँखामा बिझ्न पुगेको छ र यसको एउटै कारण नेपाल प्राध्यापक सँघले सुरेश राज लगायत का.वि.का भ्रष्ट टोलीलाई हटाउनकालागी राखेको माग नै हो। प्राध्यापक सँघले कुपाको माग प्रती ऐक्यबद्धता जनाउनु नै सुरेश राजका लागी एकदम खटकिएको छ र उनी कुपासँग सँस्थागत सम्बन्ध राख्ने सँस्थाहरुमा पनि आक्रमणमा लागेका छन। का.वि.कै धनमा पत्रकार सम्मेलन गर्ने सुरेश राजले आफ्ना कुर्सी केही समयका लागी बचाउला, तर के उनले अब आफ्नो साख र प्रतिष्ठा पुन: पाउन सक्छ र? 'विश्वविद्यालयको आफ्नै स्रोतमा चलाउनुपर्ने हाम्रो बाध्यता छ । सरकारी अनुदान ज्यादै न्यून छ,' भन्ने थाहा पाएका सुरेश राजलाई विध्यार्थिहरुका रगत-पसिनाको कमाईमा पत्रकार सम्मेलन गर्ने र आफ्ना नजिकका पत्रकारहरुलाई धुलिखेल लज रिसोर्टमा लग्दै सुरापान गराउँदा खेरी किन "न्युन सरकारी अनुदान"को हेक्का नरहेको होला? 'त्यसैले अरू विश्वविद्यालयभन्दा यो फरक छ ।' भनेर भन्दैमा कुपा लगायत अन्य सम्बद्ध पक्षबाट सुरेश राजका घटिया कृयाकलापलाई नजरअन्दाज गर्न सकिएला त? अवश्य पनि सकिन्न। सँस्थाहरु माथि हमला गर्न सक्ने प्राज्ञिक गुन्डा र मन्डले सुरेश राजलेे कुपाका मागहरुलाई सहजै स्विकार्ने वाला छैन। राजा ज्ञानेन्द्रको मानसीकता बोकेका सुरेश राज आफ्नो निहित स्वार्थका लागी का.वि.का प्रतिष्ठा र ईज्जतलाई धुलिसात पार्न चाहन्छन र का.वि. भनेकै "म हूँ र म नरहे का.वि. पनि रहनु हँुदैन"भन्ने उनका चिरपरिचित आत्मघाती मानसीकतालाई पराजीत गर्न कुपाले आन्दोलनलाई घनिभूतीकरण गर्नु आजको आवश्यकता हो। सुरेश राज र उनका मन्डलेहरुबाट सन्चालित दुष्प्रचारलाई ध्यानमा राख्दै कुपाले यस क्रममा आफ्ना मागहरुलाई पनि परिवर्तन गर्नु पर्दछ। का.वि.बाट जबर्जस्ती हटाईएका प्राध्यापक डा. बोरिस निरौलाका सम्बन्धमा बोलेका कुराहरु सुरेश राजले फिर्ता लिनुपर्छ र यसका लागी सुरेश राजले सार्वजनिक रुपमा माफि माग्नु पर्दछ। यो माग नै कुपाको पहिलो माग बन्न गएको छ र कुपाले जबसम्म यी उद्देश्यहरु प्राप्त गर्दैन, आफ्नो आन्दोलनलाई निरन्तरता दिनुपर्दछ।

जय काठमाडौँ विश्वविध्यालय।

No comments: