सुरेशराजलाई खुला पत्र
श्रीमान सुरेशराज जी,
उप-कुलपति, का.वि.
धुलिखेल, काभ्रे।
मिति:२०६३ साउन २०
महोदय,
सुरेशराजजी के छ? आरामै? बढो राम्रो नाटक हेर्न पाएका छौँ केयुमा अहिले हामीले। नेपालका तथाकथित "दशजना मेकर"हरु मध्ये एक तपाईको बनाउने क्षमताबाट अहिले को प्रभावित छैन र? नेपालमा शिक्षाको ज्योती(?) छर्ने तपाँई जस्ता साधुले का.वि.बनाएर नेपालको विकाशका लागी धेरै ठूलो कार्य गर्नु भएको छ । का.वि.को स्थापना पश्चात धुलिखेल क्षेतर्को जुन तीव्र विकास भएको छ त्यसलाई कुनै हालतमा पनि नकार्न सकिन्न । तर, सबभन्दा महत्वपूर्ण कुरा "निर्माता को हो?" भन्ने कुरा ठम्याउनु हो । शायद नेपाल र नेपालीकै बिडम्बना हो यो कि वास्तविक निर्माताहरु सदा ओझेलमा पर्ने गर्छन । २३७ वर्ष अगाडीका केही प्रयासलाई आफ्ना पुर्खाले आर्जेको ठानी यस मुलुकमा सामन्ती राज गर्ने चाहना राख््ने राष्ट्रप्रमुख भएको यो देशमा तपाँई जस्ता नेपालीले १५ वर्ष अधि आफुले गरेको मेहनतको फल खान छोडने कुरा वास्तवमै कल्पनातीत हो र यसलाई तपाँइले प्रमाणीत गर्नु भएको छ । राजनीति र शिक्षा एक अर्काका पुरक हुन । तर, जब तीव्र राजनीतिले शैक्षिक क्षेत्रलाई गाँज्न पुग्दछ, शिक्षा अमर्यादित हुन जान्छ । राजनीतिमा सँख्या नै ठूलो कुरा हो तर शिक्षामा सत्यता भन्दा ठूलो कुरा केही होईन । तसर्थ, शैक्षिक क्षेत्रका प्रत्येक अँगले राजनैतिक सत्यता भन्दा भित्र गएर पूर्ण सत्यतालाई खोज्ने प्रयास गर्नु प्रत्येक विध्यार्थी, प्रत्येक शिक्षक र प्रत्येक कर्मचारीको दायित्व हो । तर, सुरेशराजजी, के हामी पूर्ण सत्यता चाहन्छौँ र ?
तपाँईका भाट, दलाल र दासहरुलेे विश्वास गर्लान तपाँईको भनाईमा तर हामी विश्वास गर्न सक्दैनौँ । तपाँईले बोल्नु भएका कुराहरु सत्य होईन सुरेशजी । तपाँईका भनाईहरुमा आँशिक सत्यता पनि छैन, तसर्थ तपाँईका कुराहरुमा पूर्ण सत्यता पाउनु भनेको त मरुभूमीमा जिँउदो माछा खोज्नु भन्दा फरक होईन होला। तपाँईका भनाईहरु एउटा पदलोलुप तर आफ्ना लालसालाई शब्दजालमा लुकाउन सक्ने धुर्त स्यालको भनाई भन्दा पनि फरक छैन। तपाँइ केयुको मेनेजर हुनुहुन्छ र तपाँई १५ वर्ष अधिदेखीनै केयुको ब्यवस्थापन सम्हाल्दै आउनु भएको हो। केयुको वास्तविक हकदार केयुकै विध्यार्थिहरु हुन जस्का अभिभावकहरुले केयुका लागी भनेर आफ्ना पसीना-पसीना बगाएर आर्जेका पैसा खर्च गरे, आफ्ना सन्ततीलाई केयुमा अध्ययनका लागी ल्याए र देशमा नीजि क्षेत्रले पनि केही गर्न सक्छ भन्ने कुरामा सहमती जनाए। आ-आफ्ना सन्तानहरु शिक्षित र दिक्षित भईसकेपछि अधिकाँश अभिभावकहरु गर्व गर्छन कि उनिहरुले स्व-लगानीमा आफ्ना छोरा-छोरीलाई सक्षम बनाएका छन भनेर। तर, आज जब अधिकाँश अभिभावकहरु केयुका बारेमा कुरा गर्छन उहाँहरुमा तपाँई प्रती प्रशँसाका भाव भन्दा पनि सँशय, सन्देह र शँका धेरै प्रकट हुन्छन। आफ्नै नाममा सँख्याको खेलमा जीत्नका लागी नयाँ अभिभावक सँघ बनाउने तपाँईको नाटक पछि अब कुनचाँही अभिभावकले तपाँईलाई शँका नगरोस । सारा दुनियाँलाई मैले म्यानेज गर्न सक्छु भन्ने विश्वासमा तपाँईले अभिभावक सँघ भन्दा पहिले भू.पु.विध्यार्थि सँघ पनि आफ्नै सुपुत्रीको अध्यक्षतामा गठन गरिसकेपछि केही कुरा बाँकी रह्यो र? विश्वविध्यालय जस्तो पवित्र सँस्था जहाँ तर्क र सत्यतामा काम गर्नु पर्ने हो त्यहाँ तपाँईले नातावादी सँयन्त्र र गुटवन्दी कायम गरेपछि अब कसले तपाँईको उपकुलपतित्वको बचावट गर्ने सुरेशजी?
सुरेशजी, तपाँई सोच्दै हुनुहुन्छ स्थानिय बासिन्दालाई आफ्नो पकडमा राखेर, स्थानिय केही राजनितीकर्मीहरुलाई परिचालन गरेर आफ्नो पक्षमा अत्याधिक सँख्या बटुलेर निहत्था प्राध्यापकहरुको आवाजलाई दबाउँछु भनेर। यसका लागी स्थानिय बासिन्दामा भ्रम छर्ने, आत्मसम्मानले भरपूर प्राध्यापकहरु माथि आफ्ना दलाल, चाटुकार र स्वामीभक्ती देखाउने जत्थाबाट मानसीक र भौतिक आक्रमण गराउने जस्ता अत्यन्त निकृष्ट कार्यमा अहिले तपाँइ निर्लिप्त हुनु भएको छ। केयु प्राध्यापक सँघ केयुको नियम-कानूनले दिँदैन भन्दै प्रधानमन्त्री तथा उप-कूलपतिसम्मलाई भ्रमजालमा पार्ने तपाँईको कौशलताले तपाँई गरिमामय प्राध्यापक र शिक्षाविद भन्दा पनि अत्यन्त पदलोलुप शैक्षिक प्रशासक देखिन पुग्नु भएको छ। यावत कुराहुर पश्चात केयु प्राध्यापक सँघलाई जरैबाट उखेल्दै आफ्नो नातावादी-जहाँनिया तानाशाहीलाई केयुमा हावी गराउने खेलमा तपाँईले केयुकै स्रोेत र साधनमा सँख्या त बटुल्न सक्नु हुन्छ होला तर प्राज्ञिक समर्थन कहिले पनि बटुल्न सक्नु हुन्न। प्राज्ञिक महत्वका कुरामाथि खुला दिलले छलफल गरेर प्राज्ञिक मर्यादा र प्राध्यापकहरुका मर्यादालाई बचाउने र केयुको प्राज्ञिकतालाई मलजल गर्ने कार्यको सट्टामा मेरो गोरुको बार्है टक्काको छुद्र राजनितिकर्मीको खेला खेलेर आफूलाई तपाईले अत्यन्त तल झार्नु भएको छ। अवैध रुपमा कमाईएका ती रकमहरुले तपाँईका कुर्सी बचाउन भ्रष्ट राजनितिक्रमीका समर्थन केही समयका लागी पर्ाप्त गर्न सकिन्छ, र त्यसकै आडमा आफ्नो उप-कूलपतित्वलाई केही समय बचाउन सकिएला तर तपाँईले गुमाउनु भएको ईज्जत अब कहिले पनि फर्किने छैन।
नेपालीहरुले सोचेका थिए केही वर्ष अगाडी सम्म तपाईले केयुको निर्माण गर्दै राष्ट्रकै लागी बलियो शैक्षिक खाँबो बनाउनु हुनेछ भनेर। सरकारको लगानी र स्थानिय जनताको भरोसामा तपाँईले त्यो नाङ्गो डाँडोमा बुल-डोजर चलाउनु भएको कुरा साँचो हो । त्यो बेला देशमा शिक्षाको विकास गर्छु भन्दै डाँडो माथि बुलडोजर चलाउने तपाँईले अहिले आएर शिक्षाको मर्मस्थलमा नै बुलडोजर चलाउनु भएको छ केयुमा भाडाका टट्टुहरु मार्फत ज्ञापन पत्र लिने काम गर्दै। पन्ध्र बर्ष पश्चात त्यो डाँडो कहाँ गयो र त्यो डाँडोको ठाँउमा ठूल्ठूला आकर्षक भवनहरु किन र कसरी बने भनेर बुझ्न अब नेपालीहरुलाई चासो छैन। तपाँईको एकल राजका लागी र तपाँईको शेषपछि तपाँई वँशज र बन्धुहरुलेे स्वच्छन्द राज गर्नका लागी १५ वर्ष अगाडी जनताको नासोको रुपमा प्राप्त केयुलाई ब्यक्तिगत सम्पतिमा रुपान्तर गर्नका लागी तपाँई आफ्नै कर्मचारीहरु माथी अाक्रमण गराउन सक्ने दुर्दान्त गुन्डामा परिणत हुने कुरा धेरैले सोचेका पनि थिएनन। आफ्ना भ्रष्टाचारी भाईलाई उचालेर केयुमा अर्का सम्मानित प्राध्यापक माथि भौतिक हमला गराउँदा खेरी पनि धेरैले सोचेका थिए यो प्रोपोगान्डा हो भनेर। तर, अहिले मान्छेले देखिसकेका छन "सँयुक्त जनआन्दोलन सिमतिमा" तपाँईले अन्य धेरै गुन्डाहरु र मन्डलेहरु परिचालित गर्नु भएको र अहिले मानिसहरुलाई विश्वास भईसकेको छ तपाँई आफ्ना विरोधमा उठेका आवाजहरुलाई दबाउन भौतिक रुपमा पनि लाग्नु हुन्छ भनेर। तार्किकता र प्राज्ञिक बहसका माध्यमबाट समस्याको समाधान गर्नुको साटो गुन्डा परिचालन गर्न जुर्मुराउने तपाँईका कार्यशैलीहरु देखेर अन्य विश्वविध्यालयका प्राध्यापकहरु मात्र होईनन, विध्यालयका अध्यापकहरु पनि चकित पर्न थालेका छन।
का.वि.मा यहाँको पन्ध्र वर्षे शासनकाल समाप्तीको बेलामा जुन तीब्र वहस राष्ट्रिब्यापी रुपमा यहाँको नाताबाद र भ्रष्ट कृयाकलापको विरोधमा भईरहेको छ, यसले का.वि.को सम्पूर्ण प्रतीष्ठालाई धुलोमा मिलाएको कुरामा त तपाई पनि सहमत हुनु हुन्छ जस्तो हामीलाई लाग्दछ । "केयु भनेकै म हुँ र म नै केयु हँु" भन्ने तपाँईका दुन्दुविपूर्ण हुँकारहरु अहिले कोही सुन्न चाहँदैनन र सबैजना तपाईको बहिर्गमनको पक्षमा छन। हिजोसम्म आफ्नो प्रशँसामा देश-विदेशमा आफ्ना चाटुकार तथा अनुगृतहित समूहबाट प्रकाशित लेख-रचनाहरु पढन र पुरस्कार तथा अभिनन्दन ग्रहण गर्ने बानी परेका तपाँईलाई अब अर्को कुनै नेपालीले पुरस्कृत र अभिनन्दन गर्नु अगावै दश चोटी सोच्नेछन । सुरेशजी, आफ्नो तेस्रो कार्यकालको अन्तमा यी जुन दिनहरु देख्दै हुनुहुन्छ, यस्का पछाडीका कारणहरु तपाँईले कहिले अन्वेषण गर्नु भएको छ? गरे धेरै राम्रो किनभने जीवनको उतरार्धमा कुनै पनि ब्यक्तीले झुठो प्रशँसा र तारीफमा बाँच्नु भन्दा तीतो सत्यलाई आत्मसात गर्दै आफ्ना भूलहरुलाई सुधारे वैतरिण पार गर्न सजिलो हुनसक्दछ। तपाँई सार्है गनाउनु भो सुरेशजी, यो नै पूर्ण सत्यता हो।

1 comment:
It is so easy to comment upon someone's efforts and actions. The
bottom line is that Dr Sharma has done a task of enormous and
unparalled magnitude by turning KU into symbol of Nepotism. There may
have been a few good works, sure, and these are accepted by everyonee. But Suresh Raj must admit and correct his nepotism in KU by sacking all of his and Sitaram's relatives. But if political parties and others try to cover up all his misdeeds just because he is able to weep and give wads of money, then the story is SAD.
Not to forget that people who belong to the "rebellion" panel are
being attacked by henchmen of Suresh Raj everywhere . People like Dr Surendra Raj Kafle used to form the backbone of the 'rebels' has now fled to US but bootlickers and relatives like Pushparaj and Manish have remained in KU. Students who have had the sorry opportunity of attending Pushparaj's and Manish's classes can tell you that there are
no other hopeless teachers like Pushparaj and Manish in KU. People
like Samir Mani Dixit, form the most vocal group among the rebels, are the star of KU. Despite Suresh Raj dragging his respectable father, Samir Mani Dixit must continue this struggle to change the current state of affairs in KU.
It is easy to talk on back and claim every thing bad about Suresh Raj than challenging him face to face. By talking on back of people may add a few drops of ghee on a burning 'diyo', but to create the 'diyo' of revolution in KU itself is a hell of a task...
But then when the nation itself is burning in dissatisfaction, how can
KU be free?
People like Samir Mani Dixit must continue their struggle.
Post a Comment