Saturday, October 14, 2006

दशैँ विदा र प्रतिगमनकारीहरु

दशैँका अवसरमा केयुमा पनि विदा हुने कारण ब्लगमा त्यति अपलोड गर्नु पर्ने जरुरी ठानिन । त्यस्तै साथिभाईसँगको बसोबास र रमाईलो दशैँ बाहेक अरुबेला नहुने स्थिति आईसकेको छ। यसै मेसोमा साथिहरुलाई पनि घरमा निम्त्याउनु कुनै नौलो कुरा रहेन। तर, बैठकमा राख्नु पर्नेलाई बेडरुममा लान नहुने वा आफ्ना नीजि डायरीहरु बैठकमा राख्न नहुने मध्ये एउटा भएको हुनु पर्छ । शँका त केहीमा छ, तर साथिहरु स्पष्ट भन्दैनन को हो त्यो जस्ले यस ब्लगका लगिङ्ग नेम र पासवर्ड हेर्ने मौका पाएछ भनेर । अन्त्यमा, ब्लगको पासवर्ड र लगिननेम पुरानै राखेमा केही पनि गर्दिन भनेर सामूहिक रुपमा चेतावनी दिए पछी, यो ब्लग फेरी तपाँईहरु समक्ष आएको छ । ब्लगका डेटाहरु राम्रै अवस्थामा भेट्टाए पछि पहिलो काम रह्यो मेरो मेटने-हो ति सब तथाकथित मित्रहरुका टेलिफोन नँ. मेट्ने। शायद यो ब्लग सँचालन पश्चातको पहिलो प्रत्यक्ष घाटा यहि नै होला मेरा लागी- लामो समयका साथिहरुलाई छोडनु पर्यो ।

अर्को ढँगले हेर्ने हो भने, शायद जीवनका आगामी दिनका लागि राम्रो कदम पनि हो जस्तो लाग्यो मलाई । केयुका सीताराम, सुरेशराज लगायतका तिनका भाई-भारदारहरु यस ब्लगबाट अत्यन्त चिढिएका छन र यस ब्लगमा सँबध्द रहेको शँकाकै भरमा पनि केयुका विध्यार्थी तथा शिक्षकहरुमाथि जाई लाग्न सक्छन भन्ने कुरा त दशैँ अगाडीको घटनाक्रमले देखाईसकेको छ । अ.प्रो. अनुप बाँस्कोटलाई कम्प्युटर विभागको प्रमूख हुन नदिनका लागी सुरेशराजहरुले प्राज्ञीक मर्यादा विरुद्ध भोला थापालाई विभागीय प्रमुख बनाएको हामीले नदेखेको होईन । कुपाको गठनमा समर्थन दिएकै भरमा आफ्ना समकक्षीहरुमाथि दुर्दान्त भ्रष्टाचारीहरुबाट हमला गराउन सक्नेले, केयुका अन्य कर्मचारीहरु माथि पनि हमला गराउन सक्छ भनेर हामीले भनेका मात्र थियौँ, सुरेश राजले त गरेर नै देखायो । यस्तै, कुपा केयु विरोधि हो भन्दै फलाक्ने र केयुमा भ्रष्टाचार भएको छ भने प्रमाण दे भनेर कराउने सुरेश राजले पछि गएर आकाशमा थुकेका रहेछन भन्ने प्रमाणित भईसकेको छ । अहिले अत्यन्त थिलथिलो सुरेश राज बोल्न भन्दा बढी षडयन्त्रमा ब्यस्त छन र तीनलाई जस्ले जती भ्रष्टाचार गरे पनि मतलब छैन । एउटा सँस्थामा बसेर दोहोर तलब थाप्ने र परिवारका श्रीमती र छोरालाई पनि केयुकै तलबभत्तामा पाल्न खोज्ने भद्रमान जस्ताले निमत्त रजिष्ट्ार चलाएर तेहरो तलब पनि थाप्छ भन्ने कुनै मतलब सुरेश राजलाई छैन । अहिले सकुन्जेल आफ्ना दुष्कर्मका विरुद्ध बोल्न सक्ने, लेख्न सक्ने र आन्दोलन गर्न सक्ने क्षमतावान प्राध्यापकहरु माथि सुरेश राज हमला गर्ने तानाबाना बुन्दैछन ।

यस्तो परिस्थितिमा मित्रताका ढ्वाङ्ग रच्दै हाम्रा पासव्रड हरु सुरेश राजका ग्याङ्गमा पुर्याउने जस्ता खतरनाक मान्छे को होला? यो ब्लग कसैको नीजि तुष्टीकरण र सन्तोषको लागी भन्दा पनि केयुको बृहत्तर हितको लागी हो। यस ब्लगले केयुका भूतपूर्व विध्यार्थिहरुको आवाजलाई प्रतिनिधत्व गर्छ भने, वर्तमान विध्यार्थिहरुका समस्यालाई पनि चित्रीत गर्छ। यस ब्लगले शिक्षक/प्राध्यापकहरुका समस्यालाई अगाडी सार्छ भने कर्मचारीका समस्यालाई पनि अगाडी सार्छ । यो ब्लग केयुमा रहेका तर नेपाली जनताका कुनै पनि छोराछोरीहरु माथि हमला गर्ने उद्देश्यले खोलिएको होईन । यो त सुरेश राज र सीतारामका अभूतपूर्व भ्रष्टाचार र नातावादका सँगालोलाई नेपालीहरु समक्ष ब्यव्सथित रुपमा पस्कनका लागी खोलेको हो । भोला थापा जस्ता चाटुकारहरुका विरुध्द आएका अत्यन्त अभद्र टिप्पणीहरु (शायद सीताराम र सुरेश राजका नातेदारले हालेका) लाई पनि हामीले स्थान दिएका छैनौँ किनभने यो ब्लग ब्यक्ति भन्दा पनि प्रकृया र ब्यवहारलाई बढि हेर्दछ र मूल्याकँन गर्दछ । केयुमा बस्दै कुपाले त्यस्तो घनघोर आन्दोलन गर्दा पनि कुपाका सदस्यता लिन नचाहने तर अहिले कुपाकै आन्दोलनका कारण प्राप्त सुविधालाई उपयोग गर्न चाहने तथा प्रोफेशरको कुर्सीमा छिटोभन्दा छिटो चढन चाहने हरु विरुद्ध पनि हामीले सामाग्रीहरु पाएका थियौँ । तर, यीनका ब्यक्तिगत लालची स्वभाव भन्दा पनि सुरेश राजका नातावादी कृयाकलापनै केयुका भविष्यका लागी खतराजनक रहेका कारण हामीले आफुलाई सुरेश राज र सीतारामकै सेरोफेरोमा राखेका थियौँ । तर, यसका मतलव केयुको प्राज्ञिकतालाई नमान्ने र ब्यक्तिगत स्वार्थका लागी जे पनि गर्न तयारहुने प्रतिगनमनकारीहरु चाँहि हाम्रा नजरमा छैन भन्ने कुरा सत्य होईन । केयुमा यस ब्लग सँचालक सँबन्धी जानकारी दिनेलाई सुरेश राज र सीतारामले निश्चित रुपमा पुरस्कृत गर्नेछ । यी सब कुरा थाहा हुँदा हुँदा पनि हाम्रो पासवर्ड र लगिन्ग नेम चोर्ने जस्ता कामग्रने मित्रहरुलाई आईन्दा देखि हामी कहिले पनि विश्वास गर्दैनौँ । यस्ता मित्रहरु भन्दा त बुद्धिमान शत्रु धेरै जाती । अरु केही नभए पनि शत्रु हो भन्ने त थाहा हुन्छ र त्यसैबाट शत्रुका सुत्रलाई पनि समाउन सकिन्छ । तर, अन्त्रघाती मित्रहरुबाट हामी घोका सिवाय केही पाईरहेका हुँदैनौँ तर पनि यस्ता नराधमहरुलाई हामी साथि नै भनिरहेका हुन्छौँ ।

जे, होस केयुको ब्लग सन्चालन गर्दै केयुबाट सुरेशराज र सीताराम जस्ता पदलोलुप, भ्रष्टाचारी र नातावादीहरुलाई लखेटने क्रममा आफ्नै मित्रसमूहबाट चाँही राम्रो शिक्षा पाईयो । अब, यो ब्लग कस्ले चलाईरहेको छ र को को छन यस्मा भनेर हामीले भिनरहनु परोईन । हाम्रा लेखोट, बनोट र सारतत्वबाट नै सुरेश राज र सीतारामले बुझ्नु पर्ने हो जीवनमा यीनले बल्ल अहिले आएर अत्यन्त सिद्धान्तवादी, सत्यवादी, र राम्रा मान्छेका फेलामा परेछन भनेर । यस्तै यस ब्लग सन्चालनमा आए पश्चात नेपालका धेरै विद्वान, लब्ध-प्रतिश्ठित शिक्षाविदहरुबाट पनि हामीले राम्रो काम गरेकोमा सराहना पाएका छौँ । केयुका केहि विध्यार्थिहरुले हामीलाई गलत ठानेका रहेछन र हाम्रा विरुध्दपनि विष वमन गरेका रहेछन । शायद सीताराम र सुरेश राजलाई राम्रो ठानेर नै हामिलाई गाली गरेका होलान । तर, कहाँबाट सँचालित रहेछन यिनिहरु भन्ने कुरा के ती "भाषा"ले नै देखाएन र? यिनिहरुले प्रयोग गर्ने कथनि र सुरेश राज र सीतारामका करनीमा के तादम्यता छैन र?

अन्त्यमा यस ब्लगलाई केयुकै बृहत्तर हितमा सुरक्षित रुपले सँचालन गर्ने प्रतिज्ञाका साथ ब्गका सम्पूर्ण पाठकहरुमा दिपावली २०६३ को मँगलमय शुभ-कामना ।

No comments: