Friday, December 29, 2006

विश्वविद्यालय कसैको बफौती होइन

घनश्याम भट्ट,
पूर्व प्राध्यापक, काठ्माण्डौ बिश्वबिद्यालय

कुरो २०४४-४५ साल तिरको हो, त्यसबेला विश्वविद्यालय राजनितिको अखाडा हुनेगर्थ्यो, पार्टीहरू प्रतिबन्धित् थिए। बिश्वबिद्यालयमा मनपरितन्त्र चरम सिमामा थियो। तत्कालिन बिद्यार्थीहरू सामुहिक रुपमा प्रदर्शनमा उत्रे, नारा थियो, विश्वविद्यालय -- कसैको बफौती होइन । त्रि बि प्रशासनले न त उक्त नारा सुन्यो, न त उस्लाई सुन्ने अधिकारनै थियो । पछि गएर त्यहि आन्दोलनले ज्वालामुखिको रुपलियो र यौटा इतिहास बन्यो । ४५ साल र ६३ साल मा अन्तर छ, जसरि १७ र ६२ सालका डा तुल्सी गिरीमा छ ।

कुरो काठ्माण्डौ बिश्वबिद्यालयको हो, जहाँ आज नाताबाद, कृपाबाद, र आर्थिक अराजकताका बिरुद्ध स्वाभिमानी शिक्षक, कर्मचारी र यस्का अन्य शुभचिन्तक हरू संघर्षरत छन् । मैले यस बिश्वबिद्यालयमा प्रबेश गर्दा एकदिन यिनैहात्‌ले डा शर्माका बिरुद्ध यसरि लेख्‌नुपर्ला भनेर् कहिल्यै सोचेको पनि थिएन । उच्चशिक्षामा सार्वजनिक क्षेत्रको प्रबेशको पाहिलो उदाहरण थियो काठ्माण्डौ बिश्वबिद्यालय। लाजिम्पाटको रण बहादूर शाहको घर्‌मा केन्द्रिय कार्यालय र गहनापोखरी स्थित स्कूल अफ् साईन्स बाट शुरुआत भएको यस बिश्वबिद्यालयमा यति छिट्टै यहाँ, भाई, भतिजा, छोरा, छोरी, भान्जा, र अन्य नातेदारहरुको कृपाबश उपस्थिती हुनु काठ्माण्डौ बिश्वबिद्यालयको उदेश्य पक्कै थिएन।

यौटा बिश्वास, लगनशिलता र पारिश्रमको उदाहरण थियो, त्यसबेलाको काठ्माण्डौ बिश्वबिद्यालय, डा शर्माका आस्वासनले धेरै युबाहरुलाई आकर्षित् गरेकोथियो ।हाम्रो बिश्वास थियो उनीमाथि, यौटा परिवार थियो त्यस्बेलाको काठ्माण्डौ बिश्वबिद्यालय जस्का नायक थिए डा शर्मा । उन्लाई सम्मान र बिश्वास गर्नुपर्ने थुप्रै कारणहरू थिए । यौटा युबाहरुको जमात थियो उनीसंग। हामिलाई लागेको थियो उनी कृपा हैन कर्ममा बिश्वास गर्छन, निश्पक्ष ढङ्गले, बौद्धिक बिबेक प्रयोग गरि, क्षमताका आधारमा मुल्याङकन गर्ने कुरा सुन्दा हामिलाई उनको नेतृत्त्व प्रति गर्व हुनथ्यो । यति छिट्टै परिवारबाद हाबि होला भनेर, हामिले पटक्कै सोचेका थिएनौ । उनका पारिवारका सदश्यले यहाँ जागिरिनै नखाने भन्ने होइन, तर किन उनका भाई, भतिजा, छोरा, छोरी, भान्जा, र अन्य नातेदारहरु मात्रै योग्य हुन्छन यहाँ ? किन यिनीहरुमात्रै बिदा वा अन्य सुबिधाको लागि योग्य, अरु अयोग्य ? किन यिनिहरुका चाटुकारहरुमात्रै पदोन्नतिका लागि योग्य, अन्य अयोग्य ? कसैलाई कुनै प्रकृया नपुर्याई प्रोफेसर जस्तो मर्यादित पद पानि दिएका उदाहरण छन यहाँ, कसैलाई स्नात्तकोतर को उपाधिनै पदोन्नतिका लागि प्रशस्त छ, कसैले यसै कारणले जागिर गुमाएका छन। कसैलाई सेवाको एक-दुई बर्षमै अध्यन बिदा स्विकृत गरिएकोछ यहाँ, कसैलाई दश बर्षको लागातार सेवा पछि पनि छैन । स्नात्तकोतर को उपाधिबाटै पदोन्नति हुनेलाई हालै एउटा महत्वपुर्ण जिम्मेबारि दिइएको छ। के यि सबै संयोग नै हुन त ? कस्तो बिडम्बना हो यो, २१औ शताब्धिमा पानि पुर्पुरोमै लेखिनु पर्ने? हुनत पुर्पुरोमा लेखिएकोमा बिश्वास गर्ने नेपालीको शँख्या कम छैन, जस्ले गर्दानै, हामिहरु शोषित छौ। मोहन शमशेरले जननायक स्व बि पि कोईरालाकाई भनेका वाक्यहरु यहा उपयुक्त देख्छु। मोहन शमशेरले भनेका थिए, यस कुर्सिमा बस्नलाई पुर्पुरोमा लेखिएको हुनु पर्छ । पुर्पुरोमा लेखिएकाहरुलाई आज इतिहाँसले कहाँ पुर्‌याएकोछ, मैले भनिरहनु पर्दैन ।

प्रमुख दाता रण बाहादुर शाहको अहिले काठमाण्डौ बिश्वबिद्यालय सङ्ग कुनै संबन्ध छैन, स्थापनाकाल का स्वाभिमानि शिक्षकहरुमध्ये कसैलाई जागिर छाडन बाध्य पारियो, कसैले आफै छाडे किनकि त्यो लगनशिल र पारिश्रमि जमात अब एउटा पारिवारबादका लागि खतरा सिबाय केहि रहेन । आफ्नो मेहेनेत र पासिनामा राजाई गरेको देख्दा, यि पुर्पुरोवाला हरुलाई, आज भन्दा २० बर्ष अघि सडकमा घन्काएको उहि नारा सुनाउन मन लाग्छ, बिश्वबिद्यालय -- कसैको बफौती होइन ।

काठ्माण्डौ बिश्वबिद्यालयमा भएको नाताबाद, कृपाबाद, मनपारितन्त्र र आर्थिक अनियमितताहरुका बारेमा पत्र-पत्रिकाहरुले समय-समयमा ध्यानाकर्षण गरिइनै रहेका छन ।

२०४४-४५ सालको नेतृत्व बर्ग (एन पि साँउद, गोबिन्द बहादुर शाह, शंकर पोखरेल, घनश्याम भुषाल, योगेश भट्टराई आदि) आज, प्रमुख राजनितिक दलका नेतृत्वमा छन। हेर्नुस त तपाईहरुले सिकाएको नारा आज कति सार्थक छ, हाम्रा लागि ? हो, ४५ र ६३ सालमा फरक छ, त्यस बेला साथ दिएको थिए, आज साथ चाहिएको छ ।

3 comments:

Anonymous said...

Dr. Bhatta
I have also same feeling as you have written in your article. While reading your article i felt like i am reading my article not yours. I remember those days when we worked in KU as a team.Dr. Sharma was our leader and KU was like a family.I never imagined that days will come to speak against our leader who was so respectful and trust worthy. It is so difficult to accept that he is so dishonest. But this is the reality.
CP

Anonymous said...

Dear Dr. Ghanshyam Bhatt,
Once upon a time, I was on a vacation in Saralahi District when somebody asked me whether we all worked in Dr. Sharma's school. I had to explain many things to make that mystery clear to him. But now with the article written by you, the title itself shows that the university is definitely an asset of the country. Nepalese people have their full right to improve the system to make the institution open to all. Even though KUPA is trying its best, the responsibility goes to the government sector, too, and all the well-wishers are requested to provide their support to make KU a real public institution of the country.
Dip N. Mahato
SUNY, Albany, USA

Anonymous said...

Dear Blog Incharge,

Suresh Raj ke ho ra hoina bhanne sambandhama haamile dherai kura bujhi sakeka chhoun.

Ghanshyam sir ko article le tyo kura laai jhan clear gareko chha.

Yashai blog ma Suresh Raj ko sambandhama ke-ke comment haru aayo bhanera lekhnu bha rahechha, tyo comment haru yasto prakashan garna anurodh gardachuu.

P.P. Pandey