Saturday, January 06, 2007

बुद्धी आत्महत्या पछाडीका कारणहरु


काठमाडौँ विश्वविध्यालयमा आफ्ना साँगठानिक हक-अधिकारका लागी लडिरहेका यहाँका कर्मचारी र शिक्षकहरुलाई जुन मानसिक तनावमा सुरेश राज र उनका निर्देशनमा कार्यरत डिन भोला थापाले राखेका थिए, त्यसैको परिणति हो बुद्धी बहादुर विश्वकर्माको आत्महत्या भन्नेमा यो ब्लग विश्वस्त छ । स्व.बुद्धि बहादुर विश्वकर्मा आफ्नो जीवनको अन्तीम कालसम्मा पनि केयुका हाकीमहरुसँग लडेरै आफ्ना अधिकार हामीले पाउनु पर्छ भन्नेमा विश्वस्त रहेछन। यस्ता स्वाभिमानी, ढृद निश्चयी, र केयुका अतन्यन्त ईमान्दार कर्मचारी माथि सुरेश राज र उनका गुन्डा भोला थापाले के-कस्ता दुर्वयवहार, अमानवीय व्यवहार, र जातीवादी लान्छनाहरु लगाएका थिए, त्यसको केही प्रमाण हामीसँग छैन। तर, मृत्युवरण गरिसकेको मान्छेकै दोष देखाउने शाही प्रचलनको आडमा सुरेश राजले आफु र आफ्ना हत्यारा-गुन्डा भोला थापालाई कतिन्जेल बचाउने हो-त्यो हामी पनि हेर्नेछौँ। बुद्धी बहादुरका शोकसँतप्त जहानसँगको अडियो सँवादले भोला थापा र सुरेश राजका अन्य मतियारहरुले कार्यवाहीमा पार्ने, जागीरबाट निकाल्ने र बदनाम गर्ने धम्की बुद्धी बहादुर विश्वकर्मालाई दिएको कुरा स्पष्ट हुन्छ।

#####
सँवाद
#####
(पुरुष स्वर: खुमान सँिह तामाङ्ग, कान्तिपुर, काभ्रे सँवाददाता)
(महिला स्वर: मृतक बुद्धी बहादुर विश्वकर्माका जहान)

पुरुष: के-के भयो रे?

महिला: अफिसमा अब ग्वारकोमा.....ग्वार्कोमा रे अँ...भोलालाई भेटन जाने, रजिष्ट्रारलाई । स्टाफहरु सबै मिलेर थर्काउन जाने भनेर गका । कारवाहीमा पर्ने भयो भनेर अफिसबाट आएछन, कारवाहीमा पर्ने भयो भनेर, जागीरबाट निकाल्ने भयो - बदनाम गर्ने भयो भनेर, अब सरकारी जागिर खानका लागी तिमी अब फर्म बुझ्न जाउ काठमाडौँ भनेर मलाई हिजो पठाउनु भयो ।

पुरुष: ऊँ....

महिला:त्यो कमलपोखरी र उसमा...ताहाचलमा दुईतिर, टीचरमानी र त्यो लोकसेवा आयोगमानी । म आउँदा खेरी चाँही त्यस्तो भयो। मर्छु-यर्छु, यस्तो-उस्तो केही नभन्या । कहीले घर जाउ भन्नी, मलाई, त्यो शुक्रबार देखी यता कहिले घर जाउ भन्ने, तिमि काठमाडौँ गएर अाउ- होईन फोन गरे नी हुन्छ भन्दा, होईन काठमाडौँ जाउ तिमी,काठमाडौँ जाउ, बुझेरै आउ भन्ने। आउँदा खेरी यो, चार बजे आउँदा खेरी कोठामा त्यस्तो भईराख्या पो रहेछ।

(सँवाद सुन्नका लागी तलको लीँक थिच्नु होला)



8 comments:

Anonymous said...

I am speechless. My sympathies are with Buddhi and his family.

Ex-Faculty,KU

Anonymous said...

यो रेकर्ड सुने पछि के शँका गर्ने?
भोलाको धम्की र व्यवहारले गर्दा नै बुदधि दाइ बित्नु भएको हो।

नविन,
मेकानिकल

Anonymous said...

सुरेश राज त पक्का डाँका हो।
भोला कहिले देखी यस्तो भएछ?

चालिसे

Anonymous said...

केयुको शिक्षक र कर्मचारीहरुलाई जागीर बाट हटाउनु पर्छ भन्दै हिँडने लव काफ्लेको के प्रतीकृया छ? शाही सेनाको रछ्यानमा हुर्केर -बढेका लव काफ्लेहरुले मनड्ले र राजवादीहरुको वकालत गर्नु स्वाभाविक हो।

सुरेश राजले जागीर दिने आशमा आफ्ना शिक्षक र केयुका अन्य कर्मचारीलाई हटाउनु पर्छ भन्ने लव काफ्लेले अब त देख्यो होला-कर्मचारीका लागी जागिर बाट हटाउँछु भन्ने धम्की र डर कस्तो हुन्छ भन्ने।

लव काफ्लेहरुले केयुका सबैजना उ जस्तै अरुको जुठो खाने,नोकर बन्ने र दलाली गर्ने हुन्छन भनेर नसोचे राम्रो।

हाम्रा हक-अधिकारका लागी बुद्धिजीको बलिदानले हामीलाई तताईसकेको छ। सुरेश राजको प्रत्येक गुन्डागर्दीको जवाफ हामी उसकै भाषामा दिन सक्छौँ। हामी शालीनता र नैतिकताले बाँधिएर मात्र बसेका हौँ। यदी हाम्रा प्रत्येक साथिहरुलाई यसरी नै आत्महत्या गर्न बाध्य गराईन्छ भने सुरेश राज र उनका प्रत्येक मतियारका विरुद्ध हामी पनि कडा प्रतिरोधमा उत्रने छौँ।

मन्डलेहरु होशीयार!

Anonymous said...

Bhola is innocent.

Brijesh
Norway

Anonymous said...

Dear Suresh Raj and Bhola,
Now feel the music. Bhola's name is categorically mentioned. But, he is not registrar. It means there were a number of people who abused and humiliated Late Buddhi. One of them is Suresh Raj. So, the case is strong enough to proceed against Bhola and Suresh Raj on 2nd degree murder charge.

Face the music

Anonymous said...

बृजेशजी,
गाँजा खाएर त अवश्य पनि लेख्नु भएको होईन होला। तपाईको पिताजीको भ्रष्टाचारमा सहयोगी हनुमान भयो भन्दैमा सत्य-तथ्यलाई पनि बिर्सनु भएन।
एकचोटी फेरी दोहोर्याएर सुन्नु होला-भोलाको नाम स्पष्टरुपमा किटानीका साथ लिएको छ। यसको सीधा अर्थ भोलाले अत्यन्त तुच्छ, हेय र घिनलाग्दो ब्यवहार बुध्दीजीसँग गरेका हुन।

ब्लग ईन्चार्जजी यस्ता गँजडीहरुका कमेन्ट आउन दिनु भएन।

आनन्द

Anonymous said...

BINAS KAALE BIPARIT BUDHI. No doubt the time is apporaching for the END of present administrative team.
Thanks
Sanjay Kumar Karna