Monday, February 19, 2007

साधु सुरेश राज र शिवरात्रि

साधु बाबाहरुको धुनीसँगै महाशिवरात्रीको पर्व पनि सकियो । विगतमा राजाको तर्फबाट जोगीहरुलाई दिइदैं गरेको बागम्बर (बाघको छाला) र चिताम्बर (चितुवाको छाला) यसपटकदेखि जोगीहरुलाई नदिने भएर त होला हाम्रा केयुका साधु सुरेश राज शिवरात्रिका बेलामा पशुपति नगएका । पहिले नै उनि पशुपति जाँदैनन भन्ने थाहा थियो र अखबारका पानाहरुबाटै उनले आफ्नो उपस्थिति देखाउने हुन कि जस्तो पनि लागेको थियो। शिवरात्रिको पावन अवसरमा साधु सुरेश राजको कुनै नयाँ लेख पढन नपाएपछि भने अब उनले अरु कुनै समय आफ्नो साधुरुपलाई साकार पार्ने लेख लेख्लान कि भन्ने लागेको छ ।

हुनसक्छ शिवरात्रीकै अवसर पारेर आजदेखि नै हिन्दु अधिराज्यको माग राखेर राजधानीमा प्रदर्शन गर्ने तयारी विश्व हिन्दु महासंघले गरिरहेको कारणले पनि सुरेश राजले यस्तो ज्वलनशिल अवस्थामा आफ्नो "साधुत्व"को प्रचार हुने लेखहरु नलेखेका होलान । विश्व हिन्दु महासंघ हिन्दु सम्राटको रुपमा रहेका राजाको संरक्षण गर्न आवश्यक भएको भन्दै शिवरात्रीको भोलिपल्टदेखि अनिश्चित कालसम्म प्रदर्शन गर्ने योजनामा रहेका कारण पनि यस्तो बेलामा लेख छपाँउदा आफ्नो असली रुप जनताले देख्लान भन्ने आकलन सुरेश राजले गरेको हुन सक्छ । आफु प्रत्यक्ष रुपमा अगाडी नभएपनि आफ्नो हृदयले समर्थन गर्ने विश्व हिन्दु परिषदको मागलाई बौद्धिकरुपमै मलजल गर्नमा भने सुरेश राज सँधै लागिपरेका छन।तसर्थ, विश्व हिन्दु महासँघको सिंहदरबार, माइतीघर मण्डला र भद्रकालीमा धर्ना दिने कार्यक्रमहरुमा हामिले सुरेशराजलाई देख्न पाउने छैनौँ तर उनका जस्तै दरबार भक्ती र मन्डलेहरुपलाई पछ्याउने अन्य गैर-प्राज्ञिक साधुहरुलाई भने भेटन सक्छौँ।

जनआन्दोलन २०६३ पछि गत जेठमा राज्यलाई धर्म निरपेक्ष घोषणा गर्ने वित्तिकै विरगञ्जमा ठूलो र काठमाडौंमा साना प्रदर्शन भएका थिए । साधुहरु त्यति नदेखेका ती छुटपुट आन्दोलनमा अस्थिरता थप्न चाहने मन्डलेहरुको प्रशस्त सहभागीता रहेको थियो । तीनै प्रदर्शनी पश्चात त हो नी हाम्रा सुरेश राजले "साधु र शिक्षा" कान्तिपुरमा छपाएका । आफ्नो मन्डले-दरबारभक्तीपूर्ण रुपलाई लुकाउने साधुहरु महान हुन्छन भन्ने यीनका आशयलाई कुरालाई धेरै जसोले यीनले पनि आफुलाई साधु भन्न थालेछ भन्ने हिसाबले लख काटेका थिए । तर, आफुले लेखेको लेखमा प्रतिकृया आउँदा खेरी भने सुरेश राज अचम्भित हुन पुगेका थिए-कसरी मलाई नेपालीहरुले चिने भनेर। त्रि.वि.का प्राध्यापक सुरेन्द्र के.सी.ले प्रतिकृयामा आफुलाई नसीहत दिएपछि सुरेश राज कतिको रिसाएका रहेछन भन्ने कुरा हामीले अहिले भर्खर बुझ्न थालेका छौँ ।

त्रि.वि.मा उपकुलपति बनेर सुरेन्द्र के.सी.लाई कार्यवाही गर्न नसक्ने भएपछि सुरेश राजले उताको सट्टा यताकै सुरेन्द्र के.सी.लाई भने कार्यवाही गर्ने जमर्को गरेका छन । सुरेश राज जस्ता साधुको स्वायतत्ता, र प्राज्ञिक उत्कृष्टता सँबन्धि लेखलाई हेर्ने हो भने केयुका सुरेन्द्र के.सी.लाई यीनले साँगठानिक स्वायतत्ताको माग गरेकै आधारमा कार्यवाही गरेको हुनै सक्दैन । आफैले चाहेको स्वायततालाई अगाडी बढाएको आधारमा भन्दा पनि टीयुको सुरेन्द्र के.सी.लाई कार्यवाही गर्न नसकेको रिसको प्रहारमा केयुको सुरेन्द्र के.सी. परेका हुन सक्दछ । हुन त यीनलाई प्राज्ञिक क्षेत्र चिनाउने र कसरी राम्रो प्राध्यापक बन्नु पर्छ भनेर सिकाउने सबै काम सुरेन्द्र के.सी.हरुले नै गरेका हुन । तर, मन्डलेहरु साधु भएपछि खाएकै थालमा थुक्ने गर्दो रहेछन र आफुलाई ज्ञान-गुण दिनेहरु माथी नै प्रहार गर्न तम्सिने रहेछन भन्ने कुरा चाँही साधु सुरेश राजलाई हेर्दा मात्र हामी
थाहा पाउँछौँ । जहिले पनि भित्र-भित्रै कारवाही गर्दै हिँडने सुरेश राजले कहिले पनि खुला रुपमा आफ्नो गल्ती स्वीकार्ने आँट गरेका छैनन । हो, त्यसैले हामी भन्छौँ शिवरात्रीको अवसरमा ३० हजारभन्दा बढी भारतीय साधुसन्तहरू काठमाडौं भित्रयाउने तयारी विश्व हिन्दु महासंघले गर्दा पनि जाडो र लगातारको बन्दलाई बहाना बनाएर सुरेश राज जस्ता साधु सन्तहरु पशुपति नगएका हुन ।

त्यसो त नेपाललाई पुनः हिन्दु अधिराज्य कायम राख्ने उदेश्यमा सुरेश राजको कुनै स्वार्थ गाँसिएको देखिन्न । यस्तै स्वार्थ शाही पार्श्वर्ति भरत केशर सिंहले नेतृत्व गरिरहेको हिन्दु महासंघले गठन गरेको अतिथि सत्कार समिति, स्वयंसेवक समिति, यातायात व्यवस्था समिति तथा भण्डार व्यवस्था\ समिति र प्रचार प्रसार समितिमा बस्ने साधु हिन्दुवादीहरुको पनि कुनै स्वार्थ देखिन्न । न यी हिन्दु अतिवादीहरु सीधै मन्त्रि हुन्छन न त सुरेश राजले जस्तै कुनै प्राज्ञिक पद पडकाउन सफल हुन छन। तसर्थ, सुरेश राज लगायत अन्य विभिन्न हिन्दु साधुहरुले नेपाललाई पुन: हिन्दु अधिराज्य बनाउने प्रयासमा लाग्नुका पछाडी ज्ञानेन्द्रलाई मान्ने, पुज्ने र श्रद्धा गर्ने यीनिहरुका दास मनोग्रन्थीको उत्प्रेरणा मात्र हो । जसका कारण सुरेश राज अहिले नयाँ-नयाँ लेख लेख्दै छन भने अन्य मनड्ले साधुहरु भने गाईको हत्या गर्ने, मन्दिर भत्काउने, मूर्तिहरू तोडफाड गर्ने, जनै-टुप्पी काट्ने काम नेपालमा भइरहेका भन्ने दुष्प्रचार गर्दै नेपाललाई हिन्दु अधिराज्य बनाउनु पर्ने र राजाको आवश्यकता रहेको पुष्टी गर्ने अभियानमा लागेका छन। वास्तवमा भन्ने हो भने अहिलेको नेपालमा धार्मीक रुपमा जबरजस्ति गरेको समाचार माओवादी युद्धकै क्रममा एक दुईवटा मात्र सुन्न पाए पनि त्यस यता पाएको छैन ।

गिरिजा देखि लिएर अन्य विभिन्न मन्त्रिहरु लोकतन्त्रमा प्रतिगमनकारीले खतरा पुर्याउँदै छन् भन्छन पनि । र को को हुन यस्ता तत्वहरु भन्दा हिन्दु अतिवादीहरु हुन पनि भन्छन । तर दरबारका दास मन्डले साधु सुरेश राजलाई भने अझै का.वि.मा
उपकूलपति पदमै राखिरहेका छन । सुरेश राज जस्ता दलाल मन्डलेहरुलाई सिधै कार्यवाही नगरेर हिन्दु अतिवादिका नाममा प्रदर्शन नहोस भनेर आफूहरु सचेत रहेको कुरा गर्नेहरुलाई सुरेश राजहरुका नयाँ-नयाँ मनड्ले लेखहरुले आक्रमण गर्ने निश्चित छ । बौद्धिक आक्रमणलाई तिखार्न स्वघोषित साधु अहिले शिवरात्रीमा पनि पशुपति गएका छैनन न त यीनले विश्व हिन्दु परिषदका कुनै कार्यक्रममा शारिरीकरुपमा सहभागीता देखाएका छन । यी अनुपस्थितिहरुले मात्र सुरेश राज मन्डले होईनन र जनआन्दोलन पछि पहिलोपटक आफुलाई सगर्व साधु घोषणा गर्ने जमर्को गर्ने सुरेश राजले आगामि दिनमा आफ्नो मन्डले रुप नदेखाउला भन्ने प्रत्याभूति चाँहि दिनेवाला छैनन । तसर्थ, नेपाल सरकारले शिवरात्रीमा पशुपति नजाने सुरेश राज जस्ता साधुहरुका सँबन्धमा पनि सामयिक निर्णय गर्नु अत्यावश्यक छ ।

No comments: