Wednesday, February 21, 2007

अशोभनीय दमन

केयुमा साँगठानिक हक-अधिकारका लागी आवाज उठाउनेहरु माथि भएको दमनचक्र चिन्ताजनक घटनाक्रम हो । लोकतान्त्रिक नयाँ नेपालको जग बसाउने बेलामा केयु जस्ता प्राज्ञिक थलोमा दमन हुनु शोभनीय संस्कृति होइन, बरु यसको सट्टा संवाद र सहमतिको संस्कृति आवश्यक छ । सम्पूर्ण अधिकार कब्जाएर सर्वसाधारण नेपालीहरुले आफ्ना अधिकार माग्दा भएको सुरेश राजहरुका दमन, गुन्डाग्रदी र "बदनाम गर्छु" भन्ने धम्कीले एउटैमात्र सन्देश दिएको छ- उछृङ्खलता र अराजकता । केयुमा नातावाद र भर्ष्टाचार गर्दै चलेको तानाशाही व्वयस्था बहुलाएको संकेत पनि हो यो ।

केयुमा सुरेश राजको अराजक गतिविधि बढ्न थालेका छन् । धुलिखेलका गुँडाहरुलाई साथमा लिएर जसले जसलाई प्रहार गरेपनि हुने भएको छ । समकालीन प्राध्यापकहरु देखि टेक्निशियनहरु समेत अहिले केयुमा सुरक्षित छैनन । आफ्ना साँगठानिक र प्राज्ञिक माग पूरा गराउने क्रममा शान्तीपूर्ण रुपमा धर्नामा बसेका कर्मचारीहरु/प्राध्यापकहरु विरुद्ध गुन्डा परिचालन, धाक धम्की देखी लिएर जागिरबाटै निष्काशन गर्ने प्रवृत्तिको विकास अहिले केयुमा चुलिएको छ । सुरेश राजको गुन्डागर्दी, धाक-धम्की र आत्महत्या गर्न विवश पार्ने निकृष्ट कृयाकलापका विरुद्ध कानुनसम्मत कारबाही गर्न नसक्दा उन्मुक्ति पाएको मदमा अहिले सुरेश राज र तिनका गुटका सदस्यहरु बस्न थालेका छन् ।


महिनौँ शान्तीपूर्ण आन्दोलनमा रहेका केयुका कर्मचारी/प्राध्यापकहरूलाई बाधा पुर्याएर, दमन गरेर सुरेश राज एक्लैको परिवारवादले केयुको शोषण गर्दा स्वाभाविकरूपमा आक्रोश बढ्छ । सुरेश राज र उनका परिवारले केयुको भयँकर दोहन/शोषण गरिरहेका भए पनि आफ्ना कामबाट सर्वसाधारणका छोराछोरीलाई मर्का पर्ला कि भन्ने पनि सोच्नु पर्ने थियो । तर, प्राज्ञिक मर्यादाका लागी सँवाद, छलफल, वहस र अन्तर्कृयाका सबै ढोकाहरु खुल्ला राख्नु पर्ने ठाँउमा सुरेश राजहरुले अहिले केयुमा एउटै मात्र ढोका खोलेका छन र त्यो हो दमनको ढोका ।


त्यस्तै सुरेश राजले आफ्ना गल्ती के हो वा होईन भन्ने सँबन्धमा पनि कुरा स्पष्ट पार्नसकिन थियो । बुध्दी वहादुर आत्महत्याको घटनामा पनि सुरेश राजहरुले स्पष्टिकरण दिनु पर्ने थियो । सुरेशराजलाई यस सँबन्धमा स्पष्टीकरण लिने व्यवस्था मिलाउन केयु सिनेटले पहल गर्नेछ भन्ने हामीले आशा राखेका छौँ । र आवश्यक परेमा सिनेटले केयुमा चलेको अशोभनिय दमनलाई आधार बनाउँदै सुरेशराजको बर्खास्तगीको निर्णय समेत गर्नु पर्दछ । सुरेश राजका सहयोगीहरूले सिनेटलाई पनि पँगु नबनाउला भन्ने छैन र यस्ता चाटुकारीता गर्ने सदस्यहरुलाई निकालेर भएपनि सिनेटले सुरेश राज विरुद्ध कार्यवाहीको निर्णय गर्न सक्ने प्रवृत्तिको विकास गर्नु अत्यन्त जरुरी छ ।


नेपालमा लोकतान्त्रिक सँक्रमणकाल शुरु हुने र केयु आन्दोलन हुने काम एकसाथ भयो । सँकर्मणकालीन अवस्थामा आन्दोलन शुरु गर्दा अन्य केही वैकल्पिक व्यवस्था पनि गर्नुपर्ने थियो । हजारौं अभिभावक र विध्यार्थीहरु सहभागी भएको यस आन्दोलनमा लोकतान्तृक नेपाल सरकारले आफ्नो लोकतान्तृक चरित्र प्रदर्शन नगर्दा स्थिति निकै भयावह हुन सक्ने अवस्था थियो । यस्तो बेला प्राज्ञिक मर्यादाका पर्यायवाची प्राध्यापकहरु तथा कर्मचारीहरुका शालीनताकै कारण आन्दोलन सँयमित बनेको हो । केयु आन्दोलनका भुक्तभोगीहरू हामी धेरैले यसपटकको केयु आन्दोलनमा गाँजा,भाङ र लागूऔषध प्रयोग गर्ने गुन्डाहरुलाई सुरेश राजहरुले केयुमा खतरनाक तवरले परिचालन गरेको पनि नपाएका होईनौँ । यस्ता कृयाकलाप गर्दै सुरेश राजले हाम्रा शालीनतालाई जिस्क्याउने कामसमेत गरेका थिए ।

यद्यपि कसैमाथि पनि दमन वा आक्रमण लोकतन्त्रसम्मत व्यवहार हुन सक्दैन । लोकतन्त्र भनेको अराजकता र अशान्ति होइन । प्राज्ञिक स्थलमा यस्ता उछृङ्खल गतिविधि रोक्न नेपाल सरकार सशक्त हुनर्ुपर्छ । जसले जे गरे पनि हुने प्रवृत्ति निरुत्साहित भएन भने दण्डहीनता चरम रूपमा बढ्नेछ । केयुमा प्राज्ञिकताको स्थानमा नातावाद राख्ने नराख्ने जिम्मा अब केयुकै शिक्षक, कर्मचारी र विध्यार्थीहरुका हातमा आइसकेको छ । त्यसलाई संस्थागत र वैधानिक रूप दिने दायित्व यहाँभित्रकै सँस्थाहरुको हो । केयुमा अमित वर्मा, सुरेन्द्र के.सी. देखी लिएर बुद्धि वहादुर विश्वकर्मा माथि भएको आक्रमण प्राज्ञिकताको सुन्दर पक्ष समाप्त गर्ने मन्डले प्रवृत्ति हो । केयुमा ज्यानको सुरक्षा र प्राज्ञिक सुव्यवस्था पहिलो र्सत हो भन्ने प्रमाणित गर्न नेपाल सरकार अहिलेसम्म जागरुक हुन सकेको छैन । केयुका घटनाहरुले यस्तो अराजकता फेरिपनि दोहोरिन नदिनेतर्फ नेपाल सरकारलाई चुस्त र प्रभावकारी बनाउने पाठ दिएको छ ।

No comments: