नातावादी सञ्जाल
उपकुलपतित्व सहित एउटै सँस्थामा एउटै परिवारका सदस्यहरु केयुमा कार्यरतरहेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ । मुलुकको अस्थिर राजनीतिक परिस्थितिको मौका छोपेर सुरेश राज र सीतारामहरुले आफ्ना सन्तानहरुलाई अवैध रुपमा तर सुचारुपूर्ण तवरले केयुमा स्थापना गर्न खोजिरहेको स्पष्ट संकेत हो यो। अब मुलुककै राम्रो सँस्थामा गनिन चाहने केयुमा यस्ता कृयाकलाप हुनु राम्रा कुरा होईनन। केही व्यक्तिहरूले पारिवारिक सदस्य भएकै नाताले अनेकौँ सुविधा पाउने संयन्त्रलाई केयुमा सुरेश राजको नातावादी सञ्जालले स्थापना गरेको हो । निश्चित रूपमा यी निकृष्ट कार्यहरु शैक्षिक सँस्थाको लागी शोभनीय कुरा होइन, तर पनि सुरेश राजहरुले आफ्ना नातेदारहरु र आफ्ना सन्तानहरुका भविष्य उज्वल बनाउन यस्तो नातावादी बाटो प्रयोग गरेका हुन् । युरोप तथा अमेरिकी मुलुकमा यस्ता नातावाद लादनेहरुलाई शंकास्पद रूपले हेर्नेमात्र नभई प्राज्ञिक थलोबाटै लखेटने गरेको पाइन्छ । तर नेपालमा नातावादीहरुका अनेकौँ जालझेलका कारण नातावादीहरुकै दमन बढ्दो छ । ती नातावादीहरूले केयुमा आफ्ना नातेदारहरु भित्र्याएर प्राज्ञिकतालाई पूर्ण रुपमा धराशयी बनाउने नीति अख्तियार गरिसकेको छ । जसले गर्दा केयुको नेपालभरी नै बदनामी हुने निश्चित छ । यस्तै, नेपाल सरकारले पनि यस्ता नातावादीहरुका अवाञ्छित क्रियाकलाप रोक्नका निम्ति कुनै प्रयत्न गरेको पाइँदैन ।
यतिका वर्षसम्म (१५ वर्ष) प्रयोग गरी स्थापना भएको नातावादी सन्जालले गर्दा केयुको भविष्यमाथि नै अहिले प्रश्न उठेको छ । यसले नेपालमा भर्खर वामेसर्नलागेका सँस्थाहरुमा नातावादी सञ्जालको गतिविधिमा बढोत्तरी आएको आभास समेत दिएको छ । नातावादिहरुले सधैं कमजोर सिनेट र अस्पष्ट प्रधानमन्त्रीको फाइदा उठाउँदै आफ्नो सञ्जाल फैलाउने कोसिस गर्छन् । संक्रमणकालीन राजनीतिक स्थिति तिनका निम्ति अरू लाभदायी समय बन्ने गरेको छ । गत छ महिना देखि नातावादका विरुद्ध केयुमा आन्दोलन पनि हुन थालेको छ । तर, आन्दोनलनमा पनि नातावादीहरुले आफ्नो घुसपैठ गराउनु कुनै अनौठो होइन । यसै वर्ष अमित वर्मा देखि सुरेन्द्र के.सी.सम्मको निष्काशन हुनु र बुद्धि वहादुर विश्वकर्मा शहिद हुनुमा कतै घुसपैठको भुमिका त छैन?-सोचनीय छ यो कुरा ।
कतै हाम्रै लापरबाहीका कारण नातावादीहरुका राजगराई सहज बनिरहेको त छैन ?
निष्काशन भएका वा शहिद भएकाहरु त गईसके के हामीहरु अब पनि उहाँहरुका भावनाको सम्मान नगरिकन यीनै नातावादीहरुका दास भएर बस्ने त?
के यो हाम्रो आत्मसम्मानले दिन्छ र?
यिनै प्रश्नका उत्तरहरुले नै निश्चित गर्नेछ कतिको परिपक्वता छ हामीमा भनेर ।
प्रायःजसो हामी शिक्षक कर्मचारीहरु राजनैतिक कार्यकर्ता हौईनौँ । नतः हामीहरु उपकुलपतित्व वा रजिष्ट्रार पदका दावेदार नै हौँ । हामीहरूबाट केयुको उत्कृष्टताको लागी उठाएका आवाजहरु कहिले पनि पद प्राप्तीका लागी होईनन । हाम्रा कुनै निहित स्वार्थ नदेख्दा केयुको नातावादी सञ्जालका व्यक्तिहरु मर्माहन्त भएका पनि छन र त्यसैले घरेलु नातावादी मामिलामा सँलग्न धेरैले पनि हामीहरुलाई उनिहरु जस्तै पदलोलुप र पिपासुका रुपमा चित्रण गरेको हुन सक्दछ । हाम्रा विरुद्ध विषवमन गर्दै हिँडने यस्ता छाडा नातावादीहरुलाई स्पष्ट र उपयुक्त जवाफ तर्जुमा गरी उनीहरुलाई नै दिनु हाम्रो दायित्व हो । केयुमा विकसित घटनाक्रमको फाईदा उठाँउदै आफ्नो स्वार्थ पुरा गर्न खोज्ने यस्ता तत्वहरुका विरुद्ध पनि अब आन्दोलनलाई क्रियाशील बनाइनुपर्छ । प्राज्ञिक मर्यादा र गतिशिलताका लागी विध्यार्थी, कर्मचारी र प्राध्यापकहरुका हक-हीतलाई नै सर्वोपरी राखि हामी नातावादी सन्जालको हरेक पक्षसँग चनाखो हुनु पर्दछ।
नातावादका नाममा सुरेश राज र सीतारामका सन्तानहरु र नातेदारहरुले मात्र फाईदा उठाएका छैनन । अगाडी अगाडी सुरेश राजहरुका पाउ मोल्ने र पछाडी मात्र धारे हात लाउनेहरुले पनि केयुको नातावादी सँजालको व्यापक दुरुपयोग गरेका छन। केयुका हामी सबैले यस्ता शंकास्पद व्यक्तिहरुका आन्दोलनमा प्रवेश र समर्थनमा समेत सतर्कता अपनाउनैपर्छ । हाम्रो सकृयताको पहिलो कर्तव्य तिनको पहिचान, सुरेशराजहरुसँगका साँठगाँठका बाटाहरुलाई स्पष्ट रुपमा खोल्ने हो । यसका लागि चुस्त र दुरुस्त संयन्त्रको आवश्यकता पर्छ । राजनीतिक संक्रमणकालको तरल स्थितिमा नातावादीहरु पनि आफ्नो सञ्जाल बोकेर बसेका छन। यस्ता नातावादीहरुलाईलाई समयमै निरुत्साही गर्न सकिएन र तिनको संयन्त्रलाई ध्वस्त पार्न सकिएन भने केयुको प्राज्ञिकताको अन्त्य हुनु स्वाभाविक हुनेछ। त्यसैले नातावादीहरुको यहाँ बनिसकेको सञ्जाललाई कमजोर गर्न र केयुबाट नातावादलाई हटाउन प्रभावकारी पहलका लागि ढिला गर्नुहुन्न ।

No comments:
Post a Comment