भलिबल, घन्टी र सुरेशराज
'सर दर्शन!'
'ओहो! गुरुजी। तपाँई त सबैरै आउनु भो नी!'
केयुमा दलितको मृत्यु पछि सुरेश राजको मुखारबिन्द पनि त्यति उज्यालो देखिन्न । चिटिक्के देखिने सिल्भर हेयर पनि खज्मजिएको अवस्थामा थियो ।आफ्ना चाटुकारलाई देख्दा खुशीहुने मुस्कान पनि आज गायब थियो।
'के भयो सर' मैले सोधे ।
उनले केही नभनेर मुखभरिको घुटुक्क थुक निले ।
'आज बिहान-बिहानै दुखी देखिरहनु भएको छ नी सर, के हो?'
'होइन, खास केही छैन' सुरेशराजजीको बोलीमा पनि सहजता थिएन ।
'अनि के त शर्मा सर?'
"केही होइन ।"
म पनि उहाँ बसेको सोफाको छेउमा बसेँ । अलिक शसँकित भएर । उनले तेर्सा आँखाले मलाई हेरे । सायद केही बोल्न खोजेका थिए, तर बोलेनन ।
मैले भने 'सर केही त जरुर भएको छ?'
तैपनि सुरेश राज मौन नै रहे ।
'होइन, सर कुरो के हो?'
'यो त बेसी नै भयो?' उनले का.वि.को लाईब्रेरी भवन वनाउँदा ठेकेदारको कृपाले निर्मित आफ्नो धुलिखेलको घरको बैठक कोठाको सिलिँगमा हेरेर भने । उहाँको घरको केही नजिक घुलिखेल कारागार छ । त्यहाँ विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीहरु सुध्रिने क्रममा छन आफ्नो अपराधको प्रायश्चित गर्दै । यि कैदीहरु आफ्ना कठीन क्षण बिताउन खेलकुदमा पनि सँलग्न हुने गर्छन। यिनिहर भलिबल खेलिरहेको सुरेश राजले प्राडो चढदै केयु जाँदा पक्कै देखेको हुनुपर्छ । दलितको मृत्यु पछि नै यिनि विक्षिप्त भएको र विभिन्न बैठकहरुमा एक्कासी "भलिबल" भन्दै चिच्याउने गरेको कारण मैले मनोगत रुपमा केही अनुमान लगाएको थिएँ।
अनि सुरेश राजको सिल्भर हेयरमा हेर्दै भने,"के आज पनि सपनामा भलिबल देख्नु भो सर?'
सुरेशराजले आफ्नो खुर्सानीजस्तो रातो नाक नराम्ररी खुम्च्याए ।
मेरो दुवै आँखामा प्रश्न बाँकी नै थियो ।
'यो ठीक भएन।'
'के ठीक भएन सर?'
'पूरै दिमाग नै बिगारिदिएको छ ।' उनको नाकको पोराबाट क्रोधको फुत्कार निस्क्यो । केयुमा आन्दोलन हुन सुरु भएको धेरै भएको छैन। सात-आठ महिनाजति भएको होला। तर निकै प्रसिद्ध भइसकेको छ । आन्दोलनमा सुरेश राजले गुन्डाग्रदी गर्ने, अख्तियारका अभियुक्तहरुलाई प्रयोग गर्ने, दुर्दान्त गुन्डाहरुको प्रयोग गर्ने कामले नै यसको प्रशिद्धि बढेको हो । यसै क्रममा सुरेशराजले ठाँउ-कुठाँउ आफ्ना शिक्षक/कर्मचारीहरु मात्र होईन उहाँहरुका व्यक्तिगत जीवन, बैवाहिक जीवन, पारीवारिक जीवन, सामाजीक जीवन र आदरणीय पारिवारिक सदस्यहरुलाई पनि तथानाम भन्ने गरेका थिए । आफ्नै व्यक्तिगत आचरण सँदिग्ध भएका सुरेश राजले अरुलाई दुर्जन देख्नु स्वाभाविक थियो र छ। तर, खराव के भईदियो भने यीनका रणनिति र कार्यनितिलाई यीनका हनुमानहरुले पनि अन्धाधुन्ध नक्कल गर्न थाले र त्यसको क्रुर प्रयोग गर्न थाले। दलितका छोरालाई जथाभावी गाली गर्दै अमानवीय तवरले मर्न बाध्य बनाउने यीनका हनुमानले यिनकै आदेशलाई पालना गरेका हुन भन्ने यीनलाई राम्रोसँग थाहा छ । त्यसैले कुनै दिन दृश्यावलोकन गर्ने क्रममा धुलिखेल जेलको भलिवलको खेलमा आफ्नै मुहार यिनले देखेको अनुमान मैले लगाएँ।
उनका असली पीडा बुझेर मैले भने " सर! जेल परिन्छ भनेर चिन्ता नगर्नुस'
'फाइदा छैन बाबु'
'किन सर?'
'सबैलाई थाहा छ, बुद्धि हाम्रै दमनका कारणले बितेको हो भन्ने ।'
'कस्ले भन्यो यस्तो वाहियात कुरा सर?'
मेरो "वाहियात" शब्द चुनेर सुरेश राजको आँखा चम्किन थाल्यो तर एकैछिनमा पुन: पुरानै बादलले मुहार ढाकिन पुग्यो।
क्रमश:

No comments:
Post a Comment