भलिबल, घन्टी र सुरेशराज (अन्तिम भाग)
मेरो बोली कुनै काम लागेन । कुरो गडबड भइसकेको रहेछ । सुरेश राज केही सोचिरहेका थिए ।
मैले पनि केहीबेर सोचेर भने", 'त्यसो भए, सर उपकुलपतिबाट हटनुस न!'
'तिमी कुन दुनियाँमा छौ गोरू?'
सुरेशराजले आफ्नो आक्रोशको प्रकोपमा आरामले मलाई गुरुबाट गोरु बनाउनु भो ।
'किन सर?'
'उपकूलपति खाएको मैले १५ वर्षन्दा बढी भइसकेको छ, अब नमरुन्जेल खाईन्छ र कुनै हालतमा छोडिन्न । बुझ्यौ तिमिले?' उनले गम्भीरतापूर्ण आक्रोश प्रकट गर्दै भने,
'तिमीलाई मेरो चिन्ताको बारेमा केही थाहा छैन?'
मैले लज्जित भएको अनुहार तत्कालै बनाएँ ।
धुलिखेल जेलमा विहानको चमेनाको समय भइसकेको थियो । घन्टीको आवाज आउन थाल्यो । सुरेश राजका भविष्यका मित्रहुर मेसमा जान कुदाकुद गरिरहेको हुनुपर्छ । अचेल जेलमा पनि बजेटको अभावले जो पहिला पुग्यो उसैले मात्र खानेकुरा पाउने हुन थालेको छ रे । घन्टीको आवाजले सुरेशराज रातो-पिरो भइसकेका थिए ।
घन्टीको आवाज रोकिएपछि मैले भने , 'सरलाई, धुलिखेल जेलको घन्टीको आवाजले पनि तर्साउँछ र? '
उनले आँखीभौं टेढो पारेर मलाई हेरे ।
'किन सर, मैले बिराएँ र?'
'के गर्ने अब?' उनले लामो सास तान्दै भने , 'जेलरलाई पनि घन्टी सिस्टम हटाउनु पर्यो भनेर पहिले नै भनेको थिएँ। तर मानेन।'
'किन सर?'
'जमाना बहुत खराब छ गुरु।'
'विना कुनै कारण सरको भनाई नमान्ने कारण त छैन नी। ' मैले अचम्म मानेर सोधे "हजुरजस्ताका भनाईलाई धुलिखेलमा नमान्ने कोही होला र सर?"
' बढो ईमान्दार भनाँउदो मान्छे जेलर भएको छ ।' उनले एक्कासी उम्लिएर आएको घृणाले अनुहार बिगारे ।
'सब चोट्टा हुन्...।' उनी बर्बराउन थालेका थिए, 'मलाई बर्बाद गरेर छाड्नेछन्...।'
'होईन सर? किन यस्तो रिसाउनु भएको?' मैले साहसपूर्वक सोधेँ 'के भन्छ र यो जेलर?'
'मुकुन्दलाई भन्न पठाएको थिएँ' उनले विस्तारै भने, 'तर जेलरले मानेन छ'
'आज घन्टी नबजा भन्ला, भोली भलिबल नखेलाउनुस भन्ला, हामी मान्न सक्दैनौँ भनेछ जेलरले' विस्तार लाउन थाले उनी अहिले।
'मेरो अनुरोध नमाने त कुरै खलास नी, किन घन्टी र भलिबलको कुरासँगै ल्याएको त्यसले?' सुस्केरा हाल्दै छन सुरेश राज अहिले।
मलाई जरुरी काम भएकोले सुरेशराजसँग प्रेमपूर्वक बिदावारी भई अगाडि बढे । बुडोलमा मेरो आज काम थियो । सुरेश राज निवासबाट फर्कँदा धुलिखेल जेलको अगाडीबाटै आएँ। सुरेश राजको मनोदशालाई केलाउन थालेँ । धुलिखेल जेलको चौरमा मानिस जम्मा थिए । म जेलको बारनजिक गएँ । सुरेश राज जेलका कैदीहरु सँग कुरा गर्दै थिए। मलाई आर्श्चर्य लाग्यो । एकछिनपछि समूहबाट निस्केर सुरेश राज जेल भित्र गए र हातले इसारा गरेर जोड-जोडले कराउन थाले- यो साथी हो...आज भलिबल नखेल्ने...गिरिजाजी र माधवजी आउँदै हुनुहुन्छ रे मलाई अभिनन्दन गर्न...अभिनन्दन छ मेरो...। जेलको हातामा कर्मठ नेपाली हातले निर्मित एउटा ठूलो घन्टा थियो । घन्टीको आवाजले मेरो तन्द्रा खलबलियो र मैले आफैलाई धुलिखेल जेल सामुन्नेको बाँझो खेत पो हेरिरहेको पाएँ। त्यो अग्लो जेलमा बाहिरबाट कस्ले के चियाउन सक्नु र कसलाई देख्नु । तर, मेरो मनमा चाँहि केही खटकिएको छ, यदि अनुसन्धान हुने हो भने सुरेश राज र उनका हनुमान धुलिखेलमै आजीवन भलिबल र घन्टीको दोहोरीमा मजाले रम्न सक्ने मेरो निर्क्योल छ।

1 comment:
होइन, के सुरेस राजले साँच्चिकै धम्का हो त?
यो त सुहाउने कुरा होइन सुरेश राजलाई।
Post a Comment