Thursday, September 06, 2007

दमन, पिडा र अवसान


निर्माताको पगरी गुथ्न, असल व्यवस्थापकको महिमाको प्रचार गर्न र राम्रो मान्छेको रुपमा परिचय दिन अभ्यस्त सुरेश राज शर्माको हालसम्मको गतिविधिले यिनका असल परिचय दिईसकेको छ। काठमाडौँ विश्वविध्यालयमा भएको प्राज्ञिक आन्दोलन प्राज्ञिकताका लागि भएको आन्दोलन थियो, स्वतन्त्रताको लागि भएको आन्दोलन थियो र असल विश्वविध्यालय बनाउ भनेर भएको आन्दोलन थियो। प्राज्ञिकतालाई आफ्नो हुकुमले तौलँदै आएकाहरुले भेउ पाएका थिए; वास्तविक प्राज्ञिकता बहाली हुने हो भने मेरो बिउ सम्म रहन्न भनेर । प्राध्यापक र विध्यार्थिलाई अत्यावश्यक स्वतन्त्रता दिने हो भने मेरो गाथा गाउन बन्द हुन्छ भनेर यिनले सोचेका छन। र नातावादको अन्त्य भएर काठमाडौँ विश्वविध्यालय एउटा असल विश्वविध्यालय बन्ने हो भने मेरा नातेदारहरुको खानेबाटो बन्द हुन्छ भन्ने यिनलाई स्पष्ट थाहा छ। काठमाडौँ विश्वविध्यालयको प्रशासन यन्त्रमा गोमनले जस्तै फना उठाएर कब्जा राखेका सुरेश राज खतरनाक मात्र होईन अत्यन्त धूर्त पनि सावित हुन पुगेका छन। नारा र जुलुसले केयु प्रशासन हल्लिन थाले पछि सुरेश राजले नातावादी सँयन्त्रको मात्र प्रयोग गरेन, हिन्दी सिनेमाका खलपात्रकै शैलीमा अनेकौँ तिकडम पनि अपनाए।

कहिले आफ्ना नजिकका मित्रमन्डली सँग मन्त्रणा गरे भने कहिले स्थानिय गुन्डाहरु सँग। आन्दोलनको तेजोवध गर्न समाचार पत्रहरुमा काठमाडौँ विश्वविध्यालयकै पैसामा विज्ञापन मात्र छपाएका छैनन यिनले। आफु र आफ्ना मित्र मन्डलीलाई समेत अन्तर्वार्ता दिन लगाएका छन। यसले के देखाउँछ भने सुरेश राज भौतिक दमनका पक्षमा मात्र थिएनन, मानसिक रुपमा आन्दोलनलाई दबाउन पनि लागेका थिए। आज हो कि भोली हुने यो जूनीमा कुनै उप-कूलपतिले एउटा जाबो पदका लागी किन यतिका विघ्न र नाना-भाँतिका काम गर्छन। नेपालका सबै बुद्धिजिविहरु अहिले सोच्दैछन। सुरेश राजको विषय अहिले शिक्षासँग सँबद्ध धेरैका लागि चर्चा योग्य विषय हुन गएको छ। सुरेश राजको विषयमा केही उल्लेख नगरी नेपालका प्राध्यापकहरुका बिचमा केही कुरा टुँगिन्न। सुरेश राजले चालेका प्रत्येक चालले नै हो यिनी यति विघ्न अहिले गन्हाएका। यिनी बाहेक अरु कोही छैनन जस्ले सुरेश राजलाई नँग्याएको छ।

सुरेश राजको दमनले काठमाडौँ विश्वविध्यालयको प्राज्ञिकता मात्र खतम भएको छैन। यहाँ अर्को पिडा थोपरिएको छ। जति पिडा काठमाडौँ विश्वविध्यालयका प्राध्यापक र कर्मचारीहरुले भोगेका छन, त्यतिनै पिडा नेपाल सुध्रोस भन्ने चाहने सामान्य नेपालीले पनि भोगेका छन। काठमाडौँ विश्वविध्यालयका शिक्षक र कर्मचारीहरुलाई अहिले एउटा खुँखार गुन्डाको उपकूलपतित्वमा काम गर्नु पर्ने पिडा छ। पिडा छ सबैलाई यहाँ दलालीमा रम्दै एउटा गरिब निमुखा दलितका छोरालाई बलिवेदीमा चढन बाध्य गर्ने रक्तपिपासुहरुको सँगत गर्नु पर्ने बाध्यताले दिएको। र पिडा छ सबैलाई अझै सुरेश राजको चाकडी र दलालीमा रम्दै ठूलो पद हासिल गर्ने सपना र जाल बुन्नेहरुको चाल देखेर। अग्रपँक्तिमा रहेकाहरुले धेरै पिडामात्र बोक्दैनन। शहादत पनि हासिल गर्छन। काठमाडौँ विश्वविध्यालयमा समानताको लागी स्व. बु्द्धि बहादुर विश्वकर्माजीले दिनु भएको बलिदानको सम्झनाले झन घाउलाई बल्झाउन पुग्छ।

मानव जीवनको अवशान अवश्यँभावि छ। कोही अजर छैनन र कोही अमर छैनन। तर, अवसान त्यो बेलामा प्रशँसा लायक हुन्छ जुन वेला त्यो अरुका हक-अधिकारका लागी दिएको बलिदान हुन्छ। विश्वका प्रत्येक देशमा शहीदहरुलाई पुज्नुको कारण यहि हो। किनभने उनिहरुले अरुका भविष्यका लागी आफ्नो जीवननै त्यागिदिए। सुरेश राज जस्ता मान्छेले यो कुरा पढेको हुनु पर्छ। उनले पढेका पनि हुनु पर्छ मान्छेले सम्झने भनेको राम्रो कर्म मात्र हो। नेपालीले सम्झने भनेको नेपालीका लागी निर्माण हुने समावेशी स्वरुपको खाका कोर्नेहरुलाई मात्र हो। जस्ले आफ्नै नातेदारहरुका लागी मात्र कुनै सँस्था बनाएको हुन्छ, तिनले नेपालीहरु के चाहन्छन भन्ने विर्सन मिल्दैन । पत्रिकामा हुने प्रशँसा र चाटुकारहरुको दलाली भन्दा महत्वपूर्ण छ-नेपालीको सामान्य सोच। नेपालीको सोचले स्पष्ट भन्छ को फटाहा हो र को सज्जन। केही समयका लागी ओझेलमा पार्न सकिएला तर यो सोचको विजयलाई भने कसैले रोक्न सक्ने छैनन। सुरेश राज, जो आफै एकदिन लास हुनेछ, तिनले अहिलेको साठी पार वृद्ध अवस्थामा यो कुरा बुझ्नु आवश्यक छ। दमन र पिडाको भार बोकेर अवसानको बाटोमा लम्केका सुरेश राजले सहज मृत्युका लागी पनि आफ्नो पाप पखाल्नु पर्छ। बुद्धि बहादुरको अवसानले जतिलाई उद्धेलित गरे त्यसको आधा सँख्या पनि यस्ता नातावादीहरुको अवसानमा शायदै होलान। किनभने सुरेश राजले धेरै नै दमन गरेका छन र धेरै नै पिडा दिएका छन। ताली नपिटोस कसैले, हामि त त्यही भन्छौँ।

4 comments:

Anonymous said...

सुरेश राजले त यस ब्लगमा पाएको भन्दा ३ प्रतिशत भोट कम पाए छ नि । कति मोबिलाईज गर्न सक्या रहेछ यस मन्डलेले। यसले नै देखाउँछ यो नमरुन्जेल भिसी हुन चाहन्छ भन्ने। क्या बात! सुरेश राज। गर गर थप दमन गर, थप मान्छेलाई सिध्याउ। अब त ३३ प्रतिशतले म्यान्डेट दिइसकेको छ, जे गरे पनि भो नि।

Anonymous said...

Dear Mr. Anonymous,
If you dare come up with your real name. It is really disgusting that KU has such low level people as faculty. Why don't you use arguments and logics instead of displaying your vulger mindset.

This shows how Suresh Raj and all you cronies have lost. Faculties and teachers have always won in this battle in KU.

Niraj Choudhary

Anonymous said...

ब्लगर मित्र,
सुरेश राजका पाल्तु जन्तुहरुले भुक्दैमा सूर्ता लिनु पर्दैन। सुरेश राजको पलायन अवश्यँभावि छ। समयको कुरा हो।

हरि न्यौपाने

Anonymous said...

aaja kal Dr. Rupak le comment lekhna 6odyo ki kya ho? khai ta kehi suninna...anybody has e-mail address of Dr. Rupak. I want to talk to him regarding some personal issues.

GK Basnet