Thursday, September 20, 2007

राजनीति र माफियातन्त्र

काठमाडौँ विश्वविध्यालयमा चल्दै आएको राजनीतिलाई हेर्ने हो भने गिरिजा मार्काको राजनीति के हो भन्ने स्पष्ट बुझ्न सकिन्छ। हुन त काठमाडौँ विश्वविध्यालयमा आन्दोलनरत कोही पहिले जँगल पसेका छैनन। आन्दोलनरत कसैले खुकुरी, खुर्पा,र तलवारले कसैको गर्धन छिनालेका छैनन।न त कुनै आन्दोलनकारीले कहिले एसएमएस, शटगन, एके सतचालिस कहिले बोकेका छन। चक, कलम र डस्टर बोकेका मास्टरहरुले गर्ने आन्दोलन शालीनताको आन्दोलन हो र शौम्यताको आन्दोलन हो। कुनै हिँसा नगरी बरु उल्टो सुरेश राज, सीताराम, भद्रमान जस्ता दुर्दान्त गुन्डाहरुको हत्या र हिँसाको शिकार काठमाडौँ विश्वविध्यालयका शिक्षक-कर्मचारीहरु हुनु परेको छ। तानाशाहीका बिउहरु बढदो रक्तचापले थला पर्दा दुनिया किन खुशी हुन्छन भन्ने बुझ्न धेरै पुरानो कुरा सम्झनु पर्दैन। पारस शाहको विरामी परेको अवस्थालाई मात्र हेरे पुग्छ। जब-जब जनताका अधिकार कुल्चनेहरु थला पर्छन, तब-तब जनताले मरे मरोस पनि भन्दो रहेछ। जनताले भनेको कुरा हो यो । हामीले भनेका होइनौँ । नेपाली जनताको भावनालाई धेरै आघात गरिसकेपछि निस्केको यो भावना सुन्दा मानवियता शुन्य देखिन्छ, तर के गर्नु मानव भनाउँदाहरुले दानवी रुप धारण गर्दै जनतालाई पिल्साउन खोज्दा जनताले पनि धारे हात लगाउँदो पो रहेछ ।

कुरा हो राजनीतिको र काठमाडौँ विश्वविध्यालयमा चुलिँदो राजनीतिको । नचाहँदा-नचाहँदै पनि हामी हेर्न बाध्य भएका छौँ र सुरेश राजको राजनीतिमा गिरिजाको राजनीतिको छनक पाएका छौँ । सम्झौता लगातार गर्ने, वार्ताको रट जहिले पनि लगाउने तर परिवर्तनको बाटोमा हिँडन जहिले पनि डगमगाउने-यि कुराहरु सुरेश राज र गिरिजा दुबैमा समान छन । गणतन्त्रको लागी १२ बुँदे सम्झौता गर्ने गिरिजा अहिले सम्झौतालाई कागजी खोस्टामा परिणत गर्न लागेका छन; जसरी सुरेश राजले कुपासँगको सम्झौतालाई रद्दीको टोकरीमा फ्याँकेका थिए। ज्ञानेन्द्रको लात र लाठी टाउकोमा बज्रँदा गिरिजा जोसँग पनि मिल्न तयार थिए । त्यसबेला यिनले सबैका कुरा सुनेका थिए। तर, अहिले हेर्नुस त गिरिजाको ताल? आफ्नो कुर्सी बचाउन र नव युवराज्ञी सुजातालाई नेता बनाउन राजावादीहरु सँग मिलेका छन । जसरी सुरेश राज आफ्नो कुर्सी बचाउन हिजो आफैले नालायक, घटिया र अयोग्य उपमा दिएका सँजय खनाल जस्ता मन्डलेहरुलाई काठमाडौँ विश्वविध्यालयमा प्रोफेसर बनाईरहेका छन, त्यसरी नै गिरिजा पनि रायमाझी आयोगले अभियुक्त ठहर गरेका अपराधीहरुलाई अभयदान दिईरहेका छन भने सँदिग्ध चरित्र भएकाहरुलाई राजदूत बनाउँदै छन। जति घटिया भद्रमान तुलाधर छन, त्यतिकै घटिया डा. सुरेसराज चालिसे नभएका होईनन । धरान क्याम्पसमा भद्रमानलाई बोरामा कोचेर भकुर्ने डा. चालिसे जस्ताहरुले गर्दानै हो सुरेश राज केयुमा टिकेका । आफ्नो कुर्सी बचाउने भएपछि हिजो रामधुलाई गर्नेसँग पनि केयुका सुरेश राज र भद्रमान मिल्न सक्छन। हो यसरी नै अहिले गिरिजा अहिले आफ्नो रामधूलाई गर्ने ज्ञानेन्द्रलाई बचाउन पट्टी लागेका छन।

गिरिजा मार्काको राजनीतिले न त देश बन्छ न कुनै विश्वविध्यालय सप्रन्छ। गिरिजा मार्काको राजनीतिमा परिवर्तन कहिले छैन किनभने यहाँ एउटा आवरण मात्र छ। सिद्धान्त र विचारको कुरालाई आत्मसात गर्ने हो भने सुरेश राजले काठमाडौँ विश्वविध्यालयमा प्राज्ञिक स्वतन्त्रता बहाल गर्नु त्यतिकै जरुरी छ जति गिरिजाले सँसदबाटै गणतन्त्रको घोषणा गर्नु जरुरी छ। तर, काठमाडौँ विश्वविध्यालयमा प्राज्ञिक स्वतन्त्रता बहाल हुँदा आफु र आफ्नो परिवार र आफ्नो भ्रष्टाचारको भन्डाफोर हुने कारण सुरेश राज दमनकारी राजनीतिक चाल चल्दै छन । यता गिरिजा भने, अहिले गणतन्त्र घोषणा हुँदा आफ्नो राजनैतिक मुद्दा र आधार समाप्त हुने डरले ज्ञानेन्द्रको भूतलाई अझै ब्युँताउन कोशिश गर्दै छन। गिरिजाले अहिले गणतन्त्र घोषणा गर्नु भनेको एउटा औपचारिकता मात्र पुरा गर्नु हो । जसरी ब्यवहारमा सुरेश राज, सीताराम, र भद्रमानहरुलाई काठमाडौँ विश्वविध्यालयमा कुनै प्राध्यापकले ईज्जत दिएका छैनन, त्यसरी नै नेपाली राजतन्त्रलाई कुनै नेपाली अहिले सम्मान गर्ने पक्षमा छैनन । सम्मानले नै हो सँस्थाहरु दिगो हुने र बलियो हुने । काठमाडौँ विश्वविध्यालयमा यहाँका कर्मठ कर्मचारीहरुले भोग्नु परेको दुरावस्था, गुन्डागर्दी र धाकधम्कीले आत्मसम्मानमा ठेस पुर्याएको छ भने अर्कोतिर षडयन्त्रका गोटी चाल्दै सक्षम प्राध्यापक, कर्मचारीहरुलाई सेवाबाट वन्चित गरेका छन ।

सुरेश राजको राजनीति र गिरिजाको राजनीतिमा देखिएको टडकारो बुँदा माफियातन्त्रको हो। जसरी गिरिजा नजिककाहरु तस्करी र कमिशनतन्त्रको माफियातन्त्रमा रजधज गर्दैछन, त्यसरी नै सुरेश राज नेपालको प्रमूख शैक्षिक माफियाका रुपमा रहेका छन। आफ्नो गल्तीलाई ढाकछोप गर्न आफ्नो पर्दाफास गर्नेहरुलाई जेलमा सडाउने न्यायाधीशहरु भएको नेपालमा पत्रकारहरु पनि बिकाउ छन र बिकाउ छन प्रत्येक कर्मचारी जसलाई या त भर्ना, या त नजराना, या त कुनै फाईदा जसरी पनि लिनु छ। सबैलाई खुशी पार्दै बसेका सुरेश राजले गरिब, निमुखा दलितका छोरालाई अकालमा मर्न बाध्य गरेको सबुतलाई कुनै हालतमा पनि ओझेलमा पार्न सक्छ। काठमाडौँ विश्वविध्यालयको राजनीति र माफियातन्त्रमा नेपाली परिवेशको छनक मजाले भेट्टाउन सकिन्छ। शायद यसैले होला, धेरै विद्वान र बुद्धिजीविहरु स्वाभिमानीपूर्वक आफ्ना वक्तव्य र अडान प्रस्तुत गर्नुका साटो सुरेश राज जस्ताका तलुवा चाटन लागेका छन। तर, के गर्नु, सुरेश राजले आफ्नो नातावादी सँयन्त्र प्रयोग गरेपनि, जति नजराना चढाए पनि बढदो रक्तचापलाई भने घटाउन नसक्ने रहेछ। नातावादीहरुले एउटा कुरा स्पष्ट रुपमा सिक्नु पर्छ, आफ्ना काला कर्तुत र बदमाशीले परिवारकै कुनै न कुनै सदस्यको रक्तचाप बढाउन सक्छ भन्ने। र नातावादी, भ्रष्टचारी गुन्डाहरुले बुझ्नु पर्छ, सबै तिरबाट लाचार जनताले यस्तै बेलामा जोरले ताली पिटछन भनेर। बुद्धि वहादुर विश्वकर्माको रगत त्यतिकै बगेको छैन। धेरै भ्रष्ट, नातावादी दलालहरुले यसको पैँचो नतिरी धरै छैन।

3 comments:

Anonymous said...

Very good blog....everyone who contributed in untimely death of Buddhi dai will also die like that....Suresh Raj must know that his crimes are being judged by the almighty....

Anonymous said...

U guys are impossible. Kantipur was a great newspaper and everything written there were true until it stopped publishing your nonsense articles. Maoists were great until they take out support after Prachanda visited KU. Grija was great until he kick your *** by shaking hands with KU management. Now you can see for yourself who is opportunist...

Anonymous said...

Hey, come up with new ideas and articles. You are doing a good job.