Tuesday, January 01, 2008

सुरेश राजको डायरी

डायरीजी,

यो उपेको नमस्ते। शायद यो सत्रौँ वर्ष हुनुपर्छ हामीले सहयात्रा गरेको। खुशिको कुरा अब २० वर्ष हामी लगातार हुनेछौँ। प्रदीपजीले पनि राम्रै सहयोग गर्नु भो। गिरिजा बाउको त झन के कुरा। बाँकी थियो, माओवादी र राष्ट्रवादी तर्फको प्रतिनिधित्व, त्यो पनि दमन ढुँगानाजी र मोहनमानजीले मजाले गरिदिनु भो। दमनजी आफु माओवादी होईन भन्दै गर्छन, तर म चाँही उहाँलाई प्रयोग गर्दै गर्छु। जे होस दमनजी र मोहनमानजीको जोडी पनि एकदम मिलेको छ। नेपालमा पहिलो राष्ट्रवादी गठबन्धन उहाँहरुकै छ र खुशीको कुरा यो गठबन्धन मेरै कुर्सीको लागी पहिलो पटक प्रयोग भएको छ । जे होस, नेपालमा पैसा ख्वाउने र नेताहरुका छोराछोरीलाई डाक्टर-ईन्जिनियर बनाउने हो भने चाँही म अर्को पटक पनि भिसी हुन्छु हुन्छु। धेरैका ताल देखेको छु मैले। यी मोरा कुपाकाहरु कराउँदै गर्छन, हामी भित्रभित्र काम सिद्याईसक्छौँ।

मेरो थमौतिले मेरा सेना-मेनाहरु निक्कै खुसी छन। रामकण्ठे मोरो त अब मलाई पनि तपाईले प्रोफेसर बनाउनु पर्छ पो भन्छ। जे होस, सार्है खुसी छन। श्रीमति सँगै आएकी थिईन। कँग्र्याटस सुरेस राज भनिन सार्है खुसी लाग्यो। मोरी बुढी भए पनि सार्है राम्री र मिजासीली छन। रामकन्ठे जस्तो बौलामा के देख्यो कुन्नी। जे होस दिनहुँ योगा गरेका कारण जीउडाल पनि सार्हो राम्रो लाग्छ, हेरिरहुँ जस्तो लाग्छ । तर, यो कुरा रामकन्ठेले थाहा पायो भने त वित्याँसै पार्छन। मापाका छन यी धुलिखेले मोराहरु। हाम्रो स्वास्नी चेलिबेटी ताक्ने भन्दै कुपाको विरुद्ध प्रयोग गरिएका गुन्डाहरु मेरै विरुद्ध प्रयोग हुन के बेर? त्यस्तो बेलामा मलाई बचाउन पनि को आउला र? मुकुन्दे मोरो लडाईको बेलामा न कराउन सक्छ न झगडा गर्न सक्छ। गैँडाकोटमा पिटाई भेटेदेखि त्यो भीडदेख्ने बितिक्कै सात कोश पर भाग्छ। सीतारामजी झगडा भन्दा पनि षडयन्त्रको लागी ठिक हो। सुरो त मोरो बृजेश छ। तर के गर्नु विचरोको ज्यानै छैन। तिसौँ वर्ष तानेको गाँजाले पुरा जीउ खोक्रो बनाईसकेको छ । जे होस, दिव्य मणि जस्तो नामूद फटाहालाई पनि झुक्याएर छोरी उडाउन सक्ने त्यसको जुक्ति चाँहि म मान्छु। शरदेको हालचाल पनि त्यति ठीक छैन। बढि नबोल्ने सितारामजीको यो छोरोमा खै के गन्ध छ? बुझ्नै सकिन्न। अमेरीका पढ्यो, फर्क्यो, त्यहाँ पनि खै कुनचाँही क्रेडीट कार्ड कम्पनीको पैसा नतिरि भागेको रे। यहाँ पनि सीतारामजीको पैसा डेली हराउँछ रे। मलाई दिनुपर्ला भनेर त भन्या होईन होला सीतारामले। यस्तोमा अलि सहारा दिन सक्ने भन्ने मेरो भोला नै हो।

केयुमा भोलाले मान्छे मार्न नथालेको भए,हामीले यसरी जित्ने पनि थिएनौँ। बुद्धिलाई भोलाले मारिसकेपछि नै त हो सारा दुनियाँ हामीसँग तर्सेका । त्यति नगरुन्जेल त ओहो, कस्तो दागा धर्थे हामीलाई । त्यसैले मलाई भोला नै बढि विश्वासीलो लाग्छ। आच्या...., भोलाको प्रसँगले मलाई सँजय र रीमाको कुरा पनि याद आयो। दुबै आएका थिए बधाई दिन। सँजय त्यति बोलेन, तर रीमाचाँही सर बधाई छ भन्दै थिई। आजकाल रीमा परिक्षाबाट खल्लो लाग्ने गरि गइसकिन । भोलाकहाँ छे । जे होस, भोलालाई पुरस्कार परेकै मान्नु पर्ला। खै सँजयले कतै थाहा पायो की? डर लाग्छ त्यो मोरो देख्दा पनि। मन्डले हो म जस्तै। सीधै खुकरी निकाल्न बेर मान्नेवाला छैन। जे होस केही परे, त्यसलाई चाँही सुबोधसँग भीडाईदिन्छु र त्यसैमा त्यो बिजि हुन्छ। बढि कचकच गर्न थाल्यो र रीमाले पनि दवाव दिन थालिन भने चाँही साईन्सको डीन बनाउने की? फेरी पन्नालाई पनि निकाल्नु परो नी? गार्हो छ केयुमा ब्यालेन्स गर्ने कुरा। सबैलाई पद चाहिएको छ। सब मोराहरु पदमै आँखा लगाउँछन। मान्छेहरु किन यस्ता पदलोलुप भएका होला? हे प्रभू? लोग्नेलाई जागीर, स्वास्नीलाई जागीर, दुबैलाई प्रमोशन, कति थरी मैले दिनु पर्ने? मैले पाउने चाँही के नि?

जलनले पनि फोन गर्यो। दादा, हजुरलाई बधाई छ भन्दै थियो, मैले फोन राखिदिएँ, हुन्छ हुन्छ भन्दै। सुरेन्द्रजीलाई ठोके देखि म पनि प्रोफेसर बन्छु भन्दै छ मोरो। खै के विषयमा प्रोफेसर बनाउने? साराले दुःख दिन्छन भन्या। म त थाकिसकेँ। लौ त डायरी, स्वीट ड्रिमस।

No comments: