Saturday, April 12, 2008

फट्याँई, माधव नेपाल अनि पराजय



"सुरेश राज जस्ता १०० जना भए नेपाल बन्छ"-माधव नेपाल

काठमाडौँ विश्वविध्यालयका साम्प्रदायीक, नातावादी, जातीवादी, दलित हत्यारा, भ्रष्ट उप-कूलपति सुरेश राज शर्मालाई "विकासवादी" भन्न रुचाउने माधव नेपाल अहिले राजिनामा दिन बाध्य भएका छन। विश्वविध्यालयमा प्राज्ञिक स्वतन्त्रता हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ र साँगठानिक स्वतन्त्रता हुनु पर्छ भन्ने जस्ता लोकतान्तृक आवाजलाई धोति लगाउने उप्पल्लो तहको नेतामा पर्नु हुन्थ्यो माधव नेपालजी। सुरेश राजलाई हटाउन माग गर्न जाने मित्रहरुलाई जवाफ दिँदै माधव नेपालले सुरेश राजलाई "निर्माता" "विकासवादी" र "अपरिहार्य" भन्ने जस्ता पगरी गुँथाएपछि साथिहरु खिन्न हुनु भन्दा पनि दिक्क बढि भएका थिए। माधव नेपालमा मुढ दिमाग र नवसामन्ती सोच र चिन्तन प्रशस्त देखेर साथिहरु दिक्क भएका थिए। नजराना चढाउने एनजीओ प्रथाका प्रमूख सँरक्षक माधव नेपालजीले सुरेश राजबाट पनि नजराना ग्रहण गरेका रहेछन भन्ने देखाउन उनका उदगारहरु काफी थिए। नजरानाका लागी फटाहा कुरा बोल्ने, हुँदै नभएको कुरा गर्नेे र "विकासको सुनौलो घेरा भित्रको विकृती"लाई नदेखेझैँ गर्नेहरु पनि हुँदा रहेछन भन्ने कुरा त्यसवेला काविका आन्दोलनरत मित्रहरुले माधव नेपाललाई भेटे पछि थाहा पाएका थिए। 

काठमाडौँ विश्वविध्यालयमा २०औँ वर्ष नातावादी भ्रष्ट उपकूलपतित्व चलाउने सुरेश राज शर्माले बनाएका केही भवनहरुले चकाचौँध भएका माधव नेपालजीहरुले जनआन्दोलन-२को सारतत्व के हो भन्ने कहीले बुझेनन। नयाँ सामन्तमा रुपान्तरण भएका माधवजीहरु परिवर्तन भनेको आफु र आफ्ना सहयोगी सत्तामा पुग्नु हो भन्ने सोचबाट कहिले छुट्टिएनन। आफु ठुलो, अरु सानो। आफ्नो किल्ला, अरुको चाँही सुदुर क्षेत्रको जिल्ला भन्दै गिल्ला गर्नमा माधवजीहरु मग्न हुनु भयो। फलस्वरुप, परिवर्तनको आवाज काठमाडौँ विश्वविध्यालयबाट उठदा, आवाजलाई ठम्याउन सकेनन। सँभवत शक्तिशालीहरुका हाँसोमै हाम्रा आवाजहरु दबिन पुगेका थिए। 

भन्छन, समय एकदम बलवान छ। आज समयले कोल्टे फेरेको छ। माधवजी कहिले उठन नसक्ने गरि सुत्नु भएको छ। प्रधानमन्त्री बन्ने सपना देखेका उनले प्रचन्डलाई "भित्ते राष्ट्रपति"का रुपमा गिल्ला गरे। अनि जनताले उनलाई हराएरै छोडे। परिवर्तनको आवाज नसुन्ने माधवजीहरु पदको दम्भ, सत्ताको मात र सँगठनको घमन्डमा यति चूर थिए कि यीनिहरुले नेपाल भरिका परिवर्तनका आवाजहरु अहिले सुनेनन। समयमा ति आवाज नसुन्नुको परिणाम हो आज माधवजीले हार्नु परेको र समयले प्रमाणीत गरेको छ जनमत बटुल्नु पर्नेहरुले सुरेश राज जस्तालाई विकासवादी भन्ने फटाहा कुरा गर्नु हुँदैन भन्ने। 

माधवजी! अब चेतेर के फाईदा? 
By paribartan@gmail.com

No comments: