नातावाद पराजित
नेपालको राजनीतिले नातावादलाई परास्त गरेको छ। कोईराला परिवारको बिँडो थाम्न उभिनेहरु सब एक एक गरि ढल्दै छन। खुशीको कुरा हो, सुजाता कोईराला पनि पराजीत भए। काठमाडौँ विश्वविध्यालयका नातावादी, भ्रष्टाचारी, साम्प्रदायीक, जातीवादी कुख्यात सुरेश राजले पनि अब चुनाव लडने की? वास्तवमै भन्ने हो भने अब हामीले काठमाडौँ विश्वविध्यालयमा नयाँ उपकुलपति खोज्नु पर्छ।
नागरिक समाजका अग्रज सुन्दरमणि दिक्षीत जस्ता निष्कलँकीत व्यक्तित्व होस या पहाड-मधेश दुबैतर्फ सामन्जसता ल्याउन सक्ने प्राध्यापक डा. सुरेन्द्र राज काफ्ले होस, हामीलाई नयाँ उपकूलपति चाहिएको छ। नातावादी, भ्रष्ट, साम्प्रदायीक तत्वहरुको हार पश्चात नेता प्रचन्डले अब नयाँ नेपालको निर्माण गर्ने हो भने नेपालका हरेक स्थानमा रहेका सामन्ती अवशेषहरुलाई निकाल्ने हिम्मत गर्नु पर्छ। यस प्रकृयाको थालनी काठमाडौँ विश्वविध्यालयबाटै होस भन्ने हाम्रो चाहना छ।
No comments:
Post a Comment