सँविधान सभा चुनावले दिएको सन्देश: कावि नेतृत्व परिवर्तन
काठमाडौँ विश्वविध्यालयका उपकूलपति सुरेश राज शर्माले आफ्नो मन्डले रुपको प्रदर्शन गर्न कहिले छोडेका छैनन। कहिले ज्ञानेन्द्रका सचिव पशुपति भक्त महर्जनकी अनुभवहीन छोरीलाई एकैचोटी उप-प्राध्यापक बनाएर होस या कहिले धुलिखेलका मन्डले मेयर बेल प्रशाद मार्फत ज्ञानेन्द्रकहाँ चाकरी बजाएर होस, यिनी सामन्तवादका अवशेष मन्डलेतन्त्रका नाईकेहरुसँग जहिले पनि निकट रहेका छन। गरिब नेपालीका सन्तानले पाउनु पर्ने अत्यावश्यक छात्रवृति समेत यीनले सामन्ती धनाढ्यका सन्तानलाई बाँडेका छन। नयाँ नेपालका लागी नेता प्रचन्डको लोकप्रियता बढेपछि भने यिनले आफ्नो बाँच्ने आधारका रुपमा नेपाली सेनाका रुक्माँगत कटुवाल जस्ताका चाकरीमा लाग्न पुगेका छन। आफुलाई सेनाले पनि सहयोग गर्छ भन्ने देखाउन हालसालै काठमाडौँ विश्वविध्यालयमा आयोजित "युवा महोत्सव"मा सेनाका ब्यान्ड बोलाएर आफ्नो शक्तिका प्रदर्शन गरेका छन। नेपालमा व्यावसायिक सँगीत टोली प्रशस्त छन। तर, केही आलोचकलाई आफ्नो शक्ति प्रदर्शन गर्न यीनले सेनाको टोली नै रोजेका छन। मन्डलेतन्त्रको दलदलमा सुरेश राज हिजो पनि थिए, आज पनि छन र भोली पनि रहने छन। नयाँ नेपाल बनाउने जँघार तरिसके पछि, अहिले हाम्रा अगाडी केही प्रश्नहरु छन;
१) के सँविधान सभाको चुनावले परिवर्तन रोजेको हो कि होईन?
२) के नयाँ नेपालमा यस्ता मन्डले बुद्धिजीवि शिक्षाविदहरुले निरन्तरता पाउनु ठीक हो?
३) के नयाँ नेपालमा भने काठमाडौँ विश्वविध्यालय पुरानै नेपालको शैलीमा हिँडने त?
सँविधान सभाको चुनावले स्पष्ट सँकेत दिएको छ, अब हामीलाई एनजीओ सँस्कृति चाहिँदैन। गरिब नेपालीका गरिबिलाई मागीखाने भाँडो बनाएकाहरुले नेपालीको कल्याण भन्दा आफ्नो कल्याण धेरै गरेका छन। नेपालीको भूँडीमा माड लाउने ठाँउमा आफ्नो भूँडीको बोसो बढाएका छन। नेपाली जनताले यीनै कुरालाई दृष्टिगत गरेर नै माधव नेपाललाई बेईज्जतीपूर्वक हराईदिएका छन। "विकास"का धमिराहरु हार्नु पर्छ र राजनीतिबाट टाढिनु पर्छ भनेर नेपाली जनताले बताएका छन। "विकासको सुनौलो घेरा"लाई मात्र प्रदर्शन गर्ने र यस घेरा भित्रको "नातावाद", "सम्प्रदायवाद", र "भ्रष्टाचार"लाई लुकाउने सुरेश राज शर्मा कुनै एनजीओवाला भन्दा कम छैनन। नेपालको शिक्षाक्षेत्रमा विकासका नाममा यीनले आफु, आफ्ना अनुज, सन्तती, र भ्रष्टाचारी सीताराम र अर्का "ट्वाईलेट पेपर भ्र्ष्टाचारी" भद्रमानहरुका मात्र कल्याण गरेका छन। उच्च शिक्षामा निजीक्षेत्रको प्रवेशका हिमायती बौद्धिक नेता डा. बाबुरामले अब उच्च शिक्षामा निजी क्षेत्रको प्रवेशका नाममा प्रवेश गर्ने धमिराहरुको पनि पहिचान गर्नु पर्छ भन्ने हाम्रो ठहर छ।
अर्कोतर्फ समतामूलक समाजमा सबै बराबरी हुनु पर्छ भनेर नेपाली जनताले बताएका छन। उन्नती र प्रगतीका नाममा पढने स्कूल नपाउने नेपालीलाई सीधै अँग्रेजी पढाउने कुरा गरेर मन्त्री प्रदीप नेपालले सम्प्रदायवादको पृष्ठपोषण मात्र गरेका थिए। ठाँउ-ठाँउमा पुत्ला जले पछि "मेरो पुत्ला जल्नु स्वाभाविक हो" भन्ने उदगार व्यक्त गर्ने नेपाल महोदयले भर्खेरै पुत्ला जल्दा चुनावी बेईज्जती पनि भोग्नु पर्ने रहेछ भन्ने बुझेको हुनुपर्छ। समानताका लागी नेपाली जनताले प्रदीप नेपाललाई पराजीत गरेपछि, दलित-मधेशी-जनजाती-महिलाका पीडक, शोषक सुरेस राज शर्मालाई पनि अब ठीक स्थानमा राख्नु जरूरी छ। यस कुराको हेक्का नेता प्रचन्डले राख्नु अत्यन्त जरूरी देखिन्छ।
नेपाली जनताले दिएको गहकिलो धक्का भने नातावादलाई नै हो। नरहरी आचार्य र गगन थापा जस्ता ज्वाजल्यमान नेताहरुलाई दरबारको ईशारामा कार्यवाही गर्ने षडयन्त्रकारी शुशील कोईराला पराजित भएका छन भने नातावादको अाडमा मन्चित "धमिजा" र "लाउडा"बाट प्राप्त भ्रष्ट धनको आडमा नेता बन्ने सपना बोकेकी सुजाता पनि पराजीत छन। कोईरालापरिवारको बिउ सम्म नबच्ने गरी डा. शेखर कोईराला पनि नेपाली जनताको मतबाट वन्चित भएपछि नेपालमा अब नातावाद चाँहिदैन भन्ने कुरा नेपाली जनताले स्पष्ट रुपमा बोलेका छन। नेपाल भरीबाट नातावादीहरु पराजीत हुने र कोईरालावाद हराउने यस पूनीत अवसरमा नेता प्रचन्डले बुझ्नु पर्छ कि काठमाडौँ विश्वविध्यालयबाट पनि नातावाद हटनु पर्छ। काठमाडौँ विश्वविध्यालयमा नातावादका कारण झ्याँगिएका विकृतिलाई सफा गरेर नै नयाँ नेपालमा प्राज्ञिक जागरणको थालनी हुनु पर्छ।
सँविधान सभाको चुनावको ठूलो उपलब्धि भनेको भ्रष्टाचारको हार हो। गोविन्द राज जोशी, खुम बहादुर खडका र चिरन्जीवि वाग्लेले अख्तियार बाट क्लीन चिट पाए तर नेपाली जनताबाट पाएनन। भ्रष्टहरुले लेखेका सँविधानले कहिले पनि गतिलो सँविधान बनाउन नसक्नेमा नेपाली जनता विश्वस्त भएर नै हो, यी महापुरुषहरुले चुनावमा हार्न पुगेको। सारा नेपालमा भ्रष्टाचारीहरु पराजीत हुँदै गएका बखतमा, यो स्वाभाविक हो कि काठमाडौँ विश्वविध्यालयमा पनि भ्रष्टाचारीहरु पराजीत हुनु पर्छ। पाँच करोडको ठेक्का सम्धीलाई दिने, धुलिखेलमा भाउ बढाएर रिसोर्ट खरीद गर्ने, कम्प्युटर देखि भी-स्याट सम्मको खरीदमा भ्रष्टाचार गर्ने, बेल प्रसादलाई खूशी गर्न उनका नातेदारका घरहरु चर्को दरमा भाडामा लिने, उनका नातेदारहरुलाई क्याफ्टेरीया-क्यान्टीन सन्चालन गर्न दिने, विध्यार्थि सुविधाका लागी सन्चालित बस सेवामा भ्रष्टाचार गर्दै धन बटुल्ने जस्ता अनगिन्ती भ्रष्टाचारका शृँखला काठमाडौँ विश्वविध्यालयमा विध्यमान छ। सुरेश राज र सीतारामको धनलिप्साले सिर्जीत भ्रष्टाचारको निर्मूल गर्ने हो भने त्यसको एउटै उपाय छ, त्यो हो सुरेश राज र सीतारामलाई काठमाडौँ विश्वविध्यालयबाट अविलम्ब घोक्रेठ्याक लगाउने।
निचोड:
सँविधान सभाले एनजीओवाद, सम्प्रदायवाद, नातावाद र भ्रष्टाचारका विरुद्ध आवाज बुलन्द गरेको छ। सँविधान सभाले माग गरेको परिवर्तनलाई हेर्ने हो भने अब सुरेश राजजस्ता मन्डले शिक्षाविदले नयाँ नेपालमा कुनै हालतमा पनि निरन्तरता पाउनु हुन्न। तसर्थ, नयाँ नेपालमा नयाँ काठमाडौँ मात्र होईन, नयाँ काठमाडौँ विश्वविध्यालय पनि हुनु पर्छ। नेता प्रचन्डलाई हाम्रो अनुरोध यति नै।
No comments:
Post a Comment