Tuesday, April 15, 2008

माधव नेपाल, सुरेश राज र प्रतीक्षाको घडी



मधेश आन्दोलनका बेलामा रौटहट स्थित आफ्नो घरमा आगजनी हुँदा माधव नेपाल धेरै दु:खी थिए। "मेरै घरमा समेत आगो लगाए" भन्दै थिए उनी। मधेशका आन्दोलनकारीहरु धमाधम शहीद हुँदै थिए, तर उनको विस्मात घरमा आगो लाग्न पुगेकोमा थियो। काठमाडौँ विश्वविध्यालयमा नातावादी, साम्प्रदायीक, जातीवादी, भ्रष्ट उपकूलपति सुरेश राज शर्माले घर, भवन र बिल्डीँगमा जोड दिए जस्तै माधवजी पनि आफ्नो भवनमै बढी जोड दिईरहेका थिए। मधेशीहरुका अमूल्य जीवन भन्दा बढी अमूल्य कुरा माधवजीलाई आफ्नो घर लाग्न पुगेको थियो। काविका बुद्धि वहादुरका अमूल्य जीवन भन्दा सुरेश राजको पद र भवन निर्माणको अमूल्य हुन गए जसरी नै। जसरी काठमाडौँ विश्वविध्यालयमा भवन निर्माणको आडमा सुरेश राज विकासवादी भएका छन, त्यसरी नै सँगठनको तुजुकका आडमा माधव नेपाल लोकतन्त्रवादी भएका थिए। दलीय प्रतिस्पर्धाको कुरामात्र गर्ने तर जनभावनाको प्रतिनिधित्व नगर्ने एउटा जीवन र भावना रहित यान्त्रिक पद्धति कसरी लोकतािन्त्रक हुनसक्छ? विकासको नाममा भवन बनाएको बनाऐ गर्ने तर ती भवन निर्माणको लागी आवश्यक अर्थ सँकलनका लागी आफ्नो जिम्मेवारी ईमान्दारीतापूर्वक वहन गर्ने कर्मचारीलाई "बदनाम गर्ने"धम्की दिँदै जीवन त्याग्न बाध्य बनाउनेहरु कसरी विकासवादी हुनसक्छ?

सुरेश राजलाई "विकासवादी," "निर्माता," "अपरिहार्य" भन्ने माधव नेपालको लोकतान्त्रिक छवि फगत एउटा मुखौटा थियो। मधेश आन्दोलनका बेलामा यिनले खेलेको भूमिकाका कारणले हो मधेशका नेपालीहरुले आज यिनी माथि विश्वास नगरेका। कुनै शँका छैन, लोकतन्त्रमा सबभन्दा ठूलो कुरा जनविश्वास हो। जब राष्ट्रिय पार्टीका नेताहरुले बमकान्डमा आरोपितले भन्दा कम जनविश्वास पाउँछन, तब उहाँहरुले बुझ्नु पर्छ उहाँहरुको सोच र चिन्तनमा सामन्तवादले रजाँई गरेको छ। नवसामन्ती माधव नेपालले सुरेश राज जस्ता प्राज्ञिक क्षेत्रका सामन्तीसँग लगनगाँठो बाँधे पछि नेपालीलाई अरु के चाहियो र भन्या? हामीले भन्दा अतिश्योक्तिपूर्ण देखिएला, तर यो कुरा पनि सत्य हो कि सुरेश राज जस्तालाई समर्थन गर्नुकै कारण आज माधव नेपालले मधेशी र जनजातीका समर्थन गुमाएका र दुबै तर्फबाट हारेका । 

काठमाडौँ विश्वविध्यालयका सुरेश भक्तहरुले अब स्पष्ट बुझ्नु पर्छ, आज जसरी माधव नेपाल पराजीत भएका छन, भोली सुरेश राजको पराजय निश्चित छ। नेपाली जनताले सामन्तवाद, जातिवाद, सम्प्रदायवाद, नातावाद र भ्रष्टाचारलाई पराजित गरिसकेका छन। सुरेश राज शर्मामा रहेको "नमरुन्जेल उपकूलपति बन्ने सोचले" यीनि निम्नस्तरका सामन्ती हुन भन्ने देखाउँछ। बुद्धि वहादुर विश्वकर्माको शहादतले यीनि १८औँ शताब्दीका जातिवादी हुन भन्ने देखाउँछ। विकासका नाममा पदमा टाँस्सिने यिनको प्रचारले थप पुष्टी गर्छ यीनि पदमा टाँस्सीएरै आफ्नो भ्रष्टाचार लुकाउन चाहन्छन। र निरन्तरताको नारा दिँदै यिनी काविमा "नातावाद"लाई निरन्तरता दिन चाहन्छन। नेपालीहरुले परिवर्तन आमूल रुपमा खोजेका छन। राष्ट्रको सँविधानमै परिवर्तनलाई बलियो बनाउने ईच्छा बोकेका नेपालीको ढृढ सँकल्प काठमाडौँ विश्वविध्यालयमा कसरी रुपान्तरण नहुने? प्रतिक्षाको घडी अब चाँडै आउँछ। 

No comments: