Wednesday, April 16, 2008

डा. बावुरामलाई चुनौती



प्रचन्ड बहुमतका साथ सँविधान सभामा निर्वाचित डा. बाबुराम भट्टराई नेपाली राजनीतिका सबल र सफल पात्र हुन। यिनका बौद्धिकता, लगनशिलता र मेहनतको धेरैले तारीफ गरेका छन। काठमाडौँ विश्वविध्यालयका सामन्ती, प्रतिकृ्यावादी, सम्प्रदायवादी, नातावादी, जातीवादी, भ्रष्ट सुरेश राज शर्माले डा. बाबुरामबाट सिक्नु पर्ने कुरा धेरै छ। मनुस्मृतिमा कैद सुरेश राजको मानसिकताले छोराको अभिलाषामा आधा दर्जन छोरी जन्माए, तर डा.बाबुरामले भने छोरा र छोरीमा कुनै भेद गरेनन। व्यक्तिगत जीवनलाई तुलना गर्ने हो भने, डा. सुरेश राज पुरातन पन्थी, कट्टर हिन्दु देखिन्छन भने डा. वावुराम भट्टराई प्रगतीशीलताका प्रतीक। आचरणलाई हेर्ने हो भने आफ्नै विध्यार्थिसँग विहे गरेर सुरेश राज स्वयमले देखाईसकेका छन यिनी कस्ता मान्छे थिए भन्ने कुरा। उता डा. वावुरामले भने हिसीला यमी जस्ता अर्का प्रतिभावान नेतासँग अन्तर्जातीय विहे गरेका छन। वास्तवमा भन्ने हो भने यी पृथकता वावजुद पनि केही प्रतिकृयावादीहरु डा. वावुराम र डा. सुरेश राजमा समानता देख्छन र दावी गर्छन दुबै नातावादी हुन। सुरेश राजका भाई, भान्जा र अन्य नातेदारले सुरेश राजको कुर्सी जोगाउन लागी परे जस्तै, डा. वावुरामले पनि श्रीमति र छोरी मानुषीलाई आफु र पार्टीको वचाउमा प्रयोग गरे भन्ने भनाई यी प्रतिकृयावादीहरुको छ। प्रतिकृयावादीहरुलाई के चाहियो र? बस, कुरा काटने बहाना भेट्यो, अनि कुरा काटी हाल्यो। 

के डा. वावुराम नातावादी हुन त?

डा. वावुराम र डा. सुरेश राजमा समानता देख्नेहरुले स्पष्ट रुपमा बुझ्नु पर्यो, टाउकोमा कात्रो बोक्दै हिँडने बेलामा बाबुराम र हिसीला दुबै सँगसँगै थिए। दुई पृथक व्यक्तित्वहरुले समान राजनैतिक आस्था अँगाल्न पुगे, तर सँघर्ष दुबैले गरे । हिसीला यमी आज जुन अवस्थामा छन, त्यसमा डा. वावुरामको श्रीमति हुनुले भन्दा पनि उनको व्यक्तिगत राजनैतिक आस्था र सकृयताको पाटो धेरै बलियो छ। काठमाडौँका समाजसेवी पूर्वमन्त्री धर्म रत्न यमीका सन्तती हिसिला अहिले मात्र होईन विध्यार्थिकाल देखि नै पुरातन पन्थी वाहुनवादी पहाडी हिन्दु पुरुष आधिपत्यका विरुद्ध सँघर्षशील नेता हुन। तसर्थ, डा. वावुरामले श्रीमतिलाई अघि सारे भन्नु र नातावादलाई अँगाल्ने भन्नु डा. वावुरामका विरुद्धको लान्छना त हुँदै हो, यसको साथ-साथै हिसिला यमीको राजनैतिक व्यक्तित्वलाई खन्डीत गर्ने प्रयास पनि हो। अब जहाँसम्म छोरी मानुषी भट्टराईको कुरा छ, त्रिभूवन विश्वविध्यालयमा स्नातकोत्तरमा अध्ययनरत यिनका लेख र ब्लगहरुले नै धेरैका मुख थुन्नु पर्ने हो। सानो उमेरमै बौद्धिक तर्कका साथ अगाडी देखिएका यीनले नेकपा माओवादीमा मात्र होईन, अन्य कुनै राजनैतिक दलमा प्रवेश गरे पनि प्रगती गरेर देखाउने छ। यसमा यो ब्लगर विश्वस्त छ। 

अर्को तर्फ हेर्ने हो भने, सुरेश राजले काठमाडौँ विश्वविध्यालयको सँस्थापन गर्दा श्रीमति उर्मीलाको कुनै सहयोगी भूमिका देखिन्न। सुरेश राज पत्नीले सुरेश राजकै व्यक्तिगत सेवा गरे होलान, तर काविको सँस्थापनमा यीनको कुनै भूमिका छैन। काविको सँस्थापनका बेलामा वर्तमान शक्तीशाली प्रशासक मुकुन्दजी भृकुटी कागज कारखानामा राजनैतिक नियुक्ती लिएर बसेका थिए। उनले कुनै हिसाबले पनि काविको सँस्थापनमा भूमिका खेलेका छैनन। सुरेश राजका भान्जा मनीषले समेत काठमाडौँ विश्वविध्यालयको सँस्थापनमा कुनै भूमिका खेलेका छैनन। तर, आज हालीमुहाली चलाउनेहरुमा यीनीहरुनै अगाडी देखिएका छन। सँस्थापक डा. सुरेन्द्र राज काफ्ले बाहिर हुने तर भ्रष्ट मुकुन्द भित्र। सँस्थापन देखी काविमा सेवारत शिक्षकहरु बाहिर हुने तर मनिष, बृजेश, शरद, डेनियलहरु जस्ता "सुँगुरका पाठाहरु" पूर्ण सुविधाका साथ भित्र। तुलना गरौँ, डा. वावुराम र डा. सुरेश राजमा, अनि हामी देख्छौँ-को छन त नातावादी। एकातिर पूर्ण परिवारका साथ प्रत्येक सदस्यको छुट्टै सकृयताका साथ नयाँ निर्माणमा जुटेका वावुराम छन भने अर्कोतिर कावि निर्माणमा लागी परेका सबैलाई एक-एक गर्दै निकाल्दै सँस्थापन पछि परिवारवाद, नातावाद अँगाल्ने सुरेश राज छन। 

के हो त नातावाद?

सोझो अर्थमा भन्ने हो भने नजीकका आफन्तलाई प्रश्रय दिने कुरा नै नातावाद हो। आफ्ना आफन्त भए पछि गल्तीमा पनि सजाय नदिने, विना योग्यता पदोन्नति दिने, विना योग्यता नियुक्ती दिने र लहडवाजीमै ठुलो पदमा राख्ने काम नै नातावादका प्रमूख पक्षहरु हुन। नातावाद धेरै क्षेत्रमा देखिएका छन। फिल्म ईन्डस्ट्रीमा नातावाद देखिएको छ, राजनीतिमा नातावाद देखिएको छ र काठमाडौँ विश्वविध्यालयलाई हेर्ने हो भने प्राज्ञिक क्षेत्रमा पनि नातावाद देखिएको छ। फिल्म ईन्डस्ट्रीमा कुनै निर्माता वा निर्देशकले जतिसुकै छोरा-छोरीलाई प्रमोट गरुन, तिनमा कुनै क्वालीटी छैन भने, त्यो वेकार जान्छ। स्व. सुनिल दत्तका सुपुत्र "मुन्ना भाई" सन्जय दत्त सफल अभिनेता हुनु र स्व. राजेन्द्र कुमारका सुपुत्र कुमार गौरव बलिउडबाट हराउनुले यी कुरा स्पष्ट देखिन्छ। राजनीतिमा कुनै क्रान्ती नायकले "अब महिला प्रधानमन्त्री हुन्छ" भन्दै छोरीलाई विना विभागीय मन्त्री बनाएर के गर्ने? जनताले पहिलो, दोस्रो हैन, तेस्रोमा जानु पर्छ भनेपछि कसैको केही लाग्छ? नातावादको थप्पा लागीसके पछि त शान्ती प्रकृयामा जतिसुकै भूमिका खेलेको किन नहोस, डा. शेखरले नहारी सुखै पाएन। नातावाद पराजीत भएका उदाहरणलाई हेर्ने हो भने, हामी देख्न सक्छौँ, जहाँ जनता जनार्दन मालिक छन र नातावादलाई परास्त गर्ने मौका समय समयमा पाउँछन, त्यहाँ नातावाद दन्डबाट बच्न सक्दैन। तर, प्राज्ञिक क्षेत्र जहाँ एकचोटी पसेपछि बुढेशकालमै निस्कने हुन्छ, जहाँ जनता र समाजले आवधिक रुपमा नातावादलाई दन्डीत गर्न सक्दैन, जहाँ नियुक्ति दिने र दन्ड दिने अधिकार एउटै व्यक्तिमा सीमित हुन्छ, त्यहाँ नातावाद रह्यो भने के गर्ने? काठमाडौँ विश्वविध्यालयमा डेनीयल देखी मुकुन्दजी सम्म, दामोदर देखी पूर्व मुख्य सचिवसम्म सबै सुरेश राजकै नातामा गाँसिन्छन। यिनीहरुलाई नियुक्ति दिने अधिकार पनि सुरेश राजलाई छ र दन्ड दिने अधिकार पनि सुरेस राजलाई नै छ। नियुक्ति त यी नातेदारहरुले अवैधानिक तवरले पाए-पाए, यिनीहरु आफ्नो अक्षमतामा कहिले दन्डीत पनि भएनन। काविमा सुरेश राज, सीतराम र भद्रमानका सन्तानहरुका अक्षमता कहाँ-कहाँ छ, त्यो हामीले भनिरहनु नपर्ला। किनभने काविका दिक्षित पहिलो विध्यार्थि समूह देखी हालसम्मका सब विध्यार्थि समूह सम्म सबलाई यो कुरा थाहा छ। 

प्राज्ञिक क्षेत्रमा नातावाद

प्राज्ञिक क्षेत्रमा नातावादलाई अत्यन्त हेय हिसावले हेर्ने गरिन्छ। राजनीतिक कर्मीहरुले आफ्ना समर्थक, शुभेच्छुक र मतदाताहरुलाई अनुगृहीत गर्ने उद्देश्यले जागीरको जोहोका लागी विश्वविध्यालयका शैक्षिक प्रशासकहरुलाई दवाव दिन थालेका कारण, अमेरीकि विश्वविध्यालयहरुले "नातावाद विरोधी नीति" (Anti-Nepotism Policy) बनाएका हुन। "नातावाद विरोधी नीति" अँगालेका विश्वविध्यालयमा प्रावधानहरु यति कडा छन किन कुनै पुरुष प्राध्यापक जागीरे रहेको विश्वविध्यालयमा उनका श्रीमती जतिसुकै महत्वपूर्ण शैक्षिक योग्यता बोकेका भए पनि सेवा प्रवेश गर्नबाट वँचित छन। समय-समयमा "नातावाद विरोधी नीति"का महिला समूहबाट विरोध पनि हुने गरेको छ। विश्वविध्यालयमा पैसा तिर्ने विध्यार्थिले राम्रा शिक्षक-प्राध्यापक पाउन र राजनैतिक नेतृत्वको दवावमा अयोग्यलाई नियुक्ति दिनु नपरोस भन्ने ध्येयले आएको यो "नातावाद विरोधी नीति"ले अमेरीकि विश्वविध्यालयहरुमा व्यावसायिकतालाई निक्कै हदसम्म उठाएको छ। भिसीको छोरीले कुरा लगाउने हो कि, भिसीको भाईले स्पष्टीकरण सोध्ने हो की, रजिष्ट्रारको छोरासँगै मदिरा सेवन नगर्दा, उहाँ रिसाउने हो की जस्ता मनोवैज्ञानिक दवावमा काम गर्नु नपरेकोले नै हो अमेरीकि विश्वविध्यालयमा व्यावसायिकता मौलाउन सकेको। फलस्वरुप, सबैलाई समान अवसर, र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने चलन "नातावाद विरोधी नीति" अँगालेका विश्वविध्यालयहरुमा हामी देख्न सक्छौँ। 

तर, काठमाडौँ विश्वविध्यालयलाई हेर्ने हो भने यहाँ नातावाद यति झ्याँगिएको छ कि-नियुक्तिमा नातावाद छ भने, पदोन्नतीमा नातावाद छ। अध्ययन विदामा नातावाद छ भने स्पष्टीकरणमा नातावाद छ। चोरलाई चौतारी र साधूलाई शूली हुने अवस्था काठमाडौँ विश्वविध्यालयमा छ। सीताराम अधिकारीका जेष्ठ सुपुत्र वृजेश अधिकारीले वर्षदिन भरी केही पढाएनन। तर, मजाले तलव लिँदै बसे। अन्यबाट कसरी पढाउने भन्ने सिकीबक्सेपछि, स्नातकोत्तरको अध्ययनमा जान आतुर हुनु भयो। स्नातकोत्तरको पढाई सिध्दिनासाथ, असिस्टेन्ट प्रोफेसर बन्छु भन्न थाल्नु भो। त्यसपछि, चीनमा, त्यसपछि नर्वेमा र अब प्रोफेसर बन्छु भन्न थाल्नु भएको छ। वृजेश अधिकारी सीतारामका छोरा नभएका भए यीनले कुनै हालतमा पनि कावि सेवामा प्रवेश पाउनेवाला थिएनन। बनेपाका स्याम सुन्दर पोते नामक एक नेपालीलाई सीतारामजीले "नेपाली भाषा पनि राम्रोसँग बोल्दैन, खै के पढाउला र एक हप्ता पनि टिक्दैन" भन्दै नियुक्ती दिनु भएन, तर पुत्र वृजेशले १-१ वर्ष विना कक्षा सँचालन गर्दा पनि "वावु, पारस, तिमीले अर्कै जागिर खोज" भनेर कहीले भन्नु भएन। सुपुत्र वृजेशले मधेशका प्रतिभावान नेपाली अरविन्द कुमार मिश्रको सहयोगमा "मास्टरको थेसीस" लेख्नु भो। अनुगृहित हुनुपर्ने थिए सीताराम अरविन्दजी प्रति। अहँ, छोरालाई सिकाउने प्रतीभावान छोराकै विभागमा हुने हो भने छोराले कहिले प्रगती गर्न सक्दैनन भन्ने सोचले अरविन्दजीलाई त्यतिकै लटकाउनु भो। सीतारामका "युधिष्ठीर" रुप देखेपछि अरविन्दजी त्रिविमा डेरा सर्नु भो। तत्कालै, रजिष्ट्रार सीतारामले मास्टर्स गरेकै भरमा "असिस्टेन्ट प्रोफेसर" बन्ने अाविष्कार गर्नु भो र छोरालाई पारस बनाई छाडे। चीनको अध्ययन विदा र नर्वेमा पिएचडीको जोहो त के कुरा गर्ने?

अर्को तर्फ हुनु हुन्छ, मनिष पोखरेल, सुरेश राजजीका मानस उत्तराधिकारी। मनिषजीसँग गाँसीएकै पक्षले हो स्पष्ट देखाउने, सुरेश राजजी आफ्ना नातेदारका हरेक गल्तीको ढाकछोप गर्छन। विश्वविध्यालयमै नआईकन, कुनै विदा नलिईकनै, के कसैले उपस्थिति पुस्तिकामा हाजीरी जनाउन सक्छन त? अहँ, सकिन्न, कुनै कार्यालयमा, कुनै विश्वविध्यालयमा र कुनै स्थानमा यो कुरा सम्भव छैन। तर, मनिषजीले एक वर्ष होईन, दुई वर्ष होईन, पुरै अवधि यो घपलाबाजी गर्नु भो। उनमा रहेको निर्लज्जता र सुरेश राजको आँखा चिम्लाईलाई हेर्ने हो भने, अहिले पनि मनिषले काविमा उपस्थिति जनाएका हुन सक्छन। उनी नर्वेमा रहे पनि के भो र? मामाको विश्वविध्यालयमा भान्जाले हाजिर नगरे अरु कस्ले गर्ने? मनिषजी स्वयमले त यो अपराध गर्नु भो, तर सबभन्दा दु:खको कुरा आफ्ना अपराधको चर्चा कम होस भन्ने हेतुले विभागका अन्य शिक्षकलाई पनि यो सुविधा दिनु भो। कम्प्युटर विभागबाट शिक्षकहरु लगभग सब गायब तर विध्यार्थिहरुले भने चारमा चार पाईरहेका छन। शैक्षीक भ्रष्टाचारको ठूलो उदाहरण सुरेश राजजीका भान्जावावुले दिनु भयो। तर, सुरेश राजले कहिले आफ्ना भान्जालाई स्पष्टीकरण सोध्नु भएन। 

सीतारामका सुपुत्र, सुरेश राजका भान्जाहरुका यी उदाहरण त साना-तिना घटना मात्रै हुन। मुकुन्दजीको पदोन्नति, उहाँहरुको भ्रष्टाचार, डेनियल र शरदको केयु प्रवेश लगायत अनगिन्ती उदाहरणहरु छन, जहाँ काठमाडौँ विश्वविध्यालयमा नातावादले परिपाटीलाई तोडेको छ, बेथितीलाई अँगालेको छ, दन्डहिनता बढाएको छ, र आफ्नै पैसा तिरेर पढने विध्यार्थिहरुका विश्वासमा जबरजस्त लात हानेको छ। प्राज्ञिक क्षेत्रमा देखिएको नातावादले काठमाडौँ विश्वविध्यालयमा अहिलेसम्म गरेको ठुलो अपराध भनेको एउटा दलितको जीवननै समाप्त गर्नु हो। सुरेश राजले अँगालेको नातावादको विरुद्ध आवाज उठाउँदैमा के कसैलाई अपमानित गर्न पाईन्छ, के कसैलाई हतोत्साहीत गर्न पाईन्छ र के कसैलाई जीवन त्याग्न बाध्य बनाईन पाईन्छ र? काठमाडौँ विश्वविध्यालयमा नातावाद समाप्त भएन तर यसका विरुद्ध आवाज उठाउनेहरु समाप्त भए। यो भन्दा ठूलो बिडम्बना अरु केही छ? 

बाबुरामलाई चुनौती

हिजो "नयाँ पत्रिका" पढदै गर्दा एउटा समाचारले ध्यान तान्यो। डा. बाबुरामले गोर्खामा आफ्नो विजयी सभामा भनेका रहेछन " तर हामी कर्मचारीतन्त्रमा रहेका नातावाद, भ्रष्टाचार, कृपावादको अन्त्य गर्न चाहन्छौँ।" नातावाद, भ्रष्टाचार र कृपावादका विरुद्ध डा. बाबुरामका उदगारहरुले एउटा तरँग पैदा गरेको छ। नेपालको प्रशासन, पुलिस, सेना, र शैक्षिक क्षेत्रमा अहिले नातावाद, भ्रष्टाचार र कृपावादरुपी धमिराले देशको स्थिती जर्जर बनाएको हो। नातावादी सँबन्धलाई प्रयोग गर्दै नक्कली प्रमाणपत्रका भरमा ठूल्ठुला पदमा पुग्नेहरु नेपालमा थुप्रै छन। अख्तियारले हालसम्म गरेको कार्यवाहीमा नक्कली प्रमाणपत्रका मुद्दाहरु नै प्रमूख रुपमा देखिन्छन। नेपालमा नातावाद, कृपावाद र भ्रष्टाचार नरहेको भए नक्कली प्रमाणपत्रधारीहरुका यस्तो विगविगी प्रशासन जगतमा देखिँदैन थियो। त्यसैले, नातावाद, भ्रष्टाचार र कृपावादको अन्त्य नेपालमा अत्यन्त जरूरी छ। 

तर, के डा. बावुरामले मुखले बोले जस्तै गरेर देखाउन सक्लान त? घटनाक्रमले देखाएको छ, सुरेश राज जस्ता नातावादीलाई पाँचौँ पटक उपकूलपतित्वमा सिफारीस गर्नेहरुमा डा. वावुरामका शुभचिन्तक दमन ढुँगानाहरु छन। सुरेश राजलाई "विकासवादी," "अपरिहार्य" र "निर्माता" भन्ने प्रदीप नेपाल र माधव नेपालहरुलाई नेपाली जनताले उठनै नसक्नेगरि सुताईसकेका छन। तर, दमन ढुँगानाजीहरु अझै प्रभावशाली छन र डा. वावुरामजीहरु सँग समीपतामा बस्नु हुन्छ। त्यसैले डा. वावुरामलाई हाम्रो चूनौती छ, दमनजीहरुको प्रभावबाट बाहिर आएर नातावादी, जातीवादी, दलित हत्यारा, भ्रष्ट डा. सुरेश राज माथि कार्यवाही गरेर देखाउनुस, तब हामी मान्छौँ नयाँ नेपालको निर्माण शुरु भयो। 

4 comments:

Anonymous said...

Check this link.

http://jmcethicsblogspot.blogspot.com/2008/04/powerful-friendship-kills-professional.html

Anonymous said...

gajab chha ba, aaphain blog lekhne ani aaphain comment lekhne. Yo ta hadai samma nasuhaune kura bhayo!

Anonymous said...

gajab chha ba, aaphain blog lekhne ani aaphain comment lekhne. Yo ta hadai samma nasuhaune kura bhayo!

Anonymous said...

कमेन्ट लेख्ने र राख्ने कामहरु फरक मान्छेले गरेका छन।

प्राध्यापक