सुरेश राजको भविष्य
सँविधान सभाको चुनावले नेपालमा देखिएको ध्रुविकरणलाई स्पष्ट पारेको छ। २४० वर्षको राजतन्त्रलाई व्रम्हनालमा सुताउने नेपाली जनताले गणतान्तृक नेपालमा नयाँ सँस्कारको अपेक्षा गरेका छन। राजतन्त्रको अन्त्य हुनासाथ सबै कुराको छिनोफानो हुन्छ भन्ने छैन। तर, यसले सँकेत गरेको छ कि नेपाली जनता अब नयाँ सोच चाहन्छन भन्ने कुरा। परम्परागत मान्यताको सामन्ती अवशेष राजतन्त्रको अन्त्य हुनु भनेको सामन्ती सोचलाई प्रतिनिधीत्व गर्ने एउटा सँस्थाको मात्र अन्त्य हो। त्यो सोचकै अन्त भने होईन। नेपालका राजनैतिक दलहरु वाहेक अन्य विभिन्न क्षेत्रमा जातीवादी, कुलिनतावादीहरुले सामन्ती सोचलाई पछ्याउँदै आएका छन र आफ्नो जीवन दर्शन बनाएका छन। काठमाडौँ विश्वविध्यालयको हिसाबले हेर्ने हो भने यहाँ रहेका सुरेश राज,सीताराम र भद्रमानहरु सामन्ती तन्त्रका अवसेष हुन। राजा ज्ञानेन्द्रले जसरी यिनीहरुले पनि सामन्ती सोचको पृष्ठपोषण गरेका छन र आफ्नो हैकम कायम गरेका छन। तर, दु:खको कुरा के छन भने आफ्ना हैकमलाई निरन्तरता दिन यिनीहरु सुन्दरमणी दिक्षीत जस्ता राष्ट्रपति हुन योग्य कर्मठ नेपालीलाई पनि पछाडी-पछाडी गाली गर्छन। दमन ढुँगाना जस्ता सोझा मान्छेलाई आफ्नो आँसुले पगाल्न कोशीस गर्छन र नेता-राजनेताहरुलाई आफ्नो तथाकथित विकासको नमूनाले चकाचौँध गर्दै पदमा नमरुन्जेल बस्ने जोहो गर्छन।
के गर्यो त सुरेश राजको सामन्ती सोचले?
सुरेश राजको सामन्ती सोचले हुनुसम्म गरेको छ। आफ्ना अनुज, मृतक पुत्री लगायत सीतारामका कुख्यात छोरा र यीनका शैक्षिक वेश्यारुपी भान्जाका सल्लाहका आडमा यीनले काविमा प्राज्ञिकतामाथि बलात्कार गरेका छन। एक्जाम सेक्सनमा गर्ने कामलाई हामीले यीनका व्यक्तिगत मामिला नै मान्ने हो भने पनि प्राज्ञिकता माथिको बलात्कारलाई भने हामीले व्यक्तिगत मामिला भन्न सक्दैनौँ। किनभने, यसले गर्दा यहाँ मान्छेहरुको भ्रम टुटेको छ, मुहार फुटेको छ र अन्तत: जीवनको डोर नै चुँडेको छ। आफ्ना कुकृत्यका विरुद्ध कसैले आवाज उठाउँदा, यो केयुको विरुद्धको आवाज हो भन्दै आक्रमणका लागी उक्साउने चक्रे मिलन पाराको आशा सुरेश राजबाट कसैले गरेका थिएनन। तर, पटक-पटक आक्रमण गराएर यीनि आफु शिक्षा क्षेत्रका माफिया हुन भन्ने यीनले स्पष्ट गरेका छन। आफ्नो पदका लागी, शैक्षिक प्रसाशनको नातावादी निरन्तरताका लागी शिक्षक-कर्माचारी-विध्यार्थीलाई रत्तिभर नगन्ने काम अरुले गर्दैनन। सामन्ती सोच बोकेकाहरुले मात्र गर्छन।
के होला त सुरेश राजको भविष्य?
अँग्रेजीमा एउटा उखान छ "As you sow as you reap।" जस्तो कर्म उस्तो फल। जीवनको उत्तरार्द्धमा आक्रमणको सिलसीला चलाएर सुरेश राजले प्रतिहिँसाको सम्भावनालाई बढाएका छन। दलितको जीवनको अन्त्य र मधेशी शिक्षकहरुमाथिको दुर्व्यवहारले सुरेश राजले केही समूह र पक्षलाई आफुमाथि आक्रमण गर्न निम्त्याएका छन। वर्तमान राजनैतिक ध्रविकरणमा केही समूह निश्चित रुपमै पछाडी पर्ने देखिन्छ। राजनैतिक रुपमा पछाडी पर्दा हिँसा र द्वन्दको सिलसिला चलाएर आफ्नो नाम प्रचारमा ल्याउने चलन नेपालमा निक्कै पुरानो हो। दलित र मधेशीहरुले तत्कालै आफ्नो हैसियत अनुरुप राजनैतिक रुपमा प्रतिनिधित्व नपाउने हो भने, यिनै समूहबाट पुन: हिँसात्मक राजनैतिक गतिविधिको थालनी हुन सक्ने सम्भावना नेपालमा छ। नेपाली समाजमा अत्यन्त पिल्सीएका तप्काले भोली गर्ने आन्दोलन अब गणतन्त्रको आन्दोलन हुँदैन। यो आन्दोलन सामन्तीतन्त्रका आडमा हुर्किएका र पुल्पुलिएका जमातका विरुद्ध बढन सक्छ। यसका लागी यिनिहरुले खोज्ने छन ती सफ्ट टार्गेटहरु जो दलित र मधेशीहरु माथि आक्रमण र शोषणका लागी कुख्यात छन। काठमाडौँ विश्वविध्यालयमा सुरेश राज शर्माले जे-जति अन्याय-अत्याचार गरेका छन, त्यसले यिनी दलित र मधेशी विरोधी साम्पर्दायिक सर्वसत्तावादी तत्व हुन भन्ने स्पष्ट गरिसकेको छ। प्राज्ञिक मागको कुरालाई धोती लगाउन सक्दा आफु सफल भएँ भन्ठानेका सुरेश राजले आफैलाई एउटा सफ्ट टार्गेटमा परिणत गरिसकेका छन। यसले के देखाऊँछ भने सुरेश राजको भविष्य वास्तवमै सँकटग्रस्त छ।
No comments:
Post a Comment