Wednesday, October 01, 2008

कर्ण शाक्यले गर्नु पर्ने "खोज"

"विकासको सुनौलो घेराभित्र विकृती" भन्ने शब्दावली कर्ण शाक्यले आफ्नो पहिलो पुस्तक "सोच"मा राख्नु भएको थियो। त्यो पृष्ठ पढदै गर्दा मेरो मानस-पटलमा काठमाडौँ विश्वविध्यालय र सुरेस राज-सीताराम-भद्रमान-पुष्पराज"का चन्डाल चौकडीले केयुमा मच्चाएको "राज"को नालीवेली घुमिरहेको थियो। अोहो, कस्तो ठ्याक्कै मिल्ने विश्लेषण भन्ने जस्तो लागेको थियो। होटल व्यवसायी र पर्यावरणविद कुनै पूर्व-कर्मचारीमा विकासको स्तरलाई नाप्न सक्ने क्षमता हुँदैन भन्ने कुरा कहिले मेरो सोचमा आएन। तर, बाहिरी दुनिँयामा अप्रकट कुरा भित्रकालाई थाहा हुन्छ। प्राज्ञिक क्षेत्र भन्दा वाहिरका धेरैले अहिले सुरेश राजको सँस्थापनलाई मन पराएको पाईन्छ। राजनैतिक, तथाकथित बुद्धिजिवी र कर्ण शाक्य जस्ता ब्यवसायीहरुले सुरेश राजले केयु सँस्थापन गरेर विकासको नमूना प्रकट गरेका छन र हाम्रो समाजको अनसिन हिरोजमा पर्छन भनेर धेरै वखान गरेका छन। यिनीहरुका "बुद्धिमत्तापूर्ण तर्क" सुन्ने, मनन गर्ने र जीवनशैलीमा प्रयोग गर्न रुचाउने सर्वसाधारण नेपालीहरु उत्साहित हुँदै पाठक पत्र लेख्छन अनि लेखकको जय-जयजयकार त गर्छन-गर्छन साथ-साथै "अनसिन हिरोज"का पनि। 

कान्तिपुरमा आज एउटा पाठक पत्र "अनसिन हिरो" पढने मौका पाईयो। त्यस पाठक पत्रको केही अँश यस्तो छ;

"काभ्रेबाट एसएलसीमा बोर्ड फस्ट हुने एक होनहार विद्यार्थी खर्चको अभावले पढ्न नसकी गाउ“कै विद्यालयमा मास्टरी गर्दैछन् । धेरै कमाउने सपना बोकेर कुवेत छिरेकी डोल्मा त्यहा“को जेलमा जीवन र मृत्युको फैसलाको बीचमा लाट्किरहेकी छिन् ।एक नेपाली सिवाइलाल थारू पाएसम्म र भ्याएसम्म रूख रोपेर हामीलाई जीवन उपहार दिइरहे । तर नेपाली सिवाइलालहरू जीवन दिने जंगल सकेर काठ तस्करी गर्दै मृत्यु ग्रहण गराइरहेका छन ।कर्ण्र्ाााक्यका 'अनसिन हिरोज' डा. रामकण्ठ माकजु डा. सुरेशराज शर्मा र महावीर पुनहरूको जुन प्रकृतिको शैक्षिक योग्यता र हैसियत छ त्यो अनुसार उहा“हरूले त्यति गर्नर्ैपर्ने थियो । तर माकजु, शर्मा र पुनजत्तिकै र त्योभन्दा बढी शैक्षिक योग्यता र हैसियत हुने अरू लाखौं छन् । फरक इमानदार र बेइमानीको मात्र छ । यही हो भिन्नता । "

पाठकले वास्तवमै बडो ईमान्दारीता पूर्वक लेखेका छन। उनले एकातिर कर्णशाक्यका "अनसिन हिरोज" डा. रामकन्ठ माकजु र डा. सुरेश राज शर्मालाई ईमान्दार भनेर लेखेका छन बने अर्को तिर माकजु र शर्मा द्वयका कर्मथलो काभ्रेमै एउटा होनहार विध्यार्थि पढन नपाईकन स्कूलमा मास्टरी गर्नु परेको वाध्यता पनि लेखेका छन। यो भन्दा बढी पाठकीय ईमान्दारीता के हुन्छ? खुलेर प्रशँसा गरेका छन उनले कर्ण शाक्यका "अनसिन हिरोज"का तर दिग्दारीसाथ पनि लेखेका छन विश्वविध्यालयको सन्चालन गरेर ज्ञानको ज्योती छर्ने "साधू" सुरेश राजको कर्मभूमीमा एउटा प्रतिभाशाली नेपालीले उच्च‍-शिक्षाको अवसर नपाएको कुरा। नेपालमा जनसहभागीताका साथ उच्च शिक्षा सँभव छ भन्ने सुरेश राज एकातिर छन र साथमा छ उनका आई.एस्सी. कार्यक्रम। विश्वविध्यालयमा सुरेश राजले छात्रवृतिको तिथी वसालेका छन। धुलिखेल देखि पनौतीसम्मका विध्यार्थिहरुले विभिन्न तहका पढाई पूर्ण छात्रवृतिका साथ गर्छन। वास्तविकता हो यो काठमाडौँ विश्वविध्यालयको। तर, अर्को वास्तविकता के हो भने छात्रवृति यी होनहारहरुले पाउँदैनन। वेलप्रसाद, रामकन्ठका नातेदारहरु, त्यहाँका समाजका लब्ध-प्रतिष्ठीतहरुका सिफारीस प्राप्तहरु सिवाय अरुले छात्रवृति पाउँदैनन। सुरेश राजका नातेदार, सीतारामका नातेदार, भद्रमानका नातेदार, पुष्पराजका नातेदारहरु भने पूर्ण छात्रवृतिका साथ अध्ययन गर्छन अनि अध्ययन समाप्तीपछि तुरुन्तै हाकिम पनि वन्छन। कर्ण शाक्यजी, विकासको सुनौलो घेरा भित्रको विकृति के हो? यस्को सँबन्धमा खोज गर्ने की कसैलाई अनसिन हिरो भन्दै ढ्वाँग फुक्दै हिँडनु अगाडी। यो हो, कर्ण शाक्यले गर्नु पर्ने पहिलो खोज। 

पाठकले पत्रमा उनेकै जसरी हामीले पनि केही नामहरु पुरानो एउटा ब्लगमा उनेका थियौँ। सुरेश राज र रामकन्ठका साथ-साथै महाविर पुनका नाम पनि हामीले राखेका थियो। हेर्नुस पुरानो ब्लग Medical Education and KU। म्यागासेसे पुरस्कार घोषणापछि महाविर पुनको चर्चा-परिचर्चा हुँदा कसैले घुसाएको थियो रामकन्ठको नाम। काठमाडौँ निवासी तिनले धूलिखेल लज रिसोर्टमा सुकुला गर्दै आफ्ना कुनै नातेदारका सर्जरी गर्न भ्याएका रहेछन। अनुग्रहित मनले एक्कासी भक्कानिएर "उहाँ महान हो" भन्न थाले पछि बोझको दवावले दासवाणी निस्क्यो जस्तो मलाई लागेको थियो। सामाजिक भेलामा रामकन्ठमाथि मात्र वहस गर्न ठिक लागेन मलाई। त्यसपछि लेखेँ मैले यो माथिको ब्लग। मैले स्पष्ट लेखेको छु-धुलिखेल अस्पतालको सँस्थापनले काभ्रे जिल्लामा स्वास्थको स्थिती राम्रो हुँदैछ। काठमाडौँका उपभोक्ताले खाने आलु, सागपात लगायत विभिन्न अन्नपातका खेतीमा सँलग्न किसानहरुमा अधिक विषादीका प्रयोगका कारण ब्लड क्यान्सर जस्ता रोग बढन थालेको रेकर्डका कुराहरु पनि यसै अस्पतालबाट सुन्नमा आएको छ। तसर्थ, यस अस्पतालले सर्जरी गर्ने र उपचार गर्ने मात्र होईन, अल्पशिक्षित नेपाली किसानहरुले खेती जोगाउनका लागी विषादीको घनघोर प्रयोग गरेका कुराहरु पनि अगाडी ल्याएर ठूलो जनसमूदायलाई सचेत गरेको छ। हामी यो कुरा स्पष्ट स्विकार्छौँ। तर, सबैले स्विकार्नु पर्छ रामकन्ठको काठमाडौँ विश्वविध्यालय प्रवेशमा एउटा एजेन्डा छ। महाविर पुन, सन्दुक रुईतका साथ-साथै रामकन्ठ पनि सामाजिक हिरो हो। तर, के कुनै सामाजिक हिरोले सम्मान खोज्दै हिँडन मिल्छ? मलाई सम्मान गर, मलाई डीन बनाउ, मलाई प्रोफेसर बनाउ भन्दै हिँडन मिल्छ? होईन, रामकन्ठले यस्तो कुरा गर्दैन, भन्दैन भनेर साथिहरुले भन्नु हुन्छ भने, सुन्नुस उनको एउटा रामकहानी। कुरो माओवादीहरु जँगलमा छँदा बखतको हो। "आतँकवादी"हरुलाई रोक्न ज्ञानेन्द्रका शाही सेनाले नलिन्चोकमा चेकपोस्ट राखेको थियो। एकदिन डा. रामकन्ठ अलिक अवेर काठमाडौँबाट फर्केछन। चेकपोस्टमा ड्युटीमा खटेका जवानले डा. साहेवसँग परिचय पत्र वा नागरिकता मागेछन। डा. साहेव जँिगनु भएछ र भन्नु भएछ, "म डाक्टर हुँ।" जवानले तुरुन्त जवाफ फर्काएछन,"वावुराम पनि डाक्टर हुन नी। के तिमी वावुराम हो?" डा. रामकन्ठ नाजावाफ भएर आफ्नो नागरिकता निकाल्न तर्फ लागेछन। न बोल्ने ढँग छ, न कुरा गर्ने, न अन्यका पेशा र कर्तव्यलाई आत्मसात गर्ने क्षमता। प्राध्यापनका लागी एकदम वेठीक तर सुरेश राजका मतियार भएका कारण भने अहिले प्रोफेसर। कर्ण शाक्यजीले सामाजिक हिरो मान्छेहरुलाई भौतिक सँस्थापनकै आधारमा बनाइरहेका छन भन्ने ठूलो प्रमाण हो यो। सामाजिक हिरो बन्न के चाहिन्छ भन्ने कुरा त सुन्दरलाल बहुगुणालाई हेरेर बुझ्नु पर्ने हो नी। सुन्दरलाल बहुगुणा पर्यावरण भने पछि जहाँ पनि पुिगदिन्छन, खाली खुट्टा हिँडछन, कसैको पद र सम्मान खोज्दैनन। के रामकन्ठ र सुन्दरलाल बहुगुणालाई सँगै राख्न सकिन्छ? यो हो कर्ण शाक्यले गर्नु पर्ने दोस्रो खोज। 

सकारात्मक "सोच" राख्नु जीवनमा अत्यन्त आवश्यक छ। वास्तवमा काठमाडौँ विश्वविध्यालयमा सकारात्मक "सोच" राख्दै "खोज"मा व्यस्त कुनै समूह छ भने त्यो हो नातावाद, भ्रष्टाचार र कृपावादको सहारामा राजनीति नगर्ने शिक्षक-विध्यार्थि-कर्मचारीको समूह। सुरेश राज-सीताराम-भद्रमानले गुन्डा बोलाए, दिँउसै आक्रमण गरे, र कर्तव्यनिष्ठ कर्मचारीलाई आत्महत्या गर्नका लागी अठारौँ शताब्दीका तरिका अपनाए। प्रशासकहरुका भीडभन्दा ठूलो भीड शिक्षक-कर्मचारी र विध्यार्थिको छ। तर, अझै सुरेश राजलाई कालोमोसो दलेको, कुटपिट गरेको, सितारामलाई चारपाटे मोडेको, भद्रमानलाई जुत्ताको माला लगाएको कुरा हामीले सुन्न परेको छैन। गुन्डागर्दीको घनघोर प्रयोग हुँदा मान्छेहरु प्रतिहिँसामा ओर्लन्छन। तर, काठमाडौँ विश्वविध्यालयका विद्वत वर्ग भने शान्तीपूर्ण रुपमा, डेलिगेशन गएर र पत्र-पत्रिका मार्फत आफ्ना धारणा राखेर सुरेश राज प्रशासनको नातावादी राजनीतिको विरोध गर्दैछन। न कुनै हिँसा न कुनै जबर्जस्ती। यस्तो प्रशान्त कदम "सोच"ले भरेका मान्छेमा मात्र हुन्छन। कर्ण शाक्यले बुझ्नु पर्ने र गर्नु पर्ने तेस्रो "खोज" यही हो। 

कर्ण शाक्य राम्रा मान्छे हुन र सकारात्मक कदम चाल्न सबैलाई अभिप्रेरीत गर्छन। तर, यिनले आफ्नो दोस्रो पुस्तकमा भने केहि गल्ती गरेका छन। त्यो गल्ती उनमा रहेको विश्लेषकीय क्षमताको कमीले पनि हुन सक्छ र ज्ञानको कमीले पनि हुन सक्छ। होटल व्यवसाय र प्राज्ञिक क्षेत्र एउटै मापदन्डमा चल्दैन। काठमाडौँ गेष्टहाउस उनका निजी लगानी हो। यस्तै काठमाडौँ विश्वविध्यालय पनि सुरेश राजको एकल परिश्रमको फल हो। तर, श्रमका हिसावले दुबै स्थान त्यहाँ कार्यरत, अध्ययनरत र प्रयोगरत सबैको साझा सँपत्ती हो। निजी लगानीको होटल र निजी वा एकल प्रयासको विश्वविध्यालयमा एउटा ठूलो फरक भने अवश्य छ। त्यो हो-स्वच्छताको र नैतिकताको। होटलमा मजाले रन्डीबाजी गर्न सकिन्छ। प्ले-व्यायका सेन्टरफोल्ड मोडेलसँगै सम्भोगरत हुन सकिन्छ। तर, यो कुरा विश्वविध्यालयमा सँभव छैन। नैतिकता यहाँ एकदम कठोर रुपमा प्रकट हुनुपर्छ। नातावादको सानो घटनाले कुर्सी छोडनु पर्छ, यौन दुर्व्यवहारका साना घटनाले जीवनभर प्राध्यापन गर्न नपाईने स्थितिको सामना गर्नु पर्छ र कसैलाई मानसिक रुपमा आत्महत्या गर्न वाध्य तुल्याईने कुराले हत्याराका रुपमा चिनिनु पर्छ। कर्ण शाक्यले गर्नु पर्ने चौथो "खोज" यही हो।

विगत दुई वर्ष देखीका आन्दोलनका विकासक्रमले भन्छ यहाँ कोही छैनन-जसले प्राज्ञिकतालाई आत्मसात गरोस। सत्ता र पदको चास्नीमा डुब्न चाहने राजनीतिज्ञहरुसँग यस कुराको केही आशा छैन। आशा छ केही विद्वानहरुसँग र केही लेखकहरु सँग जो सुरेश राजको अनुकम्पा र टेक एन्ड गिभको प्रभावबाट मुक्त होस। तर, सानो नेपालमा हामी यसरी जेलिएका छौँ कि कतै न कतै सुरेश राजबाट केही न केही फेवर हामीले लिएका छौँ। डा. जयराज आचार्यले जुन निर्लज्जता देखायो सुरेश राजको प्रशँसा गर्नमा, त्यसले नै मन अमिलो बनाईदिएको छ। कर्ण शाक्यले पनि कतै आफ्ना छोरा-छोरी-नाती-नातिनीलाई भर्ना मिलाउन सुरेश राजलाई गुहारेको त छैन? मनमा केही शँका उठेको छ। तर, सुरेश राजलाई "अनसीन हिरोज"का रुपमा उनले गरेको वर्णन भने चकाचौधमा फसेर "विकासको सुनौलो घेराभित्रको विकृती"लाई बुझ्न नसकेको भने पक्कै हो। 

No comments: