Monday, October 06, 2008

कर्ण शाक्य: के फटाहा लेखक हो?

ब्लगसँसार अहिले परम्परागत सुचना प्रणालीभन्दा छुट्टै ढाँचामा लोकपृ्य हुँदै गईरहेको छ। विश्वव्यापी रुपमै अहिले ब्लगको फेशन चलेको छ। शिक्षकहरु विषयगत रुपमा ब्लग चलाँउदैछन भने सिने नायकहरु आफ्ना कार्यक्रम र सिनेमाका चर्चा-परिचर्चा गर्नका लागी ब्लग चलाँउदैछन। ब्लगका मार्फत केही मल्टी नेशनल कम्पनीहरु आफ्ना कर्मचारीका कार्यदक्षता बढाउन पनि लागेका छन। नेपालमा भने नाम चलेका व्यक्तिहरुले ब्लगमा कमै लेखेका छन। बरु ब्लग मार्फत केही पत्रकारहरु भने लोकप्रिय भएका छन। केही नाम चलेका र सफल ब्यक्तिहरुमा पर्छन कर्ण शाक्य। मेरो सँसारमा उनले लेखेका ब्लगहरुमा उनकै विगत र उनले गरेका काम-कार्यवाहीका सँबन्धमा पाठकहरुले सीधै उनलाई सँबोधन पनि गरेका थिए। पोखरामा लेकसाईडको जग्गा मिच्यो भन्ने पाठकका भनाईको प्रत्यूत्तरमा उनले अर्को ब्लग मार्फत माई सँसारमै प्रतिकृया दिएका थिए। वास्तवमा कर्ण शाक्यले उक्त प्रतिकृ्या दिएपछि मेरो मनमा उनी प्रति निक्कै सम्मान उब्जेको थियो। समाजको हिरो वा नायक बन्न आँटिलो मान्छे निस्क्यो जस्तो मलाई लागेको थियो। 

तर, विगतका केही दिनदेखि म नियमित रुपमा कान्तिपुरका पाठकपत्रहरु पढदै छु। कतै कर्ण शाक्यले केही पाठकले सोधेका प्रश्न दिन्छन कि भनेर। लिखित इतिहासका नायकहरू शिर्षकमा एकपाठकले उनलाई सिधै प्रश्न हालेका छन; "सुरेश राज कसरी-अलिखित नायक?" भयो भनेर। कर्ण शाक्यले अहिले सम्म जवाफ फर्काउन सकेका छैनन। यो सँझदा मलाई अलिक खल्लो लाग्छ। "अरु सित लिनु भन्दा, अरु लाई दिनु रमाईलो हुन्छ।" भन्दै हिँडने कर्ण शाक्यले किन जवाफ फर्काउन नसकेको? उक्त पाठकको प्रश्नलाई थप गर्दै अर्को पाठकले सल्लाह दिएका थिए यो "खोज कि विविध सँगालो" हुनु पर्ने भन्दै। चिन्तक लेखकले अहिलेसम्म जवाफ दिएका छैनन। 

जवाफ किन दिएनन त भन्ने सोचमा म परेँ र पुन: एकपटक ति पाठकपत्रहरु पढन थालेँ। अनि स्पष्ट हुन गयो कर्ण शाक्यले जवाफ नदिनुको कारण। एक पाठक शँकर केसीको भनाई अनरुप कर्ण शाक्यले त पत्रिकामा आएका कुराहरु मात्र सँकलन गरेका रहेछन। साथै, तथ्य कुरा भन्दा पनि हावादारी गफलाई मात्र कर्ण शाक्यले नयाँ पुस्तक "खोज"मा समेटेका रहेछन भन्ने भनाई पाठकपत्रको एउटा सानो अँशले प्रमाणित गर्छ। 

"गरिबी निवारणका लागि पर्यटन कार्यक्रम(टीआरपीएपी) ले 'चितवन चेपाङ पहाडी पदयात्रा मार्ग' सञ्चालनमा ल्याएको हो । शाक्यजीले त चितवन शक्तिखोरका चेपाङ समुदायका केही युवा मिलेर पैदलमार्ग निर्माण गरेको लेख्नुभएको छ । के तपाईंले त्यो मार्गमा पदयात्रा गर्नुभएको छ? लेख पढ्दा त पदयात्रा गरेजस्तो लागेन । हो स्थानीयवासीको सहयोगबिना कुनै पनि पदयात्रा मार्ग सञ्चालन हुन सक्दैन । तर सिराइचुली, उपर्दाङगढी हुँदै मझबाङसम्म पुग्ने पदयात्रा मार्ग टीआरपीएपीकै सहयोगमा निर्माण गरिएको हो । गत वर्ष पर्यटन बोर्डमा पाएको त्यससम्बन्धी ब्रोसर मसँग सुरक्षित छ । तपाईं पर्यटनकर्मी त्यति त थाहा हुनुपर्ने हो नि?"

शँकर केसीका भनाईलाई थप पुष्टी गर्दै ध्रुव नेउपाने लेख्छन

"चितवन चेपाङ पहाडी पैदल मार्ग स्थानीय चेपाङ युवाहरूलाई मात्र समावेश गराउनुले अन्य समुदाय र संघ संस्थाले गरेको योगदानलाई छायामा पार्नु नै हो । यो कुराले कर्ण शाक्यले पैदल मार्गको भ्रमण नगरेको र जानकार कम भएको कुरा प्रस्ट हुन्छ । शाक्यजस्ता पर्यटन व्यवसायी एवं समाजसेवीले हचुवाको भरमा प्रकाशनमा ल्याउनु परिपक्वता ठहर्दैन । त्यसैले सो मार्ग प्रबर्द्धनमा ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रममा कार्यरत पूर्व कर्मचारीका हैसियतले मार्गको एकपटक भ्रमण गर्नका निम्ति निमन्त्रणा गर्दछु । यसले पैदल मार्गको बजारीकरणमा पनि थप टेवा पुर्‍याउनेछ।"

हुन सक्छ कर्ण शाक्य अहिले जवाफको तयारीमा होलान। Writer's dillema का कारण प्राध्यापक अभि सुवेदीसँग छलफल गर्दै होलान। तर, अहिले मेरो आँखा "खोज"मा समाविष्ट "सोच पछि खोज किन?"मा छ। भक्तपूरमा जेरी-स्वारी-हलुवा खाएको जस्तो लेखन हुँदैन भन्ने कर्ण शाक्यको भनाई एक हिसावले ठिक हो। कर्ण शाक्यलाई "क्यान्सर कस्तो फापेको" भनेर एक पाठकले प्रतिकृया पठाउँदा कर्णजी मर्माहन्त हुनु भएको थियो। तर, रिसालु युवा कवि किन रिसाए? कर्ण शाक्यले अझै बुझेका छैनन। प्ले-व्यायका सेन्टर फोल्ड मोडेलले देखाउँदा देखिने अश्लिलता भन्दा बढी अश्लील चाँही त्यो युवाको कविता रहेछ। किनभने उहाँको विचारमा एउटा चिन्तकले अर्को चिन्तकका लागी "प्राणघातक" र "मनघातक" अभिव्यक्तिहरु कहिले पोख्नु हुँदैन भन्ने रहेछ। कवि, लेखक, उपकूलपतिहरु, बुद्धिजिवीहरुले कसैको कुभलो चिताउनु वास्तवमै ठीक कुरा होईन। कर्ण शाक्यको यो सोचसँग म सहमत छु। 

तर, कर्णजीले बुझ्नु पर्ने कुरा के छ भने उहाँबाट स्थापित यस मापदन्डमा पूर्ण रुपमा असफल ब्यक्तिमा एक हुन डा. सुरेश राज शर्मा। कर्ण शाक्यलाई कवितामा कसैले प्राणघातक शब्द बोल्दा रिस उठेको छ, असभ्य भन्न उनलाई मन लागेको छ, अश्लील भन्न मन लागेको छ। तर, काठमाडौँ विश्वविध्यालयमा सुरेश राजले भने प्राणघातक शब्दै नबोली प्राण हरेका छन। अठारौँ शताब्दीको जातीय हेय-वचन प्रयोग गर्दै कसैलाई कसैको जीवन हर्न निर्देशन दिएका छन। र, मृतको देहावशान पश्चात मृतक आफ्नो यौन दूर्बलताले उत्पन्न मानसिक विचलनका कारण आत्महत्या गर्न बाध्य भएको प्रचार गरेका छन। आफ्नो प्रचार यन्त्रलाई बलियो बनाउन मृतककै श्रीमतिलाई कतै जागिरको बन्दोबस्त मिलाई "दलित उत्पीडन र अप्रत्यक्ष हत्या"को आरोपबाट उन्मुक्ति पाउँदै नेपाली समाजको "अलिखित नायक" बनेका छन। 

कर्ण शाक्यले "सोच" पछि "खोज" लेखे जतिकै अकाट्य सत्य हो यो कुरा। धुलिखेलका रामकन्ठ र वेलप्रसादका सहयोगमा ज्ञानेन्द्रको टिके मेयरको नेतृत्वमा गुन्डाको प्रयोग। शान्तीपूर्ण रुपमा साँगठानिक अधिकार र व्यवासायिक हक-हितका लागी आवाज उठाउँदा दिँउसै आक्रमण। अनि आक्रमण पश्चात आन्दोलनकारीहरुले नै "वाईसीएल" बोलाएको दुश्प्रचार अहिले घाम जतिकै छर्लँग भईसकेको छ। के आफ्ना कु-कृत्यका विरुद्ध आवाज निकाल्ने कसलाई छोडेको छ सुरेश राजले? के कुनै प्राध्यापकले विश्वविध्यालयमा नातावाद र भ्रष्टाचार हुनु हुँदैन भन्दै आवाज निकाल्नु "नकारात्मक सोच" हो? मेरो प्रश्न छ कर्ण शाक्यला‌ई। 

सुरेश राजको नातावाद र भ्रष्टाचार कतिको बलियो छ भन्ने कुराको पूर्ण विवरण हामीले दिइसकेका छौँ। सुरेश राजको सँस्थापनमा कहाँ-कहाँ कसरी भ्रष्टाचार काठमाडौँ विश्वविध्यालयमा झ्याँगियो-हामीले स्पष्ट भनाई राखेका छौँ। हामीले सुरेश राजको कुर्सी कहिले ताकेका छैनौँ, हामीले बश चाहेका छौँ एउटा राम्रो परम्पराको विश्वविध्यालय। तर, अहिले स्थिति के छ भने एक पछि अर्को डिप्लोम्याट, व्यवसायी, चिन्तक, लेखक र कर्ण शाक्य जस्ता सकारात्मक सोचले भरेकाहरु भने सुरेश राजलाई नायक बनाउँदै छन र विकासवादी नेपाली भन्दैछन। 

अब्राहम लिँकन भन्थे "You may deceive all the people part of the time, and part of the people all the time, but not all the people all the time" यस्तै भईरहेको छ कर्ण शाक्यको नयाँ पुस्तक "खोज"मा। शायद सुरेश राजको गृहजिल्ला भएकैले होला सिन्धूलीका भिम वहादुर थापाका "खोज" अभियानका सँबन्धमा उनलाई थाहा रहेछ भलै यस ब्लगका सँबन्धमा केही थाहा किन नहोस। हामी त "सुरेश राज विरोधी रे"। कति सजिलो हाम्रा नातावाद र भ्रष्टाचार विरोधी कर्मलाई कुर्सीको खेल हो भन्दै ओझेलमा पार्न र नेपालीहरुलाई गुमराह गर्न। माथिका शँकर घिमिरे र ध्रुव नेउपानेले द्वारा प्रेषित पत्रहरुले "चेपाङ बस्तीको बाटो"का सँबन्धमा कर्ण शाक्यलाई केही थाहा नभएको कुरा पुष्टी गरे जसरी हाम्रा अभिव्यक्तीहरु सुरेश राज नेपाली समाजको नातावाद-कृपावाद-भ्रष्टाचार चर्काउने "अलिखित खलनायक"हो भन्ने पुष्टी गर्न काफी छ। तर, हेराईलाई ध्यान दिने कर्ण शाक्यलाई भने यता हेर्न कुनै फुर्सद छैन। बि. आर. चोपडाको "वागवान" हेरेपछि "बाबुल" हेर्न पुगेका कर्ण शाक्यले पुरा परिवार नै लागेर चोपडाजीलाई खुव गाली दिएका रहेछन। अब, "सोच" पढेपश्चात उनका प्रशँसक बनेका हामीले कर्ण शाक्यलाई "खोज"का लागी गाली गर्ने कि नगर्ने? "दलित हत्यारा" सुरेश राज जस्ता खतरनाक साम्प्रदायिक-नातावादी-भ्रष्टाचारी खलनायकलाई "नायक" बनाउन तम्सँदै यस्ता हुँदै नभएको कुरा लेख्ने कर्ण शाक्यलाई फटाहा लेखक भन्ने की नभन्ने? कर्ण शाक्यका सँबन्धमा अब सोच्ने बेला आईसक्यो। 

2 comments:

Anonymous said...

राम्रो। धेरै राम्रो लेख।
अनी, त्यो रुपकेको बहिनीको बिहे भो र?

दिपक
अस्ट्रेलिया

Anonymous said...

You seem busy these days. Number of news regarding KU has come in recent days, but could not see in the blog:
Nov 20, The HImalayan Times editorial page - by RC sharma

Nov 24 The HImalayan Times- Two letters to editor

Mangshir 5, Chestha
Kartik 29 Janadisha

all are fantastic. Please psot it and let the reader share the information