नातेदारले भरियो काठमाडौं विश्वविद्यालय
स्रोत: जनदिशा राष्ट्रिय दैनिक
जनदिशा संवाददाता
काठमाडौं, २७ कात्तिक : काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मालाई कुलपति तथा प्रधानमन्त्रीको ठाडो आदेशमा पदबाट नहटाइए शर्माले विश्वविद्यालयलाई पारिवारिक कम्पनीमा रूपान्तरण गर्नसक्ने काविविका प्राध्यापकहरूले बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नयाँ संरचनाको स्थापना भइरहे तापनि लगातार सत्र वर्षदेखि एकछत्र नेतृत्व गरिरहेका उपकुलपति शर्माको एकाधिकार कुनै पनि सरकारले तोड्न नसकेको प्राध्यापकहरूको भनाइ छ ।
गतसाल काविविको अनियमितता, आर्थिक हिनामिना, सेवा आयोगबिना कर्मचारी, प्राध्यापक आफ्नै तरिकाले बढुवा वा खोसुवालगायत गरेको आरोपमा उपकुलपति शर्माविरुद्ध अख्तियारमा मुद्दासमेत परेको थियो । वर्षौंदेखि निकै विवादित र बदनामित शर्मामाथि काठमाडौं विश्वविद्यालयलाई आफ्नो नाता गोताले भरेको आरोप छ ।
विरोध र विवादबीच पनि काविविको पाँचौंपटक उपकुललपति भएका डा. शर्माको पछिल्लो चरणमा विविको प्राध्यापक सङ्घ र प्रगतिशील तथा प्रजातान्त्रिक प्राध्यापकहरूले फेरि सङ्गठित रूपमा विरोध सुरु गरेका छन् । शर्मा पैसा र पहुँचको आधारमा लगातार पाँचौंपटक -सत्र वर्ष) कार्यकाल लम्ब्याउन सफल भएको कावि प्राध्यापक सङ्घको भनाइ छ । सरकार र शासन व्यवस्था परिवर्तनसँगै अन्य विविका उपकुलपति परिवर्तन हुने गरे तापनि २०४८ सालमा स्थापना भएको काविविको उपकुलपति भने स्थापनाकालदेखि नै डा. शर्मा रहादै आएका छन् ।
विविमा कायम भएको शर्माको एकाधिकारलाई माओवादीको नेतृत्वको वर्तमान सरकारले परिवर्तन गर्नसक्ने विश्वास प्राध्यापकहरूले गरेका छन् । 'हामीले नयाँ सरकारबाट उपकुलपति शर्मालाई काविविबाट निष्कासन गरिने ठूलो आशा लिएका छौं ।’ काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले प्रधानमन्त्री तथा कुलपतिसमक्ष पेस गर्न तयार पारेको एक पत्रमा भनिएको छ ।
प्रधानमन्त्री तथा काविविका कुलपति प्रचण्डको ठाडो निर्णयमा कारबाही अगाडि नबढाए आगामी दिनमा कावि सुरेशराज समूहको 'पारिवारिक कम्पनी’का रूपमा विकास हुनेमा कुनै दुईमत छैन,’ पत्रमा उल्लेख गरिएको छ ।
हाल काठमाडौं विविमा कार्यरत कर्मचारीमध्ये ७० प्रतिशत र प्राध्यापकमध्ये ५० प्रतिशत उपकुलपति शर्मा, पूर्वरजिष्ट्रार सीताराम अधिकारी र वर्तमान रजिष्ट्रार भद्रमान तुलाधरको नातेदारबाट भरिएको उनीहरूले बताएका छन् । अधिकारी र तुलाधर शर्माका अत्यन्तै नजिकका मानिन्छन् । 'त्यसमा पनि दैनिक एवम् भावी क्रियाकलापका लागि निर्णय गर्ने तह -कार्यकारी परिषद्, प्राज्ञिक डीनहरू)मा सतप्रतिशत उनीहरूका नातेदार छन्,’ प्राध्यापक सङ्घको पत्रमा भनिएको छ ।
दोस्रो जनआन्दोलनको सफलतासँगै स्थापना भएका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घलाई आफूले भनेको अनुसार नचले कारबाही गरिदिने चेतावनी शर्माले दिने गरेको प्राध्यापक सङ्घले बताएको छ । शर्माले आफ्नोविरुद्धमा एक वर्षअगाडि आन्दोलनमा उत्रिएका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घका पदाधिकारीलाई स्पष्टीकरण लिादै जागिर खाइदिने चेतवानी दिएका उल्लेख गर्दै पत्रमा अगाडि लेखिएको छ- प्राध्यापक सङ्घका अध्यक्ष, महासचिव, सल्लाहकारलगायतलाई स्पष्टीकरण लिए । सचिवलाई जागिरबाट बर्खास्त गरे ।’
'उनैको धम्कीका कारण एक निम्न ओहोदामा कार्यरत दलित समुदायका कर्मचारीले आत्महत्या गरे । पत्रमा उल्लेख गरिएको छ । झन्डै दुई वर्षपहिले उपकुलपति शर्माको मानसिक यातनाका कारण वरिष्ठ प्राविधिज्ञ बुद्धि विश्वकर्माले आत्महत्या गरेको गत पुस ४ गते शर्माविरुद्ध अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख गरिएको छ ।
शर्माले लगातार १५-२० वर्ष काम पूरा गरेका दक्ष प्राध्यापक कर्मचारीलाई बढुवा नगरेर जुनियर आफन्तहरूलाई मात्र बढुवा गरेको सङ्घको आरोप छ । शर्माको प्रशासनविरुद्ध प्राध्यापक सङ्घ दुईपटक अनशनसमेत बसिसकेको छ ।
अहिले काविवि प्राध्यापक सङ्घ विविको ऐन संशोधन गरी स्पष्ट रूपमा 'पब्लिक युनिभर्सिटी’ भन्ने वाक्य उल्लेख गरिनुपर्ने, विविमा विद्यमान काविवि प्राध्यापक सङ्घलाई ऐनमा उल्लेख मान्यता दिनुपर्ने, निष्पक्ष र स्वतन्त्र प्राध्यापक सेवा आयोग गठन हुनुपर्नेलगायतका माग राखेर थप आन्दोलनमा उत्रिने तयारीमा छ । विविमा दुई वर्षदेखि प्रतिशोधपूर्ण तरिकाले भएका प्राध्यापक कर्मचारीहरूको निष्कासन सरुवा, बढुवा, वा बढुवा रोक्कालाई छानबिन गरिनुपर्ने, आर्थिक पारददर्शिता गराउनुपर्ने, नयाँ कुलपतिको नेतृत्वमा पुरानो विविसभा भङ्ग गरी प्रतिस्पर्धात्मक र समावेशी विविसभा गठन हुनुपर्ने माग प्राध्यापक सङ्घले अगाडि सारेको छ ।
उपकुलपति सुरेशराजको नातेदार र पद
मुकुन्दकुमार उपाध्याय (भाइ) : मुख्य प्रशासक
सिजन शर्मा (ठूली छोरी) : योजना प्रबन्धक
दामोदर गौतम (ज्वाइं) : प्राध्यापक
उमेश ढुङ्गेल (सौतेनी भाइ) : प्राध्यापक
सन्तोष पौडेल (मुकुन्दको बहिनी ज्वाइं) : मेडिकल अधिकृत
मनिष पोखरेल (भिनाजु): प्राध्यापक
सुकन्या (मनिषका साली): व्यवस्थापन अधिकृत
सञ्जु (मनिषको भान्जी): व्यवस्थापन अधिकृत
टङ्क शर्मा (बहिनीज्वाइं): प्राध्यापक
दीपक पोखरेल (मनिषको भाइ नाता): परीक्षा नियन्त्रक
उमेश कोइराला (मनिषको सानीमाको छोरो): पीए
शम्भु कोइराला (मनिषको सानीमाको छोरो) : जुनियर स्टाफ
सुदन ढुङ्गेल (नजिकको नाता): कर्मचारी
पूर्वरजिष्ट्रार सीताराम अधिकारीको नाता र पद
बृजेश अधिकारी (छोरा): सहायक प्राध्यापक
शरद अधिकारी (कान्छो छोरो) : सूचना प्रबन्धक
नभेन्द्र पौडेल (ज्वाइं) : लेखापरीक्षक
शङ्कर ढुङ्गाना (ज्वाईं) : सूचना प्रबन्धक
गोविन्द अधिकारी (ज्वाइं) : परीक्षा नियन्त्रक
देवराज अधिकारी (ज्वाइं) : पुस्ताकालय अधिकृत
कुमार बराल (ज्वाइं) : लेखा प्रबन्धक
टीका बराल (भाइ नाता) : प्रशासन अधिकृत
भोला थापा (पारिवारिक नाताबाट छोरा) : प्राध्यापक
राधेश्याम अधिकारी (भाइ) : कानुनी सल्लाहकार
सालु अधिकारी (सीतारामको (ज्वाइं) : शिक्षण अधिकृत
वर्तमान रजिष्ट्रार भद्रमान तुलाधार, डीन पुष्पराज अधिकारी र डीन केदारनाथ श्रेष्ठको नाता
अनिल तुलाधर (भद्रमानको छोरा) : अध्यापक
भद्रमानको श्रीमती (संवेदनशील परीक्षा कक्षको कर्मचारी)
वीरेन्द्र लाखे (सबैको नजिक) : परीक्षा अधिकृत
सन्तोष श्रेष्ठ (केदारको ज्वाइं) : शिक्षा अधिकृत
रुद्र अर्याल, (पुष्पको भाइ) : पुस्तकायल कर्मचारी
2 comments:
होईन भने यो के लेखेको जनदिशामा। भोलाले बाउ चेन्ज गर्या कि सीतारामले भोलालाई गोद लिएको? भोला सीतारामको छोरो रहेछ भन्ने कुरा त रहस्यमय लाग्यो मलाई।
मनोज
Manoj,
Where are you now? It is really funny to know that Bhola Sir has changed his father.
A. Shrestha
Post a Comment