Monday, December 15, 2008

हस्तक्षेपको पीडा र रोष

कानुनविद सभासद राधेश्याम अधिकारी नेपाली काँग्रेसका नेतामात्र होईनन, सुरेश राज शर्माका चर्का समर्थक पनि हुन। सुरेश राजका आजिवन रजिष्ट्र्ार चालु सीतारामका भ्राता तथा केयुका पारस बृजेशजीका काका यिनी समय-समयमा बहस पनि गर्छन। साथै, कलम चलाउनु त यिनको अर्को विशेषता पनि हो। अहिले यिनी सँविधान सभामै रोष प्रकट गरिरहेका छन। राधेश्यामजीले रोष प्रकट गरेरे भन्ने सुन्दा मलाई हाँसो उठ्यो। सुरेश राजले रोष प्रकट गर्ने, सीतारामले रोष प्रकट गर्ने, भद्रमानले रोष प्रकट गर्ने, पुष्पराजले रोष प्रकट गर्ने, मनिषले रोष प्रकट गर्ने, वृजेशले रोष प्रकट गर्ने, पारिवारिक छोरा भोला थापाले रोष प्रकट गर्ने, डेनियलले रोष प्रकट गर्ने, टिकादत्तले रोष प्रकट गर्ने हुँदा-हुँदा अहिले राधेश्यामजीले पनि रोष प्रकट गर्ने थालेका रहेछन। 

सुरेश राजहरुले काविमा रोष प्रकट गर्दा कुपा र कुसाले राजनीति गर्न थाल्यो भन्ने गर्थे। राम्रो सँस्थापनलाई उखेलेर काविलाई धरासायी पार्न खोजेको आरोप लगाउँथे। नातावाद विरोधीहरुलाई अवसरवादी भन्ने गर्थे। भ्रष्टाचारविरोधीलाई चरित्रहीन-अनैतिक भन्ने गर्थे र अन्तमा केही आरोप नपाउँदा नेताबन्नका लागी यो सब गरेका भन्ने गर्थे। सुरेश राज र सीतारामले धेरै ठाउँमा बोलेका छन, काठमाडौँ विश्वविध्यालय सँबद्ध कसैले कुनै राजनैतिक दलमा लाग्नु हुँदैन भनेर। काठमाडौँ विश्वविध्यालयको शिक्षक-कर्मचारी नियमावलीमा पनि राजनैतिक पार्टीको सदस्यता प्राप्त व्यक्तिहरु सेवामुक्त हुने कुरा स्पष्टरुपमा लेखिएको छ। यो कुरा काठमाडौँ विश्वविध्यालयका कानूनी सल्लाहकारमा लागु हुने कि नहुने?

काठमाडौँ विश्वविध्यालयका कुलपति अहिले कमरेड पुष्प कमल दाहाल "प्रचन्ड" छन। सुरेश राजलाई कुनै बेला हटाउन सक्ने हैसियतमा प्रचन्ड बसेका छन। अर्को शब्दमा भन्ने हो भने सुरेश राजले प्रचन्डले दिएका निर्देशन मान्नु पर्ने बेला अहिले छ। तर, हेर्नुस त सुरेश राजको खेल, प्रचन्डलाई कुलपति मान्ने सुरेश राज काविका कानूनी सल्लाहकारमा भने सीतारामका खाँटी काँग्रेसी भाईहरुलाई प्रचन्डको मन्त्रिपरिषदविरुद्ध विषबमन गर्नका लागी तलबी सुविधा दिएर राखेका छन। 

माओवादी मन्त्रिपरिषद अहिले एक हिसाबले बढो अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको छ। समूल परिवर्तनको माओवादी नारामा विकासवादी आवरण अोढेका सुरेश राजजस्ता समाजका धमिराहरु हावी हुँदै छन। मन्डले तन्त्र, काँग्रेसतन्त्र देखि हरेक तन्त्रमा तन्त्रअनुरुप रुप बदल्न सक्ने बहुरुपियाहरु अहिले पनि सकृय छन। सँविधान सभामा यिनीहरु नै छन, न्यायपालिकामा यिनिहरुनै छन, अर्थतन्त्रमा यिनिहरु नै छन र विश्वविध्यालयमा पनि यिनिहरु नै छन। यि धमिराहरुको पहिचान परिवर्तनकामी नेपालीहरुले नगरेका होईनन। माओवादीका असल कार्यकर्ता र बुद्धिजिवीहरुले यिनिहरुलाई चिनेका छन। तरपनि यि धमिराहरु विस्थापन भएका छैनन। कारण के हो त?

कारण हो यिनिहरुको रोष प्रकट गर्ने क्षमता। व्यवस्था परिवर्तन भयो, तर मानसिकता परिवर्तन भएको छैन। राजतन्त्र गयो तर दासत्वको बन्धन अझै कायम छ। फलस्वरुप, बुद्धि वहादुरको गलपासोको दर्दनाक चित्कार भन्दा सुरेश राज जस्ता नातावादी, भ्रष्टाचारी हत्याराहरुका गनगन अहिले पनि धेरैले सुन्छन। बुद्धि वहादुरहरुले असामयिक मृत्युवरण गर्दा नचलेका हातहरु, सुरेश राजजस्ता दलालहरुका सेवाका लागी पत्रकारिता गर्छन। केही दिन नसक्ने मृतक बुद्धि वहादुरका दु:खका वर्णन गर्नु भन्दा सुरेश राजजस्ता दिनसक्ने पिपासुका सफलताका बखान गर्ने नेतृत्वकारी जिब्राहरु यो समाजमा सकृय छन। फलस्वरुप, यहाँ नेपालीको मृत्युको चित्कार भन्दा साम्प्रदायिक, नातावादी, भ्रष्टाचारीहरुका गनगन ठुलो रोष बन्ने गरेका छन। यति ठुलो रोष की आमूल परिवर्तन गर्छु भन्नेहरु पनि डराउँछन, हात कमाउछन र धमिराहरुलाई पूर्ण स्वतन्त्रताका साथ राज गर्ने मौका दिन्छन। 

काठमाडौँ विश्वविध्यालयको स्थिति दिन परदिन विकराल बन्दै गएको छ। नातावाद यहाँ झन चर्कँदै गएको छ। नाम-थर फरक व्यक्तिहरु पनि अहिले पारिवारिक नाताबाट छोराछोरीमा परिवर्तन हुँदैछन। एक छोराका बाउ भद्रमानजस्ता अभद्र बाउहरु अहिले अर्का छोराका पनि बाउ बनेका रहेछन। माओवादीका असल कार्यकर्ता र बुद्धिजिविहरुले सुरेश राजजस्ताका कुरामा अब फस्नु हुँदैन। आफ्नो स्वार्थका लागी जे पनि भन्न र गर्न सक्ने सुरेश राज-सीताराम जस्ता सँदिग्ध चरित्रहरुलाई प्रश्रय दिने कुराले अब माओवादीलाई पनि बिटुल्याउने छ। मेरो विचारमा काठमाडौँ विश्वविध्यालय एक हिसाबले टेस्ट केश हो। माओवादीले केही गर्न सक्छ कि सक्दैन भन्ने कुरा सुरेश राजमाथिको कार्यवाहीमा निर्भर रहन्छ। किनभने, सुरेश राज परम्परावादी सामन्ती सँस्कृतिको निरन्तरता हो। यहाँ क्रमभँग नहुने हो भने अन्त कहिँ क्रम भँग हुँदैन। यो कुरा सबैले बुझ्नु पर्छ, माओवादीका बुद्धिजिवीहरुलाई त यो मेरो चुनौती नै हो। 

अन्त:मा, राधेश्यामजीलाई माओवादीका मन्त्रीले राजीनामा माग्दा न्यायपालिकामा हस्तक्षेप गरेको महशुस भएको रहेछ। अब प्रश्न तपाँईलाई, सुरेश राजले काठमाडौँ विश्वविध्यालयका कर्मचारीहरुलाई जथाभावी हटाउने, मर्न बाध्य गर्ने, साँगठानिक अधिकारबाट वँचित गर्ने र प्राज्ञिक स्वतन्त्रताको उपभोग गर्न नदिने जस्ता काम गर्दै प्राज्ञिकतामा हस्तक्षेप गर्दा तपाईँको चेतना कहाँ गयो? सुरेश राजलाई यसो गर्नु हुँदैन नत्र रोष प्रकट हुन्छ भनेर तपाँईले किन भन्न सक्नु भएन? अहिले आएर गिरिजाकै दलालीका लागी मात्र मुख चलाउने? कसले विश्वास गर्छ तपाँईका कुराहरु? काठमाडौँ विश्वविध्यालयका सुरेश राज-सीतारामसँग सँबद्ध तपाईँका कुराहरुले विश्वशनियता गुमाईसकेको छ। कारण, प्राज्ञिकतामाथि हस्तक्षेत हुँदा मौन बस्नु। 

No comments: