Friday, June 05, 2009

केयूमा तालाबन्दी

धुलिखेल, २१ जेठ (दैनिकी)
नेपाल विद्यार्थी संघले काठमाडौं विश्वविद्यालय बन्द गराएको छ । विद्यार्थी कल्याण परिषद् विघटन गर्ने काठमाडौं विश्वविद्यालयको निर्णयको विरोधमा नेविसंघले विश्वविद्यालय बन्द गरेको हो । 

नेपाल विद्यार्थी संघको नेतृत्वमा रहेको विद्यार्थी कल्याण परिषद् अखिल क्रान्तिकारी र अनेरास्ववियुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि विश्वविद्यालयले परिषद् विघटन गरेको थियो । विश्वासको प्रस्तावको परिणाम सार्वजनिक गर्नु पर्ने माग गदै काठमाडौं विश्वविद्यालय विद्यार्थी युनियनले बिहीबार सो विश्वविद्यालयमा तालाबन्दी गरिएको एयुनियनका अध्यक्ष सुनिल बानियाले दैनिकीलाई जानकारी दिए । 
उनले सो अविश्वासको प्रस्तावमाथि पनि विश्वासको प्रस्ताव आइसकेको अवस्थामा विश्वविद्यालय प्रशासनले परिणाम सार्वजनिक नगरेको भन्दै विद्यार्थी युनियनले ८ बुँदे माग राख्दै विश्वविद्यालयमा ताला लगाएको बताए । उनले विगत एक हप्तादेखि सो प्रस्तावको परिणाम सार्वजनिक गर्नको लागि एक हप्ते अल्टीमेटम दिए पनि प्रशासन मौन रहेको भन्दै ताला लगाइएको बताए ।
विद्यार्थीहरुको ८ बुँदे मागमा विश्वासको प्रस्तावको नतिजा सार्वजनिक हुनुपर्ने, विश्वविद्यालयका रजिष्टारको राजीनामा हुनुपर्ने, विद्यार्थीहरुले विश्व विद्यालयमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउनुपर्ने, परिक्षाको समयमा विद्यार्थीहरु बिरामी भएमा अर्को पटक परिक्षा दिन पाउनु पर्नेलगायत रहेका छन् ।

स्रोत :दैनिकी

No comments: